Mahakali Kisan Secondary School-MKSS

Mahakali Kisan Secondary School-MKSS Educational Page of Government School, for new update about school activities.

साप्ताहिक कार्यक्रम अन्तर्गत  शैक्षिक सुधारका लागी बिज्ञान बिषय को परीक्षामा सहभागी भाई बहिनिहरु साथै शुक्रबारे कार्यक्र...
12/12/2025

साप्ताहिक कार्यक्रम अन्तर्गत शैक्षिक सुधारका लागी बिज्ञान बिषय को परीक्षामा सहभागी भाई बहिनिहरु साथै शुक्रबारे कार्यक्रममा घैटो फुटाउने कार्यक्रम सम्पन्न भयो

07/12/2025

अविभावक ज्यू
कतैकतै यस्तो पनि देखियो । हाम्रोमा यस्तो कहिल्यै नहोस् है ।

शिक्षक अम्बिका कंडेल लेख्छिन्,
- गृहकार्य दिँदा पनि या'तना भो रे।
- गृहकार्य नगरेको कुरा बाउ आमालाइ भन्दिन्छु भन्दा नि या'तना भो रे।
-किन छाडा भइस् अनुशासनमा बस् भन्दा नि या'तना भो रे।
- गल्ति गरेको बेला छोराछोरी जस्तो सम्झेर एकदुइ लपेटा दिदा पनि या'तना भो रे।
-भोलि कपाल काटेर आउ , नत्र गेटबाट फिर्ता गरिन्छ ,भन्दा पनि या'तना भो रे।
- बिद्यालयको पोषाक लगाएर आउ, समय मै आउ भन्नु पनि या'तना भो रे।
- शिक्षक र अभिभावकलाइ सम्मान गर्नुपर्छ मुख लाग्न हुन्न। आचारसंहिता पालन गर भन्दा नि या'तना भो रे।
होइन ओइ , तपाइका छोराछोरीको वकालत नगर्नुस अब। तपाइका बच्चाको शिक्षा र अनुशासनको ठेक्का लिन सक्दैनौ हामीले। घरमै राख्नुस् र सरकारलाइ घरघरमा शिक्षक पठाउने माग गर्नुस्। आफु पनि संगै बस्नुस। छोराछोरी सुधार्नुस्। रातभरी मोवाइलमा गेम खेलेर बस्ने अनि बिहान १०/११ बजेसम्म सुत्ने अनि तपाइले नै फोन गरेर सन्चो नभएर सुतेको छ। आज स्कुल आउन सकेन, सुतेको छ भनेर उसका खराब आचरणलाइ प्रोत्साहन गर्ने तपाइ। अनि हामीले त्यस्ता बिरामी सुधार्नुपर्ने ? बिद्यालय सुधार केन्द्र होइन । आफ्नो बच्चा आफै सुधार्नुस्। हामी केयर टेकर होइनौँ ,शिक्षक हौँ। औपचारिक शिक्षाका संवाहक हौँ।
अन्तिम प्याराग्राफ फेरि पढ्नुहोस त !!

28/11/2025
28/11/2025

धुनिबेशी न पा. वाड न. एक को संयोजन्मा आयोजित एक दिने स्वास्थ शिबिर बाकि जानकारी ब्यानरबाट साथै सम्पूर्ण सहयोगी हातहरुलाई हार्दिक धन्न्यबाद बिशेष गरि वाड अध्यक्ष, रोटरी क्लब, काठमाडौँ शिक्षण अस्पताल सिनामंगल साथै दिनभरी सहयोगी भूमिकामा रहनुहुने स्थानीय साथीहरुलाई

हाम्रो विद्यालय का पूर्व बिद्यार्थी एबम सहकर्मी राजेन्द्र राज पाठकको जेष्ठ सुपुत्री को बिबाह उत्सब मा हाम्रो सहभागीता सा...
26/11/2025

हाम्रो विद्यालय का पूर्व बिद्यार्थी एबम सहकर्मी राजेन्द्र राज पाठकको जेष्ठ सुपुत्री को बिबाह उत्सब मा हाम्रो सहभागीता साथै नानीको सुखद दाम्पत्य जीबनको शुभकामना

