नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय
वक्तव्य
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डद्वारा आज जारी विज्ञप्तीबाट त्यसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको र सरकारमा सहभागि आफ्ना सबै मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको कुरा थाहा भएको छ । हाम्रो यो निश्चित मत छ कि त्यो निर्णय सम्पूर्ण देश र स्वयं माओवादी केन्द्र समेतका लागि आत्मघाती सिद्ध हुनेछ ।
देशको राष्ट्रिय स्थिति र आवश्यकतानुसार कुनै सरकारमा परिवर्तन हुने कुरा स्वाभाविक प्रक्रिया हो । त्यस प्रकारका बेग्ला–बेग्लै अवस्थामा सम्बन्धित सबै पक्षहरूको मूल्याङ्कन गरेर नै गतकालमा हाम्रो पार्टीले आफ्ना नीतिहरू निश्चित गर्दै आएको छ र भविष्यमा पनि गर्नेछ । तर अहिले सम्बन्धित सबै तथ्यहरूमाथि विचार गर्दा भारतीय विस्तारवादी डिजाइनमा नै सरकारमा परिवर्तनका लागि प्रयत्न गरिएको कुरा बुझ्न गाह्रो पर्दैन ।
संविधानको निर्माणपछि नै भारतले त्यसमा संशोधनका लागि दवाव दिंदै आएको थियो र त्यही क्रममा नाकाबन्दी समेत लगाइएको थियो । त्यसका लागि जोड दिन नै मधेशवादीहरूले आफ्नो आन्दोलन सञ्चालन गरेका थिए । संविधानको निर्माण र जारी गर्दा नेपालका प्रमुख राजनीतिक शक्तिहरूका बीचमा कायम भएको एकतालाई तोड्नका लागि सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार बनाइएको थियो ।पछि नेपाली काँग्रेसको समर्थनमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने योजना सहित सरकारमा परिवर्तन गर्ने प्रयत्न गरिएको थियो । अहिले पनि भारतीय विस्तारवाद र नेपाली काँग्रेसद्वारा सरकारमा परिवर्तनका लागि योजनावद्ध प्रकारले परिवर्तन भइरहेको छ । त्यस प्रकारको पृष्ठभूमिमा हुन थालेको सरकारमा परिवर्तनको नीति राष्ट्रिय हितमा नहुने नै कुरा प्रष्ट छ ।
वर्तमान सरकारको कार्यशैली र त्यसले अपनाएका विभिन्न गलत नीतिहरूको हामीले आलोचना गर्दै र देशव्यापी रूपमा सङ्घर्षका कार्यक्रमहरू सञ्चालन गर्दै पनि आएका छौँ । तैपनि त्यसले राष्ट्रियताका पक्षमा, भारतीय दवावका विरुद्ध तथा चीनसितको सम्बन्ध विस्तारमा जुन अडान लिदै आएको थियो, सरकारको त्यस प्रकारको नीति भारतीय विस्तारवादी स्वार्थका विरुद्ध थियो । त्यसैले त्यसले योजनावद्ध प्रकारले नै वर्तमान सरकारलाई अपदस्थ गर्ने प्रयत्न गर्दै आएको थियो । अहिले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थनलाई फिर्ता लिने वा आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने जुन निर्णय गरेको छ, त्यसलाई पनि हामीले त्यही पृष्ठभूमिमा बुझ्नु पर्दछ ।
नेपाली काँग्रेसले बारम्बार यो कुरामा जोड दिंदै आएको थियो कि पहिले सरकारबाट हटेपछि मात्र त्यसले माओवादी केन्द्रलाई समर्थन गर्नेबारे निर्णय गर्नेछ । निश्चय नै माओवादीहरू सरकारबाट हटेपछि नेकाको पक्ष बलियो हुनेछ र त्यसले आफ्ना शर्तहरू पूरा गराउनका लागि दवाव बढाएर लैजाने छ ।
आजै माओवादी केन्द्रद्वारा आयोजित पत्रकार सम्मेलनमा पहिलो चरणमा प्रचण्ड प्रधानमन्त्री बन्ने रपछि नेकाको नेतृत्वमा सरकार बन्ने कुरा बताइएको छ । उनी प्रधानमन्त्री बने पनि उनलाई भारतीय विस्तारवादी स्वार्थ अनुरूप उपयोग गर्न पूरा प्रयत्न गरिने छ । त्यो अवस्थामा या त उनी आफ्ना पूर्व राजनीतिक मूल्य र मान्यताहरूबाट विमुख भएर पूरै नै भारतीय विस्तारवादको गोटी बन्नु पर्नेछ या उनलाई सरकारबाट हटाइने छ । त्यो कुरा जे भएपनि उनी खालि अल्पकालको लागि मात्र प्रधानमन्त्री बन्ने छन् र अन्ततः उनी नेकाको नेतृत्वको सरकारको निर्माणका लागि साधन मात्र बन्ने छन् । त्यसरी केही समयका लागि प्रधानमन्त्री बन्नका लागि उनले देशलाई ठूलो दुर्घटना वा सङ्कटमा धकेल्दै छन् । त्यसका लागि उनले देश, जनता र इतिहासका अगाडि जबाफ दिनुपर्नेछ । दोस्रो चरणमा ने.का.को नेतृत्वमा सरकार बनेपछि त्यसले पूरै भारतीय विस्तारवादी स्वार्थ अनुरूप काम गर्ने नीति अपनाउने छ र देशले ठूलो मूल्य चुकाउनु पर्नेछ ।
यस सन्दर्भमा एउटा अर्को कुरा पनि विचारणीय छ । एमाओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पनि नयाँ सरकारको गठनका अगाडि कैयौँ संवैधानिक, राजनीतिक वा व्यवहारिक जटिलताहरू पैदा हुने वा देशमा पुनः नयाँ प्रकारले अस्थिर राजनीतिक स्थिति पैदा हुने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न । बताइरहनुपर्ने आवश्यकता छैन, त्यस प्रकारको स्थिति अवश्य पनि देशको हितमा हुने छैन ।
भारतीय विस्तारवाद र राजावादीहरू समेतले संविधानमा स्वीकृत गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त गरेर नेपाललाई हिन्दूराष्ट्र बनाउने र राजतन्त्रको पुनस्र्थापना गर्ने दिशामा लगातार प्रयत्न गरिरहेका छन् । नेपाली काँग्रेसको तहमा पनि त्यस प्रकारका विचारहरूको पक्ष बलियो हुँदै गएको छ । त्यो अवस्थामा सत्ता परिवर्तनको खेलबाट सर्वप्रथम गणतन्त्र र धर्मनिरपेक्षतामा नै गम्भीर आँच पुग्ने सम्भावना छ । त्यो बाहेक भारतीय विस्तारवाद र मधेशवादीहरूले संविधानमा जुन प्रकारका संशोधनहरू वा पुर्नलेखनका कुरा उठाइरहेका छन्, त्यसबाट नेपालको संविधान, देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा समेत गम्भीर आँच पुग्ने सम्भावना छ ।
वर्तमान सरकारको नेतृत्वमा चीनसित सम्बन्धको जुन विस्तार भएको थियो या जुन ऐतिहासिक सम्झौताहरू भएका छन्, त्यसबाट पनि भारतको नेपाललाई पूरै आफ्नो आश्रित बनाउने र एकाधिकार कायम गर्ने नीतिमा धेरै नै बाधा उपस्थित भएको छ । त्यसैले भारतले त्यो सम्बन्धलाई कमजोर पार्ने वा चीनसित भएका सम्झौताहरूलाई निष्क्रिय पार्न पनि भारतीय विस्तारवादले ने.का.को आडमा बन्ने सरकारलाई पूरै दवाव दिने र उपयोग गर्ने प्रयत्न गर्नेछ ।
