Damak National & International ( DNIN )

Damak National & International ( DNIN ) Love to Damak

बिदेशमा बसेर नेपालमा शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएको संस्था Nepal Education Development Trust ले मलाइ "ICT...
01/09/2023

बिदेशमा बसेर नेपालमा शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएको संस्था Nepal Education Development Trust ले मलाइ
"ICT USE IN MATHEMATICS " शिर्षक मा रु १०००० र प्रमाणपत्र सहितका "Consulation" पुरस्कार प्रदान गरेकोमा म अत्यन्तै खुशी भएको छु । मैले उक्त क्षेत्रमा गरेको कार्यको यो मुल्यांकन ले मलाइ अझ यस क्षेत्रमा लाग्ने प्रेरणा मिलेको छ ।
यस अवसरमा मलाइ यो अवस्था सम्म पुर्याउने संस्था प्रबिधि मैत्री शिक्षक समाज नेपाल प्रति हार्दिक आभार प्रकट गर्दछु।

एक नजर एता!!!🙏🏼
28/09/2022

एक नजर एता!!!🙏🏼

Fusion Music Video shoot in Dallas Texas USA Nepal. Nepali Dancing song Song : Asan Bajarma (असन बजारमा )Vocal : Nalina Chitrakar/ Bed Basnet Music : Rajan ...

https://youtu.be/WZi6nvVwQ60
11/12/2021

https://youtu.be/WZi6nvVwQ60

Asan Bajarma - Nepali Song | Nalina Chitrakar, Bed Basnet | Ashishma Nakarmi, Usha Upreti, Narayan Pradhan, Kamal SaudRight for this video is provided by Nal...

27/03/2020

कोभिड १९ प्रभावित मुलुकहरुले नागरिकको बाहिरी चहलपहल र हिँडडूलमा रोक लगाउँदा यसले पृथ्वीको वातावरणमा नै सकारात्...

01/07/2019
30/05/2016

प्रथम अनेसास च्याप्टर सम्मेलन एवं विश्व काव्य गोष्ठी २०१६
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को प्रथम अनेसास च्याप्टर सम्मेलन यही मे २० देखि २२,२०१६मा अनेसास लसएञ्जलस च्याप्टरको आयोजनामा छ सूत्रीय घोषणापत्र जारी गर्दै समापन भएको छ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अनेसास प्रथम च्याप्टर सम्मेलनले-
१) च्याप्टर सम्मेलनलाई निरन्तरता दिने,
२) समान उदेश्य भएका सस्था बीच समन्वय गर्ने,
३) प्रकाशित कृतिहरूको अभिलेख राख्ने,
४) सस्थालाई आर्थिकरुपमा सवल बनाउने,
५) विधानलाई सरलीकरण गर्ने तथा
६) केन्द्रीय वेव साइटलाई च्याप्टरसग जोडने
लगायतका छ सूत्रीय लसएञ्जलस घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को प्रथम च्याप्टर सम्मेलन तथा विश्व काव्य गोष्ठी यही मे २२ तारिक सम्पन्न भएको छ ।

२० तारिकमा स्वागत डिनरबाट सुरु भएको सम्मेलन तथा काव्य गोष्ठीमा अस्ट्रेलिया, पोर्चुगल, नेपाल लगायत अमेरिकामा रहेका च्याप्टरका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

अनेशासका केन्द्रीय अध्यक्ष पदम विश्वकर्माको सभापतित्वमा तथा प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइँटेलको प्रमुख आतिथ्यमा २१ मेमा शुरु भएको उदघाटन कार्यक्रममा पूर्व अध्यक्ष मोहन सिटौला, साहित्यकार कृष्ण धारावासी, बाणिज्यदुत ऋषि ढकाल, आर्टेसिया शहरका प्लानिंग कमिस्नर भक्त थापा,एएनएका वरिष्ठ उपाध्यक्ष डा.शम्भु ढुंगाना, प्रोफेसर डा.जित जोशी,दिल श्रेस्ठ, मुकुन्द ढुंगानाले आफ्ना भनाइ राख्दै शुभकामना दिनु भएको थियो ।

