लोवर बर्मेक संस्कृत पाठशाला पश्चिम सिक्किम

  • Home
  • India
  • Geyzing
  • लोवर बर्मेक संस्कृत पाठशाला पश्चिम सिक्किम

लोवर बर्मेक संस्कृत पाठशाला पश्चिम सिक्किम वेदोऽखिलो धर्ममूलं

28/04/2026

यस आधुनिक युगमा शिक्षक केवल पाठ्यपुस्तकमा सीमित भएर ज्ञान दिने व्यक्ति मात्र होइनन्, बरु विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा मार्गदर्शन गर्ने प्रेरणाका स्रोत हुन्। आजको समयमा विद्यार्थीहरूमा लुकेका अनेकौं प्रतिभाहरूलाई पहिचान गरी उजागर गर्नु अत्यन्त आवश्यक भएको छ। विद्यालयमा अध्ययनरत धेरै नानीहरू यस्ता हुन्छन्, जसमा अद्भुत क्षमता र सिर्जनशीलता हुन्छ, तर उचित अवसर नपाउँदा ती प्रतिभाहरू बाहिर आउन सकिरहेका हुँदैनन्।
यिनै लुकेका प्रतिभाहरूलाई प्रस्फुटन गराउने उद्देश्यले हरेक विद्यालयले हप्तामा एक दिन “एक्टिभिटी कार्यक्रम” सञ्चालन गर्ने गर्दछ। यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई आत्मविश्वास बढाउन, आफ्ना विचारहरू स्पष्ट रूपमा प्रस्तुत गर्न र सिर्जनात्मक क्षमताको विकास गर्न महत्वपूर्ण अवसर प्रदान गर्दछ।
यसै सन्दर्भमा, हाम्रो लोअरबर्मेक उच्चतर संस्कृत पाठशाला मा सञ्चालन भइरहेको एक्टिभिटी कार्यक्रम अन्तर्गत आज कक्षा ६ मा अध्ययनरत एक विद्यार्थी को उत्कृष्ट प्रस्तुति।

गेजिङ वर्मेक क्षेत्रकै प्रतिष्ठित व्यक्तित्व तथा सिक्किमका सरकारी ठेकेदार आदरणीय श्री सूर्यबहादुर थापा (मुन्ना थापा) ज्य...
24/04/2026

गेजिङ वर्मेक क्षेत्रकै प्रतिष्ठित व्यक्तित्व तथा सिक्किमका सरकारी ठेकेदार आदरणीय श्री सूर्यबहादुर थापा (मुन्ना थापा) ज्यूद्वारा लोअर बर्मेक उच्चतर संस्कृत पाठशाला गुरुकुललाई प्रदान गरिएको सहयोग अत्यन्त प्रशंसनीय र प्रेरणादायी रहेको छ। आफ्नै क्षेत्रका विद्यार्थीहरूको आवश्यकतालाई ध्यानमा राख्दै उहाँले विद्यार्थीहरूका लागि खाट उपलब्ध गराउनुभएको छ, जसले गुरुकुलमा बसोबास गर्ने नानीहरूको दैनिकीलाई थप सहज र व्यवस्थित बनाएको छ।

उहाँको यो योगदान शिक्षाप्रतिको समर्पण, सामाजिक उत्तरदायित्व र आफ्नै समुदायप्रतिको गहिरो प्रतिबद्धताको प्रतीक हो। साथै, गुरुकुलका आवश्यकताअनुसार निरन्तर सहयोग गरिरहने उहाँको वचनले पाठशाला परिवारलाई अझ उत्साहित बनाएको छ।

लोअर बर्मेक उच्चतर संस्कृत पाठशाला गुरुकुल परिवार उहाँप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछ। यस्ता सहयोगले गुरुकुलको समग्र विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ। अन्त्यमा, उहाँको सुस्वास्थ्य, निरन्तर प्रगति तथा दीर्घायुको कामना गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।

लोवर बर्मेक उच्चतर संस्कृत पाठशाला (गुरुकुल) मा गेजिङ बर्मेक क्षेत्र अन्तर्गत   मार्तम निवासी श्री टिकाराम न्यौपाने (डी ...
23/04/2026

लोवर बर्मेक उच्चतर संस्कृत पाठशाला (गुरुकुल) मा गेजिङ बर्मेक क्षेत्र अन्तर्गत मार्तम निवासी श्री टिकाराम न्यौपाने (डी घर) ज्यूले गुरुकुलमा अध्ययनरत नानीहरूका लागि १० वटा म्याट्रेस प्रदान गरी महत्वपूर्ण सहयोग गर्नुभएको छ।

उहाँद्वारा प्रदान गरिएको यो सहयोग गुरुकुलका नानीहरूको दैनिकीलाई सहज, व्यवस्थित तथा आरामदायी बनाउन अत्यन्तै महत्वपूर्ण रहनेछ। यस किसिमको अपार सहयोगले गुरुकुलको शैक्षिक तथा आवासीय व्यवस्थापनमा उल्लेखनीय टेवा पुर्‍याएको छ।

यस्ता प्रेरणादायी तथा समाजोपयोगी कार्यहरू भविष्यमा पनि निरन्तर रहिरहून् भन्ने कामना गर्दै उहाँको उत्तरोत्तर प्रगति, सुस्वास्थ्य तथा दीर्घायुको हार्दिक शुभकामना व्यक्त गर्दछौँ। साथै, यस महान् सहयोगका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ।

