भाषा चौतारी पाटी

भाषा चौतारी पाटी नेपाली भाषा प्रशिक्षण - अनलाईन

बालबालिकालाई नेपाली सिकाउन यो वेब-साइट : https://www.gurubuwa.com प्रयोग गर्न सक्नु हुन्छ । यो वेब-साइट रोशन गौतमजी ले बिशेष गरि बिदेशमा हुर्केका नेपाली मुलका बालबालिकाहरुको लागी तयार गर्नुभएको हो।

13/04/2026

नयाँ वर्ष २०८३ सालको पावन अवसरमा सम्पूर्ण नानीबाबुहरु, आदरणीय अभिभावक तथा भाषा चौतारी परिवार लगायत सम्पूर्ण महानुभावहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। नयाँ वर्षले यहाँहरूको जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा निरन्तर प्रगति ल्याओस् भन्ने कामना गर्दछौं। नयाँ वर्षले सबैमा नयाँ उत्साह, उमंग र सफलताका साथ उज्ज्वल भविष्यतर्फ अग्रसर गराओस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं। साथै, यस वर्ष नेपाली भाषा र संस्कृतिको अध्ययन, संरक्षण तथा प्रवर्द्धनमा अझ बढी उपलब्धि हासिल हुने विश्वास व्यक्त गर्दछौं।
भाषा चौतारी परिवार!!

अनलाइन नेपाली भाषा तथा संस्कृति सिकाई अन्तर्गत 'भाषा चौतारी" को नयाँ "समूह ५" शुरु भएको छ।  समूह ५ को शुरुवाती सामाजिक भ...
06/01/2026

अनलाइन नेपाली भाषा तथा संस्कृति सिकाई अन्तर्गत 'भाषा चौतारी" को नयाँ "समूह ५" शुरु भएको छ। समूह ५ को शुरुवाती सामाजिक भेटघाट तथा घुलमिल कार्यक्रमको लागि एन आर एन ए डेनमार्कले हल उपलब्ध गराई सहयोग गरिदिनु भएकोमा हामी हार्दिक आभार तथा धन्यवाद प्रकट गर्न चाहन्छौं।

भाषा चौतारी द्वारा सञ्चालित अनलाइनमा नेपाली भाषा तथा संस्कृति सिक्ने नानीबाबुहरूको सङ्ख्या १२० जना भन्दा बढी पुगेको छ। यी नानीबाबुहरू डेनमार्क लगायत अन्य युरोपियन देशहरू बाट पनि सहभागी हुनुहुन्छ।

भाषा चौतारी

वडा दशै तथा विजय दशमीको पावन अवसरमा भाषा चौतारी परिवारको तर्फबाट हाम्रा नानीबाबुहरु, अभिभावक ज्यूहरू तथा स्वदेश तथा विदे...
11/10/2024

वडा दशै तथा विजय दशमीको पावन अवसरमा भाषा चौतारी परिवारको तर्फबाट हाम्रा नानीबाबुहरु, अभिभावक ज्यूहरू तथा स्वदेश तथा विदेशमा रहनु हुने यहाँहरू सबैलाई सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना। आफ्नो भाषा र संस्कृतिको सम्मान र जगेर्ना गर्दै जहाँ छौ त्यहिबाट रमाइलो र सरल सँग यस महान पर्वलाई मनाउने प्रयास गरौं।

सबै भाई-बैनी र अविभावकहरुमा गर्मी बिदाको धेरै धेरै शूभकामना !!! यस अवसरमा तपाईले प्रियजनसँग बिताउन पाउनुहोस, प्रकृतिको क...
30/06/2024

सबै भाई-बैनी र अविभावकहरुमा गर्मी बिदाको धेरै धेरै शूभकामना !!!
यस अवसरमा तपाईले प्रियजनसँग बिताउन पाउनुहोस, प्रकृतिको काखमा खेल्न पाउनुहोस, सूर्यको किरणले तपाईको जीवनमा उज्यालो र आनन्द भर्दियोस् । नयाँ ऊर्जा, जोश र जागर लिएर फेरी गर्मीको बिदा पछि भेटघाट हुनेनै छ।
धेरै धेरै शूभकामना !

Dear All,Bhasa Chautari Teachers team more than happy to observe kids excitement, energy and progression in Nepalese lan...
28/05/2024

Dear All,
Bhasa Chautari Teachers team more than happy to observe kids excitement, energy and progression in Nepalese language and physical meeting. This is very proud moment for us to see our Bhasa Chautari families geting bigger and bigger. We would like to thank all parents and kids for participation in program and making the day memorable. We wants to specially thank Aaravi (and parents) and Bidita (and parents) for your presence in the program despite of Geographical distance.

We greatly missed Anugya (and parents) from group 1, Rhydam (and parents) from group 2, Irusha (and parents), Rihas (and parents), Nova (and parents) and Swodip (and parents) from group 3. Hope we will see you next time !

