25/07/2025
हाम्रो संस्थाको उद्गम स्थल पोखरामा संस्थाको मेरुदण्ड सदस्यता प्रमाणपत्र वितरण कार्यक्रम सुसम्पन्न ।
देशै भरि रहनु भएका कोरियन भाषा संस्थाहरूलाई सदस्यताको बिशेष आह्वान गर्दछौ ।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from EPS Korean Learning School, 경상남도 양산시, Busan.
🇰🇷 EPS Korean Learning School
📚 Learn Korean | Work in Korea | Real Stories
🎥 Foreign workers’ life & experiences
📰 Korea updates, news & info
🔥 Dream ➡️ Korea ➡️ Success
👉 Learn, Grow & Succeed Together!
👉 Like Follow Share & Stay Updated 🔔
25/07/2025
हाम्रो संस्थाको उद्गम स्थल पोखरामा संस्थाको मेरुदण्ड सदस्यता प्रमाणपत्र वितरण कार्यक्रम सुसम्पन्न ।
देशै भरि रहनु भएका कोरियन भाषा संस्थाहरूलाई सदस्यताको बिशेष आह्वान गर्दछौ ।
जब गोर्खे उड्यो कोरिया
त्यसपछि:🇰🇷
छुटेको लभ पनि जोडियो रे, गुमेको आफन्त पनि जोडिन थाले रे, फोन नगर्ने पल्ला घरे काकाले पनि आशीर्वाद छोरा भन्न थाल्नु भयो रे, चोर फटा भन्ने भिनाजुले पनि आसा थियो रे, माकुराको जालो लागे जस्तै मेरो मेसेन्जरमा पनि मेसेज फोन आएर हराबरा छ रे । हिजो गवाँरे ,गोठाले भन्ने सहरका केटीहरुले पनि अहिले बेबि भन्न थालेका छन् रे, कोठा भाडा ढिला हुँदा गाली गर्ने घरबेटीले पनि अहिले ज्वाईं बनाउने मन गरेका छन् रे यो चाहिँ छिमेकी बाट सुनेको । कुहिरो लागेको मेरो जिन्दगी पनि आज खुला आकाश जस्तै भएको छ ,जुन चरि पनि आनन्दले उड्न चाहन्छन् ।
धन्यवाद कोरिया🇰🇷🙏
( के तपाई नि सोच्नुहुन्छ कोरिया आउनु भन्दा पहिले कस्तो तपाई को जिन्दगी थियो?)
🪶:अशोक लम्साल 🫠
25/07/2025
गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद्, दक्षिण कोरियाद्वारा आयोजना हुने १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री माननीय कुन्दनराज काफ्ले दक्षिण कोरिया आइपुग्नुभएको छ।
उहाँले जुलाई २६ र २७ (शनिबार र आइतबार) सम्पन्न हुने १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी भई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
25/07/2025
नेपाली पासपोर्ट किन कमजोर - विश्व वरियतामा नेपाली पासपोर्ट निरन्तर कमजोर देखिएको छ । ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ले सार्वजनिक गरेको सन् २०२५ को पासपोर्ट इन्डेक्समा नेपाल ९५ औँ स्थानमा रहेको छ । सन् २००६ मा नेपाली पासपोर्ट ७६औँ स्थानमा थियो । यसपछि सुधार हुन सकेको छैन । नेपालबाट ३८ देशमा मात्रै भिसा बिना जान सकिन्छ । १९३ देशमा भिसा बिनै घुम्न सकिने सिंगापुरको पासपोर्ट एक नम्बरमा छ । जापान र दक्षिण कोरिया दोस्रो स्थानमा छन् । गत वर्ष पाँचौं नम्बरमा रहेको अष्ट्रेलियाको पासपोर्ट ७ नम्बरमा झरेको छ । भारतको ७७ स्थानमा रहदा चीन ६० औँ स्थानमा छ । हेन्ली एण्ड पार्टनर्सको अनुसन्धान टोलीले ईन्टरनेश्नल एयर ट्रान्सपोर्ट एसोसिएसन (IATA) को भिसा बिनै घुम्न सकिने डाटाबेसका आधारमा यो सूची निकाल्ने गर्छ ।
