25/09/2026
आदरणीय अभिभावकज्यूहरू, शिक्षक तथा कर्मचारीवर्ग एवं प्यारा विद्यार्थीहरू,
गलकोट नगरपालिकाको कार्यालयबाट प्राप्त सूचनाअनुसार जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमानलाई मध्यनजर गर्दै आज मिति २०८३ साल असोज ९ गते देशका विभिन्न भू–भागमा भारी वर्षा हुन सक्ने तथा वर्षाका कारण बाढी, पहिरो, भू–क्षय, सडक आवागमनमा अवरोधलगायतका जोखिम उत्पन्न हुन सक्ने सम्भावना रहेको हुँदा विद्यार्थी, शिक्षक तथा विद्यालय परिवारको सुरक्षा र सहज आवागमनलाई प्राथमिकता दिई आज एक दिनका लागि विद्यालयको पठनपाठन तथा सम्पूर्ण नियमित गतिविधिहरू बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ।
सम्भावित विपद्जन्य जोखिमलाई ध्यानमा राखी विद्यार्थीहरूलाई अनावश्यक रूपमा घरबाहिर ननिस्कन, जोखिमयुक्त स्थानमा नजान तथा अभिभावकको प्रत्यक्ष निगरानीमा सुरक्षित रहन अनुरोध गरिन्छ। साथै, मौसमको अवस्था हेरी आवश्यक सावधानी अपनाउन र सम्बन्धित निकायबाट जारी हुने सूचनाहरूमा ध्यान दिनुहुन समेत अनुरोध छ।
विद्यालयको नियमित पठनपाठन आगामी सोमबारदेखि सञ्चालन हुनेछ।
धन्यवाद।
प्रधानाध्यापक
न्यू लाइफ बोर्डिङ माध्यमिक विद्यालय
गलकोट नगरपालिका-०६, बागलुङ