03/10/2026
एक्काइसौँ साधारण सभा सम्पन्न!
अमर भूपू सैनिक इङ्लिस स्कुलको एक्काइसौँ साधारण सभा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ह.ना.सु. झुलबहादुर थापाको अध्यक्षतामा भव्य एवं सभ्य रूपमा सम्पन्न भएको छ। प्रमुख अतिथि सु. टेकबहादुर थापाबाट सभाको उद्घाटन तथा विद्यालयको एक्काइसौँ वर्षको अवसरमा प्रकाशित ‘दायित्वदेखि दीप’ स्मारिकाको लोकार्पण सम्पन्न भयो। विद्यालय व्यवस्थापन समितिका सचिव श्री मुक्तबहादुर थापाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने अध्यक्ष झुलबहादुर थापाले विद्यालयको आय–व्यय तथा व्यवस्थापनसम्बन्धी विषयमा प्रकाश पार्नुभयो।
कार्यक्रममा प्राचार्य श्री कुलबहादुर थापाले विद्यालयको वर्तमान शैक्षिक अवस्था तथा स्मारिका प्रकाशनका क्रममा गरिएका प्रयास र संघर्षबारे जानकारी गराउनुभयो। संस्थापक व्यक्तित्व क्याप्टेन खड्कबहादुर थापाले विद्यालयको इतिहास, विगतदेखि वर्तमानसम्मका चुनौती तथा स्मारिकाका प्रमुख विषयवस्तुबारे प्रकाश पार्नुभयो।
यसै अवसर मा भू.पू. विधार्थी Dr Bibash shrestha and Dr Aayusa thapa लाई प्रसंशा पत्र द्वारा सम्मान गर्यौ! साथै वडा नं ७ का अघ्यक्ष प्रकास ज्यू पनी उपस्थिती हुनूहुन्थ्यो!सम्पूर्ण शेयर सदस्यहरूको उत्साहपूर्ण सहभागितामा सम्पन्न साधारण सभा विद्यालयको शैक्षिक, संस्थागत तथा समग्र विकासप्रतिको साझा प्रतिबद्धताको अभिव्यक्ति बनेको छ। 🙏