Career Partner -करियर पार्टनर

Career Partner -करियर पार्टनर

Share

completely educational and motivational page which will be an intellectual engagement and discussion forum
निरन्तर सिकाईको सहयात्री

04/05/2026

सार्वजनिक खरीद ऐनमा भएका महत्त्वपूर्ण संशोधनहरू:

सार्बजनिक खरिद ऐन दोश्रो संशोधन अध्यायदेशले विकास,पुर्बाधार र खरीद प्रणालीमा रहेको नीतिगत जटिलताहरुमा व्यापक फेरबदल गरेको छ।केही बुदाहरु:

१)अन्तरास्ट्रिय बोलपत्र आव्हानका लागि ४५ दिन बाट घटाएर ३० दिन।
२)रास्ट्रियस्तर बोलपत्र आव्हानका लागि ३० दिन बाट घटाएर २१ दिन।
३) शिलबन्दी दरभाउका लागि १५ दिन बाट घटाएर ७ दिन।
४)बिद्युतीय खरीद प्रणाली प्रयोग गरिएको अवस्थामा अब रास्ट्रिय दैनिक पत्रीकाकामा सूचना छाप्नु पर्ने अनिबार्य ब्याबस्थाको अन्त्य।यस्तोमा सार्बजनिक खरिद अनुगमन कार्यलय र सम्बन्धित निकायको वेब साईटमा राखिएको सुचनालाइ नै आधिकारिक मानिने छ।
५)अस्वभाबिक रुपमा कममूल्य कबोल गरेर ठेक्का लिने प्रवृत्ति रोक्न कडा प्रावधान राखिएको छ,यदि बोल पत्र दाताले कुनै आइटममा लागत अनुमान को ५०%भन्दा कम दर हालेमा मुल्यांकनका लागि लागत अनुमान कै दर राखिने छ।जस्तै लागत अनुमानको ३०% भन्दा घटेर कबोल गर्नेको दर विश्लेषण मागिने छ र कार्य सम्पादन हुन नसक्ने देखिएमा बोलपत्र रद्द गरी जमानत जफत गरिने छ।
६)यदि सारभूत रुपमा बोलपत्रको अङ्क लागत अनुमान भन्दा बढी भएमा स्पेसिफिकेसन नघटाइ सम्बधित निकाय संग बार्ता गरेर एकमुसष्ठ छुट प्रतिशतमा सहमति गरी सम्झौता गर्न सकिने छ।
७)परामर्श दाताको हकमा पहिलो प्रस्तावकको रकम बढी भएमा, दोश्रो प्रस्तावकको रकम लागत अनुमान भित्र भए उसैलाइ छनौट गरिने छ।
८)मोबिलाईजेशन रकम पूरा २०% पुर्याइएको छ,तर मोबिलाइजेसन रकम लिएर ३० दिन सम्ममा पनि निर्माण कार्य सुरु नगरिएको खन्डमा बैङ्क ग्यारेन्टी जफत हुने र छुट्टै खाता बाट मात्रै खर्च हुने छ।
९)कार्यसम्पादन सुरक्षा न्युनतम ५% र न्यून बोलकबोलको हकमा ८% तोकिएको छ।
१०)योग्यता गणना गर्दा दुई वा सो भन्दा बढी एकीकृत कम्पनी भएमा उनिहरुको पुरानो योग्यताको पनि गणना गरिने भएको छ।
११)यस अघि योग्यता निर्धारणको लागि रहेको २ करोडको सिमालाइ हटाएर तोकिए बमोजिम बनाइएको छ, ठेक्का टृक्रा पार्न वा प्रतिस्पर्धा सिमित हुनेगरी ठेक्का ठुलो प्याकेज बनाउन रोक लगाइएको छ।
१२)सब कन्टेकटर लाई २५% भन्दा बढी काम दिन पाइने छैन।
१३)भेरिएसनको निर्णय अधिकारलाई बिकेन्द्रीत गर्दै १५% भन्दा माथीको निर्णय बिभभागीय प्रमुखलेनै गर्न सकिने छ।
१४)अधिकृतले ५%,उपसचिबले १०%, र सहसचिबले १५% सम्म भेरिएसन गर्ने ब्यवस्थालाइ निरन्तरता दिएको छ।
१५)ठेक्का तोडिएको अवस्थामा बाकी सम्पन्न गर्न लाग्ने थप रकम अर्थात अद्यावधिक लागत र कन्टेकटरको बोल कबोल बिचको फरक सम्बधित निर्माण ब्याबसायी बाट नै असुल गरिने छ।
१६)पुर्ब तयारी नगरी टेन्डर आउट गर्ने कर्मचारीलई कार्बाही र राम्रो काम गर्ने लाई पुरस्कारको पनि ब्यबस्था गरिएको छ।
१७)मुल्याङ्कन समितिले प्रतिबेदन बुझाएको १५ दिन भित्रै बोलपत्रको निर्णय स्वीकृत गरिसक्नु पर्ने छ, र अङ्क बराबरी भए गोला प्रथा बाट छनौट गर्ने प्रवधान राखिएको छ।

