गोबिन्द शाही - Govinda shahi

गोबिन्द शाही - Govinda shahi

Partager

Informations de contact, plan et itinéraire, formulaire de contact, heures d'ouverture, services, évaluations, photos, vidéos et annonces de गोबिन्द शाही - Govinda shahi, Site internet éducatif, Democratic Republic of the.

Photos from गोबिन्द शाही - Govinda shahi 's post 28/07/2024


ADM५०००६-५००१०/२०८०-८१, प्रशासन सेवा, सामान्य प्रशासन/लेखा (एकीकृत) समूह, सहायकस्तर चौथो तह (अप्राविधिक), सहायक/सहायक लेखापाल पदको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा केन्द्र तोकिएको सूचना !!!!

25/07/2024

पाठ्यक्रम परिमार्जन :
शाखा अधिकृत, नायब सुब्बा र खरिदारको अबदेखि प्रथम चरणको परीक्षाको अंक नजोडिने भएको छ छनोट चरण जस्तो भएको छ साथै पास गर्न ४५ अंक प्राप्त गर्नुपर्ने भएको छ । यसअघि पास अंक ४० रहेको थियो ।

15/07/2024

UEFA Euro 2024
• बिजेता : स्पेन, उपबिजेता : इंग्ल्याण्ड
• फाइनलमा स्पेनले इंग्ल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको ।
स्पेनले सर्वाधिक धेरै ४ पटक युरो कपको उपाधि जितेको छ ।
• स्पेनले सन् १९६४, २००८, २०१२र२०२४ को उपाधि जितेको ।
• सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-१ गोलअन्तरले र इंग्ल्याण्डले नेदरल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेका ।
• २४ टिम सहभागी । ६ वटा समूहमा विभाजन । ५१ खेल भएको ।
• २०२४ जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा आयोजना गरिएको ।
• १७ औं संस्करण ।
•१६ औँ संस्करणको बिजेता : इटाली, उपबिजेता : इंग्ल्याण्ड
• १५ औं संस्करणको बिजेता : पोर्चुगल, उपबिजेता : फ्रान्स
• आगामी १८ औं संस्करण सन् २०२८ मा इंग्ल्याण्ड, आयरल्याण्ड, नर्दन आयरल्याण्ड, वेल्स र स्कटल्याण्डमा आयोजना हुने ।
गोबिन्द शाही - Govinda shahi

Photos from गोबिन्द शाही - Govinda shahi 's post 02/07/2024

लुम्बिनी प्रदेश बारे हेरौं लु मजाले 😊
पेज follow गरौं थप जानकारी पायौं 😊🙏

गोबिन्द शाही - Govinda shahi = follow us👈️👈️👈️👈️

Photos from गोबिन्द शाही - Govinda shahi 's post 01/07/2024

आज असार १७ गते सोमवार नेपाल समाचारपत्रमा प्रकाशित लोकसेवा सामाग्री पढ्न नछुटाउनुहोला।🙏❤️
गोबिन्द शाही - Govinda shahi

12/06/2024

असार १,२,३ गते - लुम्बिनी प्रदेश पाचौ
असार ८ गते - कोशी प्रदेश चौथो
असार १४,१५ गते - खरिदार
असार १४,१५ गते - महिला बिकाश लुम्बिनी प्रदेश
असार १५ गते- प्रा स बागमती प्रदेश
असार २१ गते - कर्णाली प्रदेश चौथो
असार २२ गते - लुम्विनी प्रदेश चौथो
असार २२ गते - प्रा.बी शिक्षक सेवा अयोग
असार २२,२३ गते - खाध्य सस्थान
गोबिन्द शाही - Govinda shahi

12/06/2024

आजैका दिन २०२७ साल जेठ ३० गते बाट पहिलो पटक रु. ५०० को नोट निष्कासन भएको थियो।

07/06/2024

खरिदार हिजो प्रकाशित जलेश्वरको अन्तिम नतिजामा २९ नम्बर सिफारिस हुनु भएका युवराज ज्ञानेन्द्र काफ्ले को सुझाब र सल्लाह ।।

