13/07/2025
रिम्बिक उच्चत्तर माद्यमिक बिद्यालयले २११ औ भानु जयन्ती कार्यक्रम विविध रंगारंग कार्यक्रमको साथ पालन गर्यो।बिद्यालयका सम्पूर्ण शिक्षकहरू लगायत बिद्यार्थीहरूको सहभागिता रहेको उक्त कार्यक्रम कवि भानुभक्तको तस्बीरमा दीप प्रज्वलन पछि शुरू भएको कार्यक्रमको संञ्चालन सह शिक्षक श्री बाबुरा शर्माले गरेका थिए,भने श्री खुशेन राईले कवि भानुभक्तको बिषयमा छोटो रूपमा मन्तब्य राखेका थिए।बिद्यार्थीहरूको निम्ति कविता प्रतियोगिता,निबन्ध प्रतियोगिता साथै चित्र बनाउ प्रतियोगिता पनि राखिएको थियो भने तीन वटा नै प्रतियोगिताका प्रथम,दोस्रो अनि तेस्रो हुने बिजयी बिद्यार्थीहरूलाई पारितोषिका पनि प्रदान गरियो।साथै विविध श्रेणीका बिद्यार्थीहरूले पनि रामायण पाठ पठन साथै सांस्कृतिक नित्य प्रस्तुत गरेर उपस्थित सम्पूर्णको मन जित्न सफल भए।यस कार्यक्रमलाई बिद्यालयका शिक्षक प्रभारी श्री सञ्जीव दाहालले पनि सम्बोधन गरेका थिए भने बिद्यालयमा यस्तो कार्यक्रमले बिद्यार्यीहरूलाई हौसला मिल्ने कुरा बिद्यालयका सम्पूर्श परिवारले ब्यक्त गरेका छन्।