20/04/2026

Native English Expressions (idioms)

1. Piece of cake → Very easy
2. Break a leg → Good luck
3. Hit the books → Start studying
4. Under the weather → Feeling sick
5. Once in a blue moon → Very rarely
6. On cloud nine → Very happy
7. Spill the beans → Reveal a secret
8. Hit the sack → Go to sleep
9. In hot water → In trouble
10. Miss the boat → Miss an opportunity
11. A big deal → Something important
12. No big deal → Not important
13. Hang out → Spend time together
14. Call it a day → Stop working
15. Give me a hand → Help me
16. Hang in there → Stay strong
17. Take it easy → Relax
18. Get over it → Move on
19. What's going on? → What's happening?
20. I'm broke → I have no money
21. That rings a bell → Sounds familiar
22. Cut it out → Stop doing that
23. I'm all ears → I'm listening
24. You nailed it → You did it perfectly
25. Pull yourself together → Calm down
26. Go for it → Try it
27. Not my thing → I don't like it
28. Fair enough → That's reasonable
29. No way → Impossible
30. Sounds good → Okay / Good idea
31. My bad → My mistake
32. Hang tight → Wait a moment
33. I'm beat → I'm very tired
34. Let's wrap up → Finish
35. I'm in → I agree / I'll join
36. I'm out → I will not join
37. You bet → Of course
38. Take your time → No hurry
39. Keep in touch → Stay connected
40. Long time no see → Haven't seen you for long

19/04/2026

8 वटा उत्कृष्ट AI Tools , जसले हजुरको समय बचाउनुका साथै Productivity बढाउन मद्दत गर्छन्:

1. Google Pomelli AI:
कुनै पनि website को link राख्नुस्, र यसले branding assets (colors, products) आफैँ extract गरेर D2C business को लागि तयार पारिएको video ads बनाउँछ। यसले सिङ्गै Marketing team को काम एक्लै गर्छ।

2.Miro (Miro Flows):
Brainstorming session का छरिएका विचार र sticky notes लाई actionable deliverables (जस्तै content calendars वा project plans) मा बदल्छ।

3. Granola AI:
Meeting मा कुनै obtrusive bot join नगराईकन, हजुरको Mac बाट आउने audio सुनेर आफैँ meeting summary र notes तयार पार्छ। Privacy को लागि एकदम राम्रो!

4. Claude Co-work:
Mac मा चल्ने यो tool ले desktop भित्रका files चलाउन सक्छ। PDF analysis गर्ने, PPT बनाउने, वा हरेक दिन बिहान viral trends research गर्ने जस्ता tasks हरु schedule गरेर automate गर्न सकिन्छ।

5.Bird’s Eye App:
हजुरको interests र YouTube history सँग जोडेर नयाँ-नयाँ मिल्दोजुल्दो topics (adjacent interests) सिकाउने एउटा visual knowledge graph। नयाँ कुरा सिक्न रुचाउनेहरुको लागि Best!

6. Google Flow:
Text prompt दिएर 'talking objects' (जस्तै बोल्ने खानेकुरा) भएका viral videos बनाउन मिल्ने end-to-end video generation platform।

7. Google Notebook LM:
Textbooks र notes बाट अब summary र audio podcast मात्र होइन, ५ मिनेटमै animated videos र infographics पनि बनाउन मिल्छ। Students र researchers को लागि यो एकदमै उपयोगी छ।

8. Google Anti-gravity:
Prompts दिएरै पूरै full-stack applications बनाउन मिल्ने local AI IDE। यो सिधै हजुरको ल्यापटपमा बस्छ र सजिलै code manipulate गर्छ।

यी tools ले मानिसको सोच्ने क्षमतालाई (thinking process) replace गर्ने होइन, बरु सोचिसकेपछि गर्नुपर्ने manual र repetitive कामहरूलाई मात्र सम्हाल्ने हुन्। 💡 हजुरको काम वा project मा यी tools प्रयोग गरेर आफ्नो productivity बढाउन सक्नुहुन्छ !