माओवादीहरूले ९ बुँदे सहमति कार्यान्वयन नभएको कुरालाई सरकारबाट हट्नुका पछाडिको एउटा मुख्य कारणका रूपमा प्रस्तुत गरेका छन् । सशस्त्रद्वन्द्वको कालमा राज्यपक्ष र उनीहरूकातर्फबाट समेत भएका मानव अधिकारको हनन वा अपराधजन्य कारवाहीहरूका लागि दण्ड सजायमा माफी वा त्यसका लागि कानूनमा समेत संशोधनका लागि उनीहरूले जुन कुरा उठाइरहेका छन्, प्रथमत त्यो सामान्य राजनीति, न्याय वा मानवीय दृष्टिकोणले पनि अत्यन्त आपत्तिजनक कुरा हो । त्यो बाहेक उनीहरू नेकाको समर्थनमा सरकारमा गएपछि पनि उनीहरूको त्यो उद्देश्य पूरा हुने वा सधैँका लागि गतकालका उनीहरूका त्यस प्रकारका कार्यहरूको दण्ड सजायबाट बच्ने सम्भावना कमै रहने छ ।
उपरोक्त सबै कुरामाथि ध्यान दिंदै अहिले माओवादीहरूले सरकारमा परिवर्तन वा ने.का.को समर्थनमा नयाँ समीकरणको निर्माण गर्ने दिशामा जुन प्रयत्न गरिरहेका छन्, त्यो सम्पूर्ण देश र स्वयं माओवादीहरूका लागि पनि आत्मघाती हुने कुरा अवस्यम्भावी छ । त्यस प्रकारको स्थिति उत्पन्न हुन नदिनका लागि हामीले अझैं पनि आफ्नो निर्णयबारे पुर्नविचार गर्न नेकपा (माओवादी केन्द्र)सित अनुरोध गर्दछौँ ।
मिति ः २०७३ असार २८ गते
मोहनविक्रम सिंह
महामन्त्री
All India Nepali Student Association
यो देशमा व्यवस्था परिवर्तन भयो तर मेरा पात्रको जीवन परिवर्तन भएन जीवन शर्मा, जनगायक
असारको मैना । झरी परिरहेको छ । मानो लगाएर मुरी फलाउने समय । तर सहर आफ्नै गतिमा हुन्छ । गाँउ असारमा चुल्र्लुम डुबेको छ । शहर भने विभिन्न कोलाजमा हुन्छ । यसलाई असारको झरीले छोप्छ । सडकको हिलोले छाप्छ तर खेतको हिलो कोसौ टाढा छ ।
म उनले भनेको लोकेशनमा पुग्दा झरी विस्तारै थामिदै थियो । २०१६ सालमा बाग्लुङको राङखानीमा जन्मेका जीवन शर्मा प्रगतिशिल फाँटका चर्चित गायक हुन । उनका गीत सबैले मन पराउछन् ।
भरखरै एउटा गीतको सुटिङ सकेर राजधानी भित्रिएका जीवन शर्मासँग यो क्षेत्रमा लागेको पनि ४१ बर्ष भएको छ ।
स्कूल पढ्दा शिक्षकले नै समाजको बारेमा दिएको चेतनाले उनलाई यो क्षेत्रमा ल्यायो । स्कूले जीवनमा नै उनले गाउन सुरु गरे आफैले गीत लेखेर ।
स्कूल पढ्दा शिक्षकले नै समाजको बारेमा दिएको चेतनाले उनलाई यो क्षेत्रमा ल्यायो । स्कूले जीवनमा नै उनले गाउन सुरु गरे आफैले गीत लेखेर ।
२०३४ सालमा एसएलसी पास गरेर इन्जिनियरिङ पढ्न काठमाडौ आएका थिए । उनीसँगै सहर पस्यो गाँउने बानी । दुई बर्ष पुल्चोकमा इन्जिनियरी पढे । तर उनको पढाई खाइदियो त्यो समयमा चलेको विद्यार्थी आन्दोलनले र उनको आफ्नै गाउने बानीले ।
त्यो समयमा पढाईमा राम्रो भएका विद्यार्थीले पढ्ने भनेको डाक्टरी र इन्जिनियरिङ थियो । त्यो बेलाको एसएलसिमा ६८ प्रतिशत ल्याएका उनले पनि इन्जिनियरिङ नै रोजे । इन्जिनियर पढ्न पुल्चोक इन्जिनियरिङ क्याम्पस भर्ना भए । दुई बर्ष पढे पनि तर विद्यार्थी आन्दोलन भयो २०३६ सालमा । त्यही आन्दोलनमा भाग लिए । गाउँने उनको सोखलाई मर्न दिएनन् । पढाई त छुट्यो । रुची गायनमा तर पढाई इन्जिनियरिङ । जीन्दगीको तालमेल नै मिलेन । भवन संरचना, बाटोको नक्साङ्कन तथा पूर्वाधार निर्माणको कल्पनाशीलता देखिनुपर्नेमा जनजनका दुःख पीडा अनि त्यसको कथा वाचनमा उनको ध्यान गयो । त्यसो त पूर्वाधार निर्माणको नक्साङ्कन भन्दा कम थिएन सिंगो देशका दुःख र जनताको कष्ठकर जीन्दगीलाई अक्षराकंन गर्नु र स्वराकंन गर्नु । त्यसैले लत नक्सातिर भन्दा जीवन र जगतका कठीन दैनिकीलाई लयाकंन गर्नतिर उनको पाइला मोडियो । भौतिक पूर्वाधार निर्माणको परिकल्पनाका साथ सुरु भएको इन्जिनियरिङ सिंगो सर्वहारा, दुःखी गरिबहरुको सामाजिक ,र्सास्कृतिक सर्जरी गर्ने बाटोतिर लागे गीत मार्फत ।
भौतिक पूर्वाधार निर्माणको परिकल्पनाका साथ सुरु भएको इन्जिनियरिङ सिंगो सर्वहारा, दुःखी गरिबहरुको सामाजिक ,र्सास्कृतिक सर्जरी गर्ने बाटोतिर लागे गीत मार्फत ।
विस्तारै पढाई भन्दा पनि उनको ध्यान देश दुनियालाई गीत गाएर जनचेतना जगाउन तर्फ मोडियो । आफ्नो होइन अर्काको जीवन बदल्न हिडे उनी । उनी गाउदै हिडे सडक देखि जनतको घर आँगनसम्म । देश देखि विदेश सम्म ।
उनले अहिले सम्म १ हजार भन्दा बढी गीत गाएका छन् । गीत गाउनु उनको बानी नै भइसक्यो । हो उनका गीत समाजमा पछाडि परिएका सिमान्तकृतहरुका पक्षमा हुन्छन् । राष्ट्रियताका पक्षमा हुन्छन् ।
गीत गाउनु उनको बानी नै भइसक्यो । हो उनका गीत समाजमा पछाडि परिएका सिमान्तकृतहरुका पक्षमा हुन्छन् । राष्ट्रियताका पक्षमा हुन्छन् ।
आफूले गरेको कर्मप्रति सन्तुष्ट छन् कुनै पनि गुनासो र पश्चाताप छैन । तर अmभै उनको मनमा उज्यालो छाएको छैन । आफ्नो सम्पूर्ण जीवन किसान, मजदुर, महिला तथा सबै सर्वहाराको अधिकारको लागि खर्चेकोमा जति बढी सन्तुष्ट र खुसी त्यति नै उनको दुःखको भारी पनि गह्रुगों छ । भनछन्, ‘जसको पक्षमा मैले जीवनभर गीत गाएँ, शोषितलाई गीत मार्फत जगाएँ, अधिकारका लागि एकजुट हुन सिकाए, राष्ट्रियताका लागि एकताको आह्वान गरे त्यो वर्ग जहाँको त्यहीँ छ ।
पात्र भनेता फेरिए, सत्ता फेरियो, व्यवस्था फेरियो, सरकार फेरियो जनताको दुःख फेरिएन ।’ मजदुर, किसान र सर्वहारका गीत गाउने जीवन शर्माको आफ्नै व्यक्तिगत जीवन पनि तिन्दा फरक छैन । उनी पनि सामान्य भन्दा सामान्य जीवनशैली बाँच्न चाहन्छन् । जीवनशैली फरक आदर्श फरक गरेर बाँच्नेहरुप्रति उनको आक्रोश छ ।
पात्र भनेता फेरिए, सत्ता फेरियो, व्यवस्था फेरियो, सरकार फेरियो जनताको दुःख फेरिएन ।’ मजदुर, किसान र सर्वहारका गीत गाउने जीवन शर्माको आफ्नै व्यक्तिगत जीवन पनि तिन्दा फरक छैन ।
‘यो देशमा सत्ता परिवर्तन भए । व्यवस्था परिवर्तन भयो तर मेरा पात्रको जीवनमा परिवर्तन भएन । मेरा पात्र अहिले पनि शहरका चोक चोकमा । गाँउ गाँउका चौतारीमा उही अवस्थामा भेटिन्छन् । ’ उनले चित्त दुखाए । यसलाई के परिवर्तन भन्ने ? प्रतिप्रश्न गर्छन उनी ।
………….
