Gurukul

Gurukul

Share

Traditional Vedic astrology and spiritual services

06/06/2023
06/03/2023

हिन्दुहरूको प्रमुख चाड हो । महाशिवरात्रि भगवान शिव र आद्यशक्तिको आराधना गर्ने मुख्य पर्व हो । भगवान शिवका गणहरू नाग, नन्दी, भृंगी, चौसठ्ठी योगिनी, क्षेत्रपाल, वेताल, महाकाली, वीरभद्र आदिको आह्वान पूजा गरेर महाशिवरात्रि पर्व मनाइन्छ । महाशिवरात्रि पर्व देशभरका शिवालयमा भगवान शिवको पूजा अर्चना र रुद्राभिषेक गरी मनाइन्छ । शिवको पूजा रात्रिको समयमा गरिन्छ । जवकि दिनमा पनि व्रत, उपवास गरेर रात्रिकालीन समय भगवान शिवको पूजा गर्ने विधान छ । भगवान शंकर सत्व, रज तथा तम तीनै गुणभन्दा माथि मानिएकोले संहार शक्तिका अधिष्ठातृ देवता हुन । त्यसैले अन्धकारयुक्त रात्रि शंकरजीलाई प्रिय लाग्नु स्वाभाविक देखिन्छ । यो हिन्दू धर्मावलम्विहरूका लागि प्रमुख पर्व मानिन्छ । शिवलाई वैदिक दर्शनले महान् आत्मा मानेको छ । शिव चिन्तन भन्नु अन्तरदेखि देखिने साक्षात्कार दृश्य झल्झली देखिनु हो । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा उल्लेख छ । विभिन्न नामले पुकारिने शिव प्रादुर्भाव भएको दिनका रुपमा शिवरात्रि मनाउने परम्परा चलिआएको हो ।
वैदिक मन्त्रहरुमा रुद्र, श्रीपशुपति महाशिव, महादेव, आशुतोष, अघोर, सद्योजात, वामदेव, तत्पुरुष, ईसान रुद्र आदि नामहरुबाट चारै वेदका ऋचाहरुमा भगवान् शिवको स्तुति गरिएको छ । वैदिककालीन सभ्यता नक्षत्र कालगणना अनुसार तीस हजार वर्षभन्दा पनि पूर्व अन्वेषकहरुले मानेका छन् । ज्योतिषशास्त्रअनुसार फाल्गुण कृष्ण त्रयोदशी र चतुर्दशीको सन्धि रात्रि ‘महाशिवरात्रि’ हो । यसकारण क्षयपूर्ण तिथि अमावश्याको अन्धकारको दुष्प्रभावबाट बच्नका साथै मानव जीवनमा ज्योति, शान्ति, समृद्धिका लागि एक दिन पहिले अर्थात् त्रयोदशीको रात्रिमा शिवजीको उपासना गर्ने परम्परा राखिएको हो । हरेक महिनाको त्रयोदशीको रात्रिलाई महाशिवरात्रि मानिदैन तर शिवको आराधना गर्ने रात्रि भने मानिन्छ । भाद्रकृष्ण अष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमीलाई मोहरात्रि, असोज शुक्ल अष्टमी र नवमीको रातको सन्धिलाई कालरात्रि तथा तिहारको लक्ष्मीपूजाको रात्रिलाई सुखरात्रिका रुपमा मनाउने परम्परा हिन्दू धर्मावलम्बीमा छ । फागुन कृष्ण चतुर्दशीका मध्यरातमा महाशिवरात्रि पर्व मनाउने शास्त्रीय विधान रहेको छ । वैदिक सनातन धर्मावलम्बीले वर्षमा मनाउने चारवटा रात्रिमध्ये शिवरात्रि पनि एक हो । शिवले अवतार लिएको रातलाई नै शिवरात्रि भन्ने गरिएको विश्वास गरिन्छ ।