13/04/2026
10/04/2026

Anyway – जे भए पनि
Even so – तैपनि
Still – अझै पनि
After all – आखिर
At the same time – एउटै समयमा
In the meantime – यसबीचमा
All of a sudden – एक्कासी
Right away – तुरुन्त
Soon – छिट्टै
Later on – पछि
From now on – अबदेखि
So far – अहिलेसम्म
Up to now – हालसम्म
Once again – फेरि एकपटक
In short – छोटकरीमा
In brief – संक्षेपमा
In other words – अर्को शब्दमा
To be honest – इमान्दार भएर भन्नुपर्दा
As usual – सधैंझैँ
On purpose – जानीजानी
By mistake – गल्तीले
For sure – पक्का
Without doubt – निस्सन्देह
No doubt – शंका छैन
Of course not – पक्कै होइन
Not at all – बिल्कुलै होइन
It’s okay – ठिकै छ
That’s right – सही हो
That’s wrong – गलत हो
I’m not sure – म निश्चित छैन
I’m ready – म तयार छु
Let’s go – जाऔँ
Come on – आउ न
Go ahead – अघि बढ
Hold on – रोक
Stay here – यहाँ बस
Come back – फर्क
Listen carefully – ध्यान दिएर सुन
Speak slowly – बिस्तारै बोल
Say it again – फेरि भन
I understand – मैले बुझें
I don’t understand – मैले बुझिन
What do you mean? – के भन्न खोजेको?
How much? – कति?
How many? – कति वटा?
What happened? – के भयो?
Who knows? – कसलाई थाहा?
That’s true – सत्य हो
That’s not true – सत्य होइन
No way – कुनै हालतमा होइन

03/04/2026

P*S सम्बन्धी इमेल सेवाहरू |
कर्मचारीले अब इमेलबाट सेवा लिनुहोस् ।
-----------------------
1. [email protected]

कर्मचारीले आफ्नो नियुक्ति, पदस्थापन, सरुवा, बढुवा, बिदा लगायतका विवरण अद्यावधिक गर्न यस इमेल प्रयोग गर्न सक्नेछन्।
प्रयोग विधि:
आफू कार्यरत कार्यालयको आधिकारिक इमेल ID मार्फत निवेदन, कार्यालयको सिफारिस तथा आवश्यक प्रमाण संलग्न गरी पठाउनुपर्नेछ।

2. [email protected]

पेन्सन सम्बन्धी सेवा (जस्तै: निवृत्तिभरण, सञ्चित बिदा वापत रकम निर्धारण आदि) का लागि आवश्यक कागजात पठाउन यो इमेल प्रयोग गर्न सकिन्छ।
यस सेवालाई आगामी दिनमा पूर्ण रूपमा faceless बनाउने व्यवस्था गरिनेछ।

3. [email protected]

कार्यालयमा भएको संगठन संरचना, दरबन्दी विवरण, मन्त्रिपरिषद्को निर्णय, कानुन तथा अन्य सम्बन्धित सहमति पठाउन यो इमेल प्रयोग गरिन्छ।

4. [email protected]

नयाँ नियुक्त कर्मचारीहरूले आफ्नो sheetroll फाराम भरी, कार्यालय प्रमुखबाट प्रमाणीकरण गराई, आवश्यक कागजातसहित कार्यालयकै इमेलमार्फत पठाउनुपर्नेछ।

5. [email protected]

बहालमा रहेका कर्मचारीहरूले आफ्नो व्यक्तिगत वा सेवासम्बन्धी विवरण (जस्तै: संशोधन वा अद्यावधिक) गर्न यो इमेल प्रयोग गर्न सक्छन्।
प्रयोग विधि:
कार्यालयको आधिकारिक इमेलबाट निवेदन, सिफारिस र प्रमाण संलग्न गरी पठाउनुपर्नेछ।

6. [email protected]

