Barnesbeg Higher secondary School

Barnesbeg  Higher secondary School This page is created for the progressive development of our school after the long gap of pandemic.

शिक्षा क्षेत्रमा निस्वार्थ सेवा र सहयोगको लागि हार्दिक आभार। बार्नसवेग उच्चत्तर माध्यमिक विद्यालयमा मानव उत्थान सेवा समि...
13/08/2026

शिक्षा क्षेत्रमा निस्वार्थ सेवा र सहयोगको लागि हार्दिक आभार।
बार्नसवेग उच्चत्तर माध्यमिक विद्यालयमा मानव उत्थान सेवा समिति (दार्जिलिङ तहसील) को विशेष अभियान "Mission Education" अन्तर्गत हाम्रा प्यारा विद्यार्थीहरूलाई विभिन्न शैक्षिक सामाग्रीहरू वितरण गरियो।
हाम्रा नानीहरूको उज्ज्वल भविष्यका लागि मानव उत्थान सेवा समितिले देखाएको यो उदारता, समर्पण र योगदानप्रति बार्नसवेग उच्चत्तर माध्यमिक विद्यालय परिवार हृदयदेखि नै गहिरो आभार प्रकट गर्दछ। 📚✏️❤️
साथै, यस शुभ अवसरमा Sunrise School का आदरणीय प्रधानाध्यापिका ज्यूको गरिमामय उपस्थिति र उहाँको तर्फबाट प्राप्त अमूल्य सहयोगका लागि विद्यालय परिवार उहाँप्रति पनि हार्दिक धन्यवाद व्यक्त गर्दछ। उहाँको यो सहभागिताले हाम्रा नानीहरूलाई अझ ठूलो हौसला र प्रेरणा मिलेको छ। 🙏
तपाईंहरू जस्ता समाजसेवी र शिक्षाप्रेमीहरूको यो साथ, सहयोग र मार्गदर्शनले नै हाम्रा नानीहरूको भविष्य सुखी, शिक्षित र सुन्दर बन्नेछ। यहाँहरूको यो सहयोग सधैँ स्मरणीय रहनेछ। 🙏🙏🙏

15/07/2026

२१३ औँ भानुजयन्तीको पावन अवसरमा ११ औँ कक्षाकी छात्रा छोडेन तामङद्वारा आदिकवि भानुभक्त आचार्यले नेपाली साहित्य र समाजप्रति पुर्याउनु भएको योगदानमाथी आफ्नो वक्तब्य राख्दै।

15/07/2026

भानुजयन्तीको पावन अवसरमा ८ औँ श्रेणीका छात्राहरूद्वारा भनुभक्तीय रामायणको बालकाण्डबाट शार्दूलवीक्रिडित धन्दमा रचित श्लोक संख्या १ अनि २ यहाँ प्रस्तुत गरिएको छ।

15/07/2026

आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्म जयन्तीको पावन अवसरमा भानुभक्तीय रामायणको सुन्दरकाण्डबाट शार्दूलवीक्रिडित छन्दमा रचित श्लोक संख्या ३१,३२ अनि ३३ १० औँ श्रेणीका छात्राहरूद्वारा प्रस्तुत छ।

14/07/2026

दिनाङ्क 13/07/2026-को दिन बार्नसवेग उच्चतर माध्यमिक विद्यालयमा 213औं भानु जयन्ती कार्यक्रम सम्पन्न गरियो।उक्त कार्यक्रममा बाह्रौं श्रेणीका विद्यार्थीद्वारा कवि भानुभक्त आचार्य र घाँसी माझ भएको
संवादलाई नाट्य रूपमा प्रस्तुत गरिएको थियो।
यस नाटकमा कवि भानुभक्त आचार्यका अभिनय बाह्रौं श्रेणीका छात्रा याशिका लिम्बुले निर्वाह गरेका थिए भने नाटकका अर्का पात्र घाँसीको अभिनय चाहिँ बाह्रौं श्रेणीकै अर्का छात्रा दिक्षेन तामाङले निर्वाह गरेका थिए।
यसरी नै नेपथ्यबाट नाटक मञ्चनमा आवश्यक आवाज दिने काम सोही श्रेणीका छात्रा प्रीति रामुदामुले पूरा गरेका थिए भने नाटकमा वाचन गरिनु पर्ने कविता र रामायण श्‍लोकमा सोही श्रेणीका सम्पूर्ण विद्यार्थीले सहभागिता जनाएका थिए।
यसरी विद्यालयका प्रधानाध्यापक आदरणीय गुरूवर श्रीमान हेमन्त गुरुङ ज्यूको कुशल निर्देशन साथै सम्पूर्ण शिक्षक शिक्षिका लगायत बाह्रौं श्रेणीका विद्यार्थीहरूको सहभागिता रहेको उक्त नाटक सफलताका साथ मञ्चन गरियो।।।

14/07/2026

नेपाली साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्म जयन्तीको पावन अवसरमा बार्नसवेग उच्चत्तर माध्यमिक विद्यालयका ११ औँ कक्षामा अध्ययनरत छात्राहरूद्वारा सुन्दर भाव र लयमा समाजको जीवन्त चित्र कोर्ने फुटकर कविता ‘चपला अबला’ प्रस्तुत छ।

14/07/2026

‘कौराह’ नृत्य नेपाली जातिहरूमध्यये मगर समुदायको एक अत्यन्तै लोकप्रिय र मौलिक परम्परागत लोकनृत्यलाई २१३ औँ भानुजयन्तीको पावन अवसरमा ११ औँ श्रेणाका विद्यार्थीहरूद्वारा सुन्दर ढङ्गमा प्रस्तुत गरिएको छ।

Preparation for the 213th Bhanu Jayanti Celebration, 2026On behalf of our Headmaster, Mr. Hemant Gurung, we express our ...
14/07/2026

Preparation for the 213th Bhanu Jayanti Celebration, 2026

On behalf of our Headmaster, Mr. Hemant Gurung, we express our heartfelt gratitude to all the teachers for their tireless effort and dedication in making the celebration a grand success.
Our special thanks to Sir Bhibhusit Rai and Sir Prashant Gadaily for hosting the program so beautifully, and to Sir Amit Rai and Sir Abinash Limbu for their wonderful work in decorating the Bhanu Bhakta Niwas.
Sharing a few glimpses from behind the scenes.

Glimpses from our 213th  Bhanu Jayanti celebration, featuring soulful recitations, cultural performances and the prize d...
13/07/2026

Glimpses from our 213th Bhanu Jayanti celebration, featuring soulful recitations, cultural performances and the prize distribution ceremony to felicitate our talented students.
We celebrate Adikavi Bhanubhakta Acharya, whose Ramayana brought Nepali literature to every home. 
We are happy to share some beautiful moments from the day.

Address

Darjeeling
734104

Telephone

+919735954438

Website

Alerts

Be the first to know and let us send you an email when Barnesbeg Higher secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Barnesbeg Higher secondary School:

Shortcuts

Share

Category