03/04/2020
खरिदार बिशेष तृतीय पत्र -२०७६/०७७ भाग १
-----------जी.एस. टेक्निकल इन्स्टिच्युट प्रा.लि. ------------
#जनसङ्ख्या व्यवस्थापन भनेको के हो ? यसको व्यवस्थापन गर्ने उपायहरू के–के हुन् ? लेख्नुहोस् ।
– उपलब्ध साधन–स्रोतअनुसार जनसङ्ख्याको सही वितरण गर्ने कार्यलाई जनसङ्ख्या व्यवस्थापन भनिन्छ । जनसङ्ख्या निरन्तर परिवर्तन भइरहने हुन्छ, यसलाई साधन स्रोतअनुसार व्यवस्थित गर्नुपर्दछ । साधन स्रोतले धान्न नसक्ने जनसङ्ख्या नियन्त्रण गर्नुपर्दछ भने साधन–स्रोत परिचालन गर्न आवश्यक पर्ने जनसङ्ख्या वृद्धि गर्नुपर्दछ । यो नै जनसङ्ख्या व्यवस्थापन हो । साधन–स्रोतको उपलब्धता र अभावले जनसङ्ख्या वृद्धि र नियन्त्रणको कार्यलाई प्रभाव पार्दछ । त्यसैले साधन–स्रोतको तत्काल आपूर्ति गर्दा र भावी योजना बनाउँदा जनसङ्ख्या स्थिति विश्लेषण गर्नुपर्दछ ।
जनसङ्ख्या व्यवस्थापन गर्ने उपाय
साधन–स्रोतको उपलब्धताअनुसार जनसङ्ख्या वृद्धि गर्ने तथा अभावअनुसार जनसङ्ख्या नियन्त्रण गर्ने कार्य जनसङ्ख्या व्यवस्थापन हो । प्राकृतिक साधन–स्रोत मासिँदै वा साघुरिँदै गइरहने तर जनसङ्ख्या निरन्तर वृद्धि भइरहने हुँदा जनसङ्ख्या नियन्त्रण गर्ने कार्य जनसङ्ख्या व्यवस्थापनको प्रमुख क्षेत्र बनेको छ । त्यसैले जनसङ्ख्या व्यवस्थापनअन्तर्गत जनसङ्ख्या वृद्धि नियन्त्रण गर्नु अहिलेको आवश्यकता देखिन्छ । निम्न उपाय अवलम्बन गरेर जनसङ्ख्या नियन्त्रण गर्न सकिन्छ ः
– उपयुक्त उमेरमा विवाह गर्ने, बालविवाह तथा बहुविवाह रोक्ने,
– चार÷पाँच वर्षको जन्मान्तरमा बच्चा जन्माउने,
– छोराछोरी दुवै सन्तान हुन् । दुवैको बराबरी अस्तित्व स्वीकार गरी लैङ्गिक समानता कायम गर्ने, छोरा र छोरीबीच विभेद नगर्ने,
– महिलाको शिक्षा र स्वास्थ्यमा ध्यान दिने,
– परिवारनियोजनका स्थायी र अस्थायी साधनलाई सर्वसुलभ बनाउने,
– जनसङ्ख्या नियन्त्रण गर्ने किसिमका जनचेतनामूलक कार्यक्रम लागू गर्ने,
– बसाइँ–सराइ व्यवस्थित गर्ने ।
**********जी.एस. टेक्निकल इन्स्टिच्युट प्रा.लि.*********
#बेरुजु भनेको के हो? नेपालमा बेरुजुको अवस्था उल्लेख गर्दै बेरुजु बृद्धि हुँदै जानुका कारण तथा सुधारका लागि सुझाव दिनुहोस?