पेन्सन पाइसकेका पूर्व कर्मचारीहरूले आफ्नो विवरण सच्याउन वा अद्यावधिक गर्न यस इमेल प्रयोग गर्न सक्नेछन्।
प्रयोग विधि:
पेन्सन बुझ्ने बैंक रहेको जिल्लाको को.ले.नि.का. को इमेल मार्फत निवेदन, पत्ता प्रतिलिपि तथा प्रमाण पठाउनुपर्नेछ।

7. [email protected]

काठमाडौं उपत्यकाभित्र रहेका संघीय कार्यालयहरूले कर्मचारीहरूको तलबी प्रतिवेदन, स्वीकृत दरबन्दी सहितको अनुरोध पत्र पठाउन यो इमेल प्रयोग गर्नुपर्नेछ।
(P*S update भइसकेको हुनुपर्नेछ)

8. [email protected]

कर्मचारीहरूले आफ्नो सम्पत्ति विवरण सिलबन्दी खामभित्र राखेर पठाउनुपर्ने हुँदा सो सम्बन्धी जानकारीका लागि यो इमेल प्रयोग गर्न सकिन्छ।

01/04/2026

NASA ले आज चन्द्रमाको नजिक पठाउन लागेको रकेट Artemis II मिशन अन्तर्गत हो, जसमा Space Launch System (SLS) रकेटमार्फत Orion spacecraft अन्तरिक्ष यान प्रयोग गरिन्छ; यो करिब ५० वर्षपछि पहिलो मानवसहितको चन्द्र अभियान हो जसमा ४ जना अन्तरिक्ष यात्री चन्द्रमाको वरिपरि उडेर पृथ्वीमा फर्किनेछन्, मिशन करिब १० दिनको हुनेछ र यसको मुख्य उद्देश्य अन्तरिक्ष यानका प्रणालीहरूको परीक्षण गर्नुका साथै भविष्यमा चन्द्रमामा मानिस अवतरण गर्ने (जस्तै Artemis III) योजनाका लागि तयारी गर्नु हो, जसले मानवलाई फेरि चन्द्र सतहमा लैजाने दीर्घकालीन लक्ष्यलाई बलियो बनाउँछ।https://www.youtube.com/live/3eMVaWoJtE0?si=J8NDm4WL4nzFyQ50

29/03/2026

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत्र १३ को बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची छोटकरीमा

1. निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिइयो।
2. सरकारलाई परिणाममुखी र जवाफदेही बनाइने।
3. सबै दलका प्रतिबद्धता मिलाएर राष्ट्रिय प्रतिबद्धता बनाइने।
4. संविधान संशोधनका लागि राष्ट्रिय सहमति खोजिने।
5. दलित तथा वञ्चित समुदायप्रति औपचारिक माफी मागिने।
6. Gen Z आन्दोलन पीडितलाई राहत र पुनःस्थापना गरिने।
7. घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरिने।
8. आयोगका प्रतिवेदन कार्यान्वयन गरिने।
9. मन्त्रालय संख्या घटाएर १७ बनाइने।
10. सेवा प्रवाह सरल र छिटो बनाइने।
11. अनावश्यक संस्था हटाइने वा पुनर्संरचना गरिने।
12. प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त बनाइने।
13. कर्मचारीलाई अनुशासित र उत्तरदायी बनाइने।
14. संघ, प्रदेश र स्थानीय संरचना मापदण्ड बनाइने।
15. शिक्षक सेवा व्यवस्थापन प्रदेशबाट गरिने।
16. कर्मचारी मूल्याङ्कनलाई परिणामसँग जोडिने।
17. सेवा गुणस्तर प्रमाणीकरण प्रणाली लागू गरिने।
18. सरकारी कार्यालयको मापदण्ड सुधार गरिने।
19. कर्मचारी डिजिटल प्रोफाइल बनाइने।
20. नागरिक सेवा केन्द्र स्थापना गरिने।
21. नागरिक सेवा पूर्ण डिजिटल बनाइने।
22. फ्रन्ट डेस्क कर्मचारीलाई तालिम दिइने।
23. सेवा प्रक्रियाको पुनःसंरचना गरिने।
24. २४ घण्टे गुनासो प्रणाली लागू गरिने ।
25. हेलो सरकार प्रणाली सुधार गरिने।
26. सेवाहरू समयबद्ध र डिजिटल बनाइने।
27. सरकारी कागजात घरमै पुर्‍याइने।
28. डिजिटल प्रणाली सुदृढ बनाइने।
29. डेटा एकपटक मात्र संकलन गरिने।
30. एप र पोर्टल सरल बनाइने।
31. नागरिक एपबाट सेवा आवेदन सहज बनाइने।
32. सेवा लिन समय तय गर्ने सुविधा दिइने।
33. डिजिटल हस्ताक्षर प्रणाली लागू गरिने।
34. फाइल ट्र्याकिङ प्रणाली बनाइने।
35. प्रमाणपत्र अनलाइन डाउनलोड गर्न मिल्ने बनाइने।
36. एकीकृत डिजिटल शासन प्लेटफर्म बनाइने।
37. सबै सेवा एउटै प्लेटफर्मबाट उपलब्ध गराइने ।
38. डिजिटल नियामक निकाय स्थापना गरिने।
39. IT संरचना एकीकृत गरिने।
40. IT सम्बन्धी कानून बनाइने।
41. डिजिटल आर्किटेक्चर तयार गरिने।
42. Betting एप बन्द गरिने।
43. सम्पत्ति छानबिन समिति गठन गरिने।
44. सुशासन केन्द्र सुधार गरिने।
45. डिजिटल सम्पत्ति ट्र्याकिङ प्रणाली बनाइने।
46. भ्रष्टाचारविरुद्ध राष्ट्रिय योजना ल्याइने।
47. सदाचार नीति लागू गरिने।
48. सार्वजनिक खरिद प्रणाली सुधार गरिने।
49. आयोजना व्यवस्थापन सुधार गरिने।
50. e-procurement प्रणाली लागू गरिने।
51. परियोजना सहजीकरण कानून ल्याइने।
52. सडक आयोजना समयमै पूरा गरिने।
53. लगानी प्रक्रिया सरल बनाइने।
54. परियोजनाको लगानी मोडेल तय गरिने।
55. एकद्वार लगानी प्रणाली लागू गरिने।
56. Startup प्रक्रिया छिटो बनाइने।
57. SME ऋण सहज बनाइने।
58. व्यवसाय दर्ता एकीकृत गरिने।
59. रोजगार र सीप केन्द्र बनाइने।
60. निजी क्षेत्र प्रवर्द्धन रणनीति लागू गरिने।
61. व्यवसाय सुरक्षाको व्यवस्था गरिने।
62. अपराधीमाथि कडा कारबाही गरिने।
63. प्रभावित व्यवसायलाई राहत दिइने।
64. PM Delivery Unit स्थापना गरिने।
65. लगानी संस्थाहरू एकीकृत गरिने।
66. साना उद्योग दर्ता सरल बनाइने।
67. डेटा आदानप्रदान प्रणाली बनाइने।
68. CSR रकम केन्द्रित गरिने।
69. निजी क्षेत्र सुरक्षाको रणनीति लागू गरिने।
70. ढुवानी अवरोध हटाईने ।
71. पारदर्शी लगानी वातावरण बनाइने।
72. नयाँ पर्यटन क्षेत्र विकास गरिने।
73. आरोग्य पर्यटन प्रवर्द्धन गरिने।
74. ऊर्जा क्षेत्र सुधार गरिने।
75. खानेपानी व्यवस्थापन एकीकृत गरिने।
76. जलाधार संरक्षण गरिने।
77. शहरी विकास कानून ल्याइने।
78. निष्क्रिय स्रोत प्रयोग गरिने।
79. e-billing अनिवार्य गरिने।
80. कर प्रणाली सुधार गरिने।
81. कोषहरू एकीकृत गरिने।
82. खानी क्षेत्र सुधार गरिने ।
83. भन्सार प्रणाली सुधार गरिने।
84. धरौटी रकम उपयोग गरिने।
85. स्वास्थ्य सेवा सुधार गरिने।
86. शिक्षा क्षेत्रमा राजनीति हटाइने।
87. परीक्षा परिणाम समयमै निकालिने।
88. नागरिकता बिना स्नातक पढ्न मिल्ने बनाइने।
89. कक्षा ५ सम्म परीक्षा हटाइने।
90. कृषि क्षेत्र सुधार गरिने।
91. सुकुम्बासी समस्या समाधान गरिने।
92. सार्वजनिक जग्गा संरक्षण गरिने।
93. अपराधसम्बन्धी सम्पत्ति कानून सुधार गरिने।
94. CIB लाई प्रविधियुक्त बनाइने।
95. अन्तर्राष्ट्रिय संकट अध्ययन गरिने।
96. भन्सारमा थन्किएका सवारी व्यवस्थापन गरिने।
97. महिलाका लागि निःशुल्क बस सेवा सञ्चालन गरिने।
98. सार्वजनिक यातायातमा सुरक्षा बढाइने।
99. सहकारी बचत फिर्ता प्रक्रिया सुरु गरिने।
100. सबै पक्ष मिलेर सुधार कार्यान्वयन गरिने।

27/03/2026

बालेन शाह प्रधानमन्त्री नियुक्त ..