गायनले उनलाई देश विदेश घुमायो । देश विदेश चिन्ने मौका पनि पाए । आफूलाई पनि चिनाए । उनले इन्जिनियरिङको पढाई छोडेर त्रिचन्द्रबाट एन्थ्रोपोलोजीबाट डिग्री पनि पूरा गरे । तर इन्जिनियरिङको पढाई छोड्नुको कारण उनको गीत गाउनु हो ।
उनको साँस्कृतिक जीवन सफल भएको छ । तर जसका लागि उनले गाएका हुन र उनको जीवन उस्तै रहेको प्रति सबैभन्दा पीडानुभूति गर्छन् उनी । उनलाई भेट्दा देख्दा, अरुका जीवन बदल्न गीत गाउदै हिड्ने उनको जीवनमा पनि केहि परिवर्तन भएको देखिदैन ।
उनको साँस्कृतिक जीवन सफल भएको छ । तर जसका लागि उनले गाएका हुन र उनको जीवन उस्तै रहेको प्रति सबैभन्दा पीडानुभूति गर्छन् उनी । उनलाई भेट्दा देख्दा, अरुका जीवन बदल्न गीत गाउदै हिड्ने उनको जीवनमा पनि केहि परिवर्तन भएको देखिदैन ।
उनी घरका हुने खानेकै परिवारका मान्छे हुन । उनका बुबा त्यो समयका जिम्वाल,मुखिया र गाँउका प्रधानपंच थिए । त्यो समयमा यति भएपछि त गाँउ ठाँउमा धेरै ठूलो धाक रवाफ हुन्थ्यो । तर उनलाई यस्तो कुराले कहिल्यै आर्कषण गरेन । यो कुराले कहिल्यै ठाँउ पाएन ।
उनका बुबाले भने सरकारको विरोध गर्दै नहिड्न चेतावनी दिइरहे तर उनी निरन्तर तत्कालीन व्यवस्थाका विरुद्ध, गरिब, सर्वहारा वर्गका पक्षमा हिडिरहे । गाइरहे दुःका कथा व्यवा, अनि यि दुःख र पीडाबाट मुक्ति पाउने उपाय पनि सुझाइरहे गीत संगीत मार्फत । उनको यात्रा थाकेन । अहिलेको सस्तो सहजता थिएन त्यतिबेला । व्यवस्था प्रतिकुल थियो । प्रविधी थिएन । मानिसमा जागरण थिएन । मादलकै तालमा उनले धेरै ठाउँमा जनताका गीत गाएका छन् । धेरैलाई हसाँका छन् । धेरैलाई जगाएका छन् । धेरैलाई व्यूँझाएका छन् । उनका हरेक गीतका वास्तविक अनुभूतीहरु छन् ।
चर्चित गीत सिमली छाँया, झरनाको चिसो पानी, बूढो किसान यस्तौ थुप्रै गीत उनले लेखेका छन् । जुन वास्तविक जीवन देखेर उनका दुःख सुनेर तिनै पात्रसँग कुरा गर्दागर्दै तयार पारिएका हुन् । उनका गीतमा कल्पनाशीलता हुँदैन । गरिब, दुःखीले जे भोगको देख्छन् उनले हिँड्दा हिँड्दै गीत बनाइदिन्छन् त्यसैले मानिसले आफ्नै कथा भन्दिए जस्तो लाग्छ उनका गित सुन्दा । त्यसैले उनी अहिले पनि आफू हिडेको बाटो प्रति गर्व महसुस गर्छन् ।
चर्चित गीत सिमली छाँया, झरनाको चिसो पानी, बूढो किसान यस्तौ थुप्रै गीत उनले लेखेका छन् । जुन वास्तविक जीवन देखेर उनका दुःख सुनेर तिनै पात्रसँग कुरा गर्दागर्दै तयार पारिएका हुन् । उनका गीतमा कल्पनाशीलता हुँदैन ।
आफूले कहिल्यै व्यक्तिगत समृद्धि चाहेनन् । घुडा तलसम्मको हाफ पाइन्ट र मुजा परेको टिर्सट र चप्पल उनको आफ्नै ‘राष्ट्रिय पोशाक’ हो । उनी भन्छन् ‘कपडा भनेको कम्फरटेबल हुनु पर्छ । मलाई यही नै राम्रो लाग्छ । टाई सुट लगाउने कहिल्यै रहर भएन ।’
अब त अल्ली बूढो पनि देखिन्छन्, छुस्स फुलेका दाह्री, जिङ्रििगं कपाल । हाप पाइन्टमा लखर लखर भेटिन्छन् तर उही उर्जा अनि उस्तै आशाका साथ । कुनै न कुनै दिन गरिब, दुःखीले पनि सुखका दिन देख्न पाउलान भन्ने आश मरेको छैनमा उनमा । उनले कपालमा काइँयो लगाउदैनन । नुहायो छोड्यो (लामो हाँसो) । उनको कपालले काइयो पाउने भनेको दुई तीन महिनामा एक दिन हो । त्यो पनि उनी कपाल काट्न नाइकोमा जाँदा ।
उनीसँग न त उनका घरपरिवारको गुनासो छ । न त उनलाई परिवारसँग कुनै गुनासो । आफूलाई नै । हो कहिले काहीँ छोरा छोरीले गुनासो गर्छन् । कपाल लामो भयो काट्नु प¥यो भनेर ।
सुन्दरताको उनको परिभाषा पनि फरक छ । मान्छेले कपडा लाएर सुन्दर हुने होइन । कपडा आफूलाई अनुकुल लगाउनु पर्छ । मान्छे सुन्दर हुन मन सुन्दर चाहिन्छ ।
उनी भन्छन्, ‘मैले मेरो लागि केही गरिन् । अरुको जीवनमा परिवर्तन ल्याउन हिडेको हुँ ।’ उनले गीत गाएर देश विदेश घुमे । नेपालमा दुई जिल्ला दार्चुला र ताप्लेजुङ बाहेक सबै जिल्लामा उनी पुगिसकेका छन् ।
नेपालमा दुई जिल्ला दार्चुला र ताप्लेजुङ बाहेक सबै जिल्लामा उनी पुगिसकेका छन् ।
गाउँदा जाँदा प्र्रहरी प्रशासनको पनि उत्तिकै दुःख झेलेका छन् उनले ।
राज्य विभिन्न नाममा विभाजित भइरहँदा उनले भर्खरै एकताको सन्देश दिने गीत पनि तयार पारेका छन् । जातका नाममा, धर्मका नाममा, भूगोलका नाममा समाज विभाजित भइरहँदा उनले एकता सन्देश दिँदै यस्तो गीत बनाए ।
मधेशी पहाडी हिमालका हिमाली
सबै जाति जनजाति हामी सबै नेपाली - Jeevan Sharma
देशलाई जोगाउन छ भने मसाल बालेर हिडौ!
दुष्ट ले दिएको कोसेली संघीयता फालेर हिडौ|
फैकोकोछ पासा आपसमा लडाउन हामी लाई!
नबल्झिय साथीहरु चारैतिर अव भालेर हिडौ|
कसैको निजी लडाईं होइन एकमना एकताहौ!
बिस्तार वादी सबै षड्यन्त्र लाई गालेर हिडौ|
योदेश गरिव इमान्दार वीर र प्राक्रमी को हो!
उठौ जुटौ साम्राज्या वादी किल्ला ढालेर हिडौ|
बिना अनुशासन संघर्ष जित्न सकिदैना साथी!
मैदानमाछौ लडाईंको शिद्धान्तलाई पालेर हिडौ|
- सुरेशकुमार पाण्डे!
