08/06/2026
📢 विद्यालय स्वास्थ्य कार्यक्रम (School Health Program) सफलतापूर्वक सम्पन्न ।
श्री ज्योति माध्यमिक विद्यालय, शितगंगा नगरपालिका–४, अर्घाखाँची मा आज रम्भादेवी कलेज अफ मेडिकल साइन्स, बुटवल अन्तर्गत अध्ययनरत विद्यार्थीहरूको सहभागितामा School Health Program सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रम अन्तर्गत विद्यार्थीहरूको स्वास्थ्य सचेतना अभिवृद्धि, व्यक्तिगत सरसफाइ, पोषण, किशोर स्वास्थ्य तथा विद्यालय स्वास्थ्यसम्बन्धी विभिन्न विषयमा जानकारीमूलक गतिविधिहरू सञ्चालन गरिएको थियो। साथै विद्यार्थीहरूलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देश्यले अन्तरक्रियात्मक कार्यक्रमसमेत आयोजना गरिएको थियो।
यस महत्वपूर्ण कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग गर्नुहुने रम्भादेवी कलेज अफ मेडिकल साइन्स, सहभागी विद्यार्थीहरू, विद्यालय परिवार तथा सम्पूर्ण सरोकारवालाप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
स्वस्थ विद्यार्थी, गुणस्तरीय शिक्षा र समृद्ध भविष्य निर्माणका लागि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दछौं।
धन्यवाद।
📍 ज्योति माध्यमिक विद्यालय
शितगंगा नगरपालिका–४, अर्घाखाँची