संयुक्त माध्यमिक शिक्षक संगठन/United Secondary Teacher Organization

  • Home
  • India
  • Darjeeling
  • संयुक्त माध्यमिक शिक्षक संगठन/United Secondary Teacher Organization

संयुक्त माध्यमिक शिक्षक संगठन/United Secondary Teacher Organization It's an organization of teachers and non-teaching staffs of all schools under West Bengal government

Glimpse of Felicitation Programme for the recently retired Teachers at Mungpoo Saraswati HS School organised by Sanyukta...
31/07/2022

Glimpse of Felicitation Programme for the recently retired Teachers at Mungpoo Saraswati HS School organised by Sanyukta Madhyamik Shikshak Sangathan Mungpoo Circle Committee .

Meeting with GTA Chief Executive Shri Anit Thapa and Deputy Chief Executive/Executive Sabhasad Education Department Shri...
30/07/2022

Meeting with GTA Chief Executive Shri Anit Thapa and Deputy Chief Executive/Executive Sabhasad Education Department Shri Sanchabir S***a at Lal Kothi Darjeeling.
28/7/2022

दार्जीलिङ जिल्ला समिति अनि दार्जीलिङ महकुमा समिति पुनर्गठन।
24/07/2022

दार्जीलिङ जिल्ला समिति अनि दार्जीलिङ महकुमा समिति पुनर्गठन।

हार्दिक बधाई 💐💐
15/07/2022

हार्दिक बधाई 💐💐

 #सुखद्_भेटघाटयसवर्षको जीटीए चुनावमा भारी मतले विजयी बन्नु भएको सुखद् क्षणमा श्रीमान अनित थापा अनि भारतीय गोर्खा प्रजाता...
04/07/2022

#सुखद्_भेटघाट
यसवर्षको जीटीए चुनावमा भारी मतले विजयी बन्नु भएको सुखद् क्षणमा श्रीमान अनित थापा अनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा परिवारमा हार्दिक बधाइ।💐💐

हार्दिक श्रद्धाञ्जली 💐
02/07/2022

हार्दिक श्रद्धाञ्जली 💐

यसवर्षको माध्यमिक परिक्षाको परिक्षाफल आउँदो 3 जुनको दिन प्रकाशित हुने।
30/05/2022

यसवर्षको माध्यमिक परिक्षाको परिक्षाफल आउँदो 3 जुनको दिन प्रकाशित हुने।

  उच्चत्तर माध्यमिक (HS)परिक्षाको प्रश्नमा पनि लछेप्रै लापरबाही - श्री भानु तामाङ, सह शिक्षक, बेटेन हाईयर सेकेण्डेरी स्क...
06/04/2022

उच्चत्तर माध्यमिक (HS)परिक्षाको प्रश्नमा पनि लछेप्रै लापरबाही - श्री भानु तामाङ, सह शिक्षक, बेटेन हाईयर सेकेण्डेरी स्कुल तकभर दार्जिलिङ ।

यस वर्ष २०२२ को उच्चतर माध्यमिक परीक्षा ( H.S.)
२ अप्रैलदेखि आरम्भ भयो | परीक्षाको पहिलो दिन प्रथम भाषा (NEPA) थियो । प्रश्नपत्रमा कुनै ठूलो भुल नभए तापनि प्रश्नको ढाँचा (questions patern) - मा लापरबाही भने भएका छन् ।
PART A को (१)नम्बरमा बहुविकल्पी प्रश्न गद्य खण्ड (कथा निबन्ध) - बाट मात्र हुन पर्ने तर तीनवटा प्रश्न (i,v,xi) उपन्यास "तर कहिले " - बाट आएका छन् , जब कि प्रश्नको ढाँचा अनुसार न आउनु पर्ने श्री भानु तामाङ जनाउछन्।
त्यसै प्रश्नको ५ को 'ज ' मा पनि भूल भएको छ।
प्रश्न *नम्बर ५ को (ज) PART-A* मा दशौं श्रेणीको पाठ्यक्रम अन्तर्गत पर्ने इन्द्र सुन्दास लिखित 'जुनेली रेखा' उपन्यासकी पात्रा मालिनीलाई..... ' *तर* *कहिले ?' उपन्यासमा मालिनीले* *कसरी शोषणको* *सामना गरिन् ? विवेचना गर।* भनेर *प्रश्न* समावेश गरिएको छ।
'तर कहिले' उपन्यासमा मालिनी नाम भएकी कुनै पात्रा छैनन् । उक्त उपन्यासमा त केवल लकसम, सिम्मा, मृगेकी स्वास्नी र आशामाया नामक नारी पात्राहरु मात्र छन् । मालिनी नामक पात्रा त दशौं श्रेणीको द्रुत पाठ ' जुनेली रेखा' उपन्यासको हो।
हुन त केवल नाममा मात्र तलमाथी भएता पनि परिक्षार्थीहरु भने अन्योलमा अवश्यै परेका छन् भनी बेटेन उच्चत्तर माध्यमिक विद्यालयका सह शिक्षक श्री भानु तामाङले आपत्ति जनाएका छन्।

