༄༅།། །སངས་རྒྱས་ཀྱི་བཀའ།/बुद्धको वचन।/The word of Buddha.

  • Home
  • India
  • Mysore
  • ༄༅།། །སངས་རྒྱས་ཀྱི་བཀའ།/बुद्धको वचन।/The word of Buddha.

༄༅།། །སངས་རྒྱས་ཀྱི་བཀའ།/बुद्धको वचन।/The word of Buddha. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ༄༅།། །སངས་རྒྱས་ཀྱི་བཀའ།/बुद्धको वचन।/The word of Buddha., Education, Namdroling monastery, Mysore.

ཁྱོད་ལ་ཅུང་ཟད་ཕན་ན།། བདག་གི་བསམ་དོན་འགྲུབ་བོ།།

👉 I am a Buddhist and my whole way of training is according to the Buddhist teaching or Buddha Dharma. 🙏

👉 म एक बौद्ध हुँ र मेरो सम्पूर्ण प्रशिक्षणको तरिका बौद्ध शिक्षा वा बुद्ध धर्म अनुसार छ। 🙏 चार आर्यसत्य र आर्य आष्टांगिक मार्ग ।

अर्य सत्यको संकल्प बौद्ध दर्शनको मुल सिद्धान्त हो ।
आर्यसत्य चार छन-

(१) दु:ख-संसारमा दुःख छ ।
(२) समुदाय-दुःखका कारण छ ।
(३) निरोध-दु:खका निवारण छ ।
(४) मार्ग-निवारणका लागी आष्टांगिक मार्ग छ ।

प्राणी जिबनभर दु:खका श्रृखंलामा परि रहन्छ, यो दु:ख आर्यसत्य हो संसारका विषयप्रती जुन तृष्णा छ त्यही समुदाय आर्यसत्य हो । जुन प्राणी तृष्णामा मर्छ,
यो प्रेरणाले पुनः जन्म ग्रहण गर्दछ । त्यसैले तृष्णाको समुदायलाई आर्यसत्य
भनिन्छ । तृष्णाका अशेष प्रहाण गरिदिने निरोध आर्यासत्य हो । तृष्णा नभएपछि संसारका बस्तुको कारण कुनै दु:ख हुँदैन र मृत्युपर्यन्त उसको पुनर्जन्म हुन्छ । निभेको दियो झै उसको निर्बाण हुन्छ । यस निरोध प्राप्तीका मार्ग आर्यसत्य आष्टांगिक मार्ग हो ।

यसका आठ अंग छन-
(१) सम्यक दृष्टि-चार आर्यसत्यमा बिश्वास गर्नु ।
(२) सम्यक संकल्प-मानसिक र नैतिक बिकाशको प्रतिज्ञा गर्नु ।
(३) सम्यक वाक-हानिकारक कुरा र झुठो नबोल्नु ।
(४) सम्यक कर्म-हानिकारक कर्म नगर्नु ।
(५) सम्यक जिबिका-कुनै पनि स्पष्ट र अस्पष्ट हानिकारक ब्यापार नगर्नु ।
(६) सम्यक प्रयास-आफुले आफैलाई सुधार्ने कोशिस गर्नु ।
(७) सम्यक स्मृति-स्पष्ट ज्ञानले देख्न सक्ने मानसिक योग्यता प्राप्त गर्ने कोशिस गर्नु ।
(८) सम्यक समाधी-निर्वाण प्राप्त गर्ने कोशिस गर्नु ।

केही लोक आर्य आष्टांगिक मार्गलाई पथ झै सम्झन्छन जसमा अगाडी बढनका
लागी अघिल्लो स्तरलाई पाउन आबस्यक छ । लोकलाई लाग्दछ कि यस मार्गका स्तर सबै साथसाथै पाइन्छ । मार्गलाई तीन भागमा बर्गिकृत गरिन्छ-प्रज्ञा, शिल र समाधी ।

आर्य आष्टांगिक मार्ग तथागत बुद्धको प्रमुख शिक्षाहरु मध्ये एक हो । जुन दुःखबाट मुक्ती पाउन एंव आत्म-ज्ञान साधनाका रूपमा बताइएको छ । आष्टांगिक मार्गको सबै मार्ग "सम्यक" शब्दबाट आरम्भ हुन्छ । ( सम्यक-राम्रो या सहि) बौद्ध प्रतिकमा प्रायः अष्टांग मार्गका धम्मचक्रको आठ Spokes द्वारा निरुपित गरिन्छ ।

बौद्ध धम्मका अनुसार चौथो आर्यसत्य नै आर्य आष्टांगिक मार्ग हो-दु:ख निरोध प्राप्तिको मार्ग। तथागत बुद्धले भन्नुहुन्थ्यो कि चार आर्यसत्यको सत्यता निश्चय गर्नका लागी यस मार्गको अनुसरण गर्नुपर्दछ ।

भगवान बुद्धले बताउनु भएको छ तृष्णा नै दु:खको मुल कारण हो । तृष्णाका कारण संसारको विभिन्न बस्तुहरु तर्फ मनुष्य प्रबृत्त हुन्छ र जब उसले ती चिजहरु प्राप्त गर्न सक्दैन अथवा प्राप्ति पछी पनि नष्ट भएर जान्छ तब उसलाई दुःख हुन्छ | तृष्णाका साथमा मृत्यु प्राप्त गर्नेवाला प्राणी त्यो प्रेरणाले फेरि जन्म ग्रहण गर्दछ र संसारको दुःख चक्रमा पिसिदै रहन्छ । अत: तृष्णालाई सर्बथा प्रहाण गर्नेवाला जुन मार्ग छ त्यहीँ मुक्तिको मार्ग हो । यसलाई दु:ख निरोध गामिनी प्रतिपदा भनिन्छ। भगवान बुद्धले यस मार्गका आठ अंग बताउनु भएको छ ।
(१) सम्यक दृष्टि ।
(२) सम्यक संकल्प।
(३) सम्यक वचन ।
(४) सम्यक कर्म।
(५) सम्यक आजिबिका ।
(६) सम्यक ब्यायम ।
(७) सम्यक स्मृति र
(८) सम्यक समाधी।