१) २००३ मा भारतीय नेताहरुको रोहबरमा भारतीय झन्डा मुनि बसेर भारतको लागि काम गर्छौ भनि सपत खाएर पाटि खोल्ने काग्रेस
२) २००७ देखि भारतीय राजदुत लाई नेपालको मन्त्री परिसदमा अनिवार्य उपस्थिति गराउने काग्रेस
३) पहिले भारतीय राजदुतावास मा छलफल गरेर पछि मन्त्री परिसद बैठक तय गराउने काग्रेस
४) २०११ मा कोसि भारत लाई बेच्ने काग्रेस
५) २०१५ गन्डकी बेची खाने काग्रेस
६) चिन सँग नजिक हुदा भारत रिसाउछ भन्ने काग्रेस
७) देशका नदि नाला भारतलाई बेचे को बेचेई गर्दा २०१७ मा राजा महेन्द्र ले लात हानेर जेल कोचिएको काग्रेस
८) २०१८ देखि २०३१ सम्म ईन्दिरा गान्दिको पेटिकोट सफा गर्ने काग्रेस
९) २०३१ सालमा भारत ले दिएको ३२ लाख बोकेर नेपालमा मान्छे मार्न लगाउने काग्रेस
१०) २०४५ मा भारतीय धोती हरुलाई नाकाबन्दि लगाउ भन्ने काग्रेस
११) २०४६ मा ४२ करोड भारु भारतीय धोतिहहुर बाट भिक मागि ४७ सालको चुनाब मा बहुमत ल्याउने काग्रेस
१२) गन्डकि भारतलाई बेचेर खाने काग्रेस
१३)३६ ओटा कलकारखाना कौडिको भाउमा बेचेर खाने काग्रेस
१४) १५ ओटा उद्योग हरु लाई निजिकरणको अभियान भन्दै भटा भट बन्द गराउने काग्रेस
१५) २०४७ साल बाट भुपरिबेष्टित नेपाल लाई भारतबेष्टित बनाउने काग्रेस
१६ ) १५ बर्षकि छोरी लाई बलत्कार गर्ने (मोरङका गोपाल सर्मा कान्ड) काग्रेस
१७ ) बुहारि लाई बलत्कार गर्न खोज्ने काग्रेस
१८) कर्णाली बेची खाने काङ्ग्रेस
१९) टनकपुर बेचि खाने काङ्ग्रेस
२०) सुस्ता लगायतका सिमा बेची खाने काङ्ग्रेस
२१) पेलेनै बेची खाने (लाउडा कान्ड) काङ्रेस
२२) भयका कलकारखाना बेची खाने काङ्ग्रेस
२३) प्रमाणिात भ्रष्टाचारिलाई ११९ किलोको मालाले स्वागत गर्ने काङ्ग्रेस
२४) प्रमाणिात भ्रस्टाचारिलाई जिताउने काङ्रेस
२५) भुकम्प पीडितका लागि आयको जस्ता पाता खाने काङ्ग्रेस
२६) भुकम्प पिडितका आखामा छारो हालेर आफ्ना भ्रष्टाचार खुमे गोबिन्दे जस्ता नेताहरुलाई २० देखि ३५ लाख बाडने काङ्रेस
२७) भुकम्प पीडितले चिउरा नपायको बेला दसै खर्चको नाममा ३अरब बाडने (त्यो पनि आफ्ना नेतालाई मात्र) काङ्रेस
२८) भारतलाई गाली गर्ने नेपाली मूर्ख भन्ने काङ्ग्रेस
२९) हामी तपाईं हरु कै (भारतकै ) छोरा हौ तपाईं (भारत ) हरु जे जे भन्छौ त्यहि गर्छौ भन्ने काङ्रेस,
३०) भारत बिरोधि गतिविधि बढेकोमा चिन्तितछौ भन्ने काग्रेस
३१ ) ३५करोडका भुकम्प पिडितका त्रिपाल बेचेर खाने काग्रेस ।
३२) मोदि को पुत्ला जलाए कार्बाहि गर्छौ भन्ने काग्रेस
३३) भारत ले ५महिना नाकाबन्दि गर्दा नाकाबन्दि होईन भन्ने काग्रेस ।
३४) अदालतमा भ्रष्टाचार हरुलाई टपक्क टिपेर राख्ने काग्रेस
३५ ) ९३ करोड भारुको लोभमा नेपालको सम्बिधान रोक्न खोज्ने काग्रेस ।
३६) फाष्ट ट्रयाक सरकार ले आफै बनाउने होईन भारतिय प्रभुलाई ठेक्का दिनु पर्छ भन्ने काग्रेस
३७) फाष्ट ट्रयाकमा ४० अरब भ्रष्टाचार गर्न खोज्ने काग्रेस ।
३८) महाकालि कालापानि भारतलाई बेचेर खाने काग्रेस
३९) एरोप्लेन अपरहण गरि ३० लाख लुट्ने लुटेरा काग्रेस
४० ) नेपाल स्थित भारतीय राजदुत को दिनका ७ चोटि तेल मालिस गर्ने काग्रेस ।
४१)माथिल्लो कर्णाली रास्ट्रघाती सम्झौता गर्ने काङ्ग्रेस
Bikram Kc Bibas
भारतीय दलालहरुबाट कर्णाली बच्चाऔ ।
१. ४१८० मेगावाट स्टोरेज आयोजनाको निर्माण हुन सक्थ्यो ।
२. संसारकै सस्तो र पर्याबरणिय आयोजना हो ।
३. २०६४ माघ १० गतेको सरकारले नै भारतको जिएमाअर कम्पनीलाइ दिने निर्णय गरिसकेको ।
४. २०७२ मंशीर तीन गते एमालेका केपि ओली सहितका नेताहरुलाई साक्षी राखेर जिएमआर कम्पनी संग दोश्रो चरणको सम्झौता गरिएको ।
५. ‘माथिल्लो कर्णाली जलविद्युत आयोजना प्रवद्धक जिएमआर र नेपाल सरकारको तर्फबाट लगानी बोर्डका बीच आयोजना विकास सम्झौता (पिडिए) मा असोज ३ गते शुक्रबार हस्तक्षर भएको सार्वजनिक भएको र उक्त सम्झौता नेपालको अन्तरिम संविधान, प्रचलित ऐन, नियमको विपरित हुनुको साथै नेपाल राष्ट्र र नेपालीको हितमा नरहेका हुँदा प्रत्यक्ष सार्वजनिक हक र सरोकारको विषय भएकाले सर्बोच्चमा स्थानियको तर्फबाट रिट दायर ।
६. जीएमआरले कर्णाली नदीलाई दैनिक १६ घण्टा थुनेर अर्धजलाशययुक्त बिजुली उत्पादन गर्ने आफ्नो पुरानो योजना परिवर्तन गर्दै नदी नथुनी बिजुली उत्पादन गर्ने भएको हो ।
७. जीएमआरले नेपाल सरकारलाई नि:शुल्क २७ प्रतिशत सेयर र १२ प्रतिशत अर्थात १०८ मेगावाट बिजुली दिने छ ।
८. निर्यात मुखी आयोजना भनिएका कारण बाँकी बिजुली नेपालले चाहेर पनि प्रयोग गर्न सक्ने छैन ।
९. उक्त आयोजनाको तल या माथी कुनै अर्को आयोजना सन्चालन गर्न पाइने छैन ।
१०. समय नतोकिएकाले हिँउदमा पनि नेपाललाई बिजुली दिइन्छ भन्ने कुनै ग्यारेन्टी छैन ।
११. मंशीर ३ गते भएको सम्झौतामा एमाओबादी प्रतिपक्षमा भएकोले उक्त आयोजना जिएमआरलाई दिनु कुनै गल्ती नभएको तर आफुलाइ नसोधी गरिएकोले ठिक नभएको एमओबादी नेताहरुको भनाइ ।
१२. उक्त आयोजनाको कुल खर्च एक खर्ब चालिस अर्ब तोकिएको छ, जसमध्ये नेपाल सरकारले २७% सेयर मात्र हाल्न पाउने छ ।
यसको अन्य जानकारीका सम्बन्धमा गुगलमै खोजे पनि बिभिन्न जर्नलहरु फेला पार्न सकिन्छ र म के ठोकुवा गर्न सक्छु भने गुगलम खोजिने माथिल्लो कर्णालीमा राष्ट्रघात भन्ने शब्द नजोडिएको कुनै जानकारी नै छैन ।
पहिल्यै सम्झौता भएको भए पनि जनताले बिरोध गर्ने देखेर बाहिर ल्याइएको छैन । बाह्य लगानी आवश्यक हो तर लुकेर गरिएको कुनै पनि सम्झौता मान्य हुनेवाला छैन । - Bikram Kc Bibas
साताको एजेण्डा : सरकारमा बसेर संघीयताको विरोध कति नैतिक कति अनैतिक ?
राष्ट्रिय जनमोर्चा नेपाल अध्यक्ष चित्रबहादुर केसी वर्तमान सरकारको उपप्रधानमन्त्री हुन् । तर, केसीको पार्टीले भने संघीयताविरोधी आन्दोलन देशभरि चर्काउँदै छ । उपप्रधानमन्त्री तथा सहकारीमन्त्री उनी स्वयम् पनि आन्दोलनमा जाँदै छन् ।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री शेरधन राईले संविधानको मर्मविपरीत अभिव्यक्ति दिने अधिकार कुनै मन्त्रीलाई नभएको भनिरहँदा केसी भने विमति राख्ने अधिकार कांग्रेस र एमालेलाई मात्रै नभएको तर्क गर्छन् । सरकारमा बस्दैमा संविधानको विरोध गर्ने जनमोर्चाको आन्दोलनबारे चित्रबहादुर केसीसँग रातोपाटीका लागि रमन पौडेलले गरेको कुराकानीको सम्पादित अंश :
संघीयताविरोधी हाम्रो आन्दोलन
राष्ट्रिय जनमोर्चाले शान्तिपूर्ण आन्दोलन घोषणा गरेपछि मिडियालाई नयाँ समाचार बनेको छ । हाम्रो यो क्रियाकलाप अहिलेको होइन, २०६५ जेठ १५ गते सार्वभौमसत्ता सम्पन्न संविधानसभामा छलफल नै नगरीकन नेपालीलाई जानकारी नदिईकनै यो मुलुकमा संघीय प्रणाली थोपरियो ।
त्यो प्रणाली थोपर्दाकै बखत राष्ट्रिय जनमोर्चाले संविधानसभामा संघीयता यो मुलुकका लागि उपयुक्त छैन भनेको थियो ।
यद्यपि, संघीय प्रणालीसित त हाम्रो विमति होइन । यसका लागि पूर्वाधार चाहिन्छ जो छैन । विशेष कारणवश संघीय प्रणालीको औचित्य संसारमा देखिएको हो । तर, नेपालको सन्दर्भमा संघीय प्रणालीको औचित्य छैन । यो प्रणालीले राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा खलल ल्याउँछ । जातीय द्वन्द्व, क्षेत्रीय द्वन्द्व बढाउँछ ।
लामो समयदेखि मुलुकमा रहेको सामन्ती केन्द्रीकृत भ्रष्ट शासनलाई अन्त्य गरेर प्रजातान्त्रिक विकेन्द्रीकरणका आधारमा स्थानीय निकायलाई अधिकार दिउँ । अधिकार विकेन्द्रीकरण गरौँ भन्दै आएका हौँ हामीले ।
संघीयताबारे जुन किसिमको कार्यक्रम गर्दै आएका छौँ, यो विशुद्ध शान्तिपूर्ण र वैचारिक आन्दोलन हो । जनताबीचमा हामीले आफ्ना विचार लैजाने कोसिस गरेका हौँ ।
जनताले साथ नदिउन्जेल कुनै पनि शासन व्यवस्था बदलिँदैन । इतिहासका एकतन्त्रीय शासन फाल्नेक्रममा जनताको साथ नै मुख्य शक्ति हो ।
यसैगरी, हामीले पनि संघीयता बेठीक छ भन्दै विकेन्द्रीकरण मुद्दा शान्तिपूर्ण रूपमा जनताबीचमा ल्याएका हौँ । यो विशुद्ध वैचारिक र वैधानिक आन्दोलन हो ।
आफ्नो विमति राख्न पाइन्छ । जहाँसम्म संविधान कार्यान्वयन गर्ने कुरा छ, त्यहाँ संघीयतामात्रै कार्यान्वयन गर्ने कुरा पनि होइन । अरू थुप्रै विमति छन् । राष्ट्रिय जनमोर्चाले संघीयताको विषयमा विमति राख्न पाउँछ कि पाउँदैन लोकतन्त्रमा ?
