12/09/2025
#विद्यार्थीभाइबहिनीहरूलाईअनुरोध copy paste
सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू देशको वर्तमान संक्रमणकालीन परिस्थिति का कारण विद्यालय सञ्चालन हुन सकेको छैन । अब पनि हामीले सिकाइलाई वेवास्ता गर्यौ भने हाम्रो सिकाइमा पुन: क्षति हुने कुरा निश्चित छ। यस्तो अवस्थामा तपाईँहरूले घरमै बसेर तल उल्लेखित कार्यहरू गरिदिनुहुन सादर अनुरोध गर्दछु।
१. पाठ्यपुस्तक ध्यानपूर्वक अध्ययन गर्ने –तपाईँको कक्षाका पाठ्यपुस्तकहरू मिहिन ढङ्गले पढ्ने।
२.कापीमा नोट्स तयार गर्ने – आफूले पढेका विषयवस्तुका मुख्य बुँदाहरू कि वर्डको रूपमा टिपोट गर्ने।
३.पुराना प्रश्नपत्र अभ्यास गर्ने – गत वर्षका परीक्षाका प्रश्नहरूको उत्तर लेख्ने। यस्ता प्रश्नहरू यदि तपाईंसँग छैनन् भने अनलाइनको माध्यमबाट खोजी गर्न सक्नुहुनेछ ।
४. शब्दकोष प्रयोग गर्ने – नयाँ शब्दहरूको अर्थ खोजी गर्ने। यदि तपाईँसँग हार्ड कपीको रुपमा शब्दकोष उपलब्ध छैन भने विभिन्न एप्लिकेसनको माध्यमबाट शब्दकोषहरू प्राप्त गर्न सकिन्छ। नेपालीको लागि बृहत नेपाली शब्दकोश डाउनलोड गरी प्रयोग गर्न सक्नुहुनेछ।
५.सम्झेर लेख्ने अभ्यास गर्ने – पढेका कुरा मुखाग्र गरी कापीमा उतार्ने र परिवारको अन्य सदस्यलाई सोध्न लगाई आफूले सम्झेको उत्तर भन्ने प्रयास गर्ने ।
६. निबन्ध वा लेख लेख्ने – आफ्नो रुचिका विषयमा लेख्ने।
७.गणितका समस्या हल गर्ने – दैनिक रूपमा आफूलाई आवश्यक भएका विभिन्न गणितीय समस्याहरूको समाधानको अभ्यास गर्ने।
८.विज्ञानका प्रयोगात्मक गतिविधि घरमै गर्ने –
विज्ञानसँग सम्बन्धित विभिन्न प्रयोगहरू आफ्नो घरमा भएका सामग्रीहरुको माध्यमबाट सुरक्षित र सरल प्रयोगहरू गर्ने।
९. online अथवा अफलाइनका समाचार पत्र पढ्ने – नयाँ जानकारी लिन र भाषा सुधार गर्न विभिन्न पत्रपत्रिका तथा उपन्यासहरू पढ्ने।
१०. रेडियो/टीभी शैक्षिक कार्यक्रम सुन्ने/हेर्ने। अहिले विभिन्न संचार माध्यम तथा सामाजिक सञ्जाल मा अडियो पुस्तकहरू प्रशस्त मात्रामा रहेका छन्। त्यस्ता अडियो पुस्तकहरूलाई download गरी त्यस्ता पुस्तकहरू सुन्ने र विभिन्न कार्यक्रमहरू हेर्ने र सुन्ने।
११.अंग्रेजी सिकाइमा समय दिने – अङ्ग्रेजी भाषा सिक्नका लागि अङ्ग्रेजी माध्यममा लेखिएका सरल कथा, कविता वा समाचार पढ्ने।
१२.चित्रकला वा रचनात्मक गतिविधि गर्ने।
१३. समूह अध्ययन गर्ने – दिदीभाइ वा साथीहरूसँग मिलेर घरमै पढ्ने।
१४. डायरी लेख्ने
१५. आफूले अध्ययन गरेका पाठ्यपुस्तकहरूबाट परीक्षामा आउन सक्ने सम्भावित प्रश्न आफैं बनाउन प्रयास गर्ने।
१६.ई–स्रोत (मोबाइल/इन्टरनेट) को सदुपयोग गर्ने – मोबाइलको माध्यमबाट विभिन्न शैक्षिक सामग्रीहरू अथवा सन्दर्भ सामग्रीहरू खोजी गरी हेर्ने, सुन्ने र पढ्ने ।
१७. पाठ्यसामग्री दोहोर्याएर पढ्ने – सम्झना शक्ति बढाउन विद्यालयमा पठनपाठन भइसकेका विषयवस्तुहरूलाई दोहोर्याएर पढ्ने।
१८. कविता, गीत वा कथा वाचन गर्ने – आत्मविश्वास बढाउन विभिन्न कवि तथा साहित्यकारहरूका गीत कविता वा कथा हरु सस्वर वाचन गर्ने प्रयास गर्ने।
१९. समय तालिका बनाएर नियमित पढ्ने।
२०. घरायसी कार्यमा सिकाइसँग सम्बन्धित सहभागिता जनाउने
धन्यवाद