Drishtikon

Drishtikon "Stillness is where perspective is born.
शान्तिबाटै दृष्टिकोन जन्मिन्छ।"
Philosophical Thoughts | Nature | Deep Thinking

27/07/2026

विचार ठूलो कि बोल्ने व्यक्ति?

21/07/2026

विशेषगरी समाजलाई हेर्ने दुईवटा फरक दृष्टिकोण छन् एउटा, समाजले नै व्यक्तिलाई निर्माण गर्छ (society shapes the individual) भन्ने; अर्को, व्यक्तिहरूबीचको निरन्तर अन्तरक्रियाले समाज निर्माण हुन्छ (society is created through social interaction) भन्ने। अन्तरक्रियावादी (interactionist) दृष्टिकोण अनुसार मानिसहरूको भीड मात्र समाज होइन; त्यहाँ अर्थपूर्ण social interaction हुनुपर्छ। बाहिरबाट हेर्दा समाज आफैं बनेको जस्तो देखिए पनि, वास्तवमा हामी नै यसलाई आफ्नो दैनिक व्यवहारमार्फत हरेक क्षण निर्माण गरिरहेका हुन्छौं।

यो विचारलाई समाजशास्त्री Harold Garfinkel ले आफ्नो Ethnomethodology मार्फत गहिरो रूपमा व्याख्या गरेका छन्। Ethnomethodology ले मानिसहरूले दैनिक जीवनमा प्रयोग गर्ने सामान्य ज्ञान (common-sense knowledge), साझा बुझाइ (shared understanding) र नलेखिएका नियमहरू (unwritten rules) को अध्ययन गर्छ।
गार्फिन्केलका अनुसार समाज कुनै बाहिरी शक्तिले मात्र चल्ने संरचना होइन; यो मानिसहरूले दैनिक व्यवहारमा प्रयोग गर्ने methods of making sense of the world मा आधारित हुन्छ। हामीले यी अदृश्य नियमहरू पालना गरिरहँदासम्म मात्र social reality (सामाजिक यथार्थ) कायम रहन्छ।
उदाहरणका लागि, घरमा पुगेर परिवारसँग एकाएक अत्यन्त औपचारिक भाषामा बोल्न थाल्यौं, वा खाना खाएपछि होटलमा जस्तै “कति पैसा भयो?” भन्यौं भने के हुन्छ? परिवारका सदस्यहरू अलमलमा पर्छन्, किनकि हामीले परिवारभित्र स्वाभाविक रूपमा स्वीकार गरिएको shared norm तोडेका हुन्छौं। यसलाई Garfinkel ले breaching of everyday expectations भनेर बुझाउँछन्। यस्तो अवस्थामा स्थापित सामाजिक यथार्थ क्षणभरमै अस्थिर हुन्छ। यसले के देखाउँछ भने समाजलाई टिकाइराख्ने काम कुनै ठूलो संरचनाले मात्र होइन, हामी हरेकले हरेक दिन गर्ने सामान्य व्यवहारले पनि गर्छ।

दैनिक जीवनलाई नाटकको रूपमा बुझ्ने प्रयास समाजशास्त्री Erving Goffman ले आफ्नो Dramaturgical Analysis मार्फत गरेका छन्। उनले समाजलाई एउटा stage (रङ्गमञ्च) र व्यक्तिलाई actor (अभिनेता) का रूपमा व्याख्या गरे।
चलचित्रका कलाकारसँग लिखित script हुन्छ, तर वास्तविक जीवनमा समाजका साझा मूल्य–मान्यता (values and norms) नै हाम्रो script बन्छन्। हामी दिनभरि आफ्नो वास्तविक भावनाभन्दा बढी आफूले पाएको सामाजिक भूमिका - friend, employee, father, husband आदि,अनुसार व्यवहार गरिरहेका हुन्छौं।
गोफम्यानले अरूका अगाडि आफूलाई राम्रो, सक्षम र स्वीकार्य देखाउने प्रस्तुतिलाई Front Stage भनेका छन्। जस्तै, अफिसमा कर्मचारीले अनुशासित, जिम्मेवार र व्यावसायिक व्यवहार देखाउँछ। तर जब ऊ नजिकका साथी वा परिवारसँग हुन्छ, उसले केही हदसम्म औपचारिकता छोड्छ। यस्तो अपेक्षाकृत स्वतन्त्र क्षेत्रलाई गोफम्यानले Back Stage भनेका छन्।

