28/03/2026
Food service sector मा अब जापान जान नपाउने तर कति समय को लागि बन्द होला त?
जापानको आप्रवासन कार्यालयले (入管庁) विदेशी कामदारको 「特定技能 (Specified Skilled Worker)」 भिसा अन्तर्गत खानपान/रेस्टुरेन्ट (外食業) क्षेत्रमा कामदारको संख्या सीमा (limit) नाघ्ने अवस्थामा पुगेको जनाएको छ।
👉 त्यसैले
अप्रिल १३ पछि नयाँ कामदार लिन बन्द गरिने निर्णय गरिएको छ।
---
📌 मुख्य बुँदाहरू:
जापान सरकारले 2028 सम्म विदेशी कामदारको सीमा करिब 805,000 (८ लाख ५ हजार) राखेको छ।
त्यसमध्ये रेस्टुरेन्ट क्षेत्रमा सीमा 50,000 (५ हजार होइन, ५万人 = ५० हजार) हो।
तर 2026 फेब्रुअरीसम्म नै करिब 46,000 पुगिसकेको छ।
त्यसैले मे महिनासम्म सीमा नाघ्ने अनुमान छ।
---
🚫 अब के हुन्छ?
अप्रिल 13 पछि नयाँ आवेदन (visa application) को लागि आवश्यक कागज (certificate) दिइने छैन।
पहिले नै आवेदन दिएको भए → क्रम अनुसार जाँच गरिनेछ
तर सीमा नाघेपछि → कागज नदिइन सक्छ
---
🔄 फेरि खुल्न सक्छ?
यदि कामदार संख्या घट्यो भने → पुनः अनुमति (resume) दिन सकिन्छ
#特定技能
26/03/2026
🇯🇵Japan मा Harassment भयो? चुप नबस्नुहोस् – तपाईंको अधिकार छ !
- Company मा Harassment भयो? चुप नबस्नुस् – तपाईंसँग अधिकार छ !
जापानमा काम गर्दा (Boss, Senior, )वा (Colleague) ले गलत व्यवहार गर्छ – तर धेरै नेपालीहरू "Visa जान्छ कि" वा "Job जान्छ कि" भनेर डरले चुप बस्छन्। यो थाहा राख्नुस् –(Harassment )सहनु तपाईंको बाध्यता होइन!
✅Harassment भनेको के हो?
शक्ति उत्पीडन (パワハラ) - स्थिति को लाभ
उठाएर मानसिक वा शारीरिक कष्ट दिनु (Sexual Harassment ) (セクハラ) – काममा अनुचित यौनिक व्यवहार गर्नु
✅यी भएमा Harassment हो:
सार्वजनिक रूपमा चिच्याउनु, गाली गर्नु, अपमान गर्नु क्षमताभन्दा बढी काम लगाउनु वा जानाजान कुनै काम नदिनु Group बाट deliberately अलग गर्नु – बोल्न छोड्नु (無視) - काम पछि पनि जबर्जस्ती रोक्नु, निजी जीवनमा हस्तक्षेप गर्नु।
विदेशी भएकाले discriminate गर्नु।
Working hours बाहिर पनि message/call गरेर pressure दिनु।
✅Harassment भयो भने यसरी गर्नुस्ः।
१. Document गर्नुस् – मिति, समय, के भयो सबै लेखिराख्नुस्। -Screenshots राख्नुस् ।
२. Company भित्र HR मा Email मार्फत complaint दिनुस् – proof रहन्छ।
3. श्रम मानक ब्यूरो (労標準察庁) मा जानुस् – नि:शुल्क। -
४. Labor Consultation Hotline मा call गर्नुस् – interpreter arrange हुन्छ।
५. गम्भीर भएमा Lawyer को मद्दत लिनुस् – Legal Aid Society बाट निःशुल्क।
तुरुन्त सम्पर्क गर्नुस्ः
📞श्रम परामर्श: ०५७०-०५९-११० (निःशुल्क, अंग्रेजी ठीक छ)
✅श्रम मानक ब्यूरो: श्रम मानक निरीक्षण कार्यालय (नजिकको कार्यालय)