यस मार्गको प्रथम दुई अंग प्रज्ञाको र अन्तिम दुई समाधीको छ । बिचको चार
शिलको छ । यसरी शिल, समाधी र प्रज्ञा यी तिनमा आठै अंगको सन्निवेस हुन्छ । शिल शुद्ध भएपछि मात्र आध्यात्मिक जीवनमा कोहि प्रवेश पाउन सक्छ । शुद्ध शिलको आधारमा नै सत्वले ध्यान अभ्यास गरि समाधीको लाभ प्राप्त गर्दछ र समाधिस्थ अबस्थामा नै उसलाई सत्यको साक्षात्कार हुन्छ । यसलाई प्रज्ञा भनिन्छ, जसको ज्ञान प्राप्त हुनसाथ साधकलाई सत्तामात्रको अनित्य, अनाम र दु:ख स्वरुप साक्षात्कार हुन्छ । प्रज्ञाको आलोकमा उसको अज्ञान अन्धकार नष्ट हुन्छ। यसले गर्दा संसारको सम्पुर्ण तृष्णा हराएर जानेछ । बितृष्णा भइ काहीं पनि अहंकार गर्दैन र सुख दु:खको बन्धन भन्दा माथी उठछ । यस जिबनको अनन्तर, तृष्णा नभएको कारण उसले फेरि जन्म गर्नेको कुनै हेतु रहदैन । यस प्रकार शिल, समाधी, प्रज्ञावला मार्ग आठ अंगमा बिभक्त भइ आर्य आष्टागिक मार्ग भनिन्छ ।

✍️उर्गेन पेमा मोक्तान

༈  བསླབ་པ་གསུམ་ནི། 🙏☯️☸️ Three trainings:
12/06/2025

༈ བསླབ་པ་གསུམ་ནི། 🙏☯️☸️
Three trainings:

༈  དེ་དག་ལས་ལྡོག་པ་མི་དགེ་བའི་རྩ་བ་གསུམ་ནི། 🙏☸️☯️Three root non-virtues which are opposites of those (three root virtues...
12/06/2025

༈ དེ་དག་ལས་ལྡོག་པ་མི་དགེ་བའི་རྩ་བ་གསུམ་ནི། 🙏☸️☯️
Three root non-virtues which are opposites of those (three root virtues):

༈ དགེ་བའི་རྩ་བ་གསུམ་ནི།  🙏☯️☸️Three root virtues:
12/06/2025

༈ དགེ་བའི་རྩ་བ་གསུམ་ནི། 🙏☯️☸️
Three root virtues:

༈  ལུང་མ་བསྟན་གྱི་དངོས་པོ་བཅུ་བཞི་ནི། 🙏☸️☯️  Fourteen unspecified things:
12/06/2025

༈ ལུང་མ་བསྟན་གྱི་དངོས་པོ་བཅུ་བཞི་ནི། 🙏☸️☯️
Fourteen unspecified things:

༈  ཏིང་ངེ་འཛིན་བཞི་ནི།  🙏☯️☸️Four meditative stabilizations:
12/06/2025

༈ ཏིང་ངེ་འཛིན་བཞི་ནི། 🙏☯️☸️
Four meditative stabilizations:

༈  རྣམ་པར་རྟོག་པ་རྣམ་པ་གསུམ་ནི། 🙏☸️☯️ Three type of conceptions:
12/06/2025

༈ རྣམ་པར་རྟོག་པ་རྣམ་པ་གསུམ་ནི། 🙏☸️☯️
Three type of conceptions:

༈  མི་ཁོམ་པ་བརྒྱད་ནི། 🙏☯️☸️ Eight non-free states (for Dharma practice):
12/06/2025

༈ མི་ཁོམ་པ་བརྒྱད་ནི། 🙏☯️☸️
Eight non-free states (for Dharma practice):

༈  ཆོ་འཕྲུལ་རྣམ་པ་གསུམ་ནི།  🙏☸️☯️Three type of miraculous feats of the Buddha:
12/06/2025

༈ ཆོ་འཕྲུལ་རྣམ་པ་གསུམ་ནི། 🙏☸️☯️
Three type of miraculous feats of the Buddha:

༈  ལས་རྣམ་པ་གསུམ་ནི།  🙏☯️☸️Three type of actions:
11/06/2025

༈ ལས་རྣམ་པ་གསུམ་ནི། 🙏☯️☸️
Three type of actions:

༈  བྱམས་པ་ཆེན་པོ་རྣམ་པ་གསུམ་ནི། 🙏☸️☯️Three type of great loves:
11/06/2025

༈ བྱམས་པ་ཆེན་པོ་རྣམ་པ་གསུམ་ནི། 🙏☸️☯️
Three type of great loves:

Address

Namdroling Monastery
Mysore

Telephone

+9779864539239

Website

Alerts

Be the first to know and let us send you an email when ༄༅།། །སངས་རྒྱས་ཀྱི་བཀའ།/बुद्धको वचन।/The word of Buddha. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to ༄༅།། །སངས་རྒྱས་ཀྱི་བཀའ།/बुद्धको वचन।/The word of Buddha.:

Shortcuts

Share

Category