05/06/2026
2026
आज निम्बोङ अनुज एसयूएमआई र कालेबुङ बाल सुरक्षाको संयुक्त आयोजना अनि निम्बोङ ग्राम पञ्चयातको सहयोगमा विश्व पर्यावरण दिवस पालन गरिएको थियो। विशेष प्रकृतिबाट प्रेरित भई जलवायु परिवर्तनमा नियन्त्रण ल्याउने साथै पर्यावरण प्रदुषण रोक्नमा सहयोग पुऱ्याउने उदेश्य लिएर आयोजना गरिएको यस कार्यक्रममा पञ्चयात कार्यकारी साहयक गोपाल सार्की, पञ्चयात उप प्रधान शरण तामङ, बिएसए कर्मचारी सिस्टर अर्चना लेप्चा,पञ्चयात सदस्यवर्ग,भिएलडिसी कर्मचारी लगायत अनुज एसयूएमआईका शिक्षक शिक्षिकाहरूको उपस्थिति रहेको थियो। दुई चरणमा सम्पन्न कार्यक्रममा पहिलो चरणमा विश्व पर्यावरण दिवस पालन गर्नुको उदेश्यबारे विद्यार्थी तथा क्षेत्रवासीलाई सचेतना तुल्याएका थिए भने दोस्रो चरणमा पञ्चयात कार्यालय लगायत स्कूलको परिसरमा वोट विरूवाहरू रोपेका थिए साथै विद्यार्थीहरूलाई लिएर बस अनि चित्र बनाऊ प्रतियोगिता पनि सम्पन्न गरिएको थियो। अनुजका सह शिक्षक अनिल छेत्रीले कार्यक्रमको सञ्चालन गरेका थिए।