महाशिवरात्रिका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन, दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । व्रत उत्सव मध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी ऊँ नमः शिवाय मन्त्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । शिवरात्रि पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्राप्ति हुन्छ भनिएको छ । भगवान् शिवका दृश्य जगत्मा पाँच मुख छन्, अघोर, सद्योजात, वामदेव, तत्पुरुष, इशान रुद्र यी हुन पशुपतिनाथका पाँच स्वरुप पृथ्वी, जल, तेज, वायु, आकाश चराचर जगत, पाँच तत्व र मन, बुद्धि, चित्त, अहंकार, ऊर्जा, चेतना यही नै पशुपतिनाथको स्वरुप हो ।
संसारमा तीन प्रकारका शक्तिहरूले विशेष काम गरेका हुन्छन् । पहिलो शक्ति सृष्टि, दोस्रो पालन र तेस्रो संहार । शिवको हातमा रहेको त्रिशूलले तीन प्रकारका ताप (आधिभौतिक, आध्यात्मिक र आधिदैविक) को समन गर्दछ । सृष्टिको आदिधर्म भगवान् शिवबाट प्रतिपादित हुन्छ । आदिशास्त्र पनि त्रिशूल नै हो । त्रिशूल, वज्र, डमरु, पाश भगवान् शिवका आयुध हुन् ।
यस दिन शिवभक्तहरू शिव मन्दिरहरूमा गएर शिवलिंगमा बेल-पत्र आदि चढाउने, पूजन गर्ने, उपवास बस्ने तथा राती जागरण वस्ने गर्छन् । शिवलिंगमा बेल-पत्र चढाउनु, उपवास तथा रात्रि जागरण वस्ने गर्नु जस्ता विशेष कर्म यस पर्वमा हुने गर्दछ । यस दिन शिवको विवाह भएको थियो भन्ने धार्मिक मान्यता रहेको छ । त्यसैले राती शिवजीको जन्ती निकालेर उत्सव गर्ने चलन पनि छ । वास्तवमा शिवरात्रिको परम पर्व स्वयं परमपिता परमात्माले सृष्टिमा अवतरित भएको स्मृति पर्व हो । यहाँ रात्रि शब्दले अज्ञान एवं अन्धकारबाट हुने नैतिक पतनको द्योतन गर्छ । परमात्मा नै ज्ञानको सागर हो जसले मानव मात्रलाई सत्य ज्ञानद्वारा अन्धकारबाट प्रकाश तर्फ अथवा असत्यबाट सत्य तर्फ लैजान्छ । ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र, स्त्री-पुरुष, बालक, युवा र वृद्ध सबै यस व्रतको पालन गर्न योग्य मानिन्छन् । यस व्रतको विधानमा सवेरै नुहायर शुध्द भइ उपवास गर्ने गरिन्छ । हिन्दूहरुले विभिन्न शिव मन्दिरहरुमा रहेका आफ्ना आराध्य देवाधिदेव महादेवको आराधना, भजन किर्तन, पूजा, होम रातभर जाग्राम बसेर महाशिवरात्रि पर्व मनाउने गरिन्छ।
प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशीको रातलाई शिवरात्रि भनी श्री शिवको ज्योतिर्लिङ्ग उत्पन्न भएको रातको रुपमा मनाउने हिन्दूहरुको परम्परा छ । यस रातलाई उनीहरु मानवआत्माले मोक्ष प्राप्त गरेको रातको रुपमा लिने गर्दछन् । मनिसहरुले जानेर वा नजानेर शिवरात्रिको ब्रतसम्पन्न गरेमा पनि मुक्ति प्रदान गर्दछ भनेर पुराणमा वर्णन गरेको पाइँछ । ईशान संहितामा वणिर्त भएअनुसार शिवरात्रिको ब्रत सबै मानिसहरु बस्न सकिन्छ र यहांसम्म की यस दिन ब्रत बसेका कारणले चाण्डालपर्यंतलाई पापमुक्त गरी आनन्द र मुक्त प्रदान गरेको भन्ने उल्लेख भएको पाइन्छ । भगवान शिवको उत्पत्ति फाल्गुन कृष्णचतुर्दशी कै दिनमा भएको हो । महाप्रलयहुंदा जसै सम्पूर्ण पदार्थ विनष्ट भएको थियो । भगवान शंकरले ताण्डवनृत्य गर्नुका साथै आफ्ना डमरुको निनादले सम्पूर्ण वायुमण्डलमा ज्ञान-विज्ञानलाई सूक्ष्म सूत्ररुपले ब्याप्त गरेका थिए भनिन्छ, त्यस वेलादेखि नै महाशिवरात्रिको महात्म्य आजसम्म सुरक्षित चल्दै आएको विश्वास गरिएको छ ।