सबै पार्टीले आफ्ना विचार जनताबीचमा लैजाँदै आएका छन् । यहीक्रममा हामीले पनि जनताबीचमा हाम्रा विचार लिएर गएका हौँ ।
हामीले तय गरेको यो आन्दोलन जनताबीचमा जनाधारका लागि एउटा प्रयास हो । यो कार्यक्रम बाहिर आउनेबित्तिकै यति आतंकित हुन आवश्यक छैन ।
हामी जनतालाई बुझाउँदै छौँ । र, यो वैचारिक लडाइँको कुरा हो । यो सिंहदरबारभित्रको शासनलाई स्थानीय निकायमा विकेन्द्रित गर्नुपर्छ भन्ने हाम्रो धारणा हो । स्थानीय निकायलाई अधिकार दिएपछि अरू कुनै झन्झट बेहोर्नु पर्दैन ।
जातीय राज्यका लागि कति लगानी भएका छन् । यो त सबैले देखेको हुनुपर्छ । हामी देखेको कुरा भन्न डराउँदैनौँ । अरू डराउँछन् ।
सरकारमा बस्दै आन्दोलन गर्दै
सरकारमा गएका सबै पार्टी संविधानका सबै कुरामा सहमत छैनन् । विभिन्न विचार राख्ने पार्टी त्यहाँ छन् । संविधानमा सात प्रदेश छ, आठ प्रदेशको माग गर्ने पनि त्यहीँ छन् । संविधानमा धर्मनिरपेक्ष छ । तर, धर्म सापेक्षताको माग राख्ने पनि सरकारमा छन् ।
त्यसैले एकलौटी सरकार होइन यो । विभिन्न विचार र धारणा राख्नेको मिलिजुली सरकार हो । आफ्नो नीति, सिद्धान्त सबैलाई तिलान्जली दिएर सरकारमा गएका होइनन् कोही पनि ।
आफ्नो विमति राख्न पाइन्छ । जहाँसम्म संविधान कार्यान्वयन गर्ने कुरा छ, त्यहाँ संघीयतामात्रै कार्यान्वयन गर्ने कुरा पनि होइन । अरू थुप्रै विमति छन् ।
राष्ट्रिय जनमोर्चाले शान्तिपूर्ण रूपमा संघीयताको विरोध गर्दै आएको छ । जुनसुकै मूल्य चुकाउनु परे पनि हाम्रो पार्टी संघीयतासित असहमत राख्ने कुराबाट हट्न सक्दैन ।
अर्को कुरा, राष्ट्रिय जनमोर्चाले समर्थन गरे पनि संघीयता कार्यान्वयन गर्न कति गाह्रो परिरहेको छ । यो त सबैले देखिसकेका छन् । यो मुलुकलाई अहिलेसम्म जति अप्ठ्यारो पर्दै छ, त्यो संघीयताकै कारण हो ।
पार्टीका सबै नीति, विचार परित्याग गरेर सरकारमा जागिर खान गएको हो र ! सरकारभित्र रहेर पनि संघर्ष गर्दै पार्टीका नीति, सिद्धान्तलाई सुद्धृढ बनाउन गएको हो ।
र, यो सम्भव छ । जस्तै, संख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारणक्रममा मैले आफ्नै सरकारको विपक्षमा उभिएँ ।
इमानदार राजनीति गर्नेले सरकारभित्र रहँदा एउटा कुरा र बाहिर अर्को कुरा गर्न पाउँदैन । राष्ट्रिय जनमोर्चाले संघीयताको विषयमा विमति राख्न पाउँछ कि पाउँदैन लोकतन्त्रमा ? सरकारमा जानेबित्तिकै विमति राख्नै पाइँदैन भन्नु आफैँमा अलोकतान्त्रिक र निरंकुश कुरा हो ।
सरकारमा जाने बेला संघीयताको विरोध नगर्ने सर्त गरेको भए अहिले हामीले यो आन्दोलन उठाउनु जायज हुँदैनथ्यो होला । तर, मैले त सरकारमा जाने बेला नै संघीयता स्वीकार्य छैन भनिसकेको थिएँ । यस्तै, संघीयतालाई स्वीकार नगरे पद छाड्नुपर्ला भन्ने डर पनि छैन मलाई ।
सरकार कि आन्दोलन ?
मिडियाले के बुझ्नुपर्छ भने नयाँ संविधानभित्र संघीयतामात्रै छैन । गणतन्त्र, लोकतन्त्र र धर्मनिरपेक्षता पनि छ । दलित, महिला, पिछडिएका वर्ग र जातिका अधिकारका कुरा पनि छन् त्यहाँ ।
नयाँ संविधानभित्र संघीयतामात्रै छ भन्दै यसका पक्षधरले जनतालाई बेबकुफ बनाउँदै छन् । संघीयताको विरोध गर्ने अधिकार कसैलाई छैन भन्ने कुरामा हामी सहमत छैनौँ ।
हाम्रो पार्टी सरकारमा जानुभन्दा धेरै पहिलेदेखि संघीयतासित असहमत हुँदै आएको हो । संघीयतासित मितेरी लगाउन हो र म मन्त्री भएको !
मैले त मन्त्री हुनुभन्दा पहिले नै सरकारमा सामेल हुँदै गर्दा पनि संघीयता राष्ट्रिय जनमोर्चालाई स्वीकार्य छैन । यो मुलुकमा सरकारमा गए पनि, संसद्मा गए पनि, ढाक्रे भए पनि राष्ट्रिय जनमोर्चा र यसको अध्यक्षले संघीयतासित मितेरी लगाउने छैन भनिसकेको हो ।
सरकारमा जाने बेला संघीयताको विरोध नगर्ने सर्त गरेको भए अहिले हामीले यो आन्दोलन उठाउनु जायज हुँदैनथ्यो होला । तर, मैले त सरकारमा जाने बेला नै संघीयता स्वीकार्य छैन भनिसकेको थिएँ । यस्तै, संघीयतालाई स्वीकार नगरे पद छाड्नुपर्ला भन्ने डर पनि छैन मलाई ।
म आबद्ध पार्टीले हिजोका दिनमा संसद्मा बसेर संघर्ष गर्नुपर्छ भन्यो । संसद्भित्रै रहेर मैले संघर्ष गरेँ । पछि संसद्मा मात्रै नभएर सरकारमा गएर पनि संघर्ष गर्नुपर्छ भन्यो । त्यही निर्णयका आधारमा सरकारमा गएको हुँ ।
प्रस्ट कुरा जुन पार्टीले सरकारमा पठाएको हो, त्यसले फिर्ता आइज भन्छ भने आइन्छ । सरकारमा बस्न मिल्दैन भन्छ भने पार्टीको फैसला मान्नुपर्छ मैले ।
०४७ को संविधानमा विमति राख्दै संविधानलाई स्वीकार गर्दै सरकारमा गएपछि आफ्ना विमति जनताबीचमा लगेको होइन र । हामी के भर्खरै पार्टीमा लागेका हौँ र ? हामीले भोज नखाए पनि जन्त त गएका छौँ नि । देखेकै छौँ ।
आन्दोलनबारे के भन्दै छ सरकार ?
