नेपाल कम्युनिस्ट पार्टीको प्रेस विज्ञप्ति ।
२०७५ जेठ ३ गते एमाले र माकेले एकताको घोषणा गरे । उनीहरुले एकता गरेर ऐतिहासिक र अद्भूत कार्य गरेको, नयाँ युगको शुरुअात भएको जनताको आकांक्षा पूरा गरेको, देश शान्ति, समृद्धि, स्थिरता र विकास शुरु हुनेसम्म भन्न भएका छन् । सरकारी र केही विदेशी दानबाट सञ्चालित सुगाहरुले नेपाली कम्युनिस्ट आन्दोलनको नयाँ इतिहास शुरु भएको घोषणा गरे । यसले उनीहरु आफैँलाई असुरक्षा र तनावबाट केही समयका लागि हल्का बनाउन र राहत महसुस गर्न प्रयास गरिरहेका भान हुन्छ । तर गरिबी, उत्पीडन, लुछाचुंडी, अभाव, भ्रष्टाचार, महंगी, राष्ट्रघात र अराजकताबाट हैरान अहिलेको अवस्थामा अवसरवादी पुँजीवादीले अपत्यारिलो देखिने सफलता सम्झेका होलान् । तर यसबाहेक उनीहरुको भाषण जनयुद्ध र जनआन्दोलनको भीषण प्रतिज्ञा र प्रतिबद्धताबाट चिप्लिएर संसदीय व्यवस्थाको फोहरी नालीमा मिसिएको अपराधको क्रन्दनबाहेक केही पनि होइन । यहाँ न समृद्धि छ न हुनेवाला नै छ । उनीहरुको यो हर्कत सरासर झुटको अभिव्यक्ति हो । यो उनीहरुको कुनै अवसारवादी कमजोरी पनि होइन । यो त उनीहरु आफ्नै विचार, राजनीति, आदर्शको भारीबाट थिचिएर भागेका नाम कटुवा कम्युनिस्टहरु हुन् । उनीहरुको एकता भनेको क्रान्तिका भगौडा र नाम कटुवा कम्युनिस्टहरुको गठजोड हो । एमाले झापा विद्रोहको वजन र उचाइ थेग्न नसकेर साम्राज्यवादीहरु, संशोधनवादी पुँजीवादीहरुको शरणमा लम्पसार हुन पुगेको भगौडाहरुको झुण्ड हो । माके भर्खरको महान् जनयुद्धको ओज, गरिमालाई मूल्यबोध गर्न नसकेर, शहीदका रगतको टाटा नबस्दै रनाहमा परेर साम्राज्यवादी दलाल संसदवादी पुँजीवादको टाङमुनि टाउको घुसार्न पुगेको कायर भगौडा पार्टी हो । यी दुवै क्रान्ति, बलिदान, शहीद, बेपत्ता तथा घाइते योद्धालाई कहिल्यै नभुल्ने गरी धोका र गद्दारी गर्ने समूहहरु हुन् ।
यी दुवै आफू क्रान्तिकारी हुँदा एकअर्कालाई दुश्मन भन्ने गर्दथे तर आज जब दुवै लुटेरा पुँजीवादी व्यवस्थामा प्रवेश गरेर सामाजिक दलाल पुँजीवादीमा पतन हुन पुगे तब एकअर्काका सुखदुखका साथी, कम्युनिस्ट र कमरेड भन्दै एकताको नाटक रच्न पुगेका छन् । यिनीहरुको एकता कम्युनिस्ट एकता होइन कम्युनिस्ट आदर्शबाट च्युत भएका घोर अवसरवादी संशोधनवादीहरुको एकता हो । उनीहरुको एकता कम्युनिस्टहरुको एकता होइन । क्रान्तिबाट भागेर पुँजीवादको पालेमा पतन भएका संशोधनवादीहरुको गठजोड हो । विचार मरेको तुच्छ स्वार्थ बोकेका जनघाती र राष्ट्रघातीहरुको घोर मिलाप