Shree Chandradewal Secondary School Shivanath-04 Solpala,Baitadi

Shree Chandradewal Secondary School Shivanath-04 Solpala,Baitadi

Share

श्री चन्द्रदेवल मा.वि.शिवनाथ - ०४ स्वल्पला बैतडी

15/05/2026

यस शैक्षिकसत्रमा विद्यालयमा सञ्चालन हुने अतिरिक्त क्रियाकलापलाई थप व्यवस्थित, सिर्जनात्मक एवं प्रतिस्पर्धात्मक बनाउने उद्देश्यले आज नियमित पठनपाठनपश्चात् आधारभूत तथा माध्यमिक तहमा सदन विभाजन कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रममार्फत शिक्षक तथा विद्यार्थीहरूलाई विविध महत्त्वपूर्ण जिम्मेवारी प्रदान गर्दै नेतृत्व विकास, सहकार्य भावना तथा प्रतिभा प्रस्फुटनका लागि सक्रिय भूमिका निर्धारण गरिएको छ ।

15/05/2026

ग्रेडवृद्धि (पूरक)परीक्षाको आवेदन फाराम भर्ने सम्बन्धि सूचना ।

Photos from Shree Chandradewal Secondary School Shivanath-04 Solpala,Baitadi's post 15/05/2026

SEE मा आफ्नो नतिजा चित्त नबुझेको भए Re-total का लागि देहायको लिंकमा जाने ।
सिम्बोल नम्बर र जन्ममिति राख्ने ।
कुन कुन विषयमा पुनर्योग चाहेको हो Tick लगाउने ।
पुछारमा रहेको Pay Using FCGO वा अन्य त्यहाँ उपलब्ध भएको माध्यमबाट अगाडि बढ्ने ।
निवेदन जेठ १ गतेदेखि ७ गतेसम्म दिन सकिने भनि पनिकाले सूचना निकालेको छ ।
https://payment.see.gov.np/StudentRetotal

Photos from Shree Chandradewal Secondary School Shivanath-04 Solpala,Baitadi's post 14/05/2026

आज मिति २०८३ बैशाख ३१ गते बिहीबारका दिन हाम्रो विद्यालयका प्रधानाध्यापक श्री प्रेम सिंह महताको संयोजकत्वमा शिक्षक तथा विद्यार्थीहरूको संयुक्त बैठक सम्पन्न भयो। उक्त बैठकमा चालु शैक्षिक सत्रअन्तर्गत शैक्षिक, शैक्षणिक, अतिरिक्त क्रियाकलाप तथा विद्यालयका विविध व्यवस्थापकीय पक्षसँग सम्बन्धित विषयहरूमा विस्तृत छलफल गरियो ।
छलफलपश्चात् विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, अनुशासन सुदृढीकरण तथा समग्र शैक्षिक वातावरणलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ विभिन्न महत्त्वपूर्ण निर्णयहरू सर्वसम्मत रूपमा पारित गरियो ।

14/05/2026

२०८२ सालको माध्यमिक शिक्षा परीक्षा (पूरक) को समयतालिका
https://epaper.gorkhapatraonline.com/pdf/4324?file=/uploads/file/2026/5/gorkhapatra/2026-05-14-12-00-14-2083-01-31.pdf

12/05/2026

यस विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा नियमित तथा आंशिकतर्फ सहभागी भई सफलता हासिल गर्नुहुने ३२ (१३+१९) जना विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं। साथै सफलता नजिक रहनुभएका विद्यार्थीहरूलाई आगामी यात्राका लागि विशेष शुभकामना व्यक्त गर्दछौं।
सम्पूर्ण लगनशील विद्यार्थी , शिक्षकवर्ग, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, भूतपूर्व विद्यार्थी, समाजसेवी, बुद्धिजीवी, शिक्षाप्रेमी,सरोकारवाला तथा विद्यालयप्रति सद्भाव र माया राख्नुहुने सम्पूर्ण शुभेच्छुक महानुभावहरूप्रति हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्दछौं।
आगामी दिनहरूमा विद्यालयका सबल पक्षलाई अझ सशक्त बनाउँदै कमजोर पक्षलाई समयानुकूल सुधार, परिमार्जन र परिस्कृत गर्दै गुणस्तरीय शिक्षाको यात्रालाई थप प्रभावकारी र उपलब्धिमूलक बनाउने प्रतिबद्धता व्यक्त गर्दछौं।

📸 : विद्यालयीय वनभोज,सूर्नया नदी किनार

Photos from Shree Chandradewal Secondary School Shivanath-04 Solpala,Baitadi's post 09/05/2026

लेटर ग्रेडिङ निर्देशिका, २०८३
https://giwmscdnone.gov.np/media/pdf_upload/LetterGrading083_k5pneb6.pdf

08/05/2026

Result published !

23/04/2026

ग्रेडबृद्धी परीक्षाको समय तालिका !

Photos from Shree Chandradewal Secondary School Shivanath-04 Solpala,Baitadi's post 07/04/2026

!
Result Published!
:-
School 1st : Aayush Saud= 3.94( Class: 6)🥇
" 2nd: Susant Mahata= 3.93(Class: 7)
" 3rd : Bishal Koli= 3.86 (Class: 5 )
" 4th : Bandana saud= 3.84(Class: 5 )
" 5th : Bhupendra Koli= 3.83 (Class: 7)
: 3.70, Rural Municipality Topper in BLE (Grade:8)🥇

Want your school to be the top-listed School/college in Baitadi?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Baitadi