10/04/2026
यस श्री पूर्णचन्द्र मा. वि रामाराेशनबाट कक्षा ८ काे आधारभूत शिक्षा परीक्षामा सहभागी भई उत्तीर्ण हुनु भएका सम्पुर्ण विद्यार्थी नानीबाबुहरुमा हार्दिक बधाई तथा उज्ज्वल भविष्यको कामना व्यक्त गर्नुका साथै शिक्षक तथा अभिभावक प्रति हार्दिक आभार व्यक्त गर्दछौं .
02/04/2026
आज मिति २०८२ चैत १९ गतेबाट संचालन हुन गइरहेको यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षामा सम्मिलित हुनुहुने सम्पूर्ण परीक्षार्थी छात्र-छात्राहरूमा सफलताको मंगलमय शुभकामना व्यक्त गर्दछौँ । 🙏🇳🇵
11/01/2026
तयारी पुरा भयो! 🏃♂️🏆
जिल्ला स्तरीय १६ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी हुनका लागि हाम्रो पालिका स्तरीय "बन्द सत्र" (Closed Camp) को सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउन चाहन्छौँ।
यस प्रशिक्षण शिविरमार्फत हाम्रा खेलाडीहरूलाई उत्कृष्ट प्रशिक्षण दिई जिल्ला तहमा उत्कृष्ट नतिजा हासिल गर्ने हाम्रो लक्ष्य रहेको छ। सहभागी सम्पूर्ण खेलाडी मित्रहरूलाई अनुशासित र लगनशील भएर अभ्यास गर्न शुभकामना व्यक्त गर्दछौँ।
09/01/2026
हार्दिक बधाई तथा शुभकामना! 🎓✨
आज यस विद्यालयको शैक्षिक सत्र २०८२ को दोस्रो त्रैमासिक परीक्षाको नतिजा औपचारिक रूपमा प्रकाशन गरिएको छ। नतिजाको यस विशेष घडीमा हामी केही महत्वपूर्ण कुराहरू साझ गर्न चाहन्छौँ:
🏆 सफल विद्यार्थीहरूलाई बधाई:
परीक्षामा उत्कृष्ट नतिजा ल्याई उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई! तिमीहरूको मेहनत र लगनशीलताको प्रतिफल आज प्राप्त भएको छ। यस सफलतालाई निरन्तरता दिँदै आगामी वार्षिक परीक्षामा अझ राम्रो गर्ने संकल्प गर।
🌟 अनुत्तीर्ण वा कम अङ्क ल्याउने विद्यार्थीहरूलाई सन्देश:
केही विषयमा सोचे जस्तो नतिजा नआएका विद्यार्थीहरूले निराश हुनु पर्दैन। नतिजा केवल एउटा कागजको पाना मात्र होइन, यो तिमीहरूलाई कहाँ सुधार गर्नुपर्छ भनेर देखाउने ऐना हो। आफ्ना कमजोरीहरूलाई पहिचान गर र नयाँ जोशका साथ अगाडि बढ। याद राख, "असफलता नै सफलताको पहिलो खुड्किलो हो।"
👨👩👧👦 आदरणीय अभिभावक ज्यूहरूमा अनुरोध:
बालबालिकाको शैक्षिक यात्रामा यहाँहरूको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ। आफ्ना छोराछोरीको तुलना अरूसँग नगरी उनीहरूको प्रयासको कदर गरिदिनुहोला। कम अङ्क ल्याएका बालबालिकालाई गाली गर्नुको साटो माया र हौसला दिनुहोस् ताकि उनीहरूले अर्को पटक अझ बढी मेहनत गर्ने आँट गरून्। उनीहरूको पढाइ, खानपान र मानसिक स्वास्थ्यमा थप ध्यान दिई अध्ययनप्रति प्रेरित गरिदिनुहुन हामी हार्दिक अनुरोध गर्दछौँ।
हामी सबैको साझा प्रयासबाट नै बालबालिकाको भविष्य उज्ज्वल हुनेछ।
धन्यवाद!
श्री पूर्णचन्द्र माध्यमिक विद्यालय, रामारोशन-६ अछाम
25/12/2025
हाल सम्म सम्पन्न खेल तालिका को नतिजा अनुसार
स्वर्ण : ६
रजत : ३
कास्य : ४
सहित श्री पूर्णचन्द्र माध्यमिक विद्यालय भाटाकाटिया अछाम शिर्ष स्थान मा रहन सफल भएकोमा सम्पूर्ण
खेलाडी बिद्यार्थी भाइबहिनि हरु लाई हार्दिक बधाई सहित आगामी खेलमा जितको शुभकामना l🎇✨✨✨🎊🎉🎉💐💐💐💐♥️♥️♥️
24/12/2025
रामारोशन गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड २०८२ काे आज पहिलो दिनमा यस विद्यालयबाट ३००० मिटर दौडमा छात्र तर्फ प्रथम स्थान हासिल गर्न सफल छात्र प्रकाश साउद, सटपुट छात्रा तर्फ दोस्रो स्थान हासिल गर्न सफल कमला साउद र छात्र तर्फ तेस्रो स्थान हासिल नरेश साउदला हार्दिक बधाई तथा शुभकामना !!
09/11/2025
राष्ट्रिय परीक्षा बाेर्डले २०८२ असाेज ७ र ८ सञ्चालन गरेकाे कक्षा १२काे माैका (पुरक) परीक्षामा यस श्री पुर्णचन्द्र माध्यमिक विद्यालयबाट सहभागी सम्पुर्ण परीक्षार्थीहरु उत्तीर्ण भएकोमा सम्पूर्णलाई हार्दिक बधाईका साथै उज्ज्वल भविष्यकाे कामना गर्दछाैँ।
07/11/2025
पाठ्यक्रम विकास केन्द्रले कक्षा ४ देखि १२ सम्मको सामाजिक अध्ययन विषयको पाठ्यक्रम परिवर्तन गरेको छ।
पाठ्यक्रम डाउनलोड गर्नका लागि Link first comment मा:-