तर यहाँ एउटा महत्वपूर्ण प्रश्न उठ्छ-परिवार वा अत्यन्त घनिष्ठ साथीसँग हुँदा मानिस पूर्ण रूपमा mask-free हुन्छ त? गोफम्यानको दृष्टिमा यसको उत्तर पूर्ण रूपमा हुँदैन भन्ने हुन्छ। किनकि एउटा भूमिकाको Back Stage अर्को भूमिकाको Front Stage बन्न सक्छ।
उदाहरणका लागि, अफिसबाट घर फर्किएपछि व्यक्तिको employee role समाप्त हुन्छ, तर घरमा ऊ parent role मा प्रवेश गर्छ। छोराछोरीका अगाडि श्रीमान्-श्रीमतीबीचको व्यवहार पनि निश्चित मर्यादाभित्र हुन्छ। अर्थात् मानिसले एउटा मञ्च छोड्नेबित्तिकै अर्को मञ्चमा नयाँ भूमिका निभाउन थाल्छ।
धेरै विद्वानहरूले समाजलाई बुझ्न फरक–फरक सैद्धान्तिक लेन्स दिएका छन्। ती सबैसँग हामी सहमत हुनैपर्छ भन्ने छैन, तर तिनले एउटै सामाजिक यथार्थलाई अनेक कोणबाट हेर्ने क्षमता अवश्य दिन्छन्। समाजशास्त्रको यही बहुदृष्टिकोणात्मक शक्ति यसको सबैभन्दा ठूलो विशेषता हो।
Social media is a front stage where we carefully present ourselves to others

20/07/2026

संसार बुझ्नुभन्दा गाह्रो कुरा… सायद आफूलाई बुझ्नु होला।

15/07/2026

अघि बढ्ने कोसिस गर्ने मानिसको प्रवृति त होला नि?

14/07/2026

जिन्दगीमा सबैभन्दा महत्त्वपूर्ण कुरा नियत हो।

14/07/2026

चुप हुनु सधैं हार होइन।

11/07/2026

जिन्दगीको महत्वपुर्ण कुराहरु मध्य ज्ञान नि एक हो तर सुचना(information) धेरै जम्मा गर्नु मात्र ज्ञान बढाउनु होला त?

09/07/2026

मौनताको शक्ति | The Power of Silence |

यदि तपाईंमा पढ्ने चाहना छ तर व्यक्तिगत, पारिवारिक वा व्यावहारिक कारणले नियमित रूपमा कलेज जान सम्भव छैन भने, यो उत्कृष्ट ...
02/07/2026

यदि तपाईंमा पढ्ने चाहना छ तर व्यक्तिगत, पारिवारिक वा व्यावहारिक कारणले नियमित रूपमा कलेज जान सम्भव छैन भने, यो उत्कृष्ट विकल्प हुन सक्छ। अधिकांश कक्षाहरू अनलाइन माध्यमबाट सञ्चालन हुने भएकाले आफ्नै समयअनुसार अध्ययन गर्न सकिन्छ।धेरैजसो परीक्षाहरू पनि अनलाइन नै हुने व्यवस्था रहेको छ। थप आधिकारिक तथा विस्तृत जानकारीका लागि NOU मा सिधै सम्पर्क गर्न सक्नुहुन्छ। Nepal open university

30/05/2026

बिना गन्तव्य अविरल रूपमा चलिरहने यात्रा नै त होला नि जिन्दगी। न कतै पुग्न ढिला हुन्छ न चाँडो, किनकि गन्तव्य नै छैन। हामी प्रायः सबैजसो मान्छेले मृत्युलाई नै गन्तव्य मान्छौँ, तर त्यो नै सत्य होला र?
⁠ #विचार #जिन्दगी

Address

경기도
Seoul

Website

Alerts

Be the first to know and let us send you an email when Drishtikon posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Drishtikon:

Shortcuts

Share

Category