24/09/2026
विद्यालय आकस्मिक विदा सम्बन्धमा ।
आदरणीय अभिभावकज्यूहरू शिक्षक कर्मचारी तथा प्रिय विद्यार्थीहरू ,
प्रतिकूल मौसमका कारण नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालयले जारी गरेको सुचना तथा बनेपा नगर शिक्षा तथा खेलकुद शाखाको निर्देशन र बनेपा प्याब्सनको निर्णयानुसार आज ८ गते र भोलि ९ गते विद्यालयको नियमित पठनपाठन बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
तसर्थ, उक्त दुई दिन वागमती स्कुल विदा रहनेछ।
मौसमको अवस्था तथा सम्बन्धित निकायबाट प्राप्त निर्देशनअनुसार विद्यालय सञ्चालन सम्बन्धी थप सूचना आवश्यक भएमा पछि जानकारी गराइनेछ।
सबै विद्यार्थी तथा अभिभावकज्यूहरूलाई सुरक्षित रहन हार्दिक अनुरोध गर्दछौँ।
वागमती स्कुल
बनेपा–०८, काभ्रेपलाञ्चोक