Drishtikon

Drishtikon

Share

"Stillness is where perspective is born.
शान्तिबाटै दृष्टिकोन जन्मिन्छ।"
Philosophical Thoughts | Nature | Deep Thinking

12/05/2026

पारदर्शिता भनेको गोपनीयता भङ्ग गर्नु पक्कै होइन, तर उच्च छविको लागि पारदर्शिता आवश्यक छ, नि होइन र?

09/05/2026

साना खुसीका मालाले नै जिन्दगीलाई अर्थपूर्ण बनाउँछ।

09/05/2026

उड्न आकाश होइन, साहस चाहिन्छ

08/05/2026

तॅपाईलाइ कैद गर्ने पिँजडा बाहिर होइन… भित्र हुन्छ।

हामी स्वतन्त्र हुन चाहन्छौं,
तर डर, शंका र अरूको विचारले बाँधिएको हुन्छौं।

जब तॅपाई अरूले के भन्छन् भन्ने डर छोड्नुहुन्छ,
जब तॅपाईलेआफैँलाई स्वीकार्न थाल्नुहुन्छ,
त्यसैबेलाबाट तॅपाई उड्न थाल्नुहुन्छ।

आकाश सधैं खुला थियो-
तर तॅपाईले आफैँलाई रोकिराखेको हुनुहुन्थियो।

स्वतन्त्रता बाहिर खोज्ने होइन…
भित्र बनाउने कुरा हो।

08/05/2026

देखिने कुरा सधैँ सत्य नहुन सक्छन्। यो तस्बिरमा झट्ट हेर्दा सामान्य ढुङ्गाहरू थुपारेको देखिए तापनि, यसभित्र मानिसका अधुरा चाहना, सङ्घर्ष र निराशाका काला बादलहरूका बीच चम्किरहेको एउटा अटल आशा र भरोसाको पहाड लुकेको छ।

07/05/2026

कहिलेकाहीँ जीवनले हामीबाट केही चीजहरू खोस्छ-
मान्छे, मौका, अवस्था…
र हामी सोच्छौं, “सब सकियो।”

तर सोच्नुस त…
फूलले आफ्ना पातहरू जोगाएर राखेको भए,
उसले कहिल्यै फल दिन सक्थ्यो होला?

जीवन पनि त्यस्तै हो।
केही कुरा झर्नैपर्छ,
केही अन्त्य हुनैपर्छ,
किनकि भित्र नयाँ केही जन्मिन लागेको हुन्छ।
तॅपाईले अहिले जे गुमाइरहनु भएको छ
त्यही तॅपाईको नयाँ सुरुवात हुन सक्छ।

06/05/2026

हामी कुनै निश्चित ठाउँ वा उद्देश्य पुरा भएपछि खुसी हुन्छौँ भनेर साचेर राख्छौँ तर त्यो निश्चित ठाउँ आउँदैन किनकि खुसी भनेको निश्चित एउटा पोइन्ट (बिन्दु) होइन भन्ने कुरामा बिश्वास गर्दछु।

02/05/2026

I believe that there is a subtle magnetism in Nature, which, if we unconsciously yield to observe, may render the conduct of our life more natural."(मलाई विश्वास छ कि प्रकृतिमा एक सूक्ष्म आकर्षण हुन्छ, जसलाई हामीले अचेतन रूपमा अवलोकन गर्यौँ भने हाम्रो जीवनको व्यवहार अझ बढी प्राकृतिक हुन सक्छ।)-Henry David Thoreau

01/05/2026

यी पहाडहरूले कति युगको कथा बोकेका होलान्? यो फूलले सूर्यको प्रकाशमा के सन्देश पाउँछ होला? हामी आफूलाई मात्र चेतनशील ठान्छौँ, तर सायद हामी केवल यो ब्रह्माण्डीय चेतनाको एउटा सानो अंश मात्र हौँ। अस्तित्वको हरेक पक्षले आफ्नै भाषामा जीवनको गीत गाइरहेको छ, के हामीले कहिल्यै सुन्ने प्रयास गर्यौँ?

01/05/2026

मानवको सबैभन्दा उत्कृष्ट शक्ति काल्पनिक शक्ति (Imagination power) नै हो। उसले सोच्न सक्छ, तर सोचाइ कहाँबाट र कसरी आउँछ भन्ने कुराको उत्तर मलाई लाग्छ, आजसम्म कसैसँग छैन। धेरै विचारकले आफ्नो धारणा दिएका होलान्, तर सबै धारणा Ultimate Reality नै हुन् भनेर भन्न कठिन हुन्छ।
सोच्नको लागि सबैभन्दा पहिला त Input को आवश्यकता पर्छ, चाहे त्यो अनुभवको रूपमा होस् या शब्दको रूपमा। शब्द भन्नुको मतलब कुनै पनि कुराको सांकेतिक रूप (भाषा) आवश्यक पर्दछ। कुनै पनि कुराको Symbolic रूप नै भाषा हो भन्दा फरक पर्दैन भन्ने लाग्छ। त्यसैले, कुनै पनि भाषा एउटा व्यक्तिले बनाएको होइन र यसलाई Personal भन्न मिल्दैन।यो एउटा समाजको उपज हो। त्यसैले, सोच्नको लागि भाषा चाहिन्छ र भाषा नै हामी आफैँले बनाएका होइनौँ भने, आफ्नो दिमागमा चल्ने सोचाइ 'मेरा हुन्' भनेर दाबी गर्नु के उचित होला त?
उदाहरणका लागि, तपाईं एक नेपाली हो, तर तपाईंलाई अफ्रिकाको कुनै एउटा देशको भाषामा सोच्नुस् भन्यो भने, तपाईंले सोच्न सक्नुहुन्न। Try to think। त्यसैले, भाषा नै आफ्नो होइन भने विचार 'मेरो' हुनु सम्भव होला र?
अहिलेको २१ औँ शताब्दीमा तपाईंले सोच्न सक्ने र तपाईंको मेमोरीमा भन्दा कयौँ गुणा बढी Information AI सँग छ। तर, कुनै एउटा व्यक्ति कुनै सोर्सबाट इन्फर्मेसन जम्मा गर्छ अनि त्यसको भाव नबुझी वा भनौँ व्यवहारमा लागु नगरी म ज्ञानी, बुद्धिजीवी भनेर कम इन्फर्मेसन भएको मान्छेलाई Disrespect गर्दै Ego satisfied गर्छ भने, त्यो Person र एउटा कुनै Wild animal मा कुनै फरक होला भन्ने लाग्दैन।

30/04/2026

Coming together is a beginning, staying together is progress, and working together is success."(एक हुनु सुरुवात हो, सँगै रहनु प्रगति हो, र मिलेर काम गर्नु नै सफलता हो।"
— हेनरी फोर्ड (Henry Ford)

Want your school to be the top-listed School/college in Seoul?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


경기도
Seoul