19/03/2026

अंग्रेजी भाषाका केही रोचक कुराहरू-
=====================
1. अंग्रेजी भाषामा कुनै शब्दमा "Q" अक्षर आएमा जहिले पनि त्यसको पछाडी "u" नै आउँछ ।
2. "Dreamt" अंग्रेजी भाषाको एक मात्र शब्द हो, जुन "mt" मा समाप्त हुन्छ । यो बाहेक अंग्रेजी भाषामा "mt" मा समाप्त हुने अर्को कुनै शब्द छैन ।
3. "Underground" अंग्रेजी भाषामा एक मात्र शब्द हो
जुन "und" बाट सुरु हुन्छ र "und" मा समाप्त हुन्छ । अंग्रेजी भाषामा "und" बाट सुरू भएर "und" बाट अन्त्य हुने अर्को कुनै शब्द छैन ।
4. सम्पूर्ण अंग्रेजी भाषामा केवल चार शब्दहरू छन, जुन "dous" मा समाप्त हुन्छ ।
Tremendous, Horrendous, Stupendous & Hazardous
5. अक्सफोर्ड शब्दकोषअनुसार अंग्रेजी भाषाको सबैभन्दा ठूलो शब्द Pneumonoultramicroscopicsilicovolcanoconiosis
(निमोनोअल्ट्रामाइक्रोस्कोपिकसिलिकोभोल्कानोकोनिसिस) हो । यो फोक्सोको एउटा रोगको नाम हो ।
6. "Therein" एउटा त्यस्तो अंग्रेजी शब्द हो, जसबाट फरकफरक दश शब्द बनाउन सकिन्छ ।
The, there, He, In, Rein, Her, Here, Ere, therein, Herein
7. "Stewardesses" सबैभन्दा अर्थपूर्ण शब्द हो, जुन किबोर्डमा बाँया हातको औंलाहरूले मात्र टाइप गरिन्छ ।
8. हामी हाम्रो दैनिक कुराकानीमा हस भन्नुपर्दा "ok" शब्द धेरै प्रयोग गर्छौं, तर धेरै मानिसहरूलाई यो शब्द कसरी प्रयोगमा आयो भन्ने इतिहास बारे थाहा छैन । यसको इतिहास एक अमेरिकी राष्ट्रपति "एन्ड्र्यू ज्याक्सन" ले सबै सही छ" वा "भने बमोजिम छ" भन्ने अर्थमा "all correct" शब्द प्रयोग गर्नुपर्ने ठाउँमा गलत हिज्जे "oll kurrect" को संक्षिप्त अक्षर Ok लाई लोकप्रिय बनायो ।
9. धेरै मानिसहरूलाई संसारका महादेशहरूको नाम अंग्रेजीमा सम्झन गाह्रो हुन्छ । तर त्यसलाई याद गर्ने एकदम सजिलो उपाय छ । america, north तथा south शब्द बाहेक अरू सबै महादेशका नामहरू जुन अक्षरबाट सुरू हुन्छन, त्यही अक्षरमा समाप्त हुन्छन ।
1. Asia. 2. Africa 3. America. 4. Antarctica 5. Europe 6. Australia
10. "Typewriter" शब्द एक मात्र त्यस्तो शब्द हो जुन किबोर्डमा अक्षरहरूको पहिलो पंक्तिमा मात्र टाइप गर्न सकिन्छ ।
11. अंग्रेजी शब्द ''Good bye" को प्रयोग "God be with you" (भगवान तपाईको साथमा रहून) भन्नका लागि प्रयोग गरिन्छ ।