📞कानूनी सहायता: ०५७०-०७८३७४ (निःशुल्क कानुनी सल्लाह)
📞MHLW हटलाइन: ०१२०-८११-६१० (उत्पीडन विशिष्ट)
तपाईंको कानुनी अधिकारहरू
Harassment report गरेकाले Visa रद्द हुँदैन
Complaint गरेकाले Job Fire गर्न मिल्दैन – Retaliation illegal छ
विदेशी भए पनि Japanese Workers जत्तिकै अधिकार छ Harassment को कारण क्षति भएमा Compensation माग्न।
तपाईंको कानुनी अधिकारहरू।
Harassment report गरेकाले Visa रद्द हुँदैन
Complaint गरेकाले Job Fire गर्न मिल्दैन – Retaliation illegal छ।
विदेशी भए पनि Japanese Workers जत्तिकै अधिकार छ Harassment को कारण क्षति भएमा Compensation माग्न मिल्छ।
Consultation निःशुल्क छ – पैसा नभए पनि help पाइन्छ।
विदेशी भएकाले सहनु पर्छ" – यो सोच गलत हो! Harassment - सहनु कमजोरी होइन, report गर्नु साहस हो।
चुप नबस्नुस् – आफ्नो आवाज उठाउनुस्! तपाईले report गर्नुभयो भने अर्को नेपालीलाई पनि त्यही ठाउँमा यस्तो हुनबाट बचाउन सकिन्छ।
▲ यो post जापानमा काम गर्ने सबै नेपाली साथीहरूलाई Share गर्नुस् !
खोज: कार्यस्थल उत्पीडन कानूनी सहायता नेपाल
24/03/2026
💰 Save गर्नुहोस्:जापानको 年金 (Nenkin) बाट पैसा कसरी फिर्ता पाइन्छ? पूर्ण गाइड
धेरै नेपालीहरू भन्छन्👇
「年金 तिरेको पैसा खेर जान्छ」
👉 यो पूर्ण रूपमा सही होइन।
यदि तपाईं जापानबाट आफ्नो देश फर्कनुभयो भने
👉 तपाईंले “脱退一時金(だったい いちじきん)” पाउन सक्नुहुन्छ
---
【脱退一時金 के हो?】
जापानमा काम गर्दा तपाईंले तिर्नुभएको年金को
👉 केही भाग फिर्ता पाइने प्रणाली हो
---
📌 【कसले पाउँछ?】
✔ विदेशी नागरिक
✔ जापान छोडिसकेको
✔ 6 महिना भन्दा बढी年金 तिरेको
✔ स्थायी बसोबास (永住) नभएको
👉 यी शर्त पूरा भयो भने आवेदन दिन सकिन्छ
---
💰 【कति पैसा फिर्ता आउँछ?】
यो तपाईंले कति समय तिर्नुभयो भन्नेमा निर्भर हुन्छ
उदाहरण👇
・6 महिना → करिब 50,000〜80,000円
・1 वर्ष → करिब 100,000円 भन्दा बढी
・3 वर्ष → 300,000円 भन्दा बढी पनि हुन सक्छ
👉 समय जति धेरै, पैसा त्यति धेरै
---
⚠️ 【ध्यान दिनुपर्ने कुरा】
・पूरै पैसा फिर्ता आउँदैन
・कर (Tax) काटिन्छ
・2 वर्ष भित्र आवेदन दिनुपर्छ
👉 समय नाघ्यो भने पाउन सक्नुहुन्न
---
📄 【कसरी आवेदन दिने?】
① जापान छोड्नुहोस्
② आवश्यक कागज तयार गर्नुहोस्
③ फारम भरेर पठाउनुहोस्
必要なもの👇
・パスポートコピー
・銀行情報
・年金番号
---
💡 【महत्त्वपूर्णポイント】
👉 年金 नतिर्नु भन्दा
👉 तिरेर फिर्ता लिनु राम्रो
---
💬 शब्द सिक्नुहोस्
年金(Nenkin)= पेन्सन
脱退一時金 = फर्किँदा पाउने पैसा
---
यो जानकारी धेरैलाई थाहा छैन।
जापानमा बस्ने नेपालीहरूका लागि
यस्तो उपयोगी जानकारी हामी दैनिक शेयर गर्छौं👇
👉 Follow गर्नुहोस्
👉 Save गरेर राख्नुहोस्📌
24/03/2026
🔹 特定技能 [とくていぎのう(Tokutei Ginou)]भनेको के हो?