========जी.एस. टेक्निकल इन्स्टिच्युट प्रा.लि.=======
• रुजु गर्दा नमिलेको कारोवार नै बेरुजु हो । बेरुजु आर्थिक, प्रशासनिक, व्यवस्थापकीय तथा सामाजिक-राजनीतिक समेत हुन्छ।
• आर्थिक कार्यविधि ऐन, २०५५को दफा (२) को (द) अनुसार बेरुजु भन्नाले प्रचलित कानून बमोजिम पुर्याउनु पर्ने रीत नपुर्याई कारोवार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा कारोवार गरेको भनी लेखा परीक्षण गर्दा औंल्याइएको वा ठहर्याएको कारोवार सम्झनु पर्छ।
#नेपालमा_आर्थिक_बेरुजुको_अवस्था :-
==============================
झण्डै सभा खर्वको हाराहारिमा बेरुजु रहेको पाइन्छ।
● बेरुजु बृद्धि हुँदै जानुका कारणहरु:-
• अधिकार प्राप्त अधिकारीको लापरवाही तथा उदासिनता
• प्रभावकारी आन्तरिक नियन्त्रण प्रणालीको अभाव
• आन्तरिक लेखा परीक्षण प्रभावकारी नहुनु
• ऐन, नियम, कार्यविधिहरु समयसापेक्ष नहुनु
• तालुक मन्त्रालय, बिभागबाट आर्थिक प्रशासन सम्बन्धमा पर्याप्त रेखदेख र नियन्त्रण नहुनु
• दक्ष तथा सक्षम लेखा जनशक्तिको अभाव
• म ले प को बार्षिक प्रतिवेदनले औंल्याएका बिषयले महत्वपूर्ण स्थान नपाउनु
• ऐन नियमको पालना नहुनु
• आ ले प लाई सरकारले आधुनिक, व्यवहारिक र प्रभावकारी बनाउन नसकेको
• प्रत्येक बर्ष उस्तै प्रकारको बेरुजु बढ्दै जानु , आदि ।
● उपरोक्त अवस्थामा सुधार ल्याउनका लागि सुझावहरु:-
■ निरोधात्मक सुधार:-
• आ ले प लाई नियमित र प्रभावकारी बनाई सामान्य त्रुटि, कमजोरी वा प्रमाणको अभावबाट हुने बेरुजु कम गर्न सकिने।
• ऐन, नियमको पूर्ण परिपालना गर्ने, गराउने, नयाँ व्यवस्था सम्बन्धमा orientation तालीम पनि दिने।
• लेखा परीक्षण प्रतिवेदनलाई सम्बन्धित अधिकारीको performance evaluation सँग आवद्ध गर्ने।
• समयमै बेरुजु संपरीक्षण गर्ने, गराउने।
■ उपचारात्मक उपायहरु:-
• अनियमित कारोवार गर्नेलाई सजायको प्रावधान राख्ने, बेरुजु फर्च्यौट गर्न लगाउने।
• एउटै प्रकृतिका विषयमा बारंबार बेरुजु कायम राख्ने आधिकारिक व्यक्तिलाई जिम्वेवारीबाट हटाई विभागीय कारवाही गर्ने।
• सरकारी राजश्वको हिनामिना गर्ने व्यक्तिलाई भ्रष्टाचारको कसुरमा मुद्दा चलाउने।
• लगातार ३ आ व सम्म बजेटको १०% भन्दा बढी बेरुजु राख्ने जिम्वेवार कर्मचारीको बढुवा रोक्का गर्ने। अवकाश हुन लागेको भए पेन्सन रोक्का गर्ने।
■ प्रवर्द्धनात्मक उपायहरु:-
• लेखा नियमित राख्ने
• बेरुजु कायम नराख्ने
• समयमै बेरुजु फर्च्यौट गर्ने
• जिम्वेवार कर्मचारीलाई पुरस्कार वा प्रोत्साहन प्रदान गर्ने
● यसरी अनियमितता तथा स्थितिबाट बढ्दै गएको बेरुजुले राष्ट्रको ढुकुटी थला परेको छ । समयमै बेरुजु कम गर्ने उपाय नगरे देशलाई झन ठूलो संकट आउन सक्ने निश्चितप्रायः छ । त्यसैले समयमै माथी उल्लेखित कार्यहरु गर्दै बेरुजु कम गर्दै लानु सो सँग सम्बन्धित अधिकारी/कर्मचारीको ठूलो दायित्व हो ।
======जी.एस. टेक्निकल इन्स्टिच्युट प्रा.लि.======
#संवैधानिक अंग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अंग छन लेख्नुहोस । ५
=======जी.एस. टेक्निकल इन्स्टिच्युट प्रा.लि.=======
कार्यपालिका , व्यवस्थापिका र न्यायपालिकाका बाहेक संविधानमा उल्लेख गरिएका निकायलाई संवैधानिक अंग भनिन्छ । संवैधानिक अंगका काम ,कर्तव्य,अधिकार तिनमा रहने पदाधिकारीको संस्था तिनको नियुक्त एवं वर्खास्तीको व्यवस्था पनि संविधानमा उल्लेख गरिएको हुन्छ ।
