Manamaiju Secondary School

Manamaiju Secondary School

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Manamaiju Secondary School, School, Tarkeshwor/9, Manamaiju, Balaju.

Photos from Manamaiju Secondary School's post 19/08/2026

महेन्द्र रत्न क्याम्पस ताहाचलबाट अभ्यास शिक्षणमा आउनुभएका बि.एड चौथो वर्षमा अध्ययनरत छात्र शिक्षकहरुद्वारा आफ्नो अभ्यास शिक्षण कार्य पूरा गर्नुभएकोमा हार्दिक बधाई।यहाँहरुको आगामी शैक्षिक यात्रा थप सफल रहोस्, हार्दिक शुभकामना ।
साथै, विद्यालयलाई मायाको चिनो प्रदान गर्नुभएकोमा विद्यालय परिवार हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ।

मिति:२०८३/०५/०३

19/08/2026

लिलाम बिक्री सम्बन्धी सूचना।

17/08/2026

चमेना गृह सञ्चालनको सिलबन्दी दरभाउ पत्र आह्वान सम्बन्धी सूचना !

Photos from Manamaiju Secondary School's post 15/08/2026

आज मिति२०८३/०४/३० गते तारकेश्वर सामुदायिक विद्यालय समिति अध्यक्ष श्री कृष्ण प्रसाद ओझा ज्यूको अध्यक्षता, ता.न.पा नगरप्रमुख श्री कृष्ण हरि महर्जन ज्यूको प्रमुख आतिथ्यतामा आयोजित समितिको ३१ औँ वार्षिक साधारण सभामा तपसिलमा उल्लिखित विधामा यस विद्यालय ,शिक्षक एवम् विद्यार्थीहरु सम्मानित हुन सफल भएकोमा यस महत्त्वपूर्ण उपलब्धिका लागि अहोरात्र खट्नुहुने शिक्षक, कर्मचारी, लगनशील विद्यार्थी भाइ बहिनीहरु,सरोकारवालामा विशेष आभार।

विद्यालयको उपलब्धि :-
१)शै.स २०८२ मा तारकेश्वर नगरपालिका नगरस्तरीय परीक्षामा ५० भन्दा बढी विद्यार्थी सहभागी गराई १००% नतिजा सहित प्रथम स्थान ।
२)माध्यमिक शिक्षा परीक्षा २०८२ मा ५० भन्दा बढी विद्यार्थी सहभागी गराई १००% नतिजा सहित प्रथम स्थान।
३)माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) मा ५० भन्दा कम विद्यार्थी सहभागी गराई १००% नतिजा सहित प्रथम स्थान।
४)सेवा निवृत हुनुभएका ज्ञानेन्द्र प्रसाद आचार्य सर सम्मानित।
५)Mphil उपाधी हासिल गर्न सफल शिक्षकद्वय बन्दना घतानी म्याम र सरस्वती पराजुली म्याम सम्मानित।
६)माध्यमिक शिक्षा परीक्षा २०८२ मा ४ जिपिए ल्याउन सफल भाइ दमन शाही सम्मानित।
७)माध्यमिक शिक्षा परीक्षा २०८२ मा ३.९६ जिपिए ल्याउन सफल भाइ सुरेश तामाङ सम्मानित।

तस्बिर :- Daniel Poudel सर

15/08/2026

आज मिति २०८३/०४/३० गते तारकेश्वर सामुदायिक विद्यालय समितिको ३१ औँ वार्षिक साधारण सभामा यस विद्यालयबाट मिति २०८२/०४/२९ मा सेवा निवृत हुनु भएका आदरणीय ज्ञानेन्द्र प्रसाद आचार्य सर सम्मानित हुनभएकोमा हार्दिक बधाई।
यहाँको सेवा निवृत जीवन थप उपलब्धिमूलक रहोस्, हार्दिक शुभकामना ।

Photos from Manamaiju Secondary School's post 15/08/2026

आज मिति २०८३/०४/३० गते तारकेश्वर सामुदायिक विद्यालय समितिको ३१ औँ वार्षिक साधारण सभामा Mphil उपाधी हासिल गर्न सफल शिक्षकद्वय बन्दना घतानी म्याम र सरस्वती पराजुली म्याम सम्मानित हुनुभएकोमा हार्दिक बधाई। साथै,आगामी दिनमा थप सफलताको कामना....

Photos from Manamaiju Secondary School's post 15/08/2026

आज मिति २०८३/०४/३० गते तारकेश्वर सामुदायिक विद्यालय समितिको ३१ औँ वार्षिक साधारण सभामा माध्यमिक शिक्षा परीक्षा २०८२ मा सम्मानित हुन सफल विद्यार्थी भाइहरु दमन शाही र सुरेश तामाङलाई हार्दिक बधाई।साथै,आगामी दिनमा थप सफलताको कामना...

Photos from Manamaiju Secondary School's post 14/08/2026

अभिभावकको सहयोग! अभिभावकको अपनत्व!!

सुन्दर बजार न.पा ८ लमजुङ स्थायी निवासी हाल ता.न.पा ९ मनमैजु काठमाडौ निवासी यस विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा जेनिसा घर्ती मगरका आमा श्री पार्वती घर्ती मगरज्यूले विद्यालयलाई चार थान वाल पङ्खा सहयोग गर्नुभएकोमा विद्यालय परिवार हार्दिक आभार व्यक्त गर्दछौँ।

मिति:२०८३/०४/२९

Photos from Manamaiju Secondary School's post 13/08/2026

महेन्द्र रत्न क्याम्पस ताहाचलबाट अभ्यास शिक्षणमा आउनुभएका बि.एड चौथो वर्षमा अध्ययनरत छात्र शिक्षकहरुद्वारा कक्षा ६-१० अध्ययनरत विद्यार्थी भाइबहिनीहरुका लागि सञ्चालन गरिएको वकृत्वकला प्रतियोगितामा विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो।
कार्यक्रम आयोजना गर्नुहुने आयोजक छात्र शिक्षकहरु लगायत विद्यालयका शिक्षक एवम् विद्यार्थी भाइबहिनीहरुमा विशेष आभार।
मिति:-२०८३/०४/२८

तस्बिर: Daniel Poudel सर

Photos from Manamaiju Secondary School's post 13/08/2026

मिति २०८३/०४/२७ गते तारकेश्वर नगरपालिका शिक्षा अधिकृत श्री धुर्व न्यौपानेज्यू र सूचना प्रविधि अधिकृत श्री अशोक श्रेष्ठज्यूबाट तारकेश्वर नगरपालिकाबाट उपलब्ध शिक्षक कर्मचारी इ -हाजिरी प्रयोग र व्यवस्थापन सम्बन्धमा अभिमुखीकरण कार्य सम्पन्न भयो। सहजीकरणका लागि सरहरुप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ।

Want your school to be the top-listed School/college in Balaju?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Tarkeshwor/9, Manamaiju
Balaju
44600