22/08/2026
विषय: सूचना! सूचना!! सूचना!!!
प्रस्तुत विषय सम्बन्धमा यस श्री कालिका देवी मा.वि. ढकारी–२ हिच्मामा २०८२ सालमा कक्षा ५ र ९ मा अध्ययनरत भई २०८२ को विपन्न लक्षित छात्रवृत्ति फारम भरी छनोट भएका शैक्षिक सत्र २०८३ मा कक्षा ६ र ९ का विद्यार्थीहरूको सिटिजन बैंक इ.लि. ढकारी शाखामा खाता खोल्नुपर्ने भएकाले तपसिलका विद्यार्थीहरूले तपसिल बमोजिमका कागजातहरू साथमा ल्याई खाता खोल्न हुन जानकारी सहित यो सूचना प्रकाशित गरिएको व्यहोरा अनुरोध गरिन्छ।
नोट: फारम भर्ने मिति २०८३/०५/१० गते भित्र खाता खोली सक्नुपर्नेछ ।
तपसिल
१. अभिभावकको नागरिकताको प्रतिलिपि — १ प्रति
२. राष्ट्रिय परिचयपत्रको प्रतिलिपि — १ प्रति
३. विद्यार्थीको जन्मदर्ताको प्रतिलिपि — १ प्रति
४. अभिभावक र विद्यार्थीको फोटो — २/२ प्रति
प्रधानाध्यापक
श्री बिसाखर देवकोटा
Email Address: [email protected]
Contact No.: 9848096041 / 9848410605
11/08/2026
सूचना ! सूचना !! सूचना !!!
विषय: कक्षा ११ र १२ मा भर्ना हुने सम्बन्धमा।
उपरोक्त विषय सम्बन्धमा शैक्षिक सत्र २०८३ मा यस विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत केही विद्यार्थीहरू हालसम्म पनि भर्ना नभएको जानकारी प्राप्त भएको छ।
भर्ना नभएका विद्यार्थीहरूलाई ढकारी गाउँपालिकाबाट यस वर्ष प्राप्त हुने निःशुल्क ड्रेस, पाठ्यपुस्तक लगायत अन्य विविध शैक्षिक सुविधाहरूमा समेत असर पर्न सक्ने भएकाले सम्पूर्ण सम्बन्धित विद्यार्थीहरूलाई आजको मितिले ३ (तीन) दिनभित्र अनिवार्य रूपमा विद्यालयमा उपस्थित भई भर्ना हुन सूचित गरिन्छ।
तोकिएको समयभित्र भर्ना नभयमा कुनैपनि किसिमको शैक्षिक सुविधा वा अन्य अवसरबाट वञ्चित भएमा विद्यालय जिम्मेवार नहुने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ।
श्री कालिका देवी माध्यमिक विद्यालय
ढकारी–२, हिच्मा, अछाम
08/08/2026
यस अघि मगायका TMP आइपुगेको जानकारी गरिन्छ ।
साथै बाकी रहेका अरु विद्यार्थीहरु ले राष्ट्रिय परीक्षा बोर्ड डडेलधुरा बाट कक्षा १२ ट्रान्सकृप्ट माइग्रेशन र प्रोभिजनल सर्टिफिकट ल्याउन को लागि यहि मिति २०८३/०४/३० गते भित्र तपसिलका कागजातहरु सहित सम्पर्क गर्नुहोला ।
आवश्यक कागजातहरु:-
१.कक्षा १० see को मार्कशीटको प्रतिलिपी
२.कक्षा १२ को प्रवेश पत्र
३.जन्मदर्ता /नागरिकताको प्रतिलिपी
४.कक्षा ११/१२ को मार्कशीट
सम्पर्क नम्बर 9848410605
02/07/2026
सूचना ! सूचना !! सूचना !!!
20/06/2026
कक्षा १२ को मौका परीक्षा सम्बन्धी सूचना
19/06/2026
NEB FINAL RESULT 2083
30 OF 28 PASSED
19/06/2026
NEB RESULT 2082
CHECKED YOUR RESULT