हामीले आन्दोलन घोषणा गरिसकेपछि प्रधानमन्त्रीसित अहिलेसम्म औपचारिक वा अनौपचारिक रूपमा केही कुरा भएको छैन ।
यद्यपि, सरकारको प्रवक्ताबाट केही कुरा आएका छन् । तर, त्यसो भन्ने पार्टीका मन्त्रीले नै पञ्चायती व्यवस्थामा विमति राखेर जनपक्षीय उम्मेदवारको भन्डाफोर गर्न पञ्चायतमा पठाएको हो कि होइन । त्यही पार्टीका मान्छे हुन्, २०४७ को संविधान विरोध गर्ने र त्यही संविधानअनुसार सरकारमा जाने ।
इतिहास त आफ्नो पनि सम्झनुपर्छ । अरू सरकारमा बसेर विमति राख्न नपाउने, कांग्रेस, एमाले र माओवादीले मात्रै पाउँछन् भन्ने हुन्छ नेपालमा ?
यसो भन्ने साथीहरूको इतिहास पनि हामीले देखेका छौँ । पञ्चायतकालमा उहाँहरूले नै हो जनपक्षीय उम्मेदवार पठाएर त्यो व्यवस्थाको भन्डाफोर गर्ने भनेको ।
जसले धर्मको नाममा राजनीति गरिरहेको छ । सामन्तवादलाई पुनःस्थापना गर्न खोज्छ, उसैसित जीवनभरि लडिरहेको मान्छेलाई सँगै फोटो राखेर बराबरी भन्दै चित्रण गरिएको छ । यो पीत पत्रकारिताको चरम नमुना हो ।
०४७ को संविधानमा विमति राख्दै संविधानलाई स्वीकार गर्दै सरकारमा गएपछि आफ्ना विमति जनताबीचमा लगेको होइन र । हामी के भर्खरै पार्टीमा लागेका हौँ र ? हामीले भोज नखाए पनि जन्त त गएका छौँ नि । देखेकै छौँ ।
अरू पनि थुप्रै छन् आफ्ना विमति राख्दै सरकारमा गएका । प्रत्यक्ष प्रधानमन्त्रीय प्रणाली हुनुपर्छ भन्ने साथीहरू पनि हुनुहुन्छ ।
ठूला पार्टीले विमतिसहित सरकारमा बस्दै आफ्ना कुरा जनतामा लैजाँदा केही नहुने । हामीले सरकारमा बसेर आफ्ना भिन्न विचार शान्तिपूर्ण रूपमा जनतामा लैजाँदा अपराध हुँदैन । एउटै मापदण्ड हुन्छ सबै पार्टीलाई ।
राजावादी र हिन्दुवादीसँग मेरो तुलना !
जो मान्छे जीवनको यति लामो समय राजतन्त्रविरुद्ध, गणतन्त्रको पक्षमा लडिरह्यो, उसैलाई यस्तो आरोप लगाउनु न्यायोचित हुँदैन । हामीले संघीयताविरोधी आन्दोलन गरिरहँदा यसले राजतन्त्रलाई सघाउँछ भन्ने भ्रम छर्ने काम पनि भएको छ ।
तर, त्यस्तो होइन । संघीयता राजतन्त्रविरुद्धमा ल्याइएको पनि होइन । राजतन्त्रको विकल्प त गणतन्त्र हो । संघीयता राजतन्त्रको विकल्पका रूपमा आएको होइन ।
अहिले पीत पत्रकारिता गर्नेले राजावादी र हिन्दुवादीसित चित्रबहादुरको फोटोसँगै जोडेर प्रचार गर्दै छन् । यस्तो गरेर उनीहरूले पानी धमिल्याएर माछा टिप्ने षड्यन्त्र गर्दै छन् । यो षड्यन्त्र म बुझ्छु । पीत पत्रकारिता गर्नेलाई मैले देखिराखेको छु । पढिराखेको छु ।
जसले धर्मको नाममा राजनीति गरिरहेको छ । सामन्तवादलाई पुनःस्थापना गर्न खोज्छ, उसैसित जीवनभरि लडिरहेको मान्छेलाई सँगै फोटो राखेर बराबरी भन्दै चित्रण गरिएको छ । यो पीत पत्रकारिताको चरम नमुना हो ।
छुट्याउन सक्नुपर्यो नि । राजतन्त्र र हिन्दु धर्म फर्काउनेसित चित्रबहादुरलाई सँगै राखेर प्रचार गर्न हुन्छ कि हुँदैन । राजावादी र गणतन्त्रवादी, धर्म सापेक्षतावादी र निरपेक्षवादीलाई एउटै रूपमा हेर्न मिल्दैन ।
पद जाला कि भनेर राष्ट्रको अहित स्वीकार्न लाचारले मात्रै सक्छ । पदलोलुपले मात्रै गर्न सक्छ । आन्दोलन र सरकारमध्ये एक छान्नु पर्यो भने आन्दोलन नै छान्नेछु । यति लामो राजनीतिक यात्रामा आन्दोलन गर्दै आइयो, सरकारमा बसेको त कति नै भयो र । सात/आठ महिनामात्रै भयो होला ।
यो जानीबुझी गरिएको भ्रम हो । मिडियाको इमानदारी होइन यो । मैले भन्दै आएको एकात्मक राज्यप्रणाली र राजतन्त्र एउटै भनेर पनि प्रचार भएको छ । जो सरासर भ्रम हो । चीन, बेलायत, फ्रान्स, जापानमा पनि एकात्मक राज्य प्रणाली छ । संसारमा १ सय ७० मुलुक एकात्मक राज्य प्रणाली छन् । यस्तो प्रणाली प्रतिक्रियावादी प्रणाली हो भने त संसारमा भएको पौने दुई सय राज्य प्रणालीलाई प्रतिक्रियावादी भन्न सक्नुपर्यो ।
१८ वर्षदेखि संघीयताको पक्षमा वकालत गरेर नथाक्नेहरूचाहिँ को हुन् । यो गम्भीर कुरा हो । यी को हुन् । यति लामो समयसम्म संघीयताको बहानामा स्थानीय निकाय निर्वाचन नगर्ने ।
कति वर्ष भयो स्थानीय निकाय निर्वाचन नभएको । उनीहरूबारे किन आवाज उठ्दैन । संघीयताको मार त राष्ट्रले खाइसकेको छ । अझै दुर्दिन आउन बाँकी भएकाले मैले खबरदारी गरेको हो ।
अघिल्लो चार वर्ष नेपालीको कति रुपैयाँ, पसिना खेर गयो । अघिल्लोपटक संविधान बन्न नदिएकै संघीयताका कारणले हो । दोस्रो संविधानसभामा पनि राजनीतिक पार्टी मिलेर संविधान जारी गरेपछि कार्यान्वयन गर्न पनि अप्ठ्यारो पर्दै छ ।
पहाडबाट तराईका २० जिल्लालाई अलग गर्ने कुरा संघीयता हुल्नुभन्दा पहिले कहिल्यै सुनिएको थिएन ।
संघीयताकै खोलमा नेपाली माटोमाथि यति खतरा आउँदा पनि संघीयताको भक्ति गर्नेले बुझ्नुपर्छ । तर, बिडम्वना, बुझेर पनि स्वार्थका कारण आँखा चिम्लने चलन रहेछ ।
संघीयताले जस्तो खतरा देखाउनुपर्ने थियो यो ५/६ वर्षको अवधिमा देखाइसकेको छ । र, अरू धेरै खतरा देखाउन बाँकी छ ।
यसैले यो आवश्यक छैन भन्ने हाम्रो विचार हो । यो विचार लोकतन्त्रमा राख्न पाइन्छ । सत्तामा गएको हुनाले विचार नै राख्न पाइन्न भन्नु त निरंकुशता हो ।
आन्दलोलन गर्दा मन्त्री पद जाला भन्ने धुकचुक छैन
यो आन्दोलनलाई हाम्रो पार्टीले कत्तिको प्रभावकारी रूपमा जनताबीचमा लैजान सक्छ भन्ने कुरा समयले देखाउनेछ । कतिपय स्थानमा म आफैँ गएर सम्बोधन गर्ने भन्ने तालिका पनि छ । मैले संघीयता खारेज गर्नुपर्छ भन्दै आएको छु । गणतन्त्र, धर्मनिरपेक्ष संस्थागत गर्नुपर्छ भनिरहेको छु ।
आन्दोलनमा लाग्दा सरकारबाट दबाब आउला कि ! मन्त्री पद जाला कि ! सरकारमा बस्न नपाइएला कि भन्ने धुकचुक छैन मलाई । मेरा लागि राष्ट्रियता, स्वाधीनता, अखण्डता र राष्ट्रको स्वार्थ प्रमुख कुरा हुन् । जनमोर्चाका लागि सत्ता र शक्ति प्रमुख कुरा होइन ।
