कोरिया 🇰🇷 जाने सपना बोकेका इपीएस पीडितहरूको बारेमा माननीय सांसद हर्क साम्पाङले यस भिडियोमा महत्वपूर्ण कुरा बोल्नुभएको छ। भिडियो हेर्न नबिर्सनुहोस्!”🇰🇷🇰🇷🇳🇵
UMS Vlogs EPS
अब हामी तपाईंहरुलाई eps Korean important Question सबै निःशुल्क उपलब्ध गराउने छौ
07/05/2026
कोरिया सरकारले कृषि तथा माछापालन क्षेत्रका विदेशी कामदारका लागि दियो राहत, दीर्घकालीन हेरचाह बीमा नगरे पनि हुने🇰🇷
दक्षिण कोरिया सरकारले कृषि तथा मत्स्य क्षेत्रका विदेशी कामदारका लागि आर्थिक बोझ घटाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्ले दीर्घकालीन हेरचाह बीमा ऐन संशोधन गर्दै मौसमी कामदारलाई अनिवार्य वृद्ध हेरचाह बीमा शुल्कबाट छुट दिने व्यवस्था पारित गरेको हो।
नयाँ निर्णयअनुसार E-8 भिजा भएका मौसमी कामदारले अनुरोध गरेमा उक्त बीमा कार्यक्रममा सहभागी नहुन पाउनेछन्। यसअघि ग्रामीण क्षेत्रमा काम गर्ने रोजगारदाता र विदेशी कामदारहरूले यो शुल्क अनावश्यक आर्थिक भार भएको भन्दै गुनासो गर्दै आएका थिए।
पुरानो व्यवस्थाअनुसार राष्ट्रिय स्वास्थ्य बीमा प्रणालीमा आबद्ध सबै कामदारले स्वतः दीर्घकालीन हेरचाह बीमा शुल्क तिर्नुपर्थ्यो। यो सेवा मुख्यतया ६५ वर्षभन्दा माथिका वा दीर्घरो´गी नागरिकका लागि हो। तर E-8 भिसा १९ देखि ५५ वर्ष उमेर समूहका कामदारलाई अधिकतम ८ महिनासम्मका लागि मात्र दिइने भएकाले उनीहरूले उक्त सेवा प्रयोग गर्ने सम्भावना न्यून थियो।
सरकारी तथ्यांकअनुसार २०२५ डिसेम्बरसम्म ९१४ मौसमी कामदारले करिब ४० करोड वोन बीमा शुल्क तिरेका थिए, तर एक जनाले पनि उक्त सेवा प्रयोग गरेका थिएनन्। यसले नीति र वास्तविक आवश्यकता बीचको अन्तर स्पष्ट देखाएको छ।
यो नयाँ व्यवस्था मे १३ देखि लागू हुनेछ। छुट लिन चाहने कामदारहरूले National Health Insurance Service को कार्यालयमा आवेदन दिनुपर्नेछ। सरकारले यस कदमले श्रमिक अभाव भएका क्षेत्रमा रोजगारदातालाई राहत दिनुका साथै कम आम्दानी भएका विदेशी कामदारको बचत बढाउने विश्वास व्यक्त गरेको छ।
05/05/2026
कोरियामा E-9 भिसा प्रणालीमा क्रान्तिकारी परिवर्तनको तयारी: अब दक्ष श्रमिकले परिवार लैजान पाउने! 😍🇰🇷
दक्षिण कोरियामा कार्यरत र आउन चाहने विदेशी श्रमिकहरूका लागि एउटा खुसीको खबर छ! दक्षिण कोरियाली सरकारले लामो समयदेखि लागू हुँदै आएको E-9 भिसा प्रणाली मा व्यापक सुधार गर्ने प्रक्रिया अघि बढाएको छ। श्रम बजारको माग र श्रमिकको अधिकारलाई ध्यानमा राख्दै सरकारले भिसालाई श्रेणीकरण गरी थप सुविधाहरू दिने योजना बनाएको हो।
के के हुन् त मुख्य परिवर्तनहरू?
✅ भिसाको नयाँ वर्गीकरण:
श्रम मन्त्रालयले E-9 भिसालाई सीप र दक्षताका आधारमा E-9-1, E-9-2 र E-9-3 गरी तीन उप-श्रेणीमा विभाजन गर्ने तयारी गरेको छ। जसले आफ्नो काममा दक्षता देखाउँछ र सम्बन्धित प्रमाणपत्र हासिल गर्छ, उनीहरू माथिल्लो श्रेणीमा उक्लन पाउनेछन्।
✅ परिवार ल्याउन पाउने सुविधा (Family Reunion):
यो सुधारको सबैभन्दा आकर्षक पक्ष भनेको पारिवारिक मिलन हो। उच्च सीप हासिल गरी माथिल्लो श्रेणीमा पुग्ने श्रमिकले आफ्नो परिवारलाई कोरिया ल्याउन अनुमति पाउनेछन्। यसले वर्षौँसम्म परिवारबाट टाढा बस्नुपर्ने बाध्यतालाई अन्त्य गर्नेछ।
✅ कार्यस्थल परिवर्तनमा सहजता:
हालको कडा नियममा लचकता अपनाउँदै दक्ष श्रमिकहरूलाई तुलनात्मक रूपमा सहजै कार्यस्थल (Job Change) परिवर्तन गर्न दिइने प्रस्ताव गरिएको छ।
💡 किन गरिँदैछ यो सुधार?
