CDR writing

CDR writing A Complete CDR Writing

विद्यालयमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्दै काठमाडौँ महानगरपालिकाकाठमाडौँ, २ फागुन । काठमाडौँ महानगरपालिकाले बालबालिक...
14/02/2026

विद्यालयमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका

काठमाडौँ, २ फागुन । काठमाडौँ महानगरपालिकाले बालबालिकामा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवद्र्धन गर्न विद्यालयहरूमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसको प्रारम्भ चार वटा सामुदायिक विद्यालयमा नमूना कार्यक्रममार्फत हुने महानगरले जानकारी दिएको छ । कार्यक्रममा व्यक्तिगत सरसफाइ र स्वच्छता, पोषण, जीवनशैली र नसर्ने रोग, सरुवा रोग र एन्टिमाइक्रोवियल रेसिस्टेन्स, प्राथमिक उपचार र सुरक्षा तथा मानसिक स्वास्थ्य र नेतृत्व गरी पाँचवटा विषयमा प्रशिक्षण प्रदान गरिने महानगरपालिकाले जानकारी दिएको छ ।...

काठमाडौँ, २ फागुन । काठमाडौँ महानगरपालिकाले बालबालिकामा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवद्र्धन गर्न विद्यालय.....

पशुपतिमा महाशिवरात्रिका दिन सुरक्षा योजना तयारकाठमाडौँ, २ फागुन । भोली (आइतबार) परेको महाशिवरात्रि पर्व तयारी पूरा भएको ...
14/02/2026

पशुपतिमा महाशिवरात्रिका दिन सुरक्षा योजना तयार

काठमाडौँ, २ फागुन । भोली (आइतबार) परेको महाशिवरात्रि पर्व तयारी पूरा भएको छ । ट्राफिक प्रहरीले उक्त पर्वको अवसरमा हