Chet Lama

Chet Lama Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Chet Lama, Educational Research Center, Banepa, Kavrepalanchok, Banepa Bazar.

05/06/2025

To research education system of the world.

17/04/2025

सरकार भन्छ- चे.(विस्फोट)
बन्द विद्यालय खोल
चाटुकार भन्छ- बन्द विद्यालय खोलौं
मन्डले भन्छ- बन्द विद्यालय खोलौं
छेपारे भन्छ- बन्द विद्यालय खोलौं
सरकारबादी मान्छे भन्छ- बन्द विद्यालय खोलौं
यथास्थितिवादी शक्ति भन्छ- बन्द विद्यालय खोल
प्रतिगामी शक्ति भन्छ- आन्दोलनको तुक छैन
प्रतिक्रियावादी शक्ति भन्छ- शिक्षकको माग पूरा हुन्न
म भन्छु- संघर्ष जारी छ,आन्दोलन जारी छ
क्रान्ति जारी छ,
यहाँ केही हुटिट्याउँहरु आकास थाम्ने गफ चुट्दैछन्
सामुदायिक विद्यालयको मसिहा ठान्दैछन्
याद गर
आत्मासम्मान बिनाको पेसाको मतलब हुँदैन,
स्वाभिमान बिनाको पेसाको अर्थ हुँदैन
मुद्दा पूरा नभै आन्दोलन रोकिदैँन,
माग पूरा नभै संघर्ष रोकिदैँन । अस्तु ।

16/03/2025

राजतन्त्रको -चे.(विस्फोट)
प्रेतहरु बौलाउन थालेछ
भूतहरु सल्बलाउन थालेछ
सोसिएल मिडियामा गणतन्त्रको पितालाई तथानाम गाली गर्दैछ,
मण्डले,कुण्डलेहरु बुरुक बुरुक उफ्रिन थालेछ,
रैतीहरु स्याल झैं कराउन थालेछ,
हुटिट्याउँ झैं चिच्याउन थालेछ,
माओवादी माथि अनर्गल आरोप लाउन थालेछ
राजाको जुठो खानेहरु,प्रतिक्रियावादीहरु,
प्रतिगामीहरु,पुनरोत्थानबादीहरु,
गैंडाको खाग तस्करहरु,भाइमाराहरु
हिजोको मूर्ति चोरहरु,निरंकुशतावादीहरु
बहुला कुकुर झैं भुक्न थालेछ,
पागल झैँ बर्बराउन थालेछ,
देशमा ब्रम्हलुट मच्चाउनेहरु,
जन आवाजलाई बुटले दबाउन खोज्नेहरु
निहत्था हजारौं नौजवानलाई गोली ठोक्नेहरु
हजारौं नारीको अस्मिता लुट्नेहरु
सडकमा गल्लीका कुकुरहरू झैँ खुट्टा उचाली उचाली कराइरहेका छन् ।
प्रिय साथी !
दलहरु सच्चिने र सुध्रिने अवसर मिलेको छ,
गणतन्त्रबादी एकजुट हुनुछ,राजाबादीलाई सबक सिकाउनुछ,
देशमा फेरि नयाँ जनबिद्रोहको तयारी गर्नुछ,
समाजवादी क्रान्ति गर्नुछ,
राजाका प्रेतलाई लखेट्नुछ, राजाका भूतलाई भगाउनुछ ।

15/03/2025

भूईंमान्छेको बिचार ???
नेपालमा राजतन्त्र कुनै पनि हालतमा ब्यूँतिन सक्दैन । मुख्य दलहरू कांग्रेस-एमाले नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विपक्षमा लागियो भने मात्र राजतन्त्र पुनर्स्थापित हुन सक्छ अन्यथा सम्भव देखिदैन । जनता अहिले राजनीतिक दलहरुको कुशासन र अकर्मण्यताको कारणले निरास छन् । जनआक्रोस बढ्दो छ । बेलैमा राजनीतिक दलहरू सच्चिएन र जन उत्तरदायी भएन भने बिद्रोह हुन पनि सक्छ ।याद होस् इतिहासको पांग्रा अघि बढ्छ,पछाडि फर्कंदैन ।
नयाँ बिद्रोहले नयाँ राजनीतिक कोर्स लिन पनि सक्छ भन्ने मेरो ठम्याइ हो ।
राजनीतिक दलका कमजोरीहरु:
१) जनता लाई एक थान संविधान त दियो,संविधान कार्यान्वयन गर्ने कानूनहरु बनाउन सकिएन ।
२) जनपक्षीय काम भन्दा कति
पल्ट प्रधानमन्त्री बन्ने होडबाजी चलिरह्यो ।
३) सम्पूर्ण सरकारी संस्थाहरुलाई उदार अर्थतन्त्रको नाउँमा कौडीको भाउमा नीजिकरण गरियो ।
४) जुनसुकै सरकार पनि बिचौलिया,भ्रष्ट,दलाल,तस्कर र माफियाको चंगुलमा फस्दै गयो ।
५) शिक्षा,स्वास्थ्य र रोजगार लाई मौलिक हकको रुपमा स्वीकारे पनि कार्यान्वयन भएन ।
६) विद्यालय,विश्वविद्यालय,अस्पतालहरु बिस्तारै माफियाको हातमा सुम्पदैं गयो ।
७) सरकारी जमिन नेता,मालपोत र नापीको मिलोमतोमा भूमाफियाको कव्जामा हुन पुगे ।
८) भ्रस्टाचार काण्डका फायलहरु छानबिन नगरी चाङ बनाईराखेका छन् ।
९) ठुला ठुला बैंक,सहकारी,बित्तीय संस्था,कम्पनी सन्चालकहरु पूरै बिचौलिया छन् ।
१०) २०४८ देखि हालसम्म मिसन र भिजन नभएका पुराना दलका बुढ्यौली पुराना नेताहरु कै सरकार र पार्टीमा हालीमुहाली छन् ।
११) जुनसुकै क्षेत्रमा व्यापक राजनीतिकरण छ ।
१२) निर्वाचन प्रणाली असाध्यै खर्चिलो छ ।
अब के गर्ने ?
१) पुराना राजनीतिक दलहरू सुध्रिनु पर्यो,नत्र बिस्तारै सिद्धिने वाला छ। जनता ४८,६३ सालको हैन,८१ सालको हो ।
२)स्थायित्व र बिकासको लागि राजनीतिक प्रणाली प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति/प्रधानमन्त्रीमा जानै पर्छ।
३) पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्छ ।
४) भिजनरी बिज्ञ समूहको मन्त्रीमण्डल हुनुपर्छ ।
५) सांसदहरूको काम कानून बनाउने मात्र भएकोले मन्त्री बनाउनु हुँदैन ।
हेक्का रहोस् राजनीतिक दलहरूलाई जनस्तरबाट दिइएको सुझाब लाई ख्याल ख्याल सम्झन्छौं भने भीरबाट लडेको गोरुलाई रामराम भन्ने हो,काँध थाम्न सकिन्न ।

15/03/2025
10/03/2025

इतिहासका जोकरहरु आज -चे.(विस्फोट)
इतिहासको जोकरहरु आज सत्ताधारी हुँदै
३५ बर्षसम्म शासन गरे, जनताले के पाए ?
२०५९ माघ १९ गते सेरे बाले बहुदल बुझाए
हनुमानहरुलाई चित्त बुझेकै छ,
अनि प्रतिगमन आधा सच्चियो भन्दै एमालेले बहुदल खाए
तैपनि एमालेजन खुसी नै छ,
काङ्ग्रेस-एमाले राजाको टाङमुनि छिरे
भेंडा जातका जनहरु बुरुकबुरुक उफ्रेकै छ,
जन आवाजलाई कुल्चिए,दबाइए,
सेरे बाले ४० सुत्रीय माग रद्दीको टोकरीमा फालिए,
अन्याय,अत्याचार र बिभेदले सीमा नाघे,
संसदीय संबिधानलाई विश्वको उत्कृष्ट भन्दै गीत गाए
संबिधान सभा,गणतन्त्र र नयाँ संविधान नारालाई बेवास्ता गरे,
कांग्रेस- एमाले सरकार मान्न तयार भएन,
श्रमजीवी जनता बन्दुक उठाउन बाध्य भए,
निरंकुश सत्ता विरुद्ध माओवादी महान जनयुद्ध सङ्खघोष गरे,सारा दुनियाँ हल्लिए,
राज्यले बर्बर दमन गरे, किलो शेरा टु अपरेसन चलाए,कांग्रेस सरकारले माओवादी नेताको टाउकोको मूल्य तोके,
हजारौं निहत्था जनता आतंककारीको बिल्ला लाउँदै हत्या गरे,सयौं बेपत्ता बनाए,कैयौंको सिन्दुर पुछिए,
ज्ञानेन्द्रले कांग्रेस -एमालेलाई कर्याप झ्याप बनाए,बल्ल बुद्धि फिरे तब आन्दोलनको लागि सहमत भए
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए,
काम गर्ने कालू मकै खाने भालु भए
गणतन्त्रको आमा हेरेको हेरै बनाए
फेक आमाले देशमा शासन चलाए
होसियार !
फेरि देशमा प्रतिगमनले टाउको टेक्न खोजिदैछ,
प्रतिगामीहरु सल्बलाउन थालेको छ,
कि त नेताहरु सच्चिनु नत्र सिद्धिने दिन छिट्टै आउँदैछ ।

28/02/2025

फेसबुक पेजमा जोडिन हुन अनुरोध छ ।

Social Service

16/12/2024

दलाल सरकारको उपहार। -चे.(विस्फोट)
बेथिति,अन्याय र भ्रष्टाचार ।
नीतिगत भ्रष्टाचारको आहालमा डुङ्डुङ्दी गन्हाइरहेकाछन् भ्रष्ट सरकार
भ्रष्टाचारको काण्डै काण्डमा मुछिएका छन्
तस्कर, दलाल,बिचौलिया र भूमाफिया सरकार
बिकर्षणको अबिरल लिगलिग दौडको प्रतिष्पर्धामा छन् ती पुराना दलहरु
नाताबाद,कृपाबाद र आफन्तबादमा रम्दैछन् ती दलका भ्रष्ट नेताहरू
गन्त्व्यबिहीन यात्रामा रुमल्लिरहेकाछन् ती दलाल नेताहरु
अरुलाई फसाउने अनि आफ्नोलाई बचाउने
बिचौलिया सरकारको यही त हो वास्तविक सुशासन
हिजोआज सुन्न पाइने भो बिचौलियाको रोदन
राक्षस र खन्चुवाको बथानै बथान भएका दलहरु
डन र धनको प्रभावमा जनता झुक्याई मत लिने ती भ्रष्ट नेताहरु
३४ बर्ष एकलौटी शासन गरी जुका झैं चुस्ने ती दलका खलनायकहरु
जनयुद्ध र जन आन्दोलनको म्यान्डेट बिर्सने ती दलका बिचौलियाहरु
होसियार,अब जनताहरु जुरमुराउँदै छन्
सुशासनको लागि जनताहरु एकजुट हुँदैछन् ।
जनक्रान्तिको लागि जनताहरु तयारी हुँदैछन् ।

16/12/2024

रविविरुद्धको अनुसन्धान प्रतिवेदन सोमबार पेस गरिँदै | Rabi lamichhane news , Aaja Ko khabarराष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापत.....

16/12/2024

एक महिना अघिसम्म आफ्नो लोकप्रियतामा रत्तिभर कमी नआएको बताउने एमालेमा एकाएक पार्टी जीवनको चिन्ता हुन थालेको छ । ख...

Address

Banepa, Kavrepalanchok
Banepa Bazar

Alerts

Be the first to know and let us send you an email when Chet Lama posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Chet Lama:

Shortcuts

Share