यस दिन माटोको भाँडोमा पानी भरेर, त्यसमाथि बेलपत्र, आँक, धतूरोको फुल, चामल आदि हालेर ‘शिवलिङ्ग’मा अर्पण गरिन्छ। यदि नजीकमा शिवालय छैन भने, शुद्ध गिलो माटोबाटै शिवलिंग बनाएर त्यसलाई पूजा गर्ने विधान छ। राती जागरण बसेर शिवपुराणको पाठ र कथा सुन्नु प्रत्येक व्रतालुको धर्म मानिन्छ। व्रतको भोलिपल्ट बिहान सवेरै जौ, तिल, खीर र बेलपत्रको हवन गरेर व्रत समाप्त गरिन्छ। यो आफ्नो आत्मालाई पुनीत बनाउने महाव्रत हो। यो व्रतको पालना गरेर सबै पापहरूको नाश हुन्छ भन्ने किंमदन्ति रहेको छ । नेपालमा विशेष गरी महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिरका चार वटै ढोका दर्शनार्थीहरुका लागि बिहानैदेखि खुल्ला हुने गर्दछ । नेपाली जनजीवनमा शिवरात्रि पर्व लोकप्रीय भएको पूर्व मध्यकालदेखि हो भन्ने गरिन्छ । साथै श्रीपशुपतिनाथ सहित विश्वभरिका ज्योतिर्लिङ्ग एवम् शिव मन्दिरमा विश्वभरिका शिव मन्दिरहरुमा धुमधामका साथ महाशिवरात्रि पर्व मनाइन्छ ।
आनादि कालदेखि नै अस्तित्वमा रहँदै आएको विश्वास गरिने पशुपतिनाथको मन्दिर ईशाको पहिलो वा दोस्रो शताब्दीतिर सुपुष्प देव राजाको पालामा स्थापित भएको मानिन्छ। पशुपतिनाथको मन्दिरमा महाशिवरात्रि पर्व मनाउने प्रचलन र परम्परा पनि त्यति नै पुरानो हुनसक्ने जानकारहरू बताउँछन्। यस महाशिवरात्रि पर्वमा विशेष गरी पशुपतिनाथमा ठुलो मात्रामा श्रध्दालु भक्तजनहरूको भिड लाग्ने गर्दछ । सो दिन शिवालयहरूमा विहान देखि नै भक्तजनहरूको भिड लाग्ने गर्दछ। बुटवलको सिद्धबाबामा, पाल्पाको पर्भासमा, गुल्मीको रेसुङ्गामा, पर्रोहा परमेश्वर बोलबमधाममा, ललितपुरको सन्तानेश्वरमा, काभ्रेको साँगामा, प्यूठानको स्वर्गद्वारीमा, उपत्यकामा पशुपतिनाथ, कुम्भेश्वरमा, भक्तपुरको डोलेश्वर महादेव लगायत नेपालका शिवालयहरूमा उक्तदिन निकै मात्रामा भक्तजनको भिडहुने र महादेवलाई नैवद्य, पञ्चामृत, फलफूल चढाई पुजा गरी मन्दिर अगाडि विहानैदेखि धुनी जगाई भक्तजनहरू मनोरञ्जन पनि गर्दछन् । यसरी मानिसहरूको ब्यापक रूपमा आवत जावत र घुमफिर हुने हुदा यसबाट लाभ लिने अवसर पनि हो । महाशिवरात्रि पर्वबाट नेपालले मूलत केहि लाभ लिन सक्ने देखिन्छ ।
आध्यात्मिक फाइदा
धेरै हिन्दूहरूका लागि जीवनमा एक पटक नपुगी नहुने तीर्थस्थल पशुपतिनाथ हो । थुप्रै भारतीय हिन्दूहरू भारतमा मुख्य तीर्थहरू पुगिसकेपछि अनिवार्य रूपमा पशुपतिनाथको दर्शन गर्ने गर्दछन्। पशुपतिनाथ धेरै हिन्दूहरूका लागि जीवनमा एक पटक नपुगी नहुने तीर्थस्थल हो। थुप्रै भारतीय हिन्दूहरू भारतमा मुख्य तीर्थहरू पुगिसकेपछि अनिवार्य रूपमा पशुपतिनाथको दर्शन गर्ने गर्दछन् । पशुपतिनाथको दर्शन गर्ने तीर्थालुहरूलाई मानवमा अन्तरनिहित पशुको