पद जाला कि भनेर राष्ट्रको अहित स्वीकार्न लाचारले मात्रै सक्छ । पदलोलुपले मात्रै गर्न सक्छ । आन्दोलन र सरकारमध्ये एक छान्नु पर्यो भने आन्दोलन नै छान्नेछु । यति लामो राजनीतिक यात्रामा आन्दोलन गर्दै आइयो, सरकारमा बसेको त कति नै भयो र । सात/आठ महिनामात्रै भयो होला ।
आन्दोलनका लागि आन्दोलन गर्नेमात्रै होइन, संघीयताको बहानामा मुलुकमा के हुँदै छ, सबैले देखेका छन् । अझै प्रदेशको कुरा मिलेको छैन । संघीयताले जात्रा देखाउन अझै बाँकी छ । एउटा नेपाल चलाउन नसकेकाले सात÷आठवटा नेपाल कसरी चलाउँछन् । तिनका राजधानीमा कस्तो महाभारत पर्ला । सीमांकन अझै स्पष्ट भएको छैन । यसैले पनि संघीयता नेपालको अहितमा छ भनेर हामीले भन्दै आएका हौँ । Bikram Kc Bibas
विद्यार्थीले राजनीति किन गर्ने ? :- सागर कुँवर
हाम्रो समाजमा विद्यार्थीले राजनीति ग¥यो भने त्यो बिग्रन्छ भन्ने चिन्तन अहिले पनि व्याप्त मात्रमा पाइन्छ । छोराछोरीले राजनीति गरे भने उनीहरु गलत बाटोमा लाग्छन् भन्ने सोचाइमा कुनै कमी आएको छैन् । विद्यमान व्यवस्था भित्र विद्यार्थीले राजनीति गर्नु हुन्छ वा हुँदैन् ? राजनीति किन र के का लागि गर्ने भन्ने विषयमा कम मात्रमा बहस भएको पाइन्छ । त्यस सिलसिलामा विद्यार्थीले आफ्नो विद्यार्थी जीवनमा राजनीति गर्ने वा नगर्ने भन्ने विषयमा नै यो लेख केन्द्रित हुनेछ ।
मानव अस्तित्वमा आए देखि मानिसले राजनीति गर्दै आएको छन् । चाहे त्यो सचेतनाका आधारमा होस वा चाहे त्यो अचेतनाका आधारमा होस । समाज विकासका क्रममा राजनीतिक परिवर्तन पश्चात मात्र आर्थिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनहरु हुने गरेका छन् । हामीले बुझेको इतिहासले त्यसलाई स्पष्ट पार्दछ । यसरी भनौं कि दुनियाँ चलाउने प्रमुख हतियार राजनीति हो । राजनीति बिना दुनियाँमा विकास, समानता, स्वतन्त्रता, भातृत्व र मानवताको सम्भावाना छैन् । नियम, कानुन, कुटनीति, कर्मचारीतन्त्र, प्रशाशन सबै राजनीतिको कमाण्ड भित्रका एकाइहरु हुन् । राजनीति गर्ने मानिसहरु नै हुन् । राजनीति कुनै नयाँ चिज पैदा भएर गर्ने हैन्, यहि समाजमा उत्पादन भएका मानवहरुले नै राजनीति गर्ने हो । राज्यलाई चलाउने, राज्यलाई कमाण्ड गर्ने, सिंगो संरचनालाई परिचालन गर्ने काम राजनीतिले नै गर्दछ । यसकारण अब राजनीति गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्नुपर्ने आवश्यकता रहेको छ । राजनीति पनि कस्तो प्रकारको गर्ने, त्यसको पनि स्पष्ट किटान हुन जरुरी छ । चौतर्फी रुपमा विद्यार्थीहरुले राजनीति गर्नु हुन्न भन्ने मान्यतामा वृद्धि भई रहेको अवस्थामा विद्यार्थीले किन राजनीति गर्ने त्यसको स्पष्ट जवाफ पनि हामीले दिनुपर्ने आवश्यकता भएको छ । दुनियाँमा परिवर्तनकामी आन्दोलनमा उच्च भूमिका खेल्दै आएका विद्यार्थीहरुले अब राजनीति कसरी गर्ने, त्यसको रुपरेखा समेत निर्धारण गर्न जरुर छ ।
आज विद्याल तथा विश्वविद्यालमा अध्ययनरत विद्यार्थीहरु यो देशका भोलीका राज्य सञ्चालक हुन अथवा राष्ट्र निर्माणका खम्बा हुन । कोही नेता, कोही प्रशाशक, शिक्षक, इञ्जिनियर, पत्रकार, वकिल, डाक्टर, पाइलट, ड्राइभर आदि भएर देशलाई सञ्चालन गर्ने हो । त्यसको लागि वर्तमान अवस्थामा हामीले अध्ययन गर्दै गरेका पाठ्यक्रमका किताबहरुबाट मात्र हामीले प्रयाप्त मात्रमा ज्ञान हासिल गर्न सक्दैनौं । पाठ्यक्रममा मात्र आधारित भएर अध्ययन गरिने शिक्षाले मानिसलाई चलायमान ९म्थलबmष्अ० बनाउन पनि सक्दैन् । अर्कोतर्फ, हामी विद्यार्थीहरु संगठनमा संगठित भएनौं भने हामीले राज्य, राज्यसत्ता, समाज, राजनीति तथा समाजका विविध क्षेत्रलाई बुझ्न पनि सक्दैनौं ।
आज देशमा आम विद्यार्थीहरुमा राजनीतिप्रतिको जुन प्रकारको वितृष्णा पैदा भइरहेको छ , त्यो देशको लागि शुभ संकेत होइन् । वास्तवमा आज देशमा क्रियाशिल रहेका राजनीतिक दलहरुको क्रियाकलाप, चरित्र, उनीहरुको राज्य र जनताप्रतिको व्यवहारलाई हेर्दा राजनीतिप्रति वितृष्णा उत्पन्न हुनु नयाँ त होइन् । हाम्रो मात्र देशमा नभएर अन्य देशमा पनि त्यस प्रकारका परिस्थितिहरु सृजना भएका इतिहासहरु पाइन्छन् । तर सत्य के हो भने राजनीतिलाई घृणा गरेर र राजनीतिक दलका नेताहरुलाई मात्र सत्तोसराप गरेर वा उनीहरुलाई गालि मात्र गरेर समस्याको समाधान सम्भव छैन् । देशको व्यवस्था सम्बन्धी चरित्रलाई नबुझिकन हामीले उच्च विकसित देशका जस्ता सुख सुविधाहरु खेजेर पनि सम्भव छैन् । राजनीति कुनै विरले गर्ने भन्ने पनि हैन् । बरु राजनीति अब कसरी गर्ने भन्ने बहसमा हामीहरु सामेल हुन जरुर छ । हामी आफूबाट नै त्याग र वलिदानको भावना स्थापित नगरिकन अरुले गरिदिएन भनेर आक्रोस घृणा मात्र व्यक्त गर्नुको कुनै अर्थ हुनेछैन् ।
अहिले विद्याल तथा विश्वविद्यालमा अध्ययन गर्ने विद्यार्थीहरुमा राजनीति गर्नुहुन्न भन्ने धारणाले वलियो रुपमा घर गरेको छ । त्यसको पछाडि हाम्रो दार्शनिक दरिद्रताले काम गरेको छ । हाम्रो चिन्तन पद्दतीले काम गरेको छ । विद्यमान हाम्रो समाजमा एक जना व्यक्तिले विदेशमा गएर केही पैसा कमायो भने त्यसलाई सफल र राम्रो काम गरेको देख्दछ तर एउटा व्यक्तिले समाजको काम गरेर जनतालाई सुख दुःखमा साथ दिएको हुन्छ भने त्यसले त्यती राम्रो काम गरेको देखिंदैन् । यो चिन्तनको समस्या हो । यो निम्नपँुजिवादी चिन्तनग्रस्त समाजको उपजको सोचाई हो । पैसामुखी प्रवृतिको विकास हो । यो समाज विकासको लागि खतरनाक छ । राज्य के हो र मानव समुदायको लागि हाम्रो योगदान के हो भन्ने विषयमा ज्ञान नभए पछि यसप्रकारका धारणाहरु पैदा हुनु स्वभाविक नै हो ।
