श्री माध्यमिक विद्यालय, गढी - ३ छिटाहा सुनसरी

श्री माध्यमिक विद्यालय, गढी - ३ छिटाहा सुनसरी

Partager

Informations de contact, plan et itinéraire, formulaire de contact, heures d'ouverture, services, évaluations, photos, vidéos et annonces de श्री माध्यमिक विद्यालय, गढी - ३ छिटाहा सुनसरी, École, गढी - ३, छिटाहा सुनसरी नेपाल, Democratic Republic of the.

15/05/2026

SEE को नतिजा चित्त नबुझेमा Re-total का लागि देहायको लिङ्कमा जाने ।
सिम्बोल नम्बर र जन्ममिति राख्ने ।
कुन कुन विषयमा पुनर्योग चाहेको हो Tick लगाउने ।
पुछारमा रहेको Pay Using FCGO वा अन्य त्यहाँ उपलब्ध भएको माध्यमबाट अगाडि बढ्ने ।
निवेदन जेठ १ गतेदेखि ७ गतेसम्म दिन सकिने भनि पनिकाले सूचना निकालेको छ ।
https://payment.see.gov.np/StudentRetotal

15/05/2026

माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइइ) २०८२ पूरक परीक्षाको परीक्षा आवेदन फारम भर्ने सम्बन्धी सूचना।

Shiva Charan Sah Anoj Shah Sirjana Rai Umesh Yadav Bigyan Bhattarai Anju Shah Ramnand Mehta Ghuski Vijay Kumar Khan

17/02/2026

आदरणीय अभिभावक ज्यु, शिक्षक कर्मचारी तथा विद्यार्थीवर्ग

विषय: SEE पुर्व तयारी परीक्षा स्थगित गरिएको सम्बन्धमा ।

उपर्युक्त सम्बन्धमा मिति २०८२/११/१० देखि संचालन हुने भनिएको SEE पुर्व तयारी परीक्षा प्राविधिक कारणवश स्थगित गरिएको जानकारी गरिन्छ। सो स्थगित परीक्षा यहि मिति २०८२/११/२७ गते देखि सुचारु हुने जानकारी सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा सम्पूर्ण सरोकारवालाहरुमा अनुरोध छ ।

- प्रधानाध्यापक
श्री माध्यमिक विद्यालय
गढी - ३, सुनसरी

30/12/2025

आदरणीय अभिभावक ज्यु, शिक्षक कर्मचारी तथा सम्पूर्ण विद्यार्थीवर्गहरु

विषय: विद्यालय बिदा हुने सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा अत्याधिक चिसाेकाे कारण भाेलि मिति २०८२/०९/१६ देखि २०८२/०९/१८ गतेसम्म ३ दिन संचित बिदाबाट कट्टा हुने गरी विद्यालयमा जाडाे बिदा दिइएको व्यहोरा सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा सम्पूर्ण सरोकारवालाहरुमा अनुरोध छ ।
पुनश्च: मिति २०८२/०९/२० गते आइतबारदेखि नियमित समय तालिका अनुसार नै विद्यालयको पठनपाठन सञ्चालन हुनेछ ।
धन्यवाद !!


- प्रधानाध्यापक
श्री माध्यमिक विद्यालय
गढी - ३, सुनसरी

07/11/2025

२०८३ सालमा हुने SEE मा समावेश हुनको लागि रजिष्ट्रेशन फाराम भर्ने तथा २०८२ सालमा हुने SEE को परीक्षा आवेदन फाराम भर्ने भराउने सम्बन्धी सूचना

आवश्यक कागजातहरु:
कक्षा १० SEE को परीक्षा आवेदन फाराम भर्नका लागि
१. कक्षा ८ पासको ग्रेडसीट २/२ प्रतिलिपी
२. कक्षा ९ को रजिष्ट्रेशन २ प्रतिलिपी
३. जन्मदर्ता प्रमाणपत्र २ प्रतिलिपी
४. पासपोर्ट साइजको फोटो २ प्रति
५. परीक्षा आवेदन शुल्क रु.८०० ।
६. आंशिक विद्यार्थीको हकमा थप कक्षा १० को ग्रेडसीट १ प्रतिलिपी

