श्री प्रभा धम्कोट माध्यमिक विद्यालय

श्री प्रभा धम्कोट माध्यमिक विद्यालय

Share

Shree Prabha Dhamkot Secondary School established in 2010 B.S.

नेपालको मानचित्रमा सुदुरपश्चिम प्रदेशको सेती अञ्चल, अछाम जिल्ला अन्तर्गत साँफेबगर नगरपालिका–०३, सिद्धेश्वर स्थित प्रकृतिको अनुकमपाले सुसज्जित, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको ठाँउमा अवस्थित श्री प्रभा धम्कोट ( प्राविधिक तथा व्यावसायिक) माध्यमिक विद्यालय साँफेबगर बजार भन्दा ५ किलोमिटर माथि खप्तड पर्यटन राजमार्गमा पर्दछ । समुद्री सतहबाट लगभग १००० मिटरको उचाइमा रही यहाँको प्रसिद्ध“माता त्रिपुरा

20/08/2026

नयाँ आगन्तुक शिक्षक श्री मिरा नराल ज्युलाई स्वागत तथा नियुक्ति पत्र प्रदान गर्नु हुँदै विद्यालयका प्र.अ. श्री जोगराज कुँवर🙏❤️
**हार्दिक बधाई तथा शुभकामना ❤️🙏**
विद्यालयको शैक्षिक तथा सर्वाङ्गीण विकासका साथै योग्य एवम् प्रतिस्पर्धी विद्यार्थीहरू उत्पादनमा यहाँले महत्वपूर्ण भुमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा समेत गरिन्छ ।🙏
विद्यालय परिवार

Photos from श्री प्रभा धम्कोट माध्यमिक विद्यालय's post 20/08/2026

✨ सङ्गीतका साधक तथा विद्यालय परिवारका प्रिय शिक्षकहरु मोहन आउजि र पदम रावत सरलाई हार्दिक सम्मान! ✨
​विद्यालयको पठनपाठनसँगै आफ्नो सांगीतिक साधनाको माध्यमबाट नेपाली गीत-संगीत क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल, हाम्रा ऊर्जावान् सहायक शिक्षकहरु Mohan Ksh*tiz र सरहरुलाई आज विद्यालय परिवारको तर्फबाट हार्दिक सम्मान गरिएको छ।
​शिक्षण पेसाको पवित्र दायित्वलाई निर्वाह गर्दै उहाँले बजारमा ल्याउनुभएको विभिन्न सांगीतिक कोसेलीहरू, लोकप्रिय लाइभ दोहोरीहरू र स्रोता-दर्शकको मन जित्न सफल भाइरल गीतहरूले हामीलाई गौरਵान्वित बनाएका छन्। कक्षाकोठामा ज्ञान बाँड्ने गुरुले राष्ट्रिय स्तरमा कला र संगीतको क्षेत्रमा पुर्याउनुभएको योगदान सम्पूर्ण विद्यालय परिवारका लागि गर्वको विषय हो।
​तपाईंहरुको यो सांगीतिक यात्रा सधैं उत्तरोत्तर प्रगतिको पथमा अघि बढोस्, कला र शिक्षाप्रतिको यो संगम अझै प्रगाढ बनोस् ।

श्री प्रभा धम्कोट मा.वि. परिवार

02/08/2026

आदरणीय अभिभावक, सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू तथा शिक्षकज्युहरु ​भोलिबाट हाम्रो यस श्री प्रभा धम्कोट माध्यमिक विद्यालय साँफेबगर-३, अछाम नियमित रूपमा सञ्चालनमा आउने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि हार्दिक अनुरोध गरिन्छ।

​विद्यार्थीहरूका लागि: निर्धारित समय बिहान ठिक १० बजे विद्यालयमा उपस्थित हुनुहुन अनुरोध गरिन्छ।

​अभिभावकज्यूहरूका लागि: आफ्ना बालबालिकाहरूलाई पोसाक सहित नियमित रूपमा विद्यालय पठाइदिनुहुन अनुरोध गरिन्छ।

​शिक्षकज्यूहरूका लागि: समयमै विद्यालयमा उपस्थित भई पठनपाठनमा सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ।

​धन्यवाद!