27/09/2025

SEE ग्रेड वृद्धि परीक्षमा सफलता प्राप्त गर्ने भाई बहिनि हरुलाई हार्दिक बधाई अनि शुभकामना

आजदेखि हाम्रो नियमित कक्षा संचालन हुने जानकारी गर्दछौ
14/09/2025

आजदेखि हाम्रो नियमित कक्षा संचालन हुने जानकारी गर्दछौ

14/09/2025

सम्पूर्ण विद्यार्थी तथा अभिभावक ज्यूहरुमा नमस्कार, देशमा उत्पन्न विषम परिस्थितिका कारण बन्द रहेकाे पठनपाठन आज भाद्र २९ गते आइतबार देखि सुचारु हुने जानकारी गराईन्छ ।

11/09/2025

विद्यार्थी भाइबहिनी तथा
अभिभावकहरूलाई_विशेष_अनुराेध।

हाल विद्यालय सञ्चालन हुन नसके पनि चाँडै परिस्थिति अनुकूल हुनेछ र परीक्षा सञ्चालन हुनेछ। त्यसैले घरमै बसेर नियमित गर्नुपर्ने कामहरू।

१) पाठ्यपुस्तक ध्यानपूर्वक पढ्ने।
२) मुख्य बुँदाहरू कापीमा नोट गर्ने।
३) पुराना प्रश्नपत्र अभ्यास गर्ने।
४) नयाँ शब्दहरूको अर्थ बुझ्ने।
५) पढेकाे सम्झेर लेख्ने अभ्यास गर्ने।
६) नेपाली/अंग्रेजी भाषाका निबन्ध, कथा, कविता वा दैनिकी लेख्ने/पढ्ने।
७) गणित समस्या दैनिक अभ्यास गर्ने।
८) घरमै सरल विज्ञान प्रयोग गर्ने।
९) समाचार पत्र, पत्रिका वा उपन्यास पढ्ने।
१०) शैक्षिक रेडियो/टीभी कार्यक्रम हेर्ने/सुन्ने।
११) चित्रकला वा रचनात्मक गतिविधि गर्ने।
१२) दिदीभाइ वा साथीहरूसँग समूह अध्ययन गर्ने।
१३) सम्भावित प्रश्न आफैं बनाएर अभ्यास गर्ने।
१४) मोबाइल/इन्टरनेट प्रयोग गरेर शैक्षिक सामग्री पढ्ने।
१५) पढेका पाठ दोहोर्‍याउने।
१६) समय तालिका बनाएर नियमित पढ्ने।
१७) घरायसी कामलाई सिकाइसँग जोड्ने।
माथि उल्लेख गरिएका कार्यहरूमा सहयोग गर्न हुन सम्पुर्ण अभिभावकलाई समेत अनुरोध छ ।

11/09/2025

हाल देशमा बिकसित घटना, जिल्ला प्रशासन कार्यालय धादिङको निषेधाज्ञा यी सबै परिस्थितिको विश्लेषण गर्दा बालबालिकाहरुलाई विद्यालयमा भेला गराई पठनपाठन गराउन सहज नदेखिएकाले पछि सहज अवस्थामा पठनपाठन गराउने प्रतिबध्दता गर्दै, हालको अवस्थालाई मध्यनजर गरी आज मिति २०८२/०५/२६ र भोलि २७ गते विद्यालयमा पठनपाठन नहुने जानकारी गरिन्छ ।
महाकाली किसान माध्यमिक विद्यालय परिवार ।

Adresse

Dhunibeshi Municipality/1, Dhading
Democratic Republic Of The
45100

Heures d'ouverture

Lundi 10:00 - 16:00
Mardi 10:00 - 16:00
Mercredi 10:00 - 16:00
Jeudi 10:00 - 16:00
Vendredi 10:00 - 14:00
Dimanche 10:00 - 16:00

Téléphone

+9779845621879

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Mahakali Kisan Secondary School-MKSS publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Contacter L'école

Envoyer un message à Mahakali Kisan Secondary School-MKSS:

Raccourcis

Partager