कार्यक्रम संयोजक अनेसास लसएञ्जलस च्याप्टरका अध्यक्ष शान्तिराम ढकालले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा गत दुई वर्षभरिमा उत्कृष्ट कार्य गरे वापत अनेसास नेपाल च्याप्टरलाई नगद अमेरिकी डलर पाँचसय सहित अनेसास राम लामा पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा कवि गुणराज लुइटेलको जलेको मन (कविता संग्रह), कथाकार नीशा अर्यालको अनगिन्ती चोटहरू (कथा संग्रह) र राष्ट्रनिर्माता र राजनीति (लेख संग्रह) विमोचन गरिएको थियो ।

उदघाटन कार्यक्रमपश्चात च्याप्टरको प्रतिनिधित्व गर्दै आआफ्ना च्याप्टरको प्रगति प्रस्तुत गरेका थिए । सोही दिन तेश्रो सत्र मोहन सिटौलाको सभापतित्वमा विश्व काव्य गोष्ठी सम्पन भएको थियो, जसमा विश्वभरीका तीनदर्जनभन्दा बढी उपस्थित कविहरूले आआफ्ना कविता वाचन गरेका थिए ।

कर्यक्रमको अन्तिम दिन् पहिलो सत्रमा
१) दीपक सिम्खडाले -"च्याप्टरहरूको सस्थागत विकास, व्यवस्थापन",
२)डाक्टर जित जोशीले -"च्याप्टरहरूको क्षमता अभिवृदी",
३) मोहन सिटौलाले "च्याप्टरहरूको न्यूनतम कार्यक्रमहरू",
४)डा. खगेन्द्रप्रसाद लुइटेलले "नेपाली साहित्यको विकासमा अनेसास च्याप्टरहरूको भूमिका", र
५) पदम विश्वकर्माले "च्याप्टरहरूको सस्थागत विकास, कार्यक्रम, च्याप्टर संचालन प्रविधि"
विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।कार्यपत्र माथि सहभागीहरूले गहनतम छलफल गरेका थिए ।

सम्मेलनको तेश्रो दिन आगामी सम्मेलन टेक्शासको डाल्लासमा आयोजना गर्ने घोषणा गरिएको थियो भने समापनमा आयोजक संस्था अनेसास लस एन्जलस च्याप्टरका अध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको प्रथम अनेसास च्याप्टर सम्मेलनका संयोजक शान्तिराम ढकालले सम्मेलन सफल पार्न सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएका थिए । कार्यक्रमको अन्तमा यहाको सक्रिय सस्था नेपाल अमेरिका एकता समाजले मायाको चिनो स्वरुप स्थानीय नानीहरूलाई सहभागी गराई संस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो

सम्मेलनको सञ्चालन केन्द्रीय महासचिव गोबर्धन पूजा र एल.ए. च्याप्टरका महासचिव तिलक कार्कीले गर्नुभएको थियो ।

यो अभियानले देशलाई स्पर्श गर्न सकोस स्यालुट छ यस महान कार्यका अभियन्ताहरुलाई - DNIN
21/11/2015

यो अभियानले देशलाई स्पर्श गर्न सकोस स्यालुट छ यस महान कार्यका अभियन्ताहरुलाई - DNIN

हार्दिक श्रद्धाजली डाक्टर साहब ......----------------------------------------(स्वर्गीय डाक्टर गोपाल प्रसाद कोइराला - श्र...
07/06/2015

हार्दिक श्रद्धाजली डाक्टर साहब ......
----------------------------------------
(स्वर्गीय डाक्टर गोपाल प्रसाद कोइराला - श्रद्धा सुमन )
जिन्दगीको भाग दौडमा नालापानीको कथा जस्तो
जीवनभर निस्वार्थको त्यो आदर्शमा
न्यानो आगो भएर तिमि
सुदामाका सखा भयौ
कर्तव्यका तिमी अर्जुन थियौ
निष्ठा र आदर्शका प्रतिमुर्ती तिमि
सबैका सखा थियौ

कतै रगतका टाटाहरू लागेनन तिम्रो पहिरनमा
तिमि इतिहासको धरहरा थियौ
अनि आज बर्तमानको धरहरा भयौ
सहजता तिम्रो त्यो जीवनको
तिमी आज धरहरा ढल्यौ ।