सरल र बुझ्न सजीलको लागी English मा Specific Skilled Worker अर्थात छोटकरीमा SSW, नेपाली भाषामा भन्नु पर्दा निर्दिष्ट सीप / विशेष कौशल आदि भन्ने गरीन्छ।
यो जापानमा काम गर्न सकिने एक प्रकारको 在留資格(ざいりゅうしかく / Visa) हो।
यसमा 1号 (Ichigou/ १ नम्बर ) र 2号 (Nigou २ नम्बर) गरी दुई प्रकार छन्।
• 1号 = सामान्य काम गर्न सक्ने स्तर
• 2号 = उच्च सीप + अनुभव + 管理(かんり / Management) गर्न सक्ने स्तर
⚠️{号 [ごう (gou)] = Number}
🔹 特定技能2号 (SSW / Tokutei Ginou 2 Gou)भनेको के हो?
特定技能2号 भनेको कामको क्षेत्रमा राम्रो अनुभव भएको र स्टाफलाई हेर्ने/सिकाउने क्षमता भएको विदेशी ले पाउन सक्ने भिसा हो।
※धेरैले नबुझेको तर महत्वपुर्ण कुरा
• SSW 1 मा काम नगरेको भए पनि
सीप + अनुभव भए SSW2 लिन सकिन्छ।
• तर धेरैजसोले पहिले SSW 1 मा काम गरेर पछि SSW 2 मा अपग्रेड गर्ने गर्छन्।
🔹 1号 र 2号 (1 gou & 2 gou )को फरक
#特定技能1号
सीप - आधारभुत(basic)
अनुभव - आवस्य छैन
काम- सामान्य काम
बसाई अवधी- अधिकतम ५ वर्ष
#特定技能2号
सीप- उच्च सीप + 管理経験(かんりけいけん)
अनुभव- २ वर्षभन्दा बढी
काम- 指導(しどう)/監督(かんとく)/店舗管理補助(てんぽかんりほじょ)
बसाइ अवधि- 更新OK(上限なし) सिमा छैन बस्न मन लागुन्जेल काम गर्न पाईन्छ ।
उदाहररणको लागी 外食業(がいしょくぎょう / Food Service) मा 2号 लिन के चाहिन्छ?
外食業मा 特定技能2号 लिन
“副店長(ふくてんちょう) वा サブマネージャー जस्तै काम २ वर्षभन्दा बढी गरेको अनुभव” चाहिन्छ।
✔ आवश्यक कामका उदाहरण
• スタッフ(स्टाफ) लाई 教える(おしえる / सिकाउने)
• アルバイト(Part-time) को 監督(かんとく / हेर्ने)
• シフト作成(Shift बनाउने) मा सहयोग गर्ने
• 勤怠管理(きんたいかんり / Attendance) मा सहयोग गर्ने
• 在庫管理(ざいこかんり / Stock) मा सहयोग गर्ने
• クレーム対応(ग्राहक गुनासो समाधान गर्ने )
• 店舗運営(てんぽうんえい / Store चलाउने) मा सहयोग गर्ने
👉 सिर्फ Hall/Kitchen को सामान्य कामले 2号 पाउन सकिँदैन।
👉 管理(Management) मा सहयोग गरेको प्रमाण चाहिन्छ।
अन्य केहि नबुझेमा म्यासेज भन्दा पनि कमेन्ट गर्न अनुरोध गर्दछु । कमेन्ट हेरेर सोध्न अप्ठ्यारो गार्हो लागेका अरुहरुले पनि बुझ्ने मौका पाउछन।
Bhandari Lokendra
22/03/2026
प्याच्चै भन्छु।
चित्त नदुखाउनु होला, नरिसाउनु होला
यदि जापानमा Working Visa मा काम गर्न आउन मन छ, Student Visa मा पढ्न आउन मन छ तर तपाईँ संग पढ्ने चाहना, नयाँ नयाँ कुराहरु सिक्ने चाहना छैन भने तपाईँको लागी जापानको गन्तव्य सोचेको जस्तो नहुन सक्छ।
率直に申し上げます。
ご気分を害されましたら申し訳ございません。また、どうかお怒りにならずにお聞きいただけますと幸いです。
もし日本で就労ビザにて働くことをご検討されている場合でも、学ぶ意欲や新しいことを習得しようとするお気持ちがないのであれば、日本はご自身が思い描いていらっしゃるような理想の場所とはならない可能性がございます。
21/03/2026
जापानमा काम गर्दा कम्पनीले दिने 'यातायात खर्च' (Commuting Allowance) ले गर्दा तपाईंको मासिक तलबबाट काटिने साखाई होकेन (Social Insurance) को रकम पनि बढ्छ भन्ने कुरा सायद धेरैलाई थाहा नहुन सक्छ। भर्खरै प्रधानमन्त्री सानाए ताकाइचीले यो पुरानो नियमलाई तत्कालै परिवर्तन गर्न नसकिने बताएपछि जापानमा काम गर्ने र टाढाबाट धाउने सबै कामदारहरुलाई ठूलो झट्का लागेको छ!