25/07/2025
कोरियामा साँच्चै मजदुरका पक्षमा लड्ने, आवाज उठाउने कोहि छ भने त्यो केवल उदय राई नै हो।
अरुको कुरा नगरौं। hatts of to you sir 🇳🇵🇰🇷
"आप्रवासी श्रमिकहरूलाई पनि मानवअधिकार र श्रम अधिकार छ। तर यसरी मान्छेलाई बाँधेर राख्नु भनेको उसलाई मान्छेभन्दा तलको दर्जामा हेर्नु हो। यस्ता दृश्य र व्यवहारहरू हेर्दा हरेकचोटि अत्यन्तै दुःख लाग्छ र रिस उठ्छ।"
आज (२५ जुलाई) एक सञ्चारमाध्यमसँगको कुराकानीमा 전국민주노동조합총연맹 (민주노총) अन्तर्गतको आप्रवासी श्रमिक संघका अध्यक्ष, उदय राईले हालै दक्षिण कोरियाको छन्नाम प्रान्तको नाजु सहरमा भएको आप्रवासी श्रमिकमाथिको मानवअधिकार उल्लंघनबारे यस्तो प्रतिक्रिया दिएका हुन्।
यसअघि नाजुमा कोरियाली नागरिक जस्तो देखिने एक व्यक्तिले श्रीलंकाली आप्रवासी श्रमिकलाई डोरीले बाँ, धेर फोर्कलिफ्ट द्वारा माथि उठाएको भिडियो सार्वजनिक भएपछि वि, वाद चुलिएको थियो। उक्त भिडियोमा उनी श्रमिकको अ, पमान गरिरहेको देखिन्छ।
यसै वर्ष फेब्रुअरीमा पनि चोन्नामको योङआमस्थित सुंगुर फार्ममा कार्यरत २० वर्ष उमेरका नेपाली आप्रवासी श्रमिकले कार्यस्थलमा निरन्तर भएको मानसिक दुर्व्यवहार सहन नसकी आ, त्मह! त्या गरेका थिए।
आफैं पनि नेपालबाट आएका आप्रवासी श्रमिक र संघका अध्यक्ष रहेका राईका अनुसार, यस्ता दु! र्व्यवहारका घ, टना देशभरि भइरहेका छन्।
उनका अनुसार, "गा,ली–गलौ,ज त सामान्य जस्तै भइसकेको छ। ‘तलाई स, जाय दिन्छु’, ‘अवैध बनाइदिन्छु’ भनेर धम्/की दिने घ, टना धेरै छन्।"
चितुवा र कुकुरको दौड — एउटा गहिरो जीवन सन्देश 🐾
एकपटक कुकुरहरूको दौडमा चितुवालाई पनि समावेश गरियो। जब दौड सुरु भयो, सबै कुकुरहरू जोरसाथ दौडिए — जसले जित्ने, उसैलाई उत्कृष्ट ठहरिने थियो।
तर चितुवा ?
उनी भने उही स्थानमा शान्त बसिरहे।
मालिकले अचम्म मान्दै सोधे:
“तिमी किन दौडिएनौ?"
चितुवाले मुस्कुराउँदै भने:
"कहिलेकाहीं आफूलाई उत्कृष्ट प्रमाणित गर्नु आफ्नै अपमान हुन्छ। म कुकुरहरूसँग प्रतिस्पर्धा गर्न आएको हैन। म चितुवा हुँ, चितुवा सँगै दौडन्छु।"
💭 सन्देश:
सबै ठाउँमा आफूलाई प्रमाणित गर्न जरुरी छैन। केही प्रतिस्पर्धाहरू तपाईँको स्तरसँग मेल खाँदैनन्।
मौनता नै कहिलेकाहीँ सबैभन्दा बलियो उत्तर हुन्छ।
👉 कुकुरहरूसँग दौडेर चितुवा बन्न सकिँदैन।
"जहाँ तपाईंको मूल्य नबुझिन्छ, त्यहाँ मौन बस्नु नै शान हो।"
25/07/2025
노동부 र 고용센터 फरक
1. 노동부= (Ministry of Labor) 고용노동지청 근로개선지도과 तपाईको काम पैसा सम्बन्धि ( कम्पनिले रकम भुक्तनि नगर्दा) हो भने यस कार्यालयमा जानुहोस् ।
2. 고용센터 = Job Center = 고용복지플러스센터 तपाईको काम कार्य सम्बन्धि ( काम खोजि, कम्पनि परिवर्तन, आदि) हो भने यस कार्यालयमा जानुहोस् ।
* जब सेन्टरको ठेगाना र फोन नं. तल दिइएको लिंकमा हेर्नुहोस् ।
고용복지플러스센터 국민들이 쉽고 편하게 필요한 도움을 받을 수 있도록 , , 서비스를 한곳에서 One-stop 으로 지원하는 협업모델입니다.
25/07/2025
संसदमै मन्त्री निदाएपछि...! नेपालको संसदमा सांसद र मन्त्रीहरू निदाउनु सामान्य जस्तै बन्ने गरेको छ । संसदमा महत्त्वपूर्ण विषयमा छलफल भइरहन्छ तर कतिपय सांसद र मन्त्रीहरू निदाउन, मोबाइल चलाउन, कोही एक आपसमा गफिने गर्छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा देखिएको एउटा दृश्य यतिवेला भाइरल बनेको छ । प्रतिनिधि सभा बैठकमा सांसदहरूसँग प्रधानमन्त्रीको प्रत्यक्ष प्रश्नोत्तर थियो । प्रधानमन्त्री केपी शर्मा ओली बैठक कक्षमा पुग्दा मन्त्रीहरूले उठेर नमस्कार गर्छन् । तर बुधबार प्रधानमन्त्री बैठक कक्षमा प्रवेश गर्दा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ मस्त निन्द्रामा हुनुहुन्थ्यो । उठाउदा समेत मन्त्री गुरुङ नबिउँझिँएपछि प्रधानमन्त्रीले नै ‘सुत्न दिनुस्’ भन्नुपरेको थियो ।
포항시 मा हिजो काम गर्दागर्दै ढलेका १ नेपालीको ज्या!न गयो 😢
उच्च गर्मीको चेतावनीबीच घाँस काट्ने काममा खटिएका एक ४० वर्षीय नपाली कामदार गर्मीका कारण देखिने लक्षण देखाउँदै बेहोस भएपछि अस्पताल पुर्याइए पनि उनको ज्या!न गएको छ।
आज (२५ तारिख) ग्येङबुक दो लगायतका निकायका अनुसार, हिजो दिउँसो १२:२३ बजे पोहाङ सि बुकगुस्थित एक डाँडामा घाँस काट्ने काम गर्दै गरेका नेपाली ४० वर्षीय पुरुष कामदार A 씨 अचानक ल! डेका थिए।
घ! टनास्थलमा रहेका व्यक्तिले ११९ आपतकालीन सेवामा खबर गरेपछि आएका उद्दारकर्मीहरूले उनलाई बे, होस, मु, टुको धड्कन नभएको र ज्वरो तथा कम्पन देखिएको अवस्थामा फेला पारेका थिए। तत्काल अस्पताल लगिएको भए पनि उनलाई ब, चाउन सकिएन।
अनुसन्धानका क्रममा थाहा भएको छ कि मृतक पुरुष बिहान ६ बजेबाट आफ्ना साथीहरूसँग मिलेर काम गरिरहेका थिए।
दमकल विभागले भनेको छ, "A 씨 मा गर्मीका कारण देखिने लक्षणहरू देखिएका थिए, तर वास्तविक कारण सम्बन्धित निकायको थप अ! नुसन्धानपछि मात्र यकिन हुन्छ।"
गमलामा फुलेको फुललाई हो संरक्षणको आवश्यकता पर्ने!
भीरमा फुलेको फुललाई कुनै मालीको आवश्यकता पर्दैन!!
24/07/2025
📢 अब निवेदन दिन एक दिन मात्रै बाकि !!!
Returnee Innovators for Nepal (RIN) Program को आवेदन समय अब एक दिन मात्र बाकि।
यो परियोजना KOICA (कोरिया अन्तर्राष्ट्रिय सहयोग संस्था) को आर्थिक सहयोग द्वारा गरिएको हो। कोरियाबाट फर्केका नेपाली प्रवासी श्रमिकहरूका लागि विशेष रूपमा तयार गरिएको हो, जसको मुख्य उद्देश्य उनीहरूको उद्यमशील क्षमतालाई अभिवृद्धि गर्नु र नेपाल फर्किएपछि उनीहरूको व्यवसायिक प्रयासहरूमा थप सहयोग प्रदान गर्नु हो।
📅 निवेदन दिने अन्तिम मिति: श्रावन ९, २०८२ (जुलाई २५, २०२५) (राति ११:५९ सम्म)
आवेदन गर्न लिंकमा क्लिक गर्नुहोस् वा फ्लायरमा रहेको QR स्क्यान गर्नुहोस्। कृपया एउटा आवेदनमा मात्र भर्नु होला !!
🔹 Startup Track (Early-stage):
https://forms.gle/Pc2r5GSQhytHTLAw6
🔹 Growth Track (Expansion stage):
https://forms.gle/8W1XnwkCh1mydft18
आउनुहोस् र नयाँ यात्राको सुरुवात गर्नुहोस् । 💼🔥
📢 Only One Day Left to Apply!!!
The application deadline for the Returnee Innovators for Nepal (RIN) Program is just one day away!
This project is financially supported by KOICA (Korea International Cooperation Agency). It is specially designed for Nepali migrant workers returning from South Korea, with the primary goal of enhancing their entrepreneurial capabilities and supporting their business endeavors after returning to Nepal.
📅 Application Deadline: Shrawan 9, 2082 (July 25, 2025) (11:59PM)
To apply, click the relevant link or scan the QR code on the flyer. Please submit only one application!
🔹 Startup Track (Early-stage):
https://forms.gle/Pc2r5GSQhytHTLAw6
🔹 Growth Track (Expansion stage):
https://forms.gle/8W1XnwkCh1mydft18
Come and begin a new journey! 💼🔥
24/07/2025
बढ्यो चामलको मूल्य 🙄😥
२३ जुलाईमा कोरियन कृषि संस्थाले दिएको जानकारीअनुसार, दक्षिण कोरियामा २० किलोग्राम चामलको खुद्रा मूल्य ६०,१५१ वोन पुगेको छ।
जुन मूल्य करिब दुई वर्षपछि पहिलोपटक ६०,००० वोन नाघेको हो। यो गत वर्षभन्दा १४.४% र औसतभन्दा १५.८% महँगो हो।
मूल्य वृद्धिको कारण उत्पादन स्थलमा चामलको मूल्य लगातार बढ्नु हो, जुन जुलाई १५ मा ५१,८५५ वोन पुगेको थियो।
सरकारले चामलको मूल्य स्थिर राख्न धान खरिद र अनुगमनलाई सशक्त बनाइरहेको छ।