मात्र हो । यसलाई अर्को भाषामा टाट पल्टिएको बैंकहरुको होल्डिङ व्यापारी संघको विलयबाहेक अरु भन्न मिल्दैन । शुरु मै दुई पार्टी संघको घोर अवसरवादी संशोधनवादी सिण्डिकेटधारी संरचना बोकेर कही नभएको जात्रा गर्दै दुई अध्यक्ष प्रणाली खडा गरेर कुहिएको पार्टीले के नयाँ प्रणालीको हल्ला गर्ने । यो त कम्युनिस्ट आन्दोलनलाई अँध्यारोतिर धकेल्ने व्यर्थको गठजोड मात्र हो ।
यो एकताको सबै भन्दा भद्दा र कुरुप चित्र भनेको प्रचण्ड माओवादीको सम्पूर्ण रुपले विसर्जन हो । प्रचण्डहरु यो आत्मासमर्पणको खाडलमा जाकिन्छन् भन्ने कुरा पहिला नै देखेको र भनेको पनि हो । हामीले उनीहरुको गडबढीलाई विचलन देखेर नै उनीहरुबाट विद्रोह गरेर क्रान्तिकारी पार्टीको पुनर्गठन गर्ने पहल गरेका हौं । तर पनि सबै नागरिकहरु विशेषतः जनयुद्धमा सहभागिहरु सबैले तत्कालै बुझ्ने गरी प्रचण्डको स्वार्थी, फोहरी र अवसरवादी अनुहार उदांगो भएको छ । किन कि प्रचण्डहरु भित्रभित्र जहिले पनि क्रान्तिकारीहरुलाई तुच्छ र घृणात्मक आरोप गर्ने गर्दथे (जुन कार्य अहिले पनि जारी छ) । आफूहरु जनयुद्धका प्रतिबद्धताबाट पछि नहटेको हल्ला गरिरहे । अब प्रचण्डहरुमा माओवादीको “म” पनि रहेन । उनीहरु प्रतिक्रियावादमा पतन भएको दुश्मनसँग विलय हुन पुगेका छन् । र स्वयंलाई दलाल पुँजीवादी संसदीय व्यवस्थाको पाले र क्रान्तिको बाधकमा पतन गराएका छन् । अब उनीहरुलाई के भन्ने ? विषय गम्भीर छ ।
केपी र पिकेले जतिसुकै शान्ति, स्थिरता र समृद्धिको हावा चलाए पनि त्यो संशोधनवादी सामाजिक दलाल पुँजीवादीहरुको स्याल हुईया मात्र हो । उनीहरु दलाल पुँजीवादमा पुगेका सामाजिक दलाल, दलाल पुँजीवादी व्यवस्था आफैँमा शोषण, दमन र उत्पीडनको अर्को नाम हो र त्यो आफैँमा असाध्यै अस्थितरता र विपत्तिको कारण हो । त्यसैले यो व्यवस्थामा केपी र पिकेको भगवानले पनि शान्ति र स्थिरता दिन सक्नेछैन । दिनप्रतिदिन राष्ट्रघात, जनघात, भ्रष्टाचार, कमिसन र तस्करीमा डुब्न पुगेको छ । केपी–पिकेले पहिले नै नेकपामाथि फासिवादी दमन गरेर युद्धको ऐलान गरिसकेका छन् भनें भविष्यमा यो प्रक्रिया अझ तीब्र भएर जानेवाला छ । यसको जवाफ क्रान्तिबाट मात्र दिन सकिन्छ र दिन अनिवार्य छ । अनि केपी–पिकेको शान्ति कताबाट हुन सक्दछ ? बाहिर चारैतिर छरिएको संघर्ष उनीहरुतिर केन्द्रीत भएर जानेवाला छ । उनीहरुले सोच्लान्, बलियो सरकार भएपछि क्रान्तिकारी उग्रवादीहरुलाई दमन गर्न सजिलो हुन्छ । यो उनीहरुको भ्रम र कल्पना मात्र हो । एकलौटी