[यातायात खर्च र साखाई होकेन] सम्बन्धी ३ मुख्य कुरा:
✅ 1. यातायात खर्च पनि आम्दानीमै जोडिन्छ (Commuting Allowance / Tsuukin Teate): जापानको हालको नियम अनुसार, कम्पनीले तपाईंलाई काममा आउन-जान दिने यातायात खर्चलाई पनि तपाईंको 'कुल आम्दानी' भित्रै गणना गरिन्छ। यसको सीधा अर्थ हो, तपाईं जति टाढाबाट काममा आउनुहुन्छ र जति धेरै यातायात खर्च पाउनुहुन्छ, तपाईंको तलबबाट साखाई होकेन (स्वास्थ्य बिमा र पेन्सन) को प्रिमियम पनि त्यति नै धेरै काटिन्छ।
✅ 2. प्रधानमन्त्रीको कडा अडान (Cautious Stance / Shinchou Shisei): धेरैले यो नियम अन्यायपूर्ण भन्दै यसलाई हटाउन माग गर्दै आएका छन्। तर, प्रधानमन्त्री ताकाइचीले यातायात खर्चलाई होकेनको हिसाबबाट हटाउँदा सरकारको ढुकुटीमा पैसा कम जम्मा हुने र त्यसको पूर्ति गर्न सम्पूर्ण नागरिकको होकेनको 'बेस रेट' (Base Rate) नै बढाउनुपर्ने बाध्यता आउने भन्दै तत्काल नियम फेर्न नसकिने स्पष्ट पारेकी छिन्।
✅ 3. कामदारलाई पर्ने आर्थिक मार (Impact on Workers / Roudousha e no Eikyou): यो नियमले गर्दा सस्तो कोठाभाडा खोजेर कामभन्दा अलि टाढा बस्ने कामदारहरु सबैभन्दा बढी मर्कामा परेका छन्। एकातिर यातायात खर्च बढी देखिँदा हातमा पर्ने वास्तविक तलब (Take-home pay) कम हुने र अर्कोतिर सरकारले यो नियम नहटाउने भएपछि महँगीसँग जुधिरहेका हामी जस्ता विदेशी कामदारहरुलाई झनै आर्थिक दबाब पर्ने देखिएको छ।
के तपाईंलाई कम्पनीले दिने यातायात खर्चले गर्दा तपाईंको होकेन पनि धेरै काटिन्छ भन्ने कुरा पहिले थाहा थियो? तपाईं काम गर्ने ठाउँदेखि कति टाढा बस्नुहुन्छ? तल कमेन्टमा आफ्नो अनुभव सेयर गर्नुहोला है! 🚆🤔👇
(Source: Japanese Economic & Employment News)
20/03/2026
जापानको टोकियोमा अहिले निहोङ्गो गक्कोबाट ‘सोचुग्यो’ हुने विद्यार्थीहरूको फोटो हामीले देखिरहेकै हुन्छौं, तर टोकियोमै रहेको एक निहोङ्गो गक्कोले हाजिरी कम भएको भन्दै ४०० भन्दा बढी विद्यार्थीहरूको सोचुग्यो रोकिदिएको खबरले उनीहरू अहिले बिचल्लीमा परेका छन्। नयाँ काम सुरु गर्न तथा सेनमोन गक्को वा दाइगाकुमा भर्ना हुन जाँदा सोचुग्यो शोमेइशो अनिवार्य बुझाउनुपर्छ, जुन बिना भर्ना सम्भव हुँदैन र भिसा थप्दा पनि यसको आवश्यकता पर्छ। यस्तो संवेदनशील विषयमा कसैको ध्यान पुग्न नसकेको देखिन्छ भने पछिल्लो समय विदेशीहरूको संख्या बढ्दै जाँदा जापानीहरूले हेर्ने दृष्टिकोणमा पनि फरकपन देखिन थालेको छ।
