27/08/2026
🇳🇵 रसुवामा आएको बाढी तथा पहिरोप्रति हार्दिक समवेदना 🙏
नेपालको रसुवा जिल्लामा आएको विनाशकारी बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएको दुःखद खबरले अत्यन्तै मर्माहत बनाएको छ। यस प्राकृतिक विपत्तिमा ज्यान गुमाउनु हुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। साथै, घाइते तथा प्रभावित सम्पूर्णमा शीघ्र स्वास्थ्यलाभ र सुरक्षित जीवनको कामना गर्दछु।
यस कठिन र दुःखद घडीमा बेपत्ता हुनु भएका सम्पूर्ण व्यक्तिहरू सकुशल भेटिनुहोस् भन्ने हार्दिक प्रार्थना गर्दछु। उद्धार तथा राहत कार्यमा खटिनुभएका सुरक्षाकर्मी, स्थानीयवासी तथा सम्पूर्ण स्वयंसेवकहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दछु।
प्राकृतिक विपत्तिको यस समयमा हामी सबैले धैर्य, एकता र मानवताको भावना कायम राख्दै प्रभावित परिवार तथा समुदायलाई सक्दो सहयोग गरौँ। राहत तथा उद्धार कार्यमा आवश्यक सहयोग पुर्याउन सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अपिल गर्दछु।
दुःखको यस घडीमा रसुवावासी तथा सम्पूर्ण प्रभावित परिवारहरूसँग हाम्रो साथ, सहानुभूति र प्रार्थना छ।
सबैको शीघ्र उद्धार होस्, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ होस् र सबै सुरक्षित रहून्। 🙏🇳🇵
ネパール・ラスワ郡の洪水・土砂災害について
ネパールのラスワ郡で発生した大規模な洪水や土砂災害により、多くの尊い命が失われるなど、甚大な被害が発生しています。
この度の災害でお亡くなりになった方々に心より哀悼の意を表するとともに、ご遺族の皆様に謹んでお悔やみ申し上げます。また、負傷された方々の一日も早いご回復を心よりお祈り申し上げます。
現在も行方不明となっている方々が、一人でも多く無事に発見され、ご家族のもとへ帰ることができるよう、心から願っております。
このような大変な状況の中、救助・捜索活動に尽力されている関係者の皆様に、心より敬意を表します。
今こそ、私たち一人ひとりが互いに支え合い、助け合うことが大切です。被災された方々が一日も早く安心して生活を取り戻せるよう、皆様の温かいご理解とご支援を心よりお願い申し上げます。
被災されたすべての皆様の安全と、一日も早い復旧・復興を心よりお祈り申し上げます。🙏🇳🇵
#日本留学
#大阪留学