शासन सत्ता हुँदा त पुँजीवादीले नियन्त्रण गर्न सम्भव भएन । अणु बम भएका शक्तिले त क्रान्तिकारीलाई रोक्न सकेनन् । साम्राज्यवादी सेनाले त क्रान्तिकारी शक्तिलाई परास्त गर्न सकेन भनें यी संसदवादी, संशोधनवादी, आत्मासमर्पणवादीहरुले सरकार परिवर्तन भयो भन्दैमा क्रान्ति रोकिने र नयाँ युगको शुरु हुन्छ भन्ने कल्पना नगरे हुन्छ । क्रान्ति, बलिदानबाट भागेर प्रतिक्रियावादी सत्तामा गएर क्रान्तिको दमन गर्ने कुरा क्रान्ति गर्नेभन्दा पनि जटिल कुरा हो । वास्तविकता यिनै हुन आगामी दिनहरु भीषण उथलपुथलकारी हुने छनक देखिएको छ ।
एमाले र माकेबीच एकता गरेर बलियो हुने र शासनमा बसेर मोज गर्ने कल्पना गरेका होलान् । हुन पनि सक्छ तर उल्टो हुँदैछ । उनीहरुलाई नजिकबाट बुझ्ने इमानदार क्रान्तिकारीहरुले अवसर प्राप्त गरे । एमालेलाई मात्र होइन, माकेलाई पनि कम्युनिस्ट आन्दोलनबाट पतन गरेर पुँजीवादीहरुको सेवक भएको यथार्थ नाङ्गो आँखाले देख्न पाए । यसले स्वाभाविक रुपबाट सबैतिर रहेका इमान्दार र क्रान्तिकारी कमरेडहरुलाई एकताबद्ध गर्ने र ध्रुवीकृत गर्ने प्रक्रिया निर्णायक मोडतिर पुग्दैछ । आत्मसमर्पणवाद, अवसरवाद, संशोधनवादलाई स्पष्टह रुपमा आफैँले देखेर बुझ्न पाउनु भनेको क्रान्तिकारीहरुलाई नयाँ क्रान्तिका वरिपरि गोलबन्द र ध्रुवीकरण गर्ने अवसर पनि हो ।
बलिदानले उर्जा पैदा गर्छ भनेंजस्तै गद्दारी र विसर्जनले पनि जनक्रान्ति जन्माउने शक्ति पैदा गर्दछ । एमाले र माकेको एकताले क्रान्तिकारीमा नयाँ शक्ति र अवसर पैदा गरेको छ । सम्पूर्ण क्रान्तिकारी कम्युनिस्टहरु, इमानदार कमरेडहरु ढिला नगरी ध्रुवीकृत हुने बेला आएको छ । देशलाई दलाल पुँजीवादीहरुको हातमा रहन नदिने हो भनें, सामाजिक दलाल पुँजीवादीहरुको नियन्त्रणमा जान नदिने हो भनें, यसले भयानक राष्ट्रघात जो मोदी आउँदा केपीले गरे, जनघात जो नेकपाका नेता–कार्यकर्तामाथि दमन गरिएको छ, भ्रष्टाचार गरिएको छ, झन बढ्नेवाला छ । जनता भयङ्कर अभाव, उत्पीडन र दमनमा पर्ने देखिन्छ । तसर्थ, सबैतिर रहेका क्रान्तिकारीहरु माक्र्सवाद–लेनिनवाद–माओवाद र एकीकृत क्रान्तिको मार्गमा गोलबन्द हुन जुटौं । सच्चा क्रान्तिकारीहरुको एकता त्यही प्राप्त हुन्छ । देश र जनताको वास्तविक शान्ति, समृद्धि पनि वैज्ञानिक समाजवादमा मात्र सम्भव छ ।
विप्लव
महासचिव
२०७५ जेठ ४ गते
Dhaulagirionline.com
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dhaulagirionline.com, Education, baglung, Baglung Bazar.
