25/09/2026
अत्यन्त जरुरी सूचना!!!
विषय: प्रतिकूल मौसमका कारण एक दिन विद्यालय बिदा सम्बन्धी सूचना
श्री आदरणीय अभिभावकज्यूहरू,
जल तथा मौसम विज्ञान विभाग तथा गलकोट नगरपालिकाबाट प्राप्त मौसमसम्बन्धी सूचना एवं निर्देशनअनुसार २०८३ साल असोज ९ गतेदेखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको तथा सो अवधिमा बाढी, पहिरो, हावाहुरी, चट्याङलगायतका प्राकृतिक विपद्को जोखिम बढ्न सक्ने भएकाले विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको सुरक्षा र हितलाई उच्च प्राथमिकता दिँदै विद्यालय व्यवस्थापनले देहायबमोजिम निर्णय गरेको छ।
मिति २०८३/०६/०९ गते शुक्रबार विद्यालयको पठनपाठन तथा सम्पूर्ण नियमित गतिविधि एक दिनका लागि बन्द (बिदा) रहनेछ। उक्त दिन विद्यार्थी, शिक्षक तथा कर्मचारी सबैका लागि बिदा हुनेछ।
यस अवधिमा सम्भावित बाढी, पहिरो, चट्याङ तथा हावाहुरीबाट सुरक्षित रहन, अनावश्यक यात्रा नगर्न तथा गलकोट नगरपालिका, सम्बन्धित सरकारी निकाय र विद्यालयबाट जारी हुने सुरक्षा निर्देशनहरू पालना गर्न सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीहरूमा हार्दिक अनुरोध गरिन्छ।
“सुरक्षित जीवन नै हाम्रो पहिलो प्राथमिकता हो।”
धन्यवाद !
टेकबहादुर गुरुङ (कुमार)
प्रधानाध्यापक