कोरियामा हाल करिब २ लाख ८२ हजारभन्दा बढी E-9 श्रमिक छन्। दक्ष श्रमिकहरू भिसा अवधि सकिएपछि स्वदेश फर्कनुपर्दा कोरियाली उद्योगहरूले अनुभवी जनशक्ति गुमाइरहेका थिए। साथै, लामो समय परिवारबाट टाढा बस्नुपर्ने अवस्थालाई मानवअधिकारको दृष्टिकोणले पनि आलोचना गरिँदै आएको थियो।
🚀 नेपाली श्रमिकलाई के फाइदा?
यो नयाँ नियम लागू भएमा उत्पादन, कृषि र निर्माण क्षेत्रमा कार्यरत हजारौँ नेपाली श्रमिकहरू लाभान्वित हुनेछन्। भाषा र सीपमा ध्यान दिएमा अब कोरिया बसाइ केवल कमाइमा मात्र नभई परिवारसँगको सुखद बसाइ र वृत्ति विकासमा पनि केन्द्रित हुनेछ।
तपाईँलाई कोरिया सरकारको यो नयाँ योजना कस्तो लाग्यो? कमेन्टमा आफ्नो विचार राख्नुहोला! 👇
모든 사람들이 다 특별할순 없다.
대부분의 사람들이 그냥 평범하게 산다고 당연히 나도 마찬가지고
그니까
대단하 뭔가가 되는데 너무 짐착할 필요 없어
그냥
인생에서 저마다 소중한 걸 찻으면 그걸로 충분개.
21/11/2024
Big shout out to my newest top fans! 💎 Anish Rai
Drop a comment to welcome them to our community,
16/10/2024
२०८१ कार्तिक ०५ र ०७ गते (October 21 & 23, 2024) मा कोरिया जाने कामदारहरुका लागि सूचना । हेर्नुहोला
दशैं को शुभकामना नेपालमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाई हरुलाई हाम्रो तर्फबाट।🇳🇵😞🇰🇷
22/09/2024
टेकुमा पर्ने साथीहरुको लागि तयारिमा रहनु होला धन्यवाद 😁😁😁
Manufacture दोश्रो चरण तर्फ Skill Test को नतिजा प्रकाशन भएसँगै स्वास्थ्य परिक्षण ( Medical ) र रोजगार आवेदन ( Job application ) को लागि पनि सुचना आएको छ। Medical २०८१/०६/१० गतेदेखि २०८१/०६/१४ गतेसम्म सञ्चालन हुनेछ भने Job application २०८१/०६/१८ गतेदेखि खुल्ला रहनेछ। Medical र Job application लागि निम्न कुराहरू ध्यान दिनुहोला:
स्वास्थ्य परिक्षण ( Medical ) का लागि आवश्यक र ध्यान दिनुपर्ने कुराहरू:
१. राहदानी सक्कल ( Passport )
२. परिक्षाको प्रवेश पत्र ( Admit card )
३. हालसालै खिचिएको पासपोर्ट साईजको फोटो २ वटा ( PP sized photo 2 pcs )
४. रु. ७,३००/- नगद ( अस्पतालको नियम अनुसार नगद वा अनलाईन तिर्ने )
५. ईपीएसद्वारा प्रकाशित लिष्टमा आफ्नो मेडिकल कहाँ र कहिले पर्छ यकिन गर्ने,
६. मेडिकल मिति भन्दा २ दिन अघिदेखि सादा खाना खाने, माछा/मासु नखाने, मदिरा, धुम्रपान सेवन नगर्ने,
७. मेडिकलमा जाँदा सहज किसिमको कपडा लगाउने,
८. मेडिकल रिपोर्ट अस्पतालले तोकेको दिन स्वयं उपस्थित भई लिनुपर्दछ।
रोजगार आवेदन फाराम ( Job application form ) भर्दा आवश्यक र ध्यान दिनुपर्ने कुराहरू:
१. राहदानको रङ्गिन स्क्यान ( Passport colour scan ) [ कम्तिमा एक वर्ष Validity रहेको]
२. मेडिकल रिपोर्टको स्क्यान ( Scan of medical report )
३. हालसालै खिचिएको सेतो पृष्ठभुमी भएको सेतो कपडा नलगाएको दुवै कान र छाती माथिल्लो भाग देखिने पासपोर्ट साईज डिजिटल फोटो ( PP sized photo in White background, Not worn white dress, upper chest and both ear should be clearly visible )
४. फाराम भर्दा फाराम भर्ने दिनको अघिल्लो दिनमा चलेको विनिमय दर अनुसार 5$ बराबरको नेपाली रुपैँया अनलाईन द्वारा तिर्नुपर्दछ।
५. 'क' वर्गको बैङ्कको चेक ( 'A' Class bank's cheque )
६. प्रहरी चारित्रिक प्रमाणपत्र ( Police clearance report) [ परराष्ट्र मन्त्रालयका छाप आवश्यक नपर्ने]
७. रोजगार आवेदन फाराम ( Job application form ) अनलाईन भर्नु पर्दछ
उत्तीर्ण व्यक्तिको मेडिकल परेको मिति र अस्पताल सहितको लिङ्क र Job application भर्ने लिङ्क कमेन्टमा राखिएको छ।
बाट साभार गरिएको
Eps Training in Nepal 2024
https://youtu.be/KfcL4Xmb2r4?si=kDuJ4sQrGWI-M_S1🙏🙏🙏❤️
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Suwon
18339
12/10/2024