कालो वादल आकाशमा उडिरहेको बेला
आडम्बरको टिम्बा अरुले ओढिरहेका बेला
निष्ठाका पहरेदार थियौ
जय जय कार गर्दै तानेको रथको लिङ्गो थियौ
जो ढले पनि पूजा गरिन्छ तिमी आज लिङ्गो भयौ
इमान्दारिता हराएको त्यो सिंगो मरुभूमिमा
काँढा भित्रको फूल थियौ

ति चिल्ला पजेराहरूमा रगतका छिटाले
रंग रोगन गरिरहेका बेला तिमी शरदको हिउँ भयौ
श्रद्धान्जली यी अन्जुली ले
जुन अन्जुलीलाई तिमीले
आदर्श सिकायौ !!
हार्दिक श्रद्धाजली डाक्टर साहब ......
हार्दिक श्रद्धाजली !!

20/02/2015

आभाषनै नपाइ ति हातहरु छुटेछन्
-----------------------------------
घरवार बिहिन छन्
मेरा सोचहरु
लंगडो खोच्च्याएर
संसार खोज्दै छन्
अभिष्ट त्यो आकाश कस्ने
यी भुजाहरुमा तागतका
ति भिटामिन गोलि सकिएर
लंगडो खोच्च्याउदै
थाकेर सुस्केरा बिसाउदै
बसेका छन्
औशी पुर्णेमा जोतारो खोलेका
गोरु भएर

अनायसै प्यारीको सम्झना
यो मुटुमा धड्के जस्तो भो
परदेशी को यो परदेशमा
अनिन्द्राका सपनाहरुलाई साटेर
भोक प्यासको लगामलाई
पटुकाले कसेर
खोच्च्याउदै छु प्यारी
खोच्चाउदै छु
यो मानव मरुभूमिमा
यो मरुभूमिमा

सम्झन्छु
धेरै पहिले नै ति हातहरु छुटे
त्यो बालशुलभता संगै आमा
धेरै पहिले नै त्यो गाउँ छुट्यो
सहर पसें बाबा
बाबा ति सिरुबारी हरु छुटे
गाइ चरण छुट्यो
भन्ज्यांग र सिमहरु
काका काकी छुटे
मामाइजु तल्ल घरे माथ्लाघरे
सबै छुटे यो आकान्क्षामा

गाउँ नै हास्थ्यो मेरो खुसीमा
गाउँ नै रुन्थ्यो त्यो दुख:मा
हे सखी ! सबै छुटे सबै छुटे
ओछ्यान पर्दा तल्लाघरे काकीले
तात्तातो ल्याएको मिश्री- पानी
बिसेक मा माथ्लाघरे आमैले
पठाएको त्यो कुराउनी
दिदीले पकाएको रायो
सबै छुटे सबै छुटे
गोठालोमा रिठ्ठेको हाँसो
सबै छुटे सबै छुटे
यो ठुलो मानव बस्तीमा
यो मानव मरुभूमिमा
यो मरुभूमिमा

हे सखी !
दुख : एक्लै बाँढे एक्लै रोएँ
खुसि एक्लै साटे एक्लै हाँसे
नत दुख : बाड्न पाएँ
नत सुख साट्न सकें
यो सहरमा
यो मान्छे नै मान्छेको भूमिमा
मान्छेनै मान्छेको मरुभूमिमा
यो मुर्दा शान्तिको मरुभूमिमा
यो मरुभूमिमा !!
आभाषनै नपाइ ति हातहरु छुटेछन् !!
================
(srdhakal )
अन्तरास्ट्रिय नेपाली साहित्य समाज
क्यालिफोर्निया च्याप्टर

05/08/2014

त्यो चोक जस्तै चोक यहाँ पनि छ साथी
------------------------------------------------
त्यो चोक जस्तै चोक यहाँ पनि छ साथी
फुटानीहरु साटीन्छन यहा पनि
गफका पर्राहरु भुटुटु पडकिन्छन यहाँ पनि
चियाका गिलासहरु ग्यास्ट्रिकमा साटेर
मधुशालामा योजनाहरु बन्छन यहा पनि
फरक यति छ तिमि यहाँ छैनौ
म तिमि संग छैन साथी
त्यो चोक जस्तै चोक यहाँ पनि छ साथी

