21/12/2024
अमेरिकाले एक वर्षमा २ लाख ७१ हजार अवैध आप्रवासीलाई निष्काशन गरेको छ।
आप्रवासी निष्काशनको यो तथ्याङक दशक यताकै उच्च रेकर्ड हो। सीमामा कडाईदेखि अवैध रुपमा बस्नेहरुलाई पक्राउ गरेर अमेरिकाले चार्टड प्लेनमार्फत सम्बन्धित देशमै लगेर फिर्ता गर्ने गरेको छ। यसरी फिर्ता गरिएकामध्ये ८२ प्रतिशत अमेरिका प्रवेश गर्न खोज्ने क्रममा सीमामा पक्राउ परेकाहरू छन्।
नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुले राष्ट्रपतिको रुपमा काम सुरु गरे लगत्तै सबै अवैध आप्रवासीलाई पक्राउ गरी उनीहरुको देश फर्काउने अभियान सुरु गर्ने बताएका छन्। २० जनवरीदेखि अमेरिकामा उनको कार्यकाल सुरु हुँदैछ।