गुरुकुलको महत्वगुरुकुल हाम्रो सनातन संस्कृतिको अमूल्य धरोहर हो, जसले मानव जीवनलाई सही मार्गमा डोर्याउने महान् कार्य गर्द...
05/04/2026

गुरुकुलको महत्व

गुरुकुल हाम्रो सनातन संस्कृतिको अमूल्य धरोहर हो, जसले मानव जीवनलाई सही मार्गमा डोर्याउने महान् कार्य गर्दै आएको छ। प्राचीन कालदेखि नै गुरुकुल शिक्षाको केन्द्रका रूपमा स्थापित भएको थियो, जहाँ विद्यार्थीहरू गुरुको सान्निध्यमा बसेर केवल शैक्षिक ज्ञान मात्र होइन, जीवन उपयोगी शिक्षा पनि प्राप्त गर्थे।
गुरुकुलको मुख्य विशेषता भनेको “शिक्षा र संस्कार” को समन्वय हो। यहाँ विद्यार्थीहरूलाई वेद, उपनिषद्, शास्त्र आदिको ज्ञानसँगै नैतिकता, अनुशासन, सेवा भाव, सम्मान र आत्मसंयम जस्ता गुणहरू सिकाइन्छ। यसले उनीहरूको व्यक्तित्वलाई समग्र रूपमा विकास गर्छ र जीवनमा सही निर्णय लिन सक्षम बनाउँछ।
गुरुकुलमा विद्यार्थीहरू साधारण जीवनशैली अपनाउँछन्, जसले उनीहरूलाई आत्मनिर्भर र जिम्मेवार बनाउँछ। उनीहरूले आफ्ना दैनिक कामहरू आफैं गरेर श्रमको महत्व बुझ्छन्। साथै, गुरु-शिष्य बीचको गहिरो सम्बन्धले ज्ञानलाई अझ प्रभावकारी बनाउँछ, किनकि त्यहाँ केवल पढाइ मात्र होइन, जीवनको अनुभव पनि साटासाट हुन्छ।
आजको आधुनिक शिक्षाले प्राविधिक ज्ञान त दिन्छ, तर धेरैजसो अवस्थामा नैतिक र आध्यात्मिक पक्ष कमजोर हुन्छ। यही कमीलाई गुरुकुल शिक्षाले पूरा गर्छ। यसले विद्यार्थीहरूलाई केवल सफल मात्र होइन, योग्य, संस्कारी र समाजप्रति उत्तरदायी नागरिक बनाउँछ।
अन्त्यमा भन्नुपर्दा, गुरुकुल शिक्षा प्रणाली केवल अतीतको सम्झना होइन, वर्तमान र भविष्यका लागि पनि अत्यन्त आवश्यक मार्गदर्शन हो। यदि हामीले समाजलाई नैतिक, अनुशासित र सुसंस्कृत बनाउनु छ भने, गुरुकुलको महत्व अझ बढ्दै जाने निश्चित छ।

02/04/2026

हनुमान जयन्तीको पावन तथा पवित्र अवसरमा लोवर बर्मेक संस्कृत पाठशाला एवं गुरुकुलमा नानीहरू तथा आदरणीय शिक्षकहरूद्वारा अत्यन्त श्रद्धा, भक्ति र अनुशासनका साथ सामूहिक रूपमा हनुमान चालिसा पाठ सम्पन्न गरियो।
यस कार्यक्रमले नानीहरूमा धार्मिक संस्कार, अनुशासन र सकारात्मक सोचको विकास गर्न महत्वपूर्ण भूमिका खेलेको छ। हनुमानजीको अटल भक्ति, साहस, शक्ति र सेवाभावबाट प्रेरणा लिँदै हामी सबैले आफ्नो जीवनलाई सद्गुणतर्फ अघि बढाउने संकल्प गरौँ।
यस पावन दिनले सम्पूर्णमा सुख, शान्ति, शक्ति र समृद्धि ल्याओस् भन्ने कामना गर्दछौं।
जय श्री राम! जय हनुमान!

नयाँ भर्ना सम्बन्धी सूचना। लोवर बर्मेक  उच्चतर संस्कृत पाठशालामा शैक्षिक सत्र २०२६ का लागि नयाँ भर्ना खुलेको सहर्ष जानका...
06/12/2025

नयाँ भर्ना सम्बन्धी सूचना।
लोवर बर्मेक उच्चतर संस्कृत पाठशालामा शैक्षिक सत्र २०२६ का लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ। वैदिक एवं आधुनिक कक्षा, (कक्षा ५ देखि ९) सम्मका लागि भर्ना गर्न/गराउन चाहनुहुने अभिभावकहरूले चाँडो सम्पर्क गर्नुहोला। Vacancy न्यून रहेको छ।
अधिक जानकारी का लागि तस्वीरमा दिएका मोबाइल नम्बरहरूमा सम्पर्क गर्न सक्नुहुनेछ। अथवा यो नम्बरमा whatsapp मार्फत सम्पर्क गर्न सक्नुहुनेछ। 8509206181

03/12/2025

गीता जयन्ती 01/12/2025
कर्मण्येवाऽधिकारस्ते मा फलेषु कदाचन ।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि ।।

14/11/2025

Children's day celebration at lower bermiok sanskrit pathsala.

13/11/2025

Address

Geyzing
737113

Website

Alerts

Be the first to know and let us send you an email when लोवर बर्मेक संस्कृत पाठशाला पश्चिम सिक्किम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category