ज्ञात अज्ञात सहिद प्रती श्रदासुमन
घाइते को स्वास्थलाभको कामना
राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ को शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनु हुने सबै नेपालीहरुमा हार्दिक शुभकामना।।
Shree bhairab basic school durgathali 4 dungree bajhang
Education is the passport to the future, for tomorrow belongs to those who prepare for it today.
03/02/2025
Happy Saraswati Puja! 🌸📚
On this auspicious day, may Goddess Saraswati bless us all with wisdom, knowledge, and creativity. Let us take this opportunity to celebrate the pursuit of learning and the power of education. Wishing all students, teachers, and staff a day filled with blessings, growth, and success.
प्यारा विद्यार्थी बाबुनानिहरु,
नमस्कार अनि मिठो सम्झना |
आजबाट यो वर्षको बडादशैं शुरु हुदैछ | घटस्थापना गर्ने काममा बुबाआमालाई सघाउनु होला अनि नवरात्रीको बारेमा जान्ने बुझ्ने प्रयास गर्नुहोला | दुर्गा भवानीको नौ वटा रुपहरुलाई नौ दिनसम्म उपासना गर्नुलाई नवदुर्गा भवानीको व्रत र उपासना भन्ने गरिन्छ | यस अवधिमा देवीभगवतीलाई गरिने उपासनाबाट हामी सबैलाई शारीरिक , मानसिक र आध्यात्मिक शक्ति प्राप्त हुन्छ | यहि शक्तिको बलमा हाम्रो पढाइलेखाइ , बुद्धि र विवेक , आचरण तथा अनुशासन जस्ता कुरामा प्रशस्त सुधार हुन्छ र हुनेछ |
दशैको विदामा सरमिसहरुले थुप्रै होमवर्क दिनुभएकै होला | त्यो होमवर्कलाई बोझ नसम्झिनु , पढाइ र सिकाइ भनेको निरन्तर भैरहने काम हो | चाडबाड मनाउने हो भन्दैमा हामीले आफ्नो निरन्तर गर्नुपर्ने कामलाई एकातिर पन्छाउन मिल्दैन | दशै हरेक वर्ष आउछ तर तिम्रो लागि यो वर्ष हरेक वर्ष हुनसक्दैन |
आफ्नो होमवर्कलाई थोरैथोरै गर्दै दिनदिनै गर्नु | किताब कापी , नोटबुक , फर्काइरहनु | साथीहरुसङ्ग सम्पर्क गर्दै गर्नु | सरम्यामहरु सङ्ग सोधपुछ गर्दै गर्नु | समकालीन घटनाक्रम , गतिविधी , खेलकुद बारे जानकार रहनु | खेतीपातीको सिजन भएको हुनाले घरमा सघाउनु | मोबाइल र ल्यापटपमा धेरै नझुण्डिनु |
सप्तमी तिथि पछि दशैले झ्याप्पै छोप्छ , अनावश्यक शपिङ्गको दवाब आमाबुबालाई नदिनु , चाडबाड तिमीहरुलाई आएको हो ; घरमूलीलाई आएको होइन | साथीभाइ , छरछिमेकी र आफन्तसङ्ग रमाउनु | टिका लगाउदा पाएको दक्षिणा जम्मा गरेर राख्नु | सबै आफन्तको घरमा पुग्नु | कुनै आफन्तले थोरै पैसा दिन्छन भनेर त्यता जान्न नभन्नु | पैसाभन्दा आशिर्वाद ठूलो हो भन्ने कुरा नबिर्सिनु |
खानपिनमा ध्यान दिनु , माछामासु कम खानु , फलफूल धेरै खानु | चटपट , मम , चाउमिन , दालमोठ , पानीपुरी , आइसक्रिम खादै नखानु | सबैको दशै शुभ रहोस , माता दुर्गाले सबैको मनोकामना पुरा गरिदेउन भन्ने कामना गर्द्छु |
सम्पूर्ण बिद्यार्थी एवम् अभिभावकज्यूहरुलाई बडादशैको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्द्छु |
✍️ श्री भैरब आधारभुत बिध्यालय दुर्गाथलि ४ डुङ्ग्री बझाङ।
15/09/2023
To my dear students, I wish that you never give up in life for you are a fighter and a winner in life. Wishing you a very Happy Children’s Day to you.
राष्ट्रिय बाल दिवस २०८० को नारा : बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी ।।
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Durgathali -4
Bajhang