27/12/2024
We are pleased to inform you that Mr. Bimal Thakuri - Culture and Tourism Minister Bagmati zone will be visiting Luxembourg on December 25th 2024. He will be meeting the members of Jan Samparka Samithi on December 28th, 2 p.m. at Basecamp Restaurant, Lorentzweiler.
Interested individuals are cordially invited to join us at the event.
02/08/2024
जय नेपाल साथीहरु
नेपाली काङ्ग्रेसका नेता तथा युएइका जनसम्पर्क समिती का सभापति आदरणीय भुवानीप्रसाद तिमिल्सिना यूरोप भ्रमण को सिलसिला मा आज 15:30 बजे सामान्य भेटघाट को लागि बेल्जियम बाट आउदै हुनुहुन्छ समय मिल्ने साथि ले सम्पर्क गरि भेट्घाट गरौंला अनि सरसल्लाह गरेर कता जानेनिधो गरौला धन्यवाद
12/05/2022
आदरणीय सम्पुर्ण मतदान गर्ने मतदाताहरु सबैमा नमस्कार ! जय नेपाल ! !
सबैका आफ्नै सिद्धान्त, बिचार छन आफ्नै नेता र उमेद्वार छन, उम्मेद्बारीको हिसावले कसैको युवा जोश छ कसैको अनुभब र कसैको कार्यनीति छ ।
स्थानिय निर्वाचनमा काम गर्न सक्ने, अनुभवी, दुरदर्शिता भएको उमेदवार लाइ मतदान गरौं । आज पैसा,उखान सपना दिनेलाई हैन ..
भोलि सेवा दिनेलाई भोट गरौं..
जय नेपाल।
16/12/2021
नेपाली राजनीतिमा नयाँ युगको सुरुवात!!!
आशा का किरण निर्बाचित नेता गगन थापा र बिश्वप्रकाश शर्मा मा हार्दिक बधाई एब सफल कार्यकालको शुभकामना !!
जय नेपाल🇳🇵
20/10/2021
बर्ष २०२१-२०२३ का लागि The Parliamentary Network on the World Bank and IMF को बोर्ड मेम्बरका रुपमा गगन थापा निर्वाचित भएकोमा हार्दीक बधाई दिदै सफल कार्यकालको शुभकामना दिन चाहन्छु । विश्वका १४० भन्दा बढी देशका सांसदहरूसंगै काम गर्न पाउनु भएको मौकालाई सशक्त रुपमा प्रयोग गर्दै नेपालको गौरब कायम गर्नमा सफलता मिलोस । पुन:हार्दिक शुभकामना गगन दाइ ।
08/10/2021
शेर बहादुर देउवा को नेतृत्वको संयुक्त सरकारमा मन्त्रीको जिम्मेवारी प्राप्त गर्नु हुने सम्पुर्ण मन्त्री ज्यु हरुलाई बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना ! जय नेपाल
12/08/2019
नेपाली जनसम्पर्क समिति साईप्रसको प्रथम अधिबेसन बाट सर्वसम्मत निर्वाचित भएकोमा सभापति सीता अर्याल ज्यू लगायत सम्पूर्ण निर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ ।
जय नेपाल
01/04/2019
तराईको बारा ,पर्सा जिल्लाकाे केही स्थानमा अाएकाे भिसण अाँधि,हुरिवाट हुन गएको मानविय र धनजनको अकल्पनीय क्षतिप्रति गहिराे दु:ख व्यक्त गर्दछु ।
मृतकहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दे सम्पूर्ण घाइतेहरू प्रति शिघ्र स्वास्थ्य लाभकाे कामना गर्दछौ /
नेपाली जनसम्पर्क समिती ,लक्जेम्बर्ग परिवार ।
03/11/2018
नेपाली कांग्रेस आगामी महाधिवेशनमा बहुपदिय सम्रचना सहितको सर्ब सम्मत नेतृत्व चयन गरदा कस्तो होला एउटा कार्यकाल यसो गरे कसो होला ,कांग्रेसहरु एक होऔ ।