जस्तो गुणबाट मुक्त हुन सहयोग पुग्दछ। पशुपतिनाथमा पूजा र दर्शन गर्नाले धेरै लाभ मिल्ने हिन्दू धर्मावलम्बीको विश्वास रहँदै आएको छ। विश्वभरिका मानिसहरू अहिले आध्यात्मिक ज्ञानको खोजीमा लागिरहेका छन् । महाशिवरात्रि पर्व मार्फत् पशुपतिनाथलाई विश्वको आध्यात्मिक केन्द्रको रूपमा विकास गर्न सकिने प्रचुर सम्भावना छ। धेरै मानिसहरूलाई पशुपतिनाथको दर्शन र भ्रमण गर्न आकर्षित गर्न सक्ने ठाउँ छ। पशुपतिनाथको दर्शन गर्ने तीर्थालुहरूलाई मानवमा अन्तरनिहित पशुको जस्तो गुणबाट मुक्त हुन सहयोग पुग्दछ। पशुपतिनाथमा पूजा र दर्शन गर्नाले धेरै लाभ मिल्ने हिन्दू धर्मावलम्बीको विश्वास रहँदै आएको छ। विश्वभरिका मानिसहरू अहिले आध्यात्मिक ज्ञानको खोजीमा लागिरहेका छन्। महाशिवरात्रि पर्व मार्फत् पशुपतिनाथलाई विश्वको आध्यात्मिक केन्द्रको रूपमा विकास गर्न सकिने प्रचुर सम्भावना छ। धेरै मानिसहरूलाई पशुपतिनाथको दर्शन र भ्रमण गर्न आकर्षित गर्न सक्ने ठाउँ छ। यसैले नेपालले आध्यात्मिक फार्इदा लिन सक्छ
सांस्कृतिक फाइदा
आर्थिक र आध्यात्मिक लाभसँगै महाशिवरात्रि पर्वसँग पशुपति क्षेत्रको मात्र नभई नेपालको धार्मिक र सांस्कृतिक पक्ष पनि गाँसिएको छ। युनेस्कोको विश्व सम्पदा सूचिमा रहेको हुनाले पशुपति क्षेत्र विश्वसामु परिचित रहेको छ। महाशिवरात्री पर्वसँग पशुपति क्षेत्रको मात्र नभई नेपालको धार्मिक र सांस्कृतिक पक्ष पनि गाँसिएको छ । वाग्मती नदी किनारमा अवस्थित पाशुपत क्षेत्रमा प्राकृतिक एवं सांस्कृतिक विविधिताहरू देख्न सकिन्छ। पशुपतिनाथको भ्रमणमा आउने तीर्थालु वा पर्यटकहरूले पशुपति क्षेत्रका तिनै विविधता हेर्न र तिनमा भिज्न सक्दछन् । विदेशी तीर्थालु र पर्यटकको आगमनले सांस्कृतिक आदानप्रदानमा सहयोग पुग्न सक्छ । धेरैभन्दा धेरै भारतीय र अन्य छिमेकी देशका तीर्थालु पशुपति क्षेत्रमा आकर्षित गर्न सकियो भने देश देशबीचको सम्बन्ध सुधारमा पनि सहयोग पुग्दछ ।
धार्मिक पर्यटन फाइदा
महाशिवरात्रि पर्व मार्फत् पशुपतिनाथलाई विश्वको महत्वपूर्ण धार्मिक केन्द्रको रूपमा विकास गर्न सकिने प्रचुर सम्भावना छ । धार्मिक पर्यटनलाई बढावा दिँदै स्थानीय, क्षेत्रिय, राष्ट्रिय एवं अन्ताराष्ट्रिय महत्त्वका धार्मिक, साँस्कृतिक, पुरातात्त्विक सम्पदाहरूलाई प्रवर्ध्दन गर्दै तीर्थयात्री एवं पर्यटकहरूलाई आकर्षित तुल्याउन सक्ने प्रवल संभावना रहेको छ । जसले गर्दा नेपालले धार्मिक पर्यटनको क्षेत्रबाट लाभान्वित बन्न सक्ने प्रचूर सम्भावना छ। भारतीय तीर्थालुहरूको संख्या बढिरहेको र अन्य मित्र राष्ट्रहरूबाट पनि त्यत्तिकै मात्रामा तीर्थालु आउने क्रम बढ्दो छ । तर भारतीय तीर्थालु आउने क्रम महाशिवरात्रि पर्वमा मात्र सीमित छैनन्। उनीहरू वर्षैभरि पशुपतिनाथको भ्रमणमा आउने गर्छन्। यसैले धार्मिक पर्यटनका माध्यमबाट नेपालको पहिचान हुन सक्ने प्रचुर संभावना रहेको छ ।