19/03/2026
जापानमा रहेका विदेशी विद्यार्थीहरूको भिसा नवीकरण (Visa Extension) प्रक्रियामा अब एउटा ठूलो र अनिवार्य परिवर्तन भएको छ। अबदेखि तपाईंले आफ्नो स्वास्थ्य बीमाको रकम समयमै तिर्नुभएको छ कि छैन भन्ने कुराले तपाईंको भिसा पाउने वा नपाउने कुराको फैसला गर्नेछ।
✅ १. भिसा नवीकरणमा नयाँ सर्त (Mandatory Insurance for Visa): अबदेखि विदेशी विद्यार्थीहरूले आफ्नो 'जाईर्यू कार्ड' (Residence Status) नवीकरण गर्दा सार्वजनिक स्वास्थ्य बीमा (National Health Insurance) को रकम पूर्ण रूपमा बुझाएको हुनुपर्नेछ। यो अब भिसा थप्नका लागि अनिवार्य सर्त बनेको छ।
✅ २. बीमा नतिर्नेलाई भिसामा कडाइ (Strictness on Non-payment): यदि तपाईंले स्वास्थ्य बीमाको पैसा समयमा तिर्नुभएको छैन वा लामो समयदेखि बाँकी राख्नुभएको छ भने, अध्यागमन विभाग (Immigration) ले तपाईंको भिसा नवीकरण प्रक्रिया रोक्न वा भिसा रद्द समेत गर्न सक्नेछ।
✅ ३. विद्यालयका लागि नयाँ प्रविधि (WSDB Management System): विद्यार्थीहरूले बीमा तिरे-नतिरेको विवरण राख्न भाषा विद्यालयहरूलाई गाह्रो भइरहेको बेला 'WSDB' नामक प्रणालीले नयाँ फिचर ल्याएको छ। अब विद्यार्थीले आफ्नो बीमा तिरेको रसिदको फोटो सिधै सिस्टममा अपलोड गर्न सक्नेछन्, जसले गर्दा विद्यालयले तपाईंको कागजात सजिलै अध्यागमनमा बुझाउन सक्नेछ।
✅ ४. रसिद सुरक्षित राख्नुस् (Importance of Payment Receipts): अबका दिनमा तपाईंले कुन महिनाको बीमा कति खेर तिर्नुभयो भन्ने प्रमाण निकै महत्वपूर्ण हुनेछ। त्यसैले कन्भिनिएन्स स्टोर वा बैंकमा पैसा तिरेपछि पाइने रसिदहरूलाई कहिल्यै नफाल्नुहोला।
🤔 तपाईंको विचार:
जापानमा धेरै विद्यार्थी साथीहरूले पैसा अभाव वा जानकारीको कमीले गर्दा स्वास्थ्य बीमाको पैसा बाँकी राख्ने गरेको पाइन्छ। अब यो नयाँ नियम आएपछि भिसा प्रक्रिया अझै झन्झटिलो होला कि यसले हामीलाई समयमै पैसा तिर्न अनुशासित बनाउला? के तपाईंले आफ्नो बीमाको पैसा आजसम्म क्लियर राख्नुभएको छ?
👇आफ्नो विचार र विश्लेषण कमेन्टमा लेख्नुस्! 🗣️
(Source: One Terrace Press Release / WSDB Visa Update - March 19, 2026)
08/03/2026
✅जापानमा विद्यार्थीको २८ घण्टाको नियम अब झन् कडा…..
'माई नम्बर' बाटै आम्दानी चेक हुने !