19/03/2026

# #गोरखापत्र लोकसेवा सामाग्री # #

१. प्रतिनिधि सभा निर्वाचन २०८२ मा राष्ट्रिय दलको मान्यता प्राप्त गर्न सफल दल कति वटा रहेका छन् ?
 छ वटा (राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी)
२. संयुक्त राष्ट्रसङ्घद्वारा कुन दिनलाई अन्तर्राष्ट्रिय आरोग्य दिवस (इन्टरनेसनल वेलनेस डे) का रूपमा मनाइने भएको छ ?
 १५ अप्रिल
– महासभाद्वारा पारित मिति : सन् २०२६ मार्च १०
– नेपालको मौलिक अभ्यासलाई कूटनीतिको सौम्यशक्तिका रूपमा अगाडि बढाउँदै नेपालले अघि सारेको ‘अन्तर्राष्ट्रिय आरोग्यता दिवस’ अर्थात् ‘इन्टरनेसनल वेलनेस डे’ को सङ्कल्प प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घको महासभाले पारित गरेसँगै विश्वभर अप्रिल १५ मा उक्त दिवस मनाइने भएको छ ।
– नेपालको प्रस्तावमा निर्णय भएर विश्वव्यापी रूपमा आरोग्यता दिवस मनाउने घोषणा संयुक्त राष्ट्रसङ्घले गर्नु नेपाल र यस क्षेत्रकै लागि गौरवको विषय मानिएको छ ।
– आरोग्य भनेको रोगको अनुपस्थिति मात्र होइन, यो त शारीरिक, मानसिक र आध्यात्मिक पूर्णताको ऊर्जावान् अवस्था हो । यसले सिङ्गो मानवजातिलाई सुख र सकारात्मकताको मार्गमा डो¥याउँछ ।
३. फोब्र्सद्वारा सन् २०२६ मार्च ११ मा प्रकाशित विश्वका अर्वपतिहरूको सूची अनुसार पहिलो स्थानमा पर्न सफल धनाढ्य को हुन् ?
 एलन मस्क
– नवप्रवर्तन र प्रविधिको नेतृत्व गरिरहेका टेस्ला र स्पेसएक्सका मालिक एलन मस्कको सम्पत्ति हाल ८३९ अर्ब डलर रहेको छ ।
– फोब्र्सका अनुसार हाल विश्वभर ३,४२८ जना अर्बपति रहेका छन् ।
– नेपालबाट सन् २०१३ यता फोब्र्सको सूचीमा लगातार प्रतिनिधित्व गर्दै आएका उद्योगी एवं राजनीतिकर्मी विनोद चौधरी २.१ अर्ब डलरका साथ १,९८२ औँ स्थानमा रहेका छन् ।

४. नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा कसलाई नियुक्त गरियो ?
 गुग्लिएल्मो एरेना (स्विट्जरल्यान्ड), विसं २०८२ फागुन २८
५. राष्ट्रिय आर्थिक गणना २०८२ को गणना कहिलेबाट सुरु गरिने भएको छ ?
 विसं २०८३ वैशाख २ (असार ७ सम्म गणना गरिने छ)
– नारा: अर्थतन्त्र मापनका लागि आर्थिक गणना ।
– गणनाका लागि चार हजार गणक परिचालन हुने छन् ।
– देशभरका ७७ जिल्लामा ८४ वटा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरी काम अघि बढाइने भएको छ ।
६. सन् २०२६ मार्चमा प्रकाशित हेन्ली पासपोर्ट इन्डेक्स २०२६ अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ?
 ९६ औँ
– यस प्रतिवेदन अनुसार नेपाली राहदानी वाहकहरूले हाल विश्वका ३५ वटा गन्तव्यमा ‘अनअराइभल भिसा’ प्राप्त गर्न सक्ने छन् ।
– हेन्ली पासपोर्ट इन्डेक्स २०२६ अनुसार पहिलो स्थानमा सिङ्गापुर (१९२ गन्तव्य) रहेको छ ।
– सो सूची अनुसार अफगानिस्तान अन्तिम (१०१ औँ) स्थानमा रहेको छ ।

७. नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार २०८२ माघसम्म इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या कति रहेको छ ?
 तीन करोड छ लाख ९८ हजार
– जनसङ्ख्याभन्दा बढी पहुँच पुग्नुको मुख्य कारण प्रयोगकर्ताले एकभन्दा बढी इन्टरनेट सेवा प्रयोग गर्नु हो ।
– प्रतिवेदन अनुसार हाल नेपालमा भ्वाइस टेलिफोन प्रयोगकर्ता दुई करोड ९९ लाखभन्दा बढी छन् । कुल टेलिफोन सेवामध्ये ९८ प्रतिशतभन्दा बढी हिस्सा मोबाइल सेवाको रहेको छ ।
– टेलिफोन सेवाको पहुँच जनसङ्ख्याभन्दा बढी हुनुको कारण पनि एकै प्रयोगकर्ताले एकभन्दा बढी सिम प्रयोग गर्नु रहेको प्रतिवेदनमा उल्लेख छ ।