संवैधानिक अंग स्वतन्त्र , स्वायत्त , तथस्ट एवं निष्पक्ष हुने गर्दछ , सरकारको काम कारबाहीमा स्वच्छता ल्याई जनमुखी वनाउन , जनताकाहक अधिकारको रक्षा गर्न सक्तारुढ दलबाट हुन सक्ने शक्ति र सक्ताको दुरुपयोग रोक्न , सरकारी खर्चको दुरुपयोग रोकी पारदर्शीता ल्याउन तथा भष्टाचारको अन्त्य गरी शुशासन कायम गर्न संवैधानिक अंगको आवश्यकता पर्दछ।
नेपालको संविधान अनुसार हाल नेपालना निम्न १३ वटा संवैधानिक अंग रहेका छन ::
१) अख्तियार दुरुपयोग अनुसंधान आयोग
२) महालेखा परिक्षक
३) लोकसेवा आयोग
४) निर्वाचन आयोग
५) राष्ट्रिय मानव अधिकार आयोग
६) राष्ट्रिय प्राकृतिक तथा वित्त आयोग
७) महिला आयोग
८) दलित आयोग
९) समावेशी आयोग
१०) आदिवासी जनजाती आयोग
११) मधेसी आयोग
१२) थारु आयोग
१३) मुस्लिम आयोग
#सामाजिक द्वन्द्वका कारण र द्वन्द्व व्यवस्थापनका उपाय उल्लेख गर्नुहोस् । १०
विचार र सोचाइको मतभिन्नता : सामाजिक द्वन्द्व
दुई वा दुईभन्दा बढी व्यक्तिबीचको असहमति वा मतभिन्नतालाई द्वन्द्व भनिन्छ । समाजमा रहेका व्यक्ति वा पक्षबीच हुने असहमति वा भिन्नता र मूल्य–मान्यता, लक्ष्य उद्देश्यबीच हुने संघर्ष र असहमति नै सामाजिक द्वन्द्व हो । झगडा, मनमुटाव, दुस्मनी, काटमार, हिंसा, लडाइँ, असहमति र विवादजस्ता कुरा द्वन्द्वका संकेत हुन् । गतिशील समाजमा द्वन्द्व नियमित रूपमा चलिरहन्छ । द्वन्द्वलाई यथास्थितिबाट अगाडि जाने उचित विकल्पका रूपमा समेत लिइन्छ ।
सामाजिक द्वन्द्वका कारण :
- समाजमा रहेका स्रोत–साधनको असमान वितरण हुनु,
- व्यक्तिको फरक विचार, स्वभाव र रुचि हुनु,
- अवसरको समानुपातिक र वैज्ञानिक वितरण नहुनु,
- अल्पसंख्यक र सीमान्तकृत वर्गबीचमा सामाजिक विभेद रहनु,
- आर्थिक, राजनीतिक, धार्मिक, वैचारिक असहमति वा विविधता कायम हुनु,
- सामाजिक संस्कार र मूल्य–मान्यताको पालना नहुनु,
- एकले अर्कालाई विश्वास र सम्मान नगर्नु,
- सामाजिक विकृति नियन्त्रण नहुनु,
- सामाजिक विभेदजन्य व्यवहार कायमै रहनु,
- सामाजिक कुरीति र अपराध बढ्नु,
- समाजमा व्यापक मात्रामा बेरोजगारी रहनु,
- समाजमा शिक्षा र चेतनाको अवसरमा वृद्धि हुन नसक्नु आदि ।
#सामाजिक द्वन्द्व व्यवस्थापनाका उपाय :
------------जी.एस. टेक्निकल इन्स्टिच्युट प्रा.लि.-----------
- सामाजमा सम्मान र विश्वासको भावना विकास गर्ने,
- चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने,
- वर्गीय, जातीय र लैंगिक शोषणको अन्त्य गर्ने,
- समाजमा विद्यमान सामाजिक विभेद र असमानता हटाउने,
- निर्णय प्रक्रियामा सरोकारवालालाई सक्रिय रूपमा
सहभागी गराउने,
- आपसी सहमति र सहकार्यको बाटो अवलम्बन गर्ने,
- समाजमा उपलब्ध स्रोत–साधनको न्यायोचित वितरण गर्ने,
- पर्याप्त मात्रामा रोजगारीको अवस्था सिर्जना गर्ने आदि ,
अन्त्यमा
सामाजिक द्वन्द्व समाजको समस्या मात्र होइन । यो समाज परिवर्तनको आधार पनि हो । त्यसैले यसलाई विनाशतर्फ होइन, विकासतर्फ लैजाने गरी अन्त्य गर्नुपर्छ । सामाजिक द्वन्द्वको प्रभावकारी व्यवस्थापनले समाजमा आमूल परिवर्तन भई सभ्य समाजको निर्माण हुन्छ । सबै जीवन्त समाजमा हुने द्वन्द्वलाई शक्तिका रूपमा रूपान्तरण गर्दै अगाडि बढ्नु आजको आवश्यकता हो ।
#पेज लाइक
#पोस्ट share
#भाग २ प्रतीक्षा
गर्न नभुल्नुहोला !!!