रजिष्ट्रेशन फाराम भर्नका लागि
१. कक्षा ८ पासको ग्रेडसीट २/२ प्रतिलिपी
२. जन्मदर्ता प्रमाणपत्र २ प्रतिलिपी
३. पासपोर्ट साइजको फोटो २ प्रति
५. परीक्षा आवेदन शुल्क रु.५०० ।


31/10/2025

आदरणीय अभिभावक ज्यु

आज मिति २०८२/०७/१४ गते शुक्रबार हिजो रातिदेखीको अविरल बर्षा जल तथा मौसम बिभागको सुचना अनुसार भोलि सम्म जारी रहने भएकोले विद्यार्थीको आवगमन तथा पठनपाठनमा समेत कठिनाई हुने देखिएकाले आज एक दिन (कार्तिक १४ गते) संचित बिदाबाट मिलान हुने गरी विद्यालयको पठनपाठन बन्द रहने जानकारी गराउदछौ। आफ्ना नानीबाबुहरुलाई घरमै सुरक्षित राख्नु हुन सादर अनुरोध छ।
यसबाट विद्यार्थी तथा अभिभावक ज्युहरुमा पर्न गएको अप्ठ्यारोको लागी क्षमाप्रार्थी छौ।

18/09/2025

विद्यालय बिदा सम्बन्धमा !!!

18/09/2025

कक्षा १२ को स्थगित ग्रेडवृद्दि परीक्षा यही मिति २०८२/०६/०७ र ०८ ( २०८२ आस्विन ७ र ८ ) गते सन्चालन हुने व्यहोरा सरोकारवाला सम्पूर्ण विद्यार्थीहरुलाई राष्टि्य परीक्षा बोर्डको सुचना ( Routine) सहित जानकारी गराइन्छ ।
श्री माध्यमिक विद्यालय, गढी-३ छिटाहा सुनसरी

14/09/2025

आदरणीय अभिभावक ज्यु,
शिक्षक कर्मचारी तथा सम्पूर्ण विद्यार्थीवर्ग

विषय: विद्यालयको पठनपाठन सञ्चालन हुने सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा देशमा उत्पन्न असहज परिस्थितिले मिति २०८२/०५/२४ गते देखि बन्द रहेको विद्यालयको पठन-पाठन देशको परिस्थिति क्रमशः सामान्य हुँदै गइरहेको हुनाले भोलि मिति २०८२/०५/३० गते सोमबार देखि नियमित समयतालिका अनुसार नै पुनः सञ्चालन हुने व्यहोरा सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा सम्पूर्ण सरोकारवालाहरुलाई जानकारी गराइन्छ।
धन्यवाद !!


- प्रधानाध्यापक
श्री माध्यमिक विद्यालय
गढी - ३, सुनसरी

10/09/2025

आदरणीय अभिभावक ज्यु, शिक्षक कर्मचारी तथा सम्पूर्ण विद्यार्थीवर्ग

विषय: विद्यालयमा पठन पाठन सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा देशको वर्तमान विषम परिस्थिति र शान्ति सुरक्षालाई मध्यनजर राख्दै बालबालिकाहरू विद्यालय आवतजावत गर्न अनुकूल नभएकाले यथास्थितिलाई ध्यानमा राख्दै देशको परिस्थिति र बालबालिकाहरु विद्यालय सहज रूपमा आउने जाने वातावरण नहुन्जेल सम्मलाई विद्यालयका सम्पूर्ण पठनपाठनहरु बन्द गरिएको व्यहोरा सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा सम्पूर्ण सरोकारवालालाई अनुरोध छ। साथै विद्यालय सुचारु हुने सुचना पनि यसै पेज मार्फत जानकारी गराइने छ । धन्यवाद !!


प्रधानाध्यापक
श्री माध्यमिक विद्यालय
गढी - ३, सुनसरी

Vous voulez que votre école soit école la plus cotée à Democratic Republic of the ?

Cliquez ici pour réclamer votre Listage Commercial.

Type

Site Web

Adresse


गढी - ३, छिटाहा सुनसरी नेपाल
Democratic Republic Of The