अर्कोतर्फ राजनीति गरे पनि ठुलो भएर गरे हुन्छ, पछि गरे हुन्छ, विद्यालय पढ्ने समयमा राजनीति गर्नु हुँदैन्, पाठ्यक्रममा भएको विषयवस्तु मात्र अध्ययन गर्नुपर्दछ, अरु साहित्य तथा सामाजिक शिक्षाको आवश्यकता छैन् भन्ने जस्ता सोचाइहरु पनि हाम्रो समाजमा व्याप्त मात्रमा पाइन्छन् । तर यी सबै भ्रम हुन् । जुन सुकै क्षेत्रमा काम गरे पनि त्यस व्यक्तिमा नेतृत्व सम्बन्धी कला भएन भने त्यो पछाडि पर्नेमा दुईमत छैन् । नेतृत्व विकास र कला आवश्यक परेको समयमा रहस्यमयी ढंगबाट एकै पटक हुने कुरा पनि हैन् । त्यो सानैदेखी सिक्दै र बुझ्दै जाने विषय हो । तसर्थ, भविष्यमा परिपक्क नेतृत्वको विकास गर्नको लागि पनि सानैदेखी विद्यार्थी संगठनमा सामेल हुनुपर्दछ । विद्यार्थी संगठनमा सामेल र सक्रिय भएर नै समाज, मानव जीवन र राज्यको चरित्रलाई बुझ्न सकिन्छ । तसर्थ, विद्यालय तथा विश्वविद्यालयमा अध्ययन गर्दा नै राजनीतिक आन्दोलन र राजनीतिसँग जोडिनु पर्दछ । अन्यथा, जीवन अफ्ठ्यारो हुन्छ ।
स्वयम विद्यार्थी जीवन सम्बन्धमा अध्ययन, विद्यार्थीका हक अधिकारको स्थापना, शिक्षालाई श्रमसँग जोड्ने तौर तरिका र त्यो सम्बन्धी ज्ञान, व्यवहारिक तथा वैज्ञानिक शिक्षा प्राप्ति गर्ने माध्यम, नयाँ समाजको रेखा कोर्ने तरिका तथा नेतृत्व कलाको विकास गर्नको लागि विद्यार्र्थी जीवनबाट नै राजनीति गर्नु पर्दछ । कतिपय मानिसहरुले नबुझेर राजनीति गर्नु हुँदैन् भने पनि वुर्जुवा शक्तिहरुले विद्यार्थीहरुलाई योजनावद्ध तरिकाले राजनीतिबाट विद्यार्थीहरुलाई टाढा राखेर आफ्ना स्वार्थ पूरा गर्नको लागि काम गरि रहेका हुुन्छन् । त्यसकारण वुर्जुवाहरुको योजना विफल पार्न र समाजको परिवर्तन गर्नको लागि राजनीतिक आन्दोलनमा विद्यार्थी जीवनदेखि नै सक्रिय हुनुपर्दछ । समाजमा भएको अन्याय–अत्याचारको विषयमा तुलनात्मक हिसाबले अरु मानिसहरु भन्दा विद्यार्थीहरु केही चनाखो हुने गर्दछन् । समाजमा रहेको कुरीती–कुसंस्कार तथा अन्याय र अत्याचारलाई समाप्त गर्ने राजनीतिको केन्द्रविन्दुमा विद्यार्थीहरु आउनुपर्दछ । यो समाज युवा विद्यार्थीहरुको हो, पुरानोलाई नयाँले प्रतिस्थापन गर्ने भएकोले राजनीतिप्रतिको घृणा होइन् कि दुषित राजनीतिलाई सफाई गर्न पनि विद्याथीहरुले राजनीति गर्नु अनिवार्य भएको छ । वर्तमन अवस्थामा हाम्रो देशको राजनीतिमा निराशाका काला बादलहरु मडारीरहेका छन् तर यो सधै यस्तै रहने छैन् । सचेत युवा विद्यार्थीको सक्रियतामा यसप्रकारको अवस्थालाई अन्त्य गर्न सकिनेछ । त्यसको लागि सहि प्रकारको राजनीतिक दर्शन र सिद्धन्तबाट दिक्षित हुनु अनिवार्य छ । त्यो शिक्षा भनेको माक्र्सवादी लेनिनवादी शिक्षा हो ।
अब प्रश्न उठ्छ कुन प्रकारको राजनीति गर्ने ? यो गम्भिर र महत्वपूर्ण विषय हो । यसको सिधा र स्पष्ट जवाफ छ । देश र जनताको पक्षमा कोही कसैसँग सम्झौता नगरिकन जुन पार्टी तथा संगठनले निरन्तर जनताको पक्षमा काम गरेको छ र त्यसको विचार र सिद्धान्त देश र जनताको पक्षमा छ, त्यो संगठनमा सामेल भएर राजनीति गर्नु पर्दछ । यहाँ यो पनि स्पष्ट छ कि एउटा विद्याथी जसले ९÷१० कक्षामा अध्ययन गर्दछ, उसले पूर्ण रुपमा जानकारी भएर राजनीतिमा लाग्न सक्दैन् तर त्यो विद्यार्थी उच्च शिक्षा तथा त्यो भन्दा माथि अध्ययन गर्ने सिलसिलामा कुन विचार सहि हो र कुन विचार गलत हो ? त्यो त स्पष्ट रुपमा छुट्याउन सक्छ । त्यसकारण, देश र जनताको पक्षमा निरन्तर संघर्षरत पार्टी तथा संगठनमा सामेल भएर सहि प्रकारको राजनीतिलाई अगाडि बढाउन सकिन्छ र त्यो गर्नुपर्दछ । यसको आशय यो होइन कि सबैले राजनीति गर्नु पर्दछ र त्यो सम्भव पनि छैन् । सबैको उद्देश्य एउटै हुँदा पनि हुँदैन् ।
युवा विद्यार्थीहरुमा अहिले एउटा गम्भिर समस्या देखिएको छ । त्यो हो शक्तिको पछि लाग्ने । विचार र सिद्धान्तलाई तिलाञ्जली दिएर वा गलत प्रकारको हवला दिएर आर्जन गरिने शक्ति क्षणिक शक्ति मात्र हो । तर अहिलेको हाम्रो समाजका युवा विद्यार्थीहरु त्यस प्रकारको शक्ति परस्त राजनीतिबाट प्रभावित भएका छन् । उनीहरुले सहि प्रकारको राजनीतिक विचारलाई नबुझिक र कतिपयले बुझेर पनि गलत प्रकारको राजनीतिक लाइनको समर्थन गरेका छन् । त्यो पनि उनीहरुको व्यक्तिगत फाइदाको लागि । त्यसकारण, जबसम्म युवा विद्यार्थीहरुले सहि प्रकारको राजनीतिक विचारधारालाई अंगाल्दैनन्, तबसम्म राज्ले काँचुली फेर्न पनि सक्दैन् । अहिलेसम्मको राजनीतिक अवस्थाले त्यसप्रकारको झल्को दिएको छ ।
वर्तमान २१ औं शताब्दीमा हामी युवा विद्यार्थीहरु गलत चिजको शिकार भयौं भने आधुनिक विश्वसँग प्रतिस्पर्धा गर्न सक्दैनौं । राजनीतिलाई तृस्कार गरेर समाज परिवर्तन गर्ने बाटोबाट हामी भाग्यौ भने पनि दुनियाँसँग हामी प्रतिस्पर्धा गर्न सक्दैनौं । वर्तमान विश्व भुमण्डलीकरणको युगमा गलतका विरुद्ध असलको लडाई र जित अनिवार्य छ ।
आज शिक्षाको तालाचापी कब्जा गरेका प्राइभेट मालिकहरु त विद्यार्थीहरुलाई राजनीतिक वातवरणदेखी अत्याधिक टाढा राखेर उनीहरुको नविनतम सृजनालाई माटोमा मिलाइरहेका छन् । त्यसको अलवा सामुदायिक तथा सरकारी विद्यालयहरुमा पनि कथित शान्ति क्षेत्रको नाममा विद्यार्थीलाई राजनीतिक चेतनाबाटा टाढा राख्ने र साम्राज्यवादका चाकडी गर्न व्यस्त एन.जि.ओ तथा आई.एन.जि.ओ. का क्लवहरु सञ्चालन गर्ने गरेका छन् । पुजिवादी दासताको सिक्री चुडाल्न सक्षम युवा विद्यार्थीहरुलाई सहि प्रकारको राजनीतिक विचारधाराबाट प्रशिक्षित गर्न रोक्नको लागि कथित शान्ति क्षेत्रको मञ्चन गरिएको छ । त्यसको साथै अभिभावकहरु प्नि आफ्ना सन्तानलाई राजनीतिक आन्दोलनबाट टाढा राख्ने प्रयत्नमा रहेको अवस्थामा स्वयम विद्यार्थीहरुको माझमा नै राजनीतिको सहि दिशा तथा समाज तथा राष्«टको विकासमा राजनीतिको योगदानको बारेमा चर्चा गरेर र व्यक्तिगत जीवनमा त्यसले खेल्ने भूमिकाको बारेमा व्याख्या र व्यबहार प्रदशन गरेर युवा विद्यार्थीहरुलाई सहि राजनीतिक संगठनमा गोलबन्द गर्न सकिन्छ । गर्नुपर्दछ । राजनीतिबाट नै सिंगो राज्यव्यवस्था परिचालित हुने भएकोले विद्यार्थीले राजनीति गर्नु हुँदैन भन्ने भ्रमलाई चिरेर विद्यार्थीले राजनीति गर्नु पर्दछ भन्ने भावनाको विकास गर्नु अनिवार्य छ ।
Click here to claim your Sponsored Listing.
Location
Website
Address
Ballabgarh