06/03/2023

वैशाख महिनाको शुक्ल पक्षको तृतीया तिथिलाई नै अक्षय तृतीया भनिन्छ। यस वर्ष १० वैशाख आइतवार शुभ मुहुर्तमा अक्षय तृतीया पर्व परेको छ।
अक्षयको अर्थ हुन्छ कहिल्यै क्षय नभएर स्थायी रहिरहने भएकाले पनि यस पर्वलाई अक्षय तृतीया भनेर भनिएको हो। चार युगमा सत्य युग र त्रेता युगको प्रारम्भ यसै तृतीया तिथिबाट भएको हो। यसकारणले यस तिथिलाई ‘युगाद्वीतिथि’ पनि भनिन्छ। चार धाममध्ये एक बद्रीनाथ धामको ढोका यसै दिन अर्थात अक्षय तृतीया तिथिकै दिन खोलिन्छ।
भनिन्छ यस शुभ तिथिमा गरिएका दान पूजन हवन दक्षिणा या कुनै पुण्य कार्यको अक्षय फल प्रदान गर्ने किसिमको हुन्छ। यो एक स्वयं सिद्ध मुहूर्त हो।
आजका दिन सातु र सर्वत बनाएर दान गरेमा सम्पूर्ण दोष नाश हुनुका साथै पितृ दोष पनि पूर्णरूपले हट्ने शास्त्रमा उल्लेख गरिएको छ।

