21/04/2026
आजै देखि सम्पुर्ण शैक्षिक गतिविधि सञ्चालन सम्बन्धमा।
आदरणीय अभिभावकज्यू, विद्यार्थी भाइबहिनीहरू तथा सम्पूर्ण शुभेच्छुक महानुभावहरू,
राजविराज नगरपालिका अन्तर्गत नगर शिक्षा समितिको निर्णय अनुसार यस शैक्षिक सत्र २०८३ देखि विद्यालयहरूमा शैक्षिक गतिविधिहरू व्यवस्थित रूपमा सञ्चालन हुने जानकारी गराइन्छ।
यस सन्दर्भमा, हामीले निम्न कार्यहरूलाई प्राथमिकताका साथ अगाडि बढाउने छौं।
* वार्षिक कार्ययोजना निर्माण तथा कार्यान्वयन।
* शिक्षक पेशागत क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन।
*विद्यालय सुधार योजना निर्माण।
* भर्ना अभियान सञ्चालन गरी सबै बालबालिकालाई विद्यालयमा आवद्ध गराउने।
* विद्यार्थीहरूको नियमित उपस्थितिमा जोड दिने। पाठ्यपुस्तक तथा शैक्षिक सामग्री वितरणमा आवश्यक सहजीकरण।
* विद्यार्थी प्रोत्साहन तथा स्वागत कार्यक्रम सञ्चालन।
* पाठ्यक्रम, सहपाठ्यक्रम तथा अतिरिक्त क्रियाकलापहरू नियमित सञ्चालन।
हामी सम्पूर्ण अभिभावकज्यूहरूलाई आफ्ना बालबालिकाहरूको नियमित विद्यालय उपस्थितिमा विशेष ध्यान दिन हार्दिक अनुरोध गर्दछौं।
शिक्षाको गुणस्तर सुधार र उज्ज्वल भविष्य निर्माणका लागि सबैको साथ, सहयोग र प्रतिबद्धता आवश्यक छ।
धन्यवाद।
विद्यालय प्रशासन
शिब्स,राजबिराज।