लक्ष्मी पुजेर लक्ष्मीहरु खोजिन्छ यहाँ पनि
दियो बालेर दियो पुजिन्छ यहाँ पनि
कसैको खुसीमा इर्श्याहरु पालेर
मनहरु खुम्चिनछन् यहाँ पनि
त्यहा जस्तै नाना थरि भान्सा चुलो को
रिति थितीको उंच निचको कुरा गरिन्छ यहा पनि
घर भत्केको र सिमा टुटेको कथा बन्छ यहाँ पनि
भाँडाहरु ठटाएर पाहुना तर्साइञ्छ यहा पनि
फरक यति छ
तिमि यहा छैनौ
अनि तिमि संग म छैन साथी
त्यो चोक जस्तै चोक यहाँ पनि छ साथी

कहिले कहिँ आमाको फरिया गनाउदा
माटो सम्झिन्छ मनले साथी
साँझ बिहान रात यहा पनि आउँछ साथी
भक्कानिएर यो मुटु भरि देश उम्लिन्छ साथी
मधुशालामा एक्लै हुँदा साथ सम्झन्छ मनले साथी
हिड्दा ठेस लाग्यो भने बाटो सम्झन्छ मनले साथी
गर्मि उस्तै छ जाडो उस्तै छ
फरक यति छ तिमि यहाँ छैनौ
अनि म त्यहा छैन साथी

चुराहरु चोइटीएर यता पनि फुटछन्
अनि आँशुहरु पग्लिएर यता पनि बग्छन साथी
विरहका गीतहरु यहाँ पनि गाइन्छ
खुसीका रीतहरु यहा पनि मनाइन्छ साथी
आमालाई सम्झंदा चन्द्र सुर्य त्यो उचालेर
गर्वले उठाइन्छ काँध माथी साथी
सबै थोक भएर पनि फरक छ
किनकि तिमि यहा छैनौ अनि म त्यहाँ छैन साथी
दुखेका मनहरु माझेर धोई पखाली गरिन्छ यहाँ पनि साथी
त्यहा जे छ सबै छ
फरक यतिनै छ तिमि यहा छैनौ
अनि म त्यहा छैन साथी
त्यो चोक जस्तै चोक यहाँ पनि छ साथी

कहिले कहिँ त्यहाको माटो बोकेर
एक दुइ थान यता आउदा
देशै आए जस्तो हुन्छ साथी
मन कुढ़ीन्छ छाती भरि
दिक्क थपिन्छ मनभरी साथी
सबै सबै उस्तै भए पनि
त्यो चोकमा सबै देश भेटिन्छ
अनि कहिले कहिँ यो चोकमा
एक मुठी देश भेट्दा मन गदगद हुन्छ साथी
साच्चै फरक चै के भने
तिमि यहा छैनौ अनि म त्यहाँ छैन साथी
त्यो चोक जस्तै चोक यहाँ पनि छ साथी

यो चोकमा पनि लेनदेनका कुरा हुन्छन
घर घडेरीका मोल मोलाइका
भाउ बढेका प्रशस्त कुराहरु हुन्छन साथी
हिसाब कितावका बात हुन्छन
ठेक्का पट्टा पछिका घात हुन्छन
तगादा र असुलीको रिले रेसमा
साँझ बिहान दिन अनि रात बित्छन साथी
मलिन मनका दुख :हरु
भट्टीमा यहाँ पनि साटिनछन् साथी
सबै उस्तै उस्तै छ साथी
फरक यति हो तिमि यहाँ छैनौ
अनि म त्यहाँ छैन साथी
त्यो चोक जस्तै चोक यहाँ पनि छ साथी

कोही चढ्यो भने झार्ने खेल राम्रो खेलिन्छ साथी
कोही बढ्यो भने तान्ने झेल राम्रो गरिन्छ साथी
त्यहि जस्तै राम्रो होइन हाम्रो छानिन्छ यहाँ पनि साथी
टम टमलाई पट्टि यहा पनि लाइन्छ साथी
गुलियोलाई तितो भन्ने चलन नै छ साथी
बाङ्गो रुखलाई यहाँ पनि त्यहि जस्तै
सिधा मानिन्छ साथी
सबै उस्तै उस्तै छ
फरक छ एकै थोक
तिमि यहाँ छैनौ
अनि म त्यहा छैन साथी
त्यो चोक जस्तै चोक यहाँ पनि छ साथी !!
=====================
srdhakal

Address

Damak Jhapa
Damak

Website

Alerts

Be the first to know and let us send you an email when Damak National & International ( DNIN ) posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share