16/07/2026
भर्ना आवेदन फाराम भर्ने म्याद थप सम्बन्धी जरुरी सूचना!
Bheri Technical School is a Constituent School of CTEVT.
16/07/2026
भर्ना आवेदन फाराम भर्ने म्याद थप सम्बन्धी जरुरी सूचना!
16/07/2026
13/07/2026
💻 कम्प्युटर प्रविधिसँगै उज्ज्वल भविष्य निर्माण गर्ने सोचमा हुनुहुन्छ? 🌟
CTEVT अन्तर्गत सञ्चालित प्रि–डिप्लोमा इन कम्प्युटर एप्लिकेसन एण्ड सेक्रेटेरियल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुला छ।
✅ १८ महिनाको सीपमूलक अध्ययन
✅ आधुनिक कम्प्युटर प्रयोगशालामा अभ्यास
✅ अनुभवी प्रशिक्षकबाट प्रशिक्षण
✅ OJT मार्फत कार्यानुभव
✅ सरकारी, निजी तथा गैरसरकारी क्षेत्रमा रोजगारीको उत्कृष्ट अवसर
✅ कुल शुल्क रु. १८,४०० मात्र
🎓 SEE उत्तीर्ण, ग्रेड वृद्धि मा सफल वा SEE मा NG आएका विद्यार्थीहरूका लागि पनि अध्ययन गर्ने अवसर।
📢 केही सिट मात्र बाँकी छन्। आजै आवेदन दिई आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
📍 भेरी प्राविधिक शिक्षालय (BTS), नेपालगञ्ज, बाँके
🌐 Website: bts.edu.np
📘 Facebook: भेरी प्राविधिक शिक्षालय (BTS)
☎️ ९८५८०२४३३७, ०८१–५३१५३८, ०८१–५३३६५१,
❝ एउटा NG ले तपाईंको भविष्य निर्धारण गर्दैन, तपाईंको निर्णयले गर्छ। ❞
SEE मा NG आएको छ?
अब निराश हुने होइन, प्राविधिक शिक्षा रोजेर सफल भविष्य निर्माण गर्ने समय हो।
भेरी प्राविधिक शिक्षालय (BTS), नेपालगञ्ज मा सञ्चालनमा रहेका प्रि–डिप्लोमा तहका ७ वटा कार्यक्रमहरू मध्ये आफ्नो रुचिअनुसार अध्ययन गरी दक्ष जनशक्ति बन्ने सुनौलो अवसर!
✨ किन रोज्ने प्रि–डिप्लोमा?
✅ SEE मा NG आएका विद्यार्थीले पनि अध्ययन गर्न पाउने।
✅ ७ वटा प्रि–डिप्लोमा कार्यक्रमहरू।
✅ जम्मा शुल्क रु. १८,४०० मात्र।
✅ सीपमूलक शिक्षा, व्यवहारिक सिकाइ तथा रोजगारीको बलियो आधार।
✅ एक वर्षमै प्राविधिक सीप हासिल गरी रोजगारको सम्भावना।
✅ डिप्लोमा, स्नातक तथा अन्य प्राविधिक अध्ययनतर्फ सहज मार्ग।
✅ सरकारी तथा निजी क्षेत्रमा रोजगारीका व्यापक अवसर।
✅ आफ्नै व्यवसाय सञ्चालन गरी आत्मनिर्भर बन्ने अवसर।
✅ वैदेशिक रोजगारका लागि उच्च माग र सम्मान।
✅ न्यून शुल्क, छात्रवृत्तिको व्यवस्था, अनुभवी प्रशिक्षक तथा व्यवहारिक शिक्षण–अध्ययन वातावरण।
📌 इच्छुक विद्यार्थीहरूले आफ्नो शैक्षिक प्रमाणपत्रसहित शिक्षालयमा सम्पर्क गरी आवेदन दिन सक्नुहुन्छ।
💻 अनलाइन आवेदनका लागि:
www.ctevtexam.org.np मा गई Online Application मार्फत आवेदन फाराम भरी Submit गर्न सकिन्छ।
⏳ सिट सीमित छन् - समयमै आवेदन दिनुहोस्!
🎯 सीप सिकौँ, आत्मनिर्भर बनौँ, उज्ज्वल भविष्य निर्माण गरौँ।
📞 थप जानकारीका लागि:
भेरी प्राविधिक शिक्षालय (BTS)
📍 नेपालगञ्ज–१०, बाँके
☎️ ०८१–५३१५३८, ०८१–५३३६५१
📱 ९८५८०२०८३८, ९८५८०२०८३५
✉️ [email protected]
🌐 www.bts.edu.np
06/07/2026
Fahim Akhter Ansari Upendra Pokharel
03/07/2026
आज भेरी प्राविधिक शिक्षालयका शिक्षालय प्रमुखसहितका पदाधिकारीहरूद्वारा नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख श्री प्रशान्त विष्टज्यूसँग शिष्टाचार भेटघाट तथा रचनात्मक छलफल सम्पन्न गरिएको छ।
भेटका क्रममा शिक्षालयसँग सम्बन्धित विविध समस्या, आवश्यकता तथा संस्थागत विकासका विषयहरू नगर प्रमुखज्यूसमक्ष प्रस्तुत गरिएको थियो। नगर प्रमुखज्यूले प्रस्तुत विषयहरूलाई सकारात्मक रूपमा ग्रहण गर्दै आफ्नो क्षेत्राधिकारभित्र पर्ने विषयहरूमा आवश्यक समन्वय, सहजीकरण तथा समाधानका लागि सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
भेटघाटका क्रममा प्राप्त सकारात्मक सुझाव, आत्मीयता तथा सहयोगप्रतिको प्रतिबद्धताप्रति भेरी प्राविधिक शिक्षालय परिवार हार्दिक आभार व्यक्त गर्दछ।
01/07/2026
भेरी प्राविधिक शिक्षालयमा कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको अन्तरप्रदेशीय अध्ययन तथा अवलोकन भ्रमण टोलीसँग अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा प्राविधिक तथा व्यावसायिक शिक्षासँग सम्बन्धित उत्कृष्ट अभ्यास, संस्थागत अनुभव, सिकाइ तथा भावी सहकार्यका सम्भावनाबारे सार्थक छलफल एवं विचार आदान–प्रदान भएको थियो। यस प्रकारको अन्तरक्रियाले प्राविधिक तथा व्यावसायिक शिक्षाको गुणस्तर अभिवृद्धि तथा संस्थागत सहकार्यलाई थप प्रभावकारी बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरेका छौं।
कार्यक्रमलाई गरिमामय बनाइदिनुहुने भ्रमण टोलीका सम्पूर्ण महानुभावहरूप्रति भेरी प्राविधिक शिक्षालय परिवार हार्दिक आभार व्यक्त गर्दछ तथा उहाँहरूको सफल एवं सुखद यात्राको शुभकामना व्यक्त गर्दछ। 🙏
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |