25/12/2023
यो कस्तो धर्म!!!!!
मान्छे मान्छेमा पनि बिवेद यो कस्तो धर्म
सानो र ठुलो बिचको भेद यो कस्तो धर्म॥
मन्दिर एउटै,भागवान एउटै,भेटी पनि एउटै छ
तिमी ठुलो म सानो कसरी यो कस्तो धर्म॥
मैले बनाएको मन्दिर,मुर्ति,तिर्सुल अनि धजा
सबै शुद्ध हु्न्छ यहॅा म अछुत यो कस्तो धर्म॥
मैले पुजा गर्ने भागवान मैले आफै बनाएको
आजै मलाइ अछुत बनायो यो कस्तो धर्म॥
यो प्रकृतिले मलाइ मान्छेको जस्तै रूपदियो
कस्ले मलाइ दानव बनायो यो कस्तो धर्म॥
मान्छे मान्छेमा पनि बिबेद यो कस्तो धर्म॥॥
जन्मेको एउटै माटोमा भयो दुबै निरवस्र थियौ!
तिमी ब्रामज्ञानी म कुजात कसरी यो कस्तो धर्म!!
सबै स्वरूप मान्छेको जस्तै छ,मन अनि भावना
तर पनि मान्छे भएर बाच्न पाइन यो कस्तो धर्म॥
सिप चल्यो,श्रम चल्यो ,जवानी पनि चल्यो
सबै चल्यो तर जात चलेन यो कस्तो धर्म॥
मेरो शरीरको एकएक थोप रगतले जिवन दिए
पायो संसार मैले छेएको पानी चलेन यो कस्तो धर्म॥
प्रकृतिले बनाएको दुइ जात महिला आनि पुरूष
दलित,अछुत,बाटो मुनिको फुल भएछु यो कस्तो धर्म
मान्छे मान्छेमा पनि बिवेद,यो कस्तो धर्म।।
सानो र ठुलो बिचको भेद यो कस्तो धर्म॥॥
प्रेम गर्दा पनि मलाइ लखेटी लखेटी मारियो
तिमीलाइ भने छोए पाप लाग्ने यो कस्तो धर्म॥
महिले कहिले बुझिन पाप के हो ? धर्म के हो?
म मरिदा पनि खुसी नै थियो समाज यो कस्तो धर्म॥
तिमी तिम्रो स्वभिमान र आत्मसम्मान को कुरा गर्छउ
आज पनि म मान्छे हुन पाइन यो कस्तो धर्म॥
मान्छे मान्छेमा पनि बिवेद,यो कस्तो धर्म।।
सानो र ठुलो बिचको भेद यो कस्तो धर्म॥॥
जन्म दिने आमालाइ बृद्ध आश्रम पुर्याइ तिमी
मुत दिने गाइलाइ आमा मान्ने तिम्रो यो कस्तो धर्म॥॥
गाइको मुत पनि गहत र अमृत हुने समाज मेरो
महिले दिएको अमृत बिष कसरी यो कस्तो धर्म॥
मरिसकेको बिश्वकर्मा बाबा को सधै पुजा गर्छौ
जिउदै छदा त कामी दाइ छिछि किन यो कस्तो धर्म॥
मान्छे मान्छेमा पनि बिवेद,यो कस्तो धर्म।।
सानो र ठुलो बिचको भेद यो कस्तो धर्म॥॥
सुन त अब कान खोलेर सुन सुन ए सुन !!!!!!
बाकी …………………………………..!!