खरदारको तयारिमा रहेका साथिहरुलाइ थोरै उत्प्रेरणा होस भन्ने हिसाबले थोरै अनुभव सुनाउदै छु ।
- धेरै जाना अलमल हुनु भएको बिसय खरदारमा नाम निकाल्न math सबै बन्नु पर्छ भन्ने एउटा फोबिया नै बिकास भएको पाइन्छ , स्वभाविक पनि हो तेसो लाग्नु ।
अब मेरो अनुभव सुनाउदै छु :
- प्रथम पत्र: ऋण तिरेर ३९
- दोश्रो पत्र: ३ वटा Math बनेको एउटा आधामा गएर बिग्रेको बाकी दुइवटा छुदै नछुएको ।
- दोश्रो पत्रको बाकी क र ख खण्ड उत्कृष्ट लेखेको ।
# तेश्रो पत्रको कुरो गरौ
- खण्ड क उत्कृष्ट भएको थियो
- खण्ड ख मा सार्वजानिक खरिद+ रिसवत+ राज्यको अर्थ, उद्योग र वाणिज्य समन्धी प्रश्न खासै राम्रो नभएको
- तेश्रो कानुन खण्डको १० नम्बरवाला प्रश्न खासै राम्रो नभएको
- समग्रमा मलाइ लाग्छ म तेश्रो पत्र ४०/४२ मात्रै आको होला जाहासम्म
- कम्प्युटरमा लगभग ७.५ को हाराहारीमा आको होला ।
# अब यो कुरो तपाईं पत्याउनुस या हावामा भन्यो भन्नुस त्यो तपाइहरुको जिम्मा ,तयारीमा रहेका धेरै साथीहरूले अनुभव share गर्नुस न भन्नू भएको भएर मैले आफ्नो अनुभव सुनाएको, बाकी तपाईंहरुको बिचार कसरि लिनु हुन्छ भन्ने , सबैलाइ आगामी चरणको खरदारको परिक्षाको शुभकामना ।❤️

05/06/2024

आज विश्व वातावरण दिवस / World Environment Day
• आज विश्व वातावरण दिवस 'हाम्रो भूमि, हाम्रो भविष्य' / Our land our future, भन्ने नाराका साथ नेपालमा पनि मनाइँदै छ ।
• यो दिवस हरेक वर्ष जुन ५ तारिखका दिन वातावरण दिवस विश्वव्यापी रुपमा मनाउने गरिन्छ ।
• यसवर्ष भूमि पुनर्स्थापना, मरुभूमिकरण र खडेरीविरुद्ध जुध्ने अभियानका साथ दिवस केन्द्रित गरी कार्यक्रम भइरहेका छन् ।
• संयुक्त राष्ट्र सङ्घले सन् १९७२ को जुन १६ मा विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो ।
• यो सम्मेलनमा वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनुपर्ने विषय उठेको थियो ।
• त्यसैअनुसार सम्मेलनको दोस्रो वर्ष अर्थात् १९७३ जुन ५ मा विश्वमा पहिलो पटक विश्व वातावरण दिवसलाई अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउन थालिएको हो ।

05/06/2024

समसामयीक जानकारी ❤️🙏
सन् २०२३ को वातावरण पत्रकारिता पुरस्कार पत्रकार वसन्तप्रताप सिंहलाई।

Photos from गोबिन्द शाही - Govinda shahi 's post 05/06/2024

आजको गोरखापत्रको लोकसेवा सामग्री...
- २०८१ जेठ २३

Photos from गोबिन्द शाही - Govinda shahi 's post 04/06/2024

बैशाख २९ गते संचालन भएको खरिदार पदको #जलेश्वर, #लाहान र #बिरगंज को प्रथम चरणको नतिजा सार्वजनिक भएको छ । ✔️
🔹जम्मा सहभागी :- १३५३६
🔹उत्तीर्ण :- ३०४२
🔹उत्तीर्ण प्रतिशत :- २२.४७%
#खरिदार_नतिजा

Vous voulez que votre école soit école la plus cotée à Democratic Republic of the ?

Cliquez ici pour réclamer votre Listage Commercial.

équipe culinaire

Tenue

Téléphone

Site Web

Adresse


Democratic Republic Of The