श्री माध्यमिक विधालय भोर्ले

  • Home
  • India
  • Gaighat
  • श्री माध्यमिक विधालय भोर्ले

श्री माध्यमिक विधालय भोर्ले बालबालिकाको पहिलो पाठशाला घर नै हो ।

31/03/2026

काम सङ्गै refreshment पनि उत्तिकै आबश्यक छ ।

22/01/2026

भोलि मिति २०८२-१०-०९ गतेका दिन बसन्त पन्चमीको पावन अबसरमा अक्षराम्भ तथा सरस्वती पुजा कार्यक्रम भएको हुनाले बिहान सम्पुर्ण बि.ब्य.स. पदाधिकारी शि.अ.सङ्घ पदाधिकारी लगाएत सम्पुर्ण अभिभावक बर्गमा ठिक ८:३० बजे उपस्थित भै प्रसाद ग्रहण गरि कार्यक्रमको शोभा बढाईदिनुहुन सादर अनुरोध छ ।

यस विद्यालयले संचालन गरेको खेलकुद सप्ताह आज भव्य रूपमा सम्पन्न भएकोछ । २०८२/०९/११ गते देखि संचालन हुने त्रियुगा नगरपालिक...
23/12/2025

यस विद्यालयले संचालन गरेको खेलकुद सप्ताह आज भव्य रूपमा सम्पन्न भएकोछ । २०८२/०९/११ गते देखि संचालन हुने त्रियुगा नगरपालिकाको मेयर कप रनिङ शिल्ड प्रतियोगिताको लागी छ्नौट भएका तथा विजेता विद्यार्थी भाईबहिनिहरुलाई हार्दिक बधाई तथा शुभकामना साथै यस कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्नको लागी महत्त्वपूर्ण भुमिका निर्वाह गर्नु हुने यस विद्यालयका खेलकुद समिति संयोजक श्री गौरव राई ज्यु तथा समिती पदाधिकारीहरु,शिक्षक ,कर्मचारी,अभिभावक,अतिथि ,वि.व्य.स तथा शि.अ.संघ पदाधिकारी ज्युहरु ,खेल संचालनका लागी नगद तथा जिन्सी सहयोग गर्नुहुने सहयोगीदाताहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं साथै भलिबल तथा फुटबल खेलको अम्पायरको भुमिका रहि अमुल्य सहयोग गर्नु हुने रेफ्री द्वय श्री कृष थापा मगर र के.बि. चाम्लिङ राई प्रती विशेष आभार प्रकट गर्दछौं ।

13/01/2025
श्री मा.वि.भोर्ले त्रि.न.पा.उदयपुरको बिधालय ब्यबस्थापन समितिको पुर्ब अध्यक्ष तथा बर्तमान सदस्य तथा हाम्रो सहकर्मी मित्र ...
10/01/2025

श्री मा.वि.भोर्ले त्रि.न.पा.उदयपुरको बिधालय ब्यबस्थापन समितिको पुर्ब अध्यक्ष तथा बर्तमान सदस्य तथा हाम्रो सहकर्मी मित्र कृष्णा कुमारी मगर र पुर्णा थापा मगरको बुवा, हामी सबैको अभिभावक आखामा राख्दा नि नबिझाउने आदरणीय ब्याक्तित्व उपेन्द्र रखाल मगरको अकल्पनीय असामयिक र अल्पायुमै भएको दु:खद निधनले स्तब्ध बनाएको छ । उहाँको निधनले घर परिवार, बिधालय, समाजमा अपुरणीय क्षती पुगेको छ । यो दु:खद घडिमा उहाँ प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समबेदना प्रकट गर्दछौं । 🙏🙏😭😭😭😭😭

Address

त्रियुगा नगरपालिका -१६, उदयपुर ।
Gaighat

Website

Alerts

Be the first to know and let us send you an email when श्री माध्यमिक विधालय भोर्ले posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category