01/12/2025
शिक्षा विकास तथा समन्वय इकाई बाग्लुङका आदरणीय सरहरूबाट कक्षा शिक्षण तथा विद्यालयको अनुगमन निरीक्षण पश्चात जनप्रेम मा.वि. भुस्कात, बाग्लुङ्ग को प्राङ्गणमा कैद गरिएको तस्बिरहरु
धन्यवाद सम्पुर्णमा ❤️❤️🙏🙏❤️❤️
24/11/2025
धन्यवाद हाम्रो ताराखोला राम्रो ताराखोला परिवार साथै यति मिठो भिडियो बनाउने प्रती हामी जनप्रेम मा.वि. भुस्कात, बाग्लुङ्ग ( Janaprem Secondary School ) परिवार हृदय देखि हार्दिक धन्यवाद प्रकट गर्दछौं ❤️🙏❤️✍️🇳🇵
21/11/2025
हाम्रो जनप्रेम मा.वि. भुस्कात, बाग्लुङ्ग मा एक भब्य कार्यक्रमका साथ नेपाली पहिरनमा छमछमी नाचे विदेशी स्वयम् सेवक तथा दाताहरु ताराखोला गाउँ पालिका-१, अमरभुमी भुस्कात गाउँ मा रहेको ताराखोला गाउँपालिकाकै उत्कृष्ट बिधालय श्री जनप्रेम मावि र समुदायमा तोरी पेल्ने मिल संचालनका लागि १२.६ किलो वार्डको सोलर प्यानल जडान गरेपछी C.A.C ग्रुप र गीफ पावर संस्थाका स्वयम् सेवक खुसियाली मनाउदै। ४० लाख वरावरको लागतमा जडान गरिएको सोलर प्यानलवाट वाट विधालय लोडसेडिङ मुक्त भएको छ भने तेल पेल्न दैलोमै सुविधा पाएका छन।
नोट-: यस कार्यमा हातेमालो गर्नुहुने स्वदेशी बिदेशी सम्पुर्ण संघसस्थालाई हामी Janaprem Secondary School परिवार हृदय देखि हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछौ ❤️❤️🙏🙏❤️❤️
20/11/2025
Save Daramkhola: अहिले दरम खोला र हाइड्रोपावरको बिषयमा ठुलो नै विवाद उठेको छ। समयमै आवाज नउठाए दरम खोला भनेको केवल नाम मात्र बाँकी रहने डर बढ्दो छ। मनोरम प्रकृति, स्थानीय पहिचान र पर्यावरण जोगाउन हामी सबै जुटौं ! कृपया तत्काल नै दरम खोलाको संरक्षणतर्फ जिम्मेवार निर्णय होस् - ‘खोला होस्, खोला जस्तै बगिरहोस्’ ! ”🙏
20/11/2025
बागलुङ जिल्ला ताराखोला गाउँपालिका वडा नं १ अमरभूमि भुस्कातमा अवस्थित सामुदायिक विद्यालय श्री जनप्रेम मा.वि.मा अध्यापनरत वाँयाबाट क्रमश गणित शिक्षक नरेशबहादुर नेपाली, विज्ञान शिक्षक टेकबहादुर पुन, अङ्ग्रेजी शिक्षक केशव सुवेदीले २०८१ को कक्षा १० र कक्षा १२ लाई निशुल्क ट्युसन कक्षा अध्यापन गर्नु भयो । उक्त शैक्षिक सत्रको वार्षिक परीक्षामा कक्षा १२ मा ९२% र पछि पूरकमा गरेर शतप्रतिशत , कक्षा १० मा ७५% र पछि पूरकमा गरेर शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल हुनु भएको छ ।❤️🙏❤️🙏❤️
जनप्रेम मा.वि. भुस्कात, बाग्लुङ्ग Janaprem Secondary School
बागलुङ जिल्ला ताराखोला गाउँपालिका वडा नं १ अमरभूमि भुस्कातमा अवस्थित सामुदायिक विद्यालय श्री जनप्रेम मा.वि.मा अध्यापनरत वाँयाबाट क्रमश गणित शिक्षक नरेशबहादुर नेपाली, विज्ञान शिक्षक टेकबहादुर पुन, अङ्ग्रेजी शिक्षक केशव सुवेदीले २०८१ को कक्षा १० र कक्षा १२ लाई निशुल्क ट्युसन कक्षा अध्यापन गर्नु भयो । उक्त शैक्षिक सत्रको वार्षिक परीक्षामा कक्षा १२ मा ९२% र पछि पूरकमा गरेर शतप्रतिशत , कक्षा १० मा ७५% र पछि पूरकमा गरेर शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल हुनु भएको छ ।
23/08/2025
२०८१ सालको कक्षा १२ र एसईई परीक्षामा सफल हुने विद्यार्थी तथा अभिभावकहरुलाई दर खाने कार्यक्रम सँगसँगै विद्यालयमा सम्मान गरिएको छ साथै सम्पुर्ण जनप्रेम मा.वि. भुस्कात, बाग्लुङ्ग को तर्फदेखी देश बिदेशमा रहनु हुने आमाबुबा दाजुभाइ तथा दिदिबहिनी हरुमा महिलाहरुको महान पर्व हरितालिका तीज-२०८२ को हार्दिक मंगलमय शुभकामना ब्याक्त गर्दछौं ...!!!!
पूर्ण गुरुङ
अध्यक्ष
बिधालय ब्यवस्थापन समिति
एवब
Naindra Gurung
प्रधानाध्यापक तथा समस्त Janprem MaVi जनप्रेम मावि अमरभुमी भुस्काट बाग्लुङ्ग परिवार ✍️✍️📖❤️🇳🇵🙏🙏
14/08/2025
आजबाट देशैभर सुरु हुने SEE ग्रेड वृद्धि (पुरक) परीक्षामा सहभागी यस जनप्रेम मा.वि. भुस्कात, बाग्लुङ्ग सहित सम्पूर्ण परीक्षार्थी भाईबैनीहरुलाई सफलताको शुभकामना ! 🎓🎉
05/08/2025
यस हाम्रो जनप्रेम मा.वि. भुस्कात, बाग्लुङ्ग बाट उतिर्ण हुने बिद्यार्थी भाईबहिनी हरुको नामावली यसप्रकार छ !!!
प्रधानाध्यापक तथा
समस्त Janprem MaVi जनप्रेम मावि अमरभुमी भुस्काट बाग्लुङ्ग परिवार
04/08/2025
यस जनप्रेम मा.वि. भुस्कात, बाग्लुङ्गबाट कक्षा १२ को परीक्षामा सहभागी विद्यार्थीहरुमध्ये ९१.६६ % उत्तीर्ण सहित देशैभरीबाट उतिर्ण हुने सम्पुर्ण बिद्यार्थी भाइबहिनीहरुलाई हार्दिक बधाई तथा शुभकामना✍️!
30/07/2025
हाम्रो जनप्रेम मा.वि. भुस्कात, बाग्लुङ्ग ( Janaprem Secondary School ) संगै खुलेको आकाश अनि सुन्दर हरियालीमा रमाएको भुस्कात गाउँ
फोटो-: शिक्षक टेक बहादुर गुरुङ्ग ( Janprem MaVi जनप्रेम मावि अमरभुमी भुस्काट बाग्लुङ्ग )