06/03/2023

सनातन वैदिक पद्धतिमा एकादशी व्रत सबैभन्दा बढी प्रचलित व्रत मानिन्छ । वर्षका चौबिस एकादशीमध्ये जेष्ठ शुक्ल एकादशी सबैभन्दा बढी फलदायी वा महत्वपूर्ण मानिन्छ ।
निर्जला एकादशीको व्रत एकदमै संयम साध्य हो । यस युगमा यो व्रत सम्पूर्ण सुख भोग र अन्तमा मोक्ष प्राप्ति भनी भनिएको छ । कृष्ण पक्ष र शुक्ल पक्ष दुबै पक्षको एकादशीमा अन्न मात्र होइन पानी सेवन गर्नु समेत बर्जित छ । त्यसैले त यसलाई निर्जला एकादशी भनिएको हो । तर शरीरलाई अप्ठ्यारो हुने गरी व्रत बस्न निसिद्ध गरिएको छ ।
इच्छुक पुरुष वा महिला जो कोहीले यो व्रत लिन सक्छन् । शारीरिक समस्या भएकाहरु वा औषधि सेवन गरिरहेका, रोगी, सुत्केरी, गर्भवती वा बुढाबुढी बाहेकले निर्जला एकानशी व्रत बस्नु उपयुक्त हुन्छ । व्रत अवधीभर अन्न वा पानी सेवन गर्नु हुँदैन । विहान नुहाई–धुवाई गरेपछि शुद्ध भएर व्रत सुरु गर्नुपर्छ । व्रतमा पूजाआजा खासगरी भगवान विष्णुको आरधाना गर्ने धार्मिक प्रचलन छ । शरीरलाई गाह्रो पर्छ भने फलहार र दुध सेवन गर्न भने सकिन्छ । यस दिन पूजाआजा गर्दै दान दिएमा लाभ मिल्ने धार्मिक विश्वास छ ।
निर्जला एकादशी व्रत कथा
निर्जला एकादशी व्रतको पौराणिक महत्व र व्याख्या पनि कम रोचक छैन । जब सर्वज्ञ वेदव्यासले पान्डवका चार पुरुषार्थः धर्म, अर्थ, काम र मोक्ष दिने एकादशी व्रतको संकल्प गराएका थिए । युधिष्ठिरले भने, ‘जनार्दन ज्येष्ठ मासको शुक्लपक्षमा जुन एकादशी पर्छ, कृपया त्यसको वर्णन गर्नुहोस् ।’
भगवान श्रीकृष्णले भन्नुहुन्छ ‘हे राजन यसको वर्णन परम धर्मात्मा सत्यवती नन्दन व्यासजीले गर्नुहुन्छ । किनभने यी सम्पूर्ण शास्को तत्वज्ञान र वेद वेदांगमा पारंगत विद्वान उहाँनै हुनुहुन्छ।’
तब व्यासजीले भन्नुभयो, ‘कृष्ण पक्ष र शुक्ल पक्ष दुबै पक्षको एकादशीमा अन्न बर्जित छ । द्वादशीको दिन स्नान गरेर पवित्र भइसकेपछि फूलले भगवान केशवको पूजा गर्नुपर्छ । फेरि नित्य कर्म समाप्त गरेपछि ब्राम्हाणलाई भोजन गराई अन्तमा स्वयम्ले भोजन ग्रहण गर्नुपर्छ ।’
यो कुरा सुनेपछि भीमसेन भने, ‘परम बुद्धिमान पितामह, मेरो उत्तम कुरा सुन्नुहोस् । राजा युधिष्ठिर, माता कुन्ती, द्रौपदी, अर्जुन, नकुल र सहदेव, यी कसैले पनि एकादशीमा कहिल्यै भोजन गर्दैनन् । साथै मलाइ पनि उनीहरुले भोजन नगर्नका लागि अनुरोध गर्छन् । तर, म भोक सहनै सक्दिन ।’