16/02/2016
21/06/2015
उदयपुर २ मा एमालेकी मञ्जु चौधरी विजयी
उदयपुर २ नम्बर क्षेत्रमा एमालेकी मञ्जु चौधरी विजयी हुनु भएको छ । चौधरीले आफ्नी प्रतिद्वन्द्वी कांग्रेसकी प्रमिला राईलाई पराजित गर्नु भएको हो । एमालेकी चौधरीले ७५३४ मत प्राप्त गर्नु भयो भने कांग्रेसकी राईले ७५११ मत ल्याउनु भयो ।
मोरङ ६ मा नेपाली कांग्रेसका महेश आचार्य विजयी
बागलुङ क्षत्र नं १ को ताजा परिणाम ।
* नेका हरिबहादुर खडका- १२०७१
* एमाले हिरा केसी- १०३८६
* एमाओवादी कृष्ण केसी- ५४००
* बागलुङ क्षत्र नं ३ को ताजा परिणाम
* नेपाली कांग्रेस- ज्ञानकुमारी छन्त्याल – ३३०६
* एमाओवादी- तुलसी अर्याल – २०१४
* एमाले- शान्ति अधिकारी -१७०३
* बागलुङ क्षत्र नं १ को ताजा परिणाम ।
* नेका हरिबहादुर खडका- १०७१६
* एमाले हिरा केसी- ९२८८
* एमाओवादी कृष्ण केसी- ५०८५
* बागलुङ क्षेत्र नं २ को ताजा परिणाम
* नेपाली कांग्रेस प्रकाश पौडेल १०२५३ मत ल्याएर विजयी !
बागलुङ क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसका उम्मेदवार प्रकाश पौडेल विजयी हुनु भएको छ ।
* बागलुङ क्षत्र नं ३ को ताजा परिणाम
gyankumari
* नेपाली कांग्रेस- ज्ञानकुमारी छन्त्याल – २६८०
* एमाओवादी- तुलसी अर्याल – १६७१
* राजमो – धर्म कुवंर- १०५९
* एमाले- शान्ति अधिकारी -१४१४
* बागलुङ क्षत्र नं १ को ताजा परिणाम ।
hari khadka
* नेका हरिबहादुर खडका- १००५७
* एमाले हिरा केसी- ८३७४
* एमाओवादी कृष्ण केसी- ४९९३
* बागलुङ क्षेत्र नं २ को ताजा परिणाम
prakash Paudel NC 2
* नेपाली कांग्रेस प्रकाश पौडेल- ९७८४
(जित सुनिश्चित)
* राष्ट्रिय जनमोर्चा राजेन्द्र ढुंगाना- ७४९२
* एमाआवादी लिल बहादुर थापा- ५६५०
यस्तो छ बागलुङ जिल्लाका तीनवटै क्षेत्रको पछिल्लो मत परिणाम
बागलुङ जिल्लाको पछिल्लो मतपरिणाम अनुसार क्षेत्र नं। ३ मा नेकपा एमालेकी शान्ति अधिकारीले १५०३, एकिकृत माओवादीका तुल्सीराम अर्यालले १४११, नेपाली काँग्रेसकी ज्ञानकुमारी छन्त्यालले १४०५, र राष्ट्रिय जनमोर्चाका धर्म कुवरले १२८३ मत प्राप्त गरेका छन ।
त्यस्तै क्षेत्र नं। २ मा नेपाली काग्रेसका प्रकाश पौडेल ८५१७, राष्ट्रिय जनमोर्चाका राजेन्द्र ढुङ्गानाले ६२९१, एकिकृत माओवादीका लिल वहादुर थापाले ५२६६ र नेकपा एमालेका डा। सूर्य पाठक २९७० मत प्राप्त गरेका छन भने क्षेत्र नं। १ मा नेपाली काँग्रेसका हरि खड्काले ९४१६, एमालेका हिरा केसि ८९७७, एकिकृत माओवादीका कृष्ण केसी ४५९६ र राष्ट्रिय जनमोर्चाका तिर्थसिंह थापाले २०४५ मत प्राप्त गरेका छन ।
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Website
Address
Baglung
Baglung Bazar