23/12/2023
सधैं बिझाइ रहन्छ तिम्रो कमि !!!तिम्रो अवसान पछी मैले तिम्रा अधुरा सपनाहरू को लागी रत्तिभर पनि योगदान गर्न सकिन ,यही कुरा खट्की रहन्छ बारम्बार !!!इश्वर ले यस्तो मित्र सबैलाई सधैं दिइरहुन ,हार्दिक श्रद्धाञ्जली !!!
जीवन मा मित्रहरू को स्थान सुख मा ,दुख जहिले नि अद्वितीय हुन्छ ।मात्र फरक कति भने सुख मा मित्रहरू को मेला चाहिने भन्दा अलि बढी नै लाग्ने गर्छ भने संकटमा खडेरी पर्ने हुन्छ ।धेरै पटक पढियो कि जीवन सबैभन्दा ठूलो पाठशाला हो भने समय सबैभन्दा ठुलो गुरु।तर मैले मेरो जीवन मा यो तथ्य लाई प्रत्येक्षरूपमा नै आत्मसात गर्ने सुअवसर मलाई मेरो जिन्दगी ले प्रदान गर्यो ,यस अर्थ मा म जिन्दगी प्रति अनुगृहित नै छु।मैले आफैले ठूलो गुन लाएको ठानेका मित्रहरूले समेत संकट काल मा जुनखाले व्यबहार देखाए त्यसले जीवन मा ठुलो सिख दिलायो र समय ले मलाई जुन ऐना देखायो यी तथ्य हरु ले उपरोक्त भनाइ हरु" (जीवन सबैभन्दा ठुलो पाठशाला र समय सबैभन्दा ठुलो गुरु)" लाई साक्षात्कार गर्ने ठुलो अवसर प्रदान गर्यो ।जीवन को अर्को मोडमा चुनाव लडियो ,परिणाम जेसुकै रहे पनि मानवीय समाज लाई यसले थप बुझ्ने मौका प्रदान गर्यो ,यो पनि जीवन को सिख को लागि निकै महत्त्वपुर्ण सावित भयो।खैर कसै प्रति मेरो केही गुनासो छैन,न जीवन प्रति ,न मानवीय व्यबहार प्रति ,न समाज प्रति ,न मित्रहरू सित न शत्रु हरु सँग ।सबै बाट केहि न केही सिके नै यही महत्वोपुर्ण उपलब्धि हो ।तर एक जना मित्र त्यस्तो घडीमा साथ दिन आए जतिबेला मेरा घनिष्ठ हौं भन्ने हरु समेत मेरो साथ दिनु त परै को कुरा मलाई भेट्न र मुख बोल्न समेत डराएर भाग्थे,त्यस्तो प्रतिकुल अवस्था मा निडर भएर निस्वार्थ ,एकलब्य शैलीको भक्ति भाव का साथ संघर्ष मा काँध थाप्न आइपुगेको मित्र हो स्वर्गीय कलक बहादुर बोहरा सर।त्यतिबेला को जर्जर महादेव मावि अठपाली लाई एउटा नमूना विद्यालय बनाउने सपना मैले देखे,त्यो सपना साकार पार्यो कलक सर को परिश्रम ले,अठोट मैले लिए थे ,पुरा गर्ने दृढता उसको थियो।उसै कर्म वीर को आज वार्षकी परे छ ।भगवान ले मलाई हरेक जन्ममा तिमी जस्तै मित्र प्रदान गरून्।अन्तिम घडीमा भेट्ने अवसर जुटेन,बस यसै कुरा को मलाल रहि रहने छ ।तिम्रा कतिपय अपेक्षा मा म खरो उत्रन नसकेको मा क्षमा माग्दै कालजयी मित्रलाई हार्दिक श्रद्धाञ्जली !!!तिम्रो कमि हमेसा खट्की रहने छ ,अलबिदा !!!
11/05/2020