Quran in Nepali

Quran in Nepali We present the translation of the meaning of the Qur'an in Nepali.

बाबाको उपदेश छोरीलाई । एक छिन यता ध्यान दिनुहोस् ल ।
07/03/2018

बाबाको उपदेश छोरीलाई । एक छिन यता ध्यान दिनुहोस् ल ।

पवित्र कुरआन
05/03/2018

पवित्र कुरआन

हजको विदाई अवसरमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो समूदायलाई अन्तिम आदेश दिनुभयोः मैले तिमीहरुलाई दुईटा चीज छोडेक...
04/03/2018

हजको विदाई अवसरमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो समूदायलाई अन्तिम आदेश दिनुभयोः मैले तिमीहरुलाई दुईटा चीज छोडेको छु तिमी जबसम्म त्यसलाई बलियोसँग समाउँछौ, पथभ्रष्ट हुने छैनौं। त्यो अल्लाहको किताब र मेरो सुन्नत हो ( मुअत्ताइमाम मालिक, मिश्कात)

सूरह अल माइदा आयतः3
04/03/2018

सूरह अल माइदा आयतः3

कुरआन, सूरह आले इमरान, आयतः 19
10/12/2017

कुरआन, सूरह आले इमरान, आयतः 19

कुरआन सूरह आले इमरान, आयतः 18
10/12/2017

कुरआन सूरह आले इमरान, आयतः 18

कुरआनः पारा(खण्ड) 26, सूरह अल फत्ह, आयातः 10)
28/08/2017

कुरआनः पारा(खण्ड) 26, सूरह अल फत्ह, आयातः 10)

31/05/2017

नमाज़ पढ र जकात देऊ । स्वयमकोलागि जेजति सत्कर्म गरेर पठाउनेछौ ती सबै अल्लाह कहाँ पाउनेछौ । निस्सन्देह तिमीहरु जे गर्छौ अल्लाहले देखिरहेका छन् । (सूरह अल बक़र, आयत-110)

02/05/2017

शिर्क अल्लाहको लागि सबैभन्दा ठूलो महापाप हो । यि महापापहरुको बारेमा तल बयान गरिने छ । शिर्क तीन प्रकारको हुन्छ । शिर्क अकबर, शिर्क अस्गर, शिर्क खफी । यस मध्ये शिर्क अकबर सबै भन्दा ठूलो महापाप मध्ये पर्दछ जसको कारण मानिस जहन्नम (नर्क) मा जानेछ । त्यस्तै अरु पनि यस्ता महापाप छन् जसले गर्दा मानवलाई बर्बाद गरी नर्क तर्फ धकेल्छ ।

अब म तपाई समक्ष सात महापापको बारेमा इनशाअल्लाह जे जति तत्वदर्शिताले भ्याएसम्म जानकारी गराउने कोशिस गर्दछु ।

(क) शिर्क,

(ख) जादू टुना गर्नु,

(ग) कसैको हत्या गर्नु,

(घ) ब्याज खानु,

(ङ) अनाथको धन खानु,

(च) युद्धको मैदानबाट भाग्नु,

(छ) पवित्र स्त्रीमाथि ब्याभिचारको झुटो आरोप लगाउनु

यि हरेक पापहरुमा संसारिक जीवन र परलोकको जीवनमा दण्ड निर्धारित छ । यि पापहरुको बारेमा केही व्याख्या तल गर्दछु ।

(क) शिर्क-वास्तविक सृष्टिकर्ता अल्लाहलाई नमानी अरु कसैलाई पूजा गर्न योग्य सम्झनु जस्तैः मूर्ति पूजा गर्नु, फोटोमा पूजा, आकाश, पृथ्वी, नदी नालाको पूजा, जनावरको पूजा, पंक्षिको पूजा, घर्षने जन्तुको पूजा, बोट बुट्यानको पूजा ईत्यादी।

वास्तविक सृष्टिकर्ता ईश्वर (अल्लाह) लाई नमानी अरु कसैलाई पूजा गर्न योग्य ईश्वर ठान्ने, यो संसार सृष्टि गर्ने, पालन गर्ने, हामीलाई जीवन प्रदान गर्ने, हाम्रो प्राण निकाल्न अधिकार दिने, पाप र पुण्यको हिसाब किताब गरी पुण्यवानलाई स्वर्ग र पापीलाई नर्कमा हाल्न आदेश दिने र अन्तमा यो संसारलाई ध्वस्त पार्ने काम मात्र एक परम शक्तिशाली महिमावान ईश्वर(अल्लाह) को अधिकारमा छ भने पूजा पनि उनैको हुनुपर्छ किनकि तपाई सोच्नु होस् यो सिंगो ब्राह्माण्डलाई हामीले बनाएको मूर्तिले सृष्टि गर्न सक्छ त ? भनेर तपाईसँग प्रश्न गरें भने तपाई अवश्य पनि भन्नु हुन्न यो त्यो मूर्तिले बनायो भनेर। जब त्यो मूर्तिमा त्यो क्षमता छैन भने आखिरी किन पूजा गर्ने ? यस सम्बन्धमा कुरआनमा भनिएको छः

“हे मानव हरु ! एउटा दृष्टान्त वर्णन गरिन्छ, त्यसलाई ध्यानपूर्वक सुन, तिमीले अल्लाह बाहेक जस जसलाई पुकार्दछौ, तिनीहरुले एउटा झिङ्गा पनि बनाउन सक्दैनन्। यद्यपी त्यसको निम्ति सबै एकत्रित भए पनि र यदि झिङ्गाले उनीहरुसित कुनै चीज खोसेर लिएर जान्छ भने पनि तिमीहरुले त्यसबाट छुटाउन सक्दैनौ जो याचक (विन्ती गर्नेवाला) छ उ पनि असमर्थ छ र जोसँग तिनीहरुले याचना गर्दछन् ऊ पनि असहाय छ।” (सूरः २२ आयत नं. ७३)

26/04/2017

पवित्र कुरआन सूरह आले इमरान आयत नं. १६० मा लेखिएको छः “अल्लाहले तिम्रो सहायता गरेमा कसैले रोक्न सक्दैन र उनले तिमीलाई सहायता नगरे उनी वाहेक तिमीलाई सहायता गर्ने को छ ? आस्थावानहरुले केवल अल्लाहप्रति भरोषा राख्नु पर्दछ” ।

पवित्र कुरआन सूरह अत्-तौबा, आयत नं. ५१ मा लेखिएको छः भनिदेऊ- “हामीमाथि अल्लाहले लेखेको वाहेक अरु कुनै संकट आउँदैन”। उनी नै हाम्रा मित्र हुन् । र, आस्थावानहरुले उनैमाथि भरोषा राख्नुपर्दछ” ।

Address

Kuwait City
13017

Alerts

Be the first to know and let us send you an email when Quran in Nepali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category