15/03/2022

*प्रतिवाद साथै न्यायको माग*

हिज दिनांक १४ मार्चको दिन बिजनबारीमा विद्यासागर उच्चतर माध्यमिक विद्यालयमा कार्यरत अशिक्षण कर्मचारी रबिन गुरुङको धर्मपत्नी चित्रकला गुरुङको जुन निर्मम हत्या भएको छ त्यसको हामी सम्पूर्ण शिक्षक समुदाय घोर निन्दा साथै प्रतिवाद गर्दछौँ। आफ्नै घरमा दिनको समय जुन प्रकारको नृशंस हत्या भयो यो सभ्य समाजको निम्ति कल्पना पनि गर्न सकिँदैन। यस्तो पापी हत्यारालाई प्रशासनले चाँडो भन्दा चाँडो खोजी निकालेर कठोर सजायको भागीदारी बनाउँने हामी निवेदन गर्दछौं। क्रूरताको सबै सीमा पार गरी एक नारीको बीभत्स हत्या गर्ने हत्यारालाई कानुनले कडा भन्दा कडा सजाय दिन पर्छ ताकि भविष्यमा कुनै पनि दुष्टले यस्तो दुस्साहस गर्न नसकोस्।
यो विपदको समयमा सम्पूर्ण शिक्षक समुदाय हाम्रो अभिन्न मित्र रबिन गुरुङ सरको साथमा छौं। उनको परिवारले न्याय नपाइन्जेलसम्म हामी सबै उनीसँगै उभिएको हुनेछौं।
दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दछौं।

अनिल शर्मा
सभापति
संयुक्त माध्यमिक शिक्षक सङ्गठन केन्द्रिय समिति

11/03/2022

प्रेस विज्ञप्ति

हालमा चलिरहेको माध्यमिक परीक्षाको पहिलो दिनमा विद्यार्थीहरूले दिएको नेपाली विषयको प्रश्नपत्रमा कतिपय प्रश्नहरू घटाइएको पाठ्यक्रमदेखि बाहिरबाट प्रश्नहरू दिइएको गुनासोहरू विद्यार्थी एवं शिक्षकहरूबाट सुन्नमा आयो। संयुक्त माध्यमिक शिक्षक कल्याण संगठनले यस विषयमा छानबीन गर्दा लगभग 6 अङ्कका प्रश्नहरू साच्चै नै माध्यमिक परीक्षाको निम्ति तोकिएको पाठ्यक्रमदेखि बाहिरको रहेको थाह लाग्यो।

यसपछि यस विषयमा संयुक्त माध्यमिक शिक्षक संगठनको अध्यक्ष एवं माध्यमिक परीक्षा सञ्चालन समितिको संयोजक भएको नाताले मैले सम्बन्धित विभागका अधिकारीहरूलाई उक्त समस्याबारे अवगत गराएको छु भने सम्बन्धित विभागका अधिकारीहरूले उक्त समस्यालाई सकरात्मकरूपमा लिँदै विद्यार्थीहरूको हितमा यस विषयलाई सकरात्मकरूपमा हेरिने वा विद्यार्थीहरूलाई अङ्क प्रदान गरिँदा केही छुट प्रदान गरिने विभागीय अधिकारीहरूको पक्षमा आश्वस्त गराइएको छ।

लामो लकडाउनपछि विद्यार्थीहरूले राम्रो पठन-पाठनबिनै माध्यमिक परीक्षा बस्नुपरिरहेको अवस्थालाई ध्यानमा राखेर पनि यस प्रकारको समस्याहरूलाई सम्बन्धित विभागले खुकुलो दृष्टिकोण राख्नेछन् भन्ने हामी विश्वस्त छौं।

यसवर्ष माध्यमिक परीक्षा बसिरहेका दार्जीलिङ पहाड़का समग्र विद्यार्थीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दै कुनै पनि असुविधा अनि समस्याहरू परिआएको खण्डमा संयुक्त माध्यमिक शिक्षक कल्याण संगठन सदैव सहायताको निम्ति तत्पर रहेको पनि जनाउन चाहन्छौं।

अनिल शर्मा
संयोजक
माध्यमिक परीक्षा सञ्चालन समिति।

सबै सबैलाई ल्होसारको हार्दिक मङ्गलमय शुभकामना।
03/03/2022

सबै सबैलाई ल्होसारको हार्दिक मङ्गलमय शुभकामना।

 Morning Assembly at RKSP Boys' HS School, Darjeeling ( students of Class 9 to Class 12).
23/02/2022


Morning Assembly at RKSP Boys' HS School, Darjeeling ( students of Class 9 to Class 12).

Address

Darjeeling
734101

Website

Alerts

Be the first to know and let us send you an email when संयुक्त माध्यमिक शिक्षक संगठन/United Secondary Teacher Organization posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category