१) सभापति : रामचन्द्र पौडेल / डा शेखर कोइराला
२) वरिष्ठ नेता : शेर ब देउवा
३) उप सभापति : प्रकाश मान सिंह
४) उप सभापति : बिमलेन्द्र निधि
५) उप सभापति : कृष्ण सिटौला
६) उप सभापति : बिजय गच्छदार
७) उप सभापति : डा शशांक कोइराला
८) उप सभापति : अर्जुन नर्सिङ के सि
९) उप सभापति : आरजु देउवा
१०) महामन्त्री : बालकृष्णा खाण
११) महामन्त्री : धनराज गुरुंग
१२) महामन्त्री : गगन थापा
१३) सह महामन्त्री : डा प्रकाश शरण महत
१४) " " : बिश्व प्रकाश शर्मा
१५) " " : दिलेन्द्र बडु
१६) " " : महेश आचार्य
१७) " " : रामहरि ख़तिवडा
१८) " " : पुश्पा भुसाल
१९) " " : फर मुल्लाह मन्सुर
२०) कोषध्यक्ष : चित्रलेखा यादव
२१) नेता : गोपालमान श्रेष्ठ
२२) नेता : डा राम शरण महत
२३) नेता : पुर्ण खड्का
२४) प्रबक्ता : चन्द्र भण्डारी
यसरी अन्य केन्द्रिय सदस्य हरु सहित जम्मा १५१ सदस्यीय केन्द्रिय समितिको गठन गर्ने ।
# अध्यक्ष के बि गुरुङ राखी ८५ सदस्यीय जेष्ठ नागरिक सल्लाहकार समितिको गठन गर्ने ।
# ३५ सदस्यीय कार्यसम्पादन समिति बनाउने ।
# प्रदेश स्तरीय समिति गठन गर्ने ।
# केन्द्रिय बिभाग तथा समिति गठन गर्ने ।
# आमन्त्रित सदस्यहरु १/३ मनोनीत गर्ने ।
# युवाहरूलाई धेरैजसो ४०% सम्म समेट्ने ।
# अन्य महिला , जनजाती , दलित , बुद्धिजीवी , किसान , मजदुर , पेशा कर्मी , उधोगी, ब्यापारी सबैलाई केन्द्रिय , प्रदेश , जिल्ला , क्षेत्रीय , नगर , गाउँ , वार्डमा समेट्ने ।।।
नेपाली कांग्रेस एक भएको सन्देश दिने ।
जय नेपाल ।। मेरो निजी बिचार केही साथी संग सल्लाह गरेर अन्यथा नलिनु होला
17/09/2018
हाम्रो निमन्त्रणा लाई स्वीकार गरि पाल्नुहुने सम्पुर्ण अतिथि महानुभावहरु प्रति हार्दिक धन्यवाद ब्यक्त गर्दै कार्यक्रम एेतिहासिक ,सभ्य,भव्य र अनुशासित रुपमा सफल बनाउन सहयोग गर्नुहुने सम्पुर्ण लुग्जेमबर्ग बासी आमाबुवा दाजुभाइ दिदिबहिनीहरु,सम्पुर्ण स्पोन्सर मान्यबर, अतिथि माहानुभावहरुलाई ह्रदय देखि धन्यवाद दिदै ,आगामि दिनहरुमा पनि यहॉहरु बाट पाउने सद्भाव, सहयोग र रचनात्मक भुमिकाको अपेक्षा गर्दछौ । जय नेपाल
13/09/2018
आदरणीय सम्पुर्ण साथीभाई शुभचिंतकहरुमा नमस्कार जय नेपाल !
नेपाली जनसम्पर्क समिती लक्जेम्बर्गको प्रथम अधिबेशन नेपाली काङ्ग्रेस का बरिष्ठ नेता आदरणीय दाजु श्री रामचन्द्र पौडेल ज्युको प्रमुख आतिथ्यता मा निम्नानुसार सम्पन्न हुन गैरहेको हुँदा सो अधिबेशन मा हजुर अतिथिको लागि उपस्थित भैदिनुहुन बिनम्र अनुरोध गर्न चाहन्छू
मिति: १६ सेप्टेम्बर २०१८, आईतबार
समय: दिनको ठीक २:०० बजेबाट
स्थान: एभरेष्ट रेस्टुराँ
8, Rue Bender
L-1229
Luxembourg
कार्यक्रम व्यबस्थापन को सहजतालाई मध्यनजर गर्दै हजूरको सहभागिता को लागि १४ सेप्टेम्बर सम्म आफ्नो सहभागिता सुनिश्चित को खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछू
धन्यबाद
जय नेपाल
नेपाली जनसम्पर्क समिती लुग्जेमबर्ग
अधिबेशन संयोजक
झलक महत