Sudan Gurung Fans

Sudan Gurung Fans Re build Nepal

Sudan Gurung writes:म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु।...
22/04/2026

Sudan Gurung writes:

म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु।
मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको Gen Z आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ।मेरा ४६ जना भाइ बहिनिहरुको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो।
त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा conflict of interest नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।
मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ।कति मिडियाकर्मी साथी हरु को कहा कहा स्वीट शेयर छ बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।
For my country and For the respect of our security forces and For the youths of Nepal.

हरेकको Good time र Bad time आँउछ ।त्यसैले धैर्य राखौँ सत्यको जित हुनेछ ।। जय नेपाल 🇳🇵🇳🇵
22/04/2026

हरेकको Good time र Bad time आँउछ ।त्यसैले धैर्य राखौँ सत्यको जित हुनेछ ।।
जय नेपाल 🇳🇵🇳🇵

06/04/2026

Harka sampang says:
प्रिय सुदन गुरुङ ज्यु, तपाइँ देशको गृह मन्त्री बन्नु भएकोमा मैले बधाइ दिएको छैन ! मलाई "हर्क दाइ" भन्नु हुन्छ ! त्यो साइनोले "भाइ हो तपाइँ मेरो" मलाई "हर्क जी" भन्नु हुन्छ ! त्यो अर्थमा "साथी हो तपाइँ मेरो" तर यो देशको विधि र संविधानलाई मान्दा तपाइँ "माननीय गृह मन्त्री ज्यु" हुनुहुन्छ ! With respect मैले त्यो भन्नै पर्छ ! एउटा प्रतिपक्ष दलको नेता भएको कारण तपाइँको टिकाटिप्प्णी गर्नै पर्छ मैले ! प्रश्न सोध्नै पर्छ मैले ! मेरा प्रश्नहरु व्यक्तिगत नभएर नितान्त पदीय जिम्मेवारीले भरिएका प्रश्न हुन् ! nothing personal, everything professional and legal ! तपाइँले gen z आन्दोलनको २३ गतेको घटनाका दोषीहरुलाई पक्रनु भो ! धन्यवाद सबैले दिएकाछन् ! गलत काम गर्नेहरुको लिस्ट बनाएर कारवाही गर्दै हुनुहुन्छ ! धन्यवाद छ ! I like that and appreciate that. अझै अघि बढ्नुहोस् शुभकामना छ ! तर मैले सदनमा उठाएका दुइटा मुद्दा नबिर्सनु होला १. gen z आन्दोलनको २४ गतेको घटनाको दोषीलाई कारवाही २. जीबी राईलाई पक्रेर रवी दाईलाई न्याय दिने ! काम गर्ने मान्छेको खुट्टा तान्छन् ! अपजस पाइन्छ नै काम गर्ने क्रममा तर पोखराको फेवातालमा २० रोपनी जग्गा तपाइँको नाममा छ रे भन्ने खबरले सामाजिक संजाल तातिंदा नमज्जा लागेको छ ! खास कुरा के हो पत्रकार सम्मेलन राखिहाल्नुस् ! नैतिकताको सवाल खडा भयो ! अब यो सवालको जवाफ नदिने हो भने जनताले कुरा काट्छन् र विश्वास गर्दैनन् ! तपाइँलाई मान्दैनन् ! प्रहरीले पनि टेर्न छाड्छन् ! मलाई आशा छ तपाइँले एउटा दाजुले दिएको सल्लाह सम्झेर भनेको मान्नु हुनेछ ! एक दिन म तपाइँलाई हृदय देखि नै बधाइ दिनेछु ! त्यो दिन चाँडै आवोस् ! जय देश !

04/04/2026

हिजो रातभरी 17 जना भन्दा बढी टोले गुन्डा डाँकाहरु पक्राउ परेका छन।
रातभरी जागेको छ सरकार ,पहिला पहिला सरकार दिउँसै सिँहदरबार तिर सुतिरहन्थ्यो ।

03/04/2026

10 big wickets

निर्माताभन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन।
03/04/2026

निर्माताभन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन।

02/04/2026

दिपक भट्ट पक्राउ l
जय गोरखाली ✊🏻🙏

02/04/2026

Good morning 🇳🇵

01/04/2026

Modern policing

Address

Dongducheon

Website

Alerts

Be the first to know and let us send you an email when Sudan Gurung Fans posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share