८. सरकारले १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय लगानी ढाँचा कहिले स्वीकृत गरेको हो ?
 विसं २०८२ फागुन १२
– धादिङ र गोरखा जिल्लामा निर्माण हुने यस आयोजनाको आधारभूत लागत दुई अर्ब ७७ करोड अमेरिकी डलर (करिब तीन खर्ब ७४ अर्ब रुपियाँ) निर्धारण गरिएको छ । निर्माण अवधिको ब्याजसमेत जोड्दा कुल लागत चार खर्ब छ अर्ब रुपियाँ पुग्ने अनुमान रहेको छ ।
– स्वीकृत संरचना अनुसार कुल लगानीको ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीमार्फत जुटाइने छ ।
९. सुशासनसम्बन्धी नीति तथा कार्यक्रम पहिलो पटक कुन योजनाले अगाडि सारेको हो ?
 नवौँ योजना
१०. नेपालले श्रम सम्झौता गरेको पहिलो राष्ट्र कुन हो ?
 कतार
११. एसियाका ठुला अर्थतन्त्रबिच डलरमाथिको निर्भरता घटाउने उद्देश्यका साथ नयाँ सहमति कहिले कायम भएको हो ?
 सन् २०२५ मे ११
– चीन, जापान, दक्षिण कोरिया र आसियान राष्ट्रहरू बिच डलरमाथिको निर्भरता घटाउन नयाँ सहमति भएको जनाइएको छ ।
१२. आणिविक हतियारमा प्रतिबन्ध लगाउनेसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सन्धि औपचारिक रूपमा कहिलेदेखि कार्यान्वयनमा आएको हो ?
 सन् २०२१ जनवरी २२
१३. विसं २०८२ भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सरकारसमक्ष कहिले पेस गरियो ?
 विसं २०८२ फागुन २४
– पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोगले अध्ययन, अनुसन्धान र सरोकारवालासँग बयान लिई प्रतिवेदन तयार पारेर सरकारलाई बुझाएको हो ।
– सरकारले असोज ५ गते पूर्वन्यायाधीश कार्की अध्यक्ष र नेपाल प्रहरीका पूर्वएआइजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहने गरी आयोग गठन गरेको थियो । आयोगले साढे पाँच महिनाको अध्ययनपछि प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको हो ।

१४. स्मार्ट सहरी योजना र विकाससम्बन्धी राष्ट्रिय सम्मेलन कहिले सम्पन्न भएको हो ?
 विसं २०८२ कात्तिक १६–१७

१५. अन्तर्राष्ट्रिय नेपाली गीतकार सङ्घले ‘ज्ञानेन्द्र गदाल गीत सम्मान’ २०२६ कसलाई प्रदान ग¥यो ?
 कवि एवं गीतकार दिनेश अधिकारी

१६. नइ प्रज्ञा पुरस्कार, २०८२ बाट सम्मानित हुने श्रष्टा को–को हुनुहुन्छ ?
 प्राडा वासुदेव त्रिपाठी, प्रा. शिवगोपाल रिसाल, प्राडा चूडामणि बन्धु र प्राडा दयाराम श्रेष्ठ
– त्रिभुवन विश्वविद्यालयमा पठनपाठन, अनुसन्धान र सिर्जनाका माध्यमबाट नेपाली भाषा साहित्यको श्रीवृद्धिमा गरिएको योगदानका लागि सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । पुरस्कार राशि : जनही ५० हजार रुपियाँ ।

१७. १३ दिनमा तीन पटक सगरमाथा आरोहण गरी कीर्तिमान कायम गर्ने महिला आरोही को हुन् ?
– पूर्णिमा श्रेष्ठ
– फोटो पत्रकारिताबाट विश्व कीर्तिमानी आरोही श्रेष्ठले सन् २०२४ मे १२, मे १९ र मे २५ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरी गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएकी हुन् ।

Send a message to learn more

Want your school to be the top-listed School/college in Baglung Bazar?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


ट्राफिक चोक, बागलुङ बजार, नेपाल
Baglung Bazar
GUTHI