20/05/2026
https://www.facebook.com/share/p/1Cy42bW6mj/
सुकेपोखरी उ मा विद्यालयबाट ४५ जना विद्यार्थी प्रथम,रितेश छेत्री बने टप्पर ------
यस वर्षको उच्चतर माध्यमिक परीक्षामा सुकेपोखरी उच्चतर माध्यमिक विद्यालयबाट पैंतालिस जना विद्यार्थी प्रथम भएका छन्। यि मध्ये चारसय सत्र अङकमा त्रियासी प्रतिशत ल्याउन सक्षम बनेका रितेश छेत्री विद्यालय टप्पर भए । यसरी नै एकासी प्रतिशत ल्याएका अक्ष सुब्बा दोस्रो विद्यालय टप्पर बनिन्। उनाहतर जना परीक्षार्थी रहेको यस विद्यालयका अन्य विद्यार्थी दोस्रो दर्जामा उतीर्ण भएका छन्। दुइ जना अनुतीर्ण भएको जानकारी प्राप्त भएको छ । विद्यार्थीवर्गको उत्कृष्ठ यस उपलव्धीप्रति गौरवान्वित बनेको विद्यालयले उतीर्ण विद्यार्थीवर्गलाई बधाइ दिदै शैक्षिक उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेको छ।
16/03/2026