✅जापानमा अध्ययनरत विदेशी विद्यार्थीहरुले हप्ताको २८ घण्टाको नियम उल्लंघन गरेको विषयमा सरकारले नयाँ र कडा नीति अपनाउने तयारी गरेको छ। अबदेखि विद्यार्थीहरुको काम र कमाइको विवरण सरकारले आधुनिक प्रविधि मार्फत सिधै ट्र्याक गर्ने भएको छ।
✅ १. २८ घण्टाको सीमा र कडाई (Over 28 Hours Work Limit): जापानमा विदेशी विद्यार्थीहरुलाई हप्तामा २८ घण्टा मात्र काम गर्ने अनुमति भए पनि धेरैले यो नियम उल्लंघन गरिरहेको भन्दै सरकारले अब यसलाई गम्भीर रुपमा लिने भएको छ।
✅ २. माई नम्बर कार्डको प्रयोग (Utilization of My Number Card): मन्त्री किमी ओनोदाका अनुसार अब विद्यार्थीहरुको आम्दानीको जानकारी 'माई नम्बर' (My Number) सँग जोडिनेछ, जसले गर्दा कसले कति कमाइरहेको छ भन्ने कुरा सरकारले सजिलै थाहा पाउनेछ।
✅ ३. भिसा नवीकरणमा कडाई (Strict Visa Screening): विद्यार्थीहरुले भिसा थप्ने (Visa Extension) वा परिवर्तन गर्ने समयमा अब माई नम्बरमा आधारित आम्दानीको विवरणलाई मुख्य आधार बनाइनेछ, जसले नियम मिच्नेहरुलाई भिसा पाउन मुस्किल बनाउन सक्छ।
(Source: News on Foreign Student Work Hours & My Number - March 8, 2026)
26/10/2025
✅(Only Bachelor Visa)
東京の飲食店(居酒屋)の仕事です‼️
日本に住んでいる人だけ
飲食店の仕事をしたことがある人だけ
技術人文国際ビザの正社員
男・女
①給料約28万以上+残業
ボーナスあり
月8日休み
興味がある友達がいたら、教えてあげてください。
Izakaya Restaurant in Tokyo and Yokohama
(Engineer/Humanity/International visa)
People who live in Japan only
And those who have working experience at restaurants only
For men and women
Who have previous working experience at restaurant
①Salary about 28man or more + overtime
Bonus available
8 days off per month
If you have friends looking for this kind of work, please tell them about this.
15/10/2025
✅ २०२६ अप्रिलदेखि SSW परीक्षामा पासपोर्ट अनिवार्य हुनेछ।
✅ पहिचान प्रमाण (ID) का रूपमा केवल पासपोर्ट मात्र मान्य हुनेछ।
✅ पासपोर्ट नभए परीक्षा दिन पाइँदैन।
✅किन यो नियम लागू हुँदैछ?
सुरक्षा (Security) र निष्पक्षता (Fairness) को लागि पासपोर्टलाई मात्र आधिकारिक ID मानिने निर्णय भएको हो।
✅कहिलेबाट लागू हुन्छ?
→ २०२६ अप्रिलदेखि
→ फिलिपिन्समा भने २०२५ डिसेम्बरदेखि नै अघि बढेर लागू हुनेछ।
✅कहाँ लागू हुन्छ?
→ विश्वका सबै SSW परीक्षा केन्द्रहरूमा (All test countries)।
✅जापानमै परीक्षा दिनेहरूका लागि:
→ यदि तपाईं जापानमा SSW परीक्षा दिनुहुन्छ र तपाईँसँग 在留カード (Residence Card) छ भने, अझै पनि त्यो साथमा ल्याउनुपर्नेछ।
→ तर योसँगै पासपोर्ट पनि अनिवार्य हुनेछ।
✅परीक्षा बुकिङ (Reservation) को समयमा पनि पासपोर्ट चाहिन्छ।
→ २०२६ अप्रिलदेखि परीक्षा दर्ता (booking) गर्दा पनि पासपोर्ट नम्बर चाहिनेछ।
→ त्यसैले पासपोर्ट नभएकाहरूले अब ढिला नगरी छिटो बनाउने तयारी गर्नुहोस।
✅परीक्षा दिन जाँदा पासपोर्ट नभए परीक्षा दिन पाइँदैन।
→ अरु कुनै ID (citizenship, license, student card आदि) स्वीकृत हुनेछैन।
→ पासपोर्ट नभए परीक्षा दिनबाट पूर्ण रूपमा रोकिनेछ।