​— विद्यालय परिवार

श्री प्रभा धम्कोट माध्यमिक विद्यालय, साँफेबगर-३, अछाम

01/08/2026

आवश्यकता ! आवश्यकता !! आवश्यकता !!!

29/07/2026

"ज्ञानको ज्योति फैलाएर भविष्य निर्माणमा लाग्नुभएका सम्पूर्ण गुरुवर्गमा गुरु पूर्णिमाको हार्दिक शुभकामना।"

Photos from श्री प्रभा धम्कोट माध्यमिक विद्यालय's post 16/07/2026

हाम्रो यस श्री प्रभा धम्कोट माध्यमिक विद्यालयमा श्री सरस्वती आधारभूत विद्यालय बुढाकोटबाट सरुवा भई आउनुभएका आदरणीय लक्ष्मण भुल सरलाई विद्यालय परिवार हार्दिक स्वागत गर्दछौँ।

​उहाँको आगमनले हाम्रो विद्यालयमा नयाँ ऊर्जा र उत्साहको सञ्चार भएको छ। शिक्षण पेशामा लामो समयदेखि सक्रिय रहनुभएका लक्ष्मण सरको अनुभव र कार्यकुशलताले हाम्रो विद्यालयको शैक्षिक गुणस्तरलाई थप मजबुत र उचाइमा पुर्याउने कुरामा हामी विश्वस्त छौँ। उहाँले विद्यार्थीहरूप्रति देखाउनुहुने सम्मान, शिक्षण शैली र उहाँको मेहनतले हाम्रो विद्यालयको शैक्षिक भविष्यलाई अझ उज्यालो बनाउनेछ भन्ने हाम्रो अपेक्षा छ।

​यहाँको यस विद्यालयमा सुखद र फलदायी कार्यकालको कामना गर्दै, हार्दिक स्वागत व्यक्त गर्दछौँ। स्वागत छ लक्ष्मण सर❤️❤️

Photos from श्री प्रभा धम्कोट माध्यमिक विद्यालय's post 16/07/2026

फेरि भेटौला, आदरणीय मानवता मिस!

​आज हाम्रो विद्यालय परिवारले आदरणीय शिक्षिका मानवता ढकाल मिसलाई बिदाइ तथा 'फेरि भेटौला' कार्यक्रमसहित बिदाइ गरेको छ। विद्यालयको शैक्षिक विकासमा उहाँले पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै हामी उहाँप्रति हार्दिक आभार व्यक्त गर्दछौँ। उहाँको अनवरत लगनशीलता र विद्यार्थीहरूप्रति देखाउनुभएको अगाध स्नेह सधैं अविस्मरणीय रहनेछ। तपाईँको मार्गदर्शन सधैँ हाम्रो प्रेरणा बनेर रहनेछ।
​आगामी यात्रा सुखद् र उज्यालो रहोस्, हार्दिक शुभकामना!

​फेरि भेटौला!
missing lots❤️❤️

16/07/2026

विषय : वर्षे विदा तथा विद्यालय संचालन सम्बन्धी सूचना ।

16/07/2026

Sudur Karnali Singing & Dancing Star 2026 का बहुप्रतिभाशाली प्रतिस्पर्धी यस विध्यालय मा कक्षा१२ मा अध्ययनरत विद्यार्थी उमेश परियार (Umesh Pariyar) लाई आफ्नो अमूल्य भोट दिएर विजयी गराउनुहुन हार्दिक अनुरोध गर्दछौँ।हजुरको एक सानो सहयोग र एउटा भोटले उमेशको सांगीतिक यात्रालाई नयाँ उचाइमा पुर्‍याउन सक्छ। आजै भोट गर्नुहोस् र प्रतिभालाई प्रोत्साहन दिनुहोस्‌।

Want your school to be the top-listed School/college in Achham?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Sanfebagar/03
Achham

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00