भीमसेनको कुरा सुनेर व्यासजीले भन्नुहुन्छ ‘यदि तिमीले नरकलाई दुषित सम्झन्छौं र स्वर्गलोकको प्राप्तिको अभिष्ट राख्छौं भने दुबै पक्षको एकादशीको दिन भोजन गर्नु उचित हुँदैन ।’
भीमसेनले भने, ‘महाबुद्धिमान पितामह, म तपाईंको सामुन्ने सत्य भन्छु । म त एक पटक भोजन गरेर पनि व्रत गर्न सक्दिन । तब उपवास गरेर म कसरी रहन सक्छु ? मेरो पेटमा वृक नामको अग्नि सधै प्रज्वलित रहन्छ । जब म धेरै खान्छु, तब मात्र यो शान्त रहन्छ । त्यसैले महामुनि, म पुरा वर्षभर केवल एक मात्र उपवास गर्न सक्छु । यस्तो कुन व्रत हुनसक्छ ? जसले कल्याण हुन्छ । म उक्त व्रतको यथोचित रुपमा पालना गर्छु ।’
व्यासजी भन्नुहुन्छ ‘भीम, ज्येष्ठ मासमा सूर्य वृष राशिमा होस् वा मिथुन राशिमा, शुक्लपक्षमा जुन एकादशी हुन्छ, त्यसमा यत्नपूर्वक निर्जल व्रत गर । केवल कुल्ला वा अचमन गर्नका लागि मुखमा पानी हाल्न सक्छौं । त्यसबाहेक कुनैपनि प्रकारको जल मुखमा हाल्न उचित हुँदैन । अन्यथा व्रत भंग मानिन्छ ।’
एकादशीको सूर्योदयदेखि लिएर अर्को दिनको सूर्योदयसम्म मानिसले जल त्याग गर्नुपर्छ । त्यस अनुसार द्वादशीको प्रभातकालमा स्नान गरेर ब्राम्हाणलाई विधिपूर्वक जल वा सुवर्ण दान गर्नुपर्छ । यस प्रकार सबै कार्य पुरा गरेर जितेन्द्रिय पुरुष ब्राम्हाणका साथ भोजन गर्न सक्छन् ।’
🌺 ॐ श्री विष्णवे नमः, 🌺 ॐ केशवाय नमः,
🏵️ ॐ श्री कृष्णाय नमः, 🌹ॐ श्री अच्युताय नमः,
🌻 ॐ वासुदेवाय नमः, 🌼 ॐ श्री माधवाय नमः,
🥀 ॐ श्री गाेविन्दाय नमः, 🌸
🌷 ॐ श्री नारायणाय नमः, 🌹 ॐ श्री लक्ष्मीपतये नमः,
💐 ॐ श्री दामाेदराय नमः, 🌸 ॐ श्री भगवते नमः,
ॐ त्रिपुराय विद्महे तुलसीपत्राय धीमहि,
तन्नाे तुलसी प्रचाेदयात् ।
ॐ शान्ताकारं भुजगशयनं पद्मनाभं सुरेशं
विश्वाधारं गगनसदृशं मेघवर्णं शुभाङ्गम् ।
लक्ष्मीकान्तं कमलनयनं याेगिभिर्ध्यानगम्यं
वन्दे विष्णुं भवभयहरं सर्वलाेकैनाथम् ।।
मङ्गलम् भगवान विष्णु:, मङ्गलम् गरुणध्वज: ।
मङ्गलम् पुण्डरीकाक्ष: मङ्गलाय तनाेहरि: ।।

09/21/2022

Life is just a breath that sooner or later ends. Who do you want to spend your eternity with?

Photos from Gurukul's post 06/14/2021
Photos from Gurukul's post 05/27/2021

फोटो जीन्दगी

Photos from Gurukul's post 02/16/2021

YUL airport.

Want your school to be the top-listed School/college in Mont-Royal?

Click here to claim your Sponsored Listing.

Location

Address


Mont-Royal, QC