12/04/2024

नयाँ वर्ष २०८१ सालको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछौं।🎉🎉🎉
भाषा चौतारी परिवार

पहिलो तह समुह-३ मा अध्ययनरत इरुसा पाण्डे, नेपाली अक्षर लेख्न मात्र होईन चित्र कोर्न पनि निकै सिपालु छिन । धेरै प्रगतीको ...
22/12/2023

पहिलो तह समुह-३ मा अध्ययनरत इरुसा पाण्डे, नेपाली अक्षर लेख्न मात्र होईन चित्र कोर्न पनि निकै सिपालु छिन । धेरै प्रगतीको शुभकामना इरुसालाई ।

चौथो तहमा अध्ययनरत स्लेष्मा मल्लको गृहकार्य! अति सुन्दर लेखाइ ।यो गृहकार्यको किसिम दिइएको हरफ पढ्ने र दुरुस्तै नक्कल गर्...
21/12/2023

चौथो तहमा अध्ययनरत स्लेष्मा मल्लको गृहकार्य! अति सुन्दर लेखाइ ।
यो गृहकार्यको किसिम दिइएको हरफ पढ्ने र दुरुस्तै नक्कल गर्ने हो । तसर्थ बाक्यको रचना नानी आफैको भने होईन ।

11/07/2023

सम्पूर्ण युरोपबासी नेपाली समुदायमा "भाषा चौतारी"को जानकारी तथा अनुरोध!

मातृभाषा हरेक बालबालिकाको सिक्न पाउने एक अधिकार हो। मातृभाषामा बोलीचाली र सामान्य लेखपढ गर्न सके पनि बिदेशमा रहनुभएका विशेष गरी दोस्रो पुस्ताका नेपाली मुलका बालबालिकाहरुलाई आफ्नो धर्म, संस्कृति, मौलिक परम्परा, रितिरिवाज लगाएत इतिहाससंग नजिक हुन धेरै सजिलो हुन्छ। जुन कुराहरु हाम्रा पहिचान हुन्।

बिदेशमा बसोबश गरिरहेका कुनै पनि बालबालिकाहरु स्वदेश जाँदा बोलीचाली नजानेर नौलो नलागोस, आफन्तहरुले पनि परदेशी जस्तो नठानुन भन्ने हाम्रो चाहना हो। यिनै स-साना कुराहरु वा आवश्यकताहरुलाई मध्यनजरमा राखेर "भाषा चौतारी" एक अभियानको रुपमा स्थापना गरिएको हो। जस अन्तर्गत अनलाइन मार्फत नियमित रुपमा नेपाली भाषा तथा संस्कृति सिकाउने गरिन्छ।

"भाषा चौतारी" भित्र एउटा टिम छ, र त्यो टिम भित्र अनुभबी, दक्ष तथा निखारिएका प्रशिक्षकहरु हुनुहुन्छ। त्यसैले "भाषा चौतारी" लाई कुनै एक ब्यक्ती बिशेष वा समुहमा सिमित गरेर नबुझिदिनु होला। यस मोडालिटीमा परिवार (अभिभाबकहरु) को पनि धेरै महत्वपूर्ण भूमिका रहन्छ। बिदेशमा बसोबास गर्ने नेपाली समाजबाट आफ्ना नानी-बाबुहरुलाई मातृभाषा सिकाईदिन धेरै आग्रहहरु "भाषा चौतारी" लाई आएका छन्। यस कुराले हाम्रो धेरै हौसला बढाएको छ। तर सबै आग्रहहरु हाम्रो टिमले मात्र सम्बोधन गर्न प्राय: असम्भब नै हुन्छ। यो अभियान र अबधारणा मार्फत सानो-सानो समुहमा जहाँ रहेर पनि अनलाइन मार्फत अभिभाबकहरु आफैले आफ्नै नानी-बाबुहरुको लागि कक्षा सन्चालन गर्न सक्नुहुनेछ। त्यसको लागि आवश्यक परामर्श तथा अन्य सहयोगको लागि "भाषा चौतारी" सधैं तत्पर रहने छ।
धन्यवाद ।
जय नेपाली भाषा ।

भाषा चौतारी अनलाइन कक्षा बालबालीकाहरु बाट उदघाटन !
09/05/2023

भाषा चौतारी अनलाइन कक्षा बालबालीकाहरु बाट उदघाटन !

Adresse

Copenhagen

Internet side

Underretninger

Vær den første til at vide, og lad os sende dig en email, når भाषा चौतारी पाटी sender nyheder og tilbud. Din e-mail-adresse vil ikke blive brugt til andre formål, og du kan til enhver tid afmelde dig.

Kontakt Skolen

Send en besked til भाषा चौतारी पाटी:

Genveje

Del