Knowledge Foundation Academy

Knowledge Foundation Academy 👉 An English Medium Secondary Level School .

यस विद्यालयका आदरणीय सहकर्मी एवं लेखापाल (Accountant) रन्जित  साहज्यूको ममतामयी बज्यै (हजुरआमा) को मिति २०८३ साल भाद्र १...
29/08/2026

यस विद्यालयका आदरणीय सहकर्मी एवं लेखापाल (Accountant) रन्जित साहज्यूको ममतामयी बज्यै (हजुरआमा) को मिति २०८३ साल भाद्र १२ गते भएको असामयिक निधनको खबरले सम्पूर्ण विद्यालय परिवारलाई स्तब्ध र मर्माहत बनाएको छ।
​उहाँको निधनले परिवारले एक अभिभावक मात्र गुमाएको छैन, सिङ्गो परिवारमा कहिल्यै पूरा नहुने ठूलो क्षति पुगेको छ। यस दुःखद घडीमा हामी दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ।
​साथै, शोकाकुल सहकर्मी रन्जित साहज्यू तथा उहाँको सम्पूर्ण शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ। भगवानले यो अपूरणीय क्षति सहन सक्ने धैर्यधारण गर्ने शक्ति र साहस सम्पूर्ण परिवारलाई प्रदान गरून् भन्ने ईश्वरसँग प्रार्थना गर्दछौँ।
​भावपूर्ण श्रद्धाञ्जली!
विद्यालय परिवार ।

स्थानीय विदा सम्बन्धी सूचना !!!
25/08/2026

स्थानीय विदा सम्बन्धी सूचना !!!

04/08/2026

मिति: २०८३/०४/१९
विषय: पठनपाठन पुनः सञ्चालन सम्बन्धी सूचना
आदरणीय अभिभावक, शिक्षक तथा विद्यार्थी वर्ग,
उपर्युक्त सम्बन्धमा प्रतिकूल अवस्थाका कारण केही दिनदेखि विद्यालय बन्द रहेकोमा हाल स्थिति क्रमशः सामान्य हुँदै गएकाले भोलि मिति २०८३/०४/२० गते बुधबारदेखि विद्यालयको नियमित पठनपाठन पुनः सञ्चालन हुने व्यहोरा सम्पूर्णमा जानकारी गराइन्छ।
साथै, सम्पूर्ण विद्यार्थीहरूलाई आफ्ना नियमित पोशाक तथा आवश्यक अध्ययन सामग्रीसहित यथासमयमा विद्यालयमा उपस्थित हुन हार्दिक अनुरोध गरिन्छ।
सहयोगका लागि धन्यवाद।
विद्यालय प्रशासन

02/08/2026

सूचना! सूचना!! सूचना!!!
मिति: २०८३/०४/१७

आदरणीय अभिभावक, शिक्षक तथा विद्यार्थी वर्ग,

जिल्ला प्रशासन कार्यालय, सुनसरीद्वारा जारी गरिएको निषेध आदेश तथा हालको विषम सुरक्षा परिस्थितिलाई दृष्टिगत गर्दै यस विद्यालयको को पठनपाठन लगायत सम्पूर्ण प्रशासनिक कार्यहरू मिति २०८३/०४/१८ गते पूर्ण रूपमा बन्द रहने जानकारी गराइन्छ।

प्रशासनबाट स्थिति सहज भएको सूचना प्राप्त भई परिस्थिति सामान्य भएपछि विद्यालय पुनः सञ्चालन हुने मिति सम्बन्धी अर्को सूचना जारी गरिनेछ। यसबाट पर्न गएको असुविधाप्रति विद्यालय प्रशासन क्षमाप्रार्थी छ।

विशेष अनुरोध: सुरक्षा परिस्थितिलाई ध्यानमा राखी सम्पूर्ण विद्यार्थीहरूलाई घरमै सुरक्षित रहन र नियमित अध्ययन जारी राख्न अनुरोध गरिन्छ।

प्रधानाध्यापक

29/07/2026

मिति: २०८३ साउन १३ गते
अत्यन्त जरुरी सूचना

आदरणीय अभिभावकज्यू,
नमस्कार।
हामी सबैलाई थाहा नै छ, गत साउन १० गते राति देवानगन्जमा भएको दुःखद घटनाका कारण उत्पन्न विषम परिस्थिति तथा सुनसरी जिल्लाका अधिकांश क्षेत्रहरूमा हालसम्म पनि जिल्ला प्रशासनद्वारा कर्फ्यु आदेश जारी नै रहेको छ।
यस्तो असहज वातावरणमा विद्यार्थी भाइबहिनीहरूको सुरक्षालाई ध्यानमा राख्दै विद्यालय सञ्चालन गरी पठनपाठन गराउन सम्भव नदेखिएकाले, भोलि साउन १४ गते (बिहीबार) र १५ गते (शुक्रबार) विद्यालयको पठनपाठन पूर्ण रूपमा बन्द रहने (Holiday) जानकारी गराउँदछौँ।
शान्ति सुरक्षाको अवस्था सामान्य भएपछि विद्यालय पुनः नियमित रूपमा सञ्चालन हुनेछ। यदि परिस्थितिमा कुनै फेरबदल आएमा सोको जानकारी समयमै गराइनेछ।

यस विषम परिस्थितिमा बालबालिकाहरूलाई घरमै सुरक्षित राख्नुहुन र उनीहरूलाई घरमै अध्ययन गर्ने वातावरण मिलाइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

असहज परिस्थितिका कारण पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ।

धन्यवाद।

प्रधानाध्यापक

हाम्रा आदरणीय प्रिन्सिपल सरको शुभ-विवाह सम्पन्न भएको सुखद अवसरमा सम्पूर्ण knowledge foundation academy परिवारको तर्फबाट ...
25/06/2026

हाम्रा आदरणीय प्रिन्सिपल सरको शुभ-विवाह सम्पन्न भएको सुखद अवसरमा सम्पूर्ण knowledge foundation academy परिवारको तर्फबाट हार्दिक बधाई तथा मंगलमय शुभकामना व्यक्त गर्दछौं।
जीवनको यस नयाँ अध्यायले यहाँहरूको जीवनमा असीम खुसी, प्रेम, आपसी विश्वास, समझदारी तथा समृद्धि लिएर आओस्। नवदम्पतीबीचको सम्बन्ध समयसँगै अझ सुदृढ, सुमधुर र प्रेरणादायी बनिरहोस् भन्ने कामना गर्दछौं।
ईश्वरको असीम कृपा सधैं यहाँहरू माथि रहिरहोस् र वैवाहिक जीवन सुख, शान्ति तथा सफलताले परिपूर्ण बनोस्।
💍✨ नवदम्पतीलाई हार्दिक बधाई एवं उज्ज्वल दाम्पत्य जीवनको शुभकामना। ✨💍

28/05/2026

त्याग, संयम र पवित्रताको प्रतीक ईद पर्वको अवसरमा नॉलेज फाउण्डेशन एकेडेमीका सम्पूर्ण प्रिय विद्यार्थी भाइबहिनीहरू तथा अभिभावकहरूमा हार्दिक शुभकामना!
ईदको यो उज्यालोले तपाईंहरूको जीवनमा नयाँ ऊर्जा, सफलता र खुशीहरू लिएर आओस्। आपसी मेलमिलाप र एकताको भावना सधैं जगमगाइरहोस्।

देव कान्त मेहता (प्रिन्सिपल)
नॉलेज फाउण्डेशन एकेडेमी

25/05/2026

EMIS ID स्थानान्तरण (Transfer) सम्बन्धी अत्यन्त जरुरी सूचना
प्रकाशित मिति: २०८३/०२/११
यस नॉलेज फाउन्डेसन एकेडेमीमा शैक्षिक सत्र २०८३ का लागि नयाँ भर्ना हुनुभएका सम्पूर्ण विद्यार्थी तथा अभिभावकज्यूहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।
नेपाल सरकारको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको नियमानुसार सम्पूर्ण विद्यार्थीहरूको विवरण एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (IEMIS) मा दर्ता हुनु अनिवार्य रहेको छ। तसर्थ, नयाँ भर्ना भएका विद्यार्थीहरूले आफ्नो अघिल्लो विद्यालयबाट यस विद्यालयमा EMIS ID स्थानान्तरण (Transfer) गराउनु हुन यो सूचना जारी गरिएको छ।
आफ्नो अघिल्लो विद्यालयको प्रशासन शाखामा सम्पर्क गरी तल उल्लेखित विवरण अनुसार EMIS ID स्थानान्तरण गरिदिनुहुन अनुरोध छ:
यस विद्यालयको EMIS Code: 060510020
विद्यालयको नाम: Knowledge Foundation Academy
आवश्यक निर्देशन:
१. अघिल्लो विद्यालयबाट EMIS ID ट्रांसफर भइसकेपछि सो को जानकारी वा भौचर यस विद्यालयको प्रशासन शाखामा बुझाउनुहुन अनुरोध छ।
२. यदि EMIS ID ट्रांसफर गर्न कुनै प्राविधिक समस्या भएमा तुरुन्त विद्यालय प्रशासनमा सम्पर्क गर्नुहोला।
विद्यार्थीको शैक्षिक अभिलेख चुस्त राख्न यो प्रक्रिया ढिलोमा २०८३ -०२-१५ गते सम्म सम्पन्न गरिसक्नुपर्ने भएकोले यस कार्यमा सम्पूर्ण अभिभावकज्यूहरूबाट पूर्ण सहयोगको अपेक्षा गर्दछौँ।
थप जानकारीका लागि विद्यालयको प्रशासन शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।

विद्यालय प्रशासन
नलेज फाउन्डेसन एकेडेमी

School will remain close on 2083-2-05
20/05/2026

School will remain close on 2083-2-05

12/05/2026

"के ठूलो भवन र बजारको केन्द्रमा हुनु नै राम्रो शिक्षाको ग्यारेन्टी हो? पक्कै होइन।

हामी हाम्रा स्थानीय बासिन्दाहरूलाई अन्धविश्वास र भ्रममा नपर्न आग्रह गर्दछौँ। शिक्षा भवनले होइन, शिक्षकको मेहनत र विद्यालयको वातावरणले दिने हो। हाम्रो एकेडेमीले छोटो अवधिमा प्राप्त गरेको उत्कृष्ट बोर्ड नतिजा र यहाँबाट उत्तीर्ण भएर बजारमा स्थापित भएका दक्ष जनशक्ति (Products) ले नै हाम्रो गुणस्तर बोल्छन्। विज्ञापनको भरमा होइन, वास्तविकता र नतिजाको आधारमा आफ्ना नानीबाबुको भविष्य रोज्नुहोस्।"Knowledge Foundation Academy

Address

कोशी गाउँपालिका :/०६ , श्रीपुरजब्दी , सुनसरी
नेपाल

Telephone

+9779826320845

Website

Alerts

Be the first to know and let us send you an email when Knowledge Foundation Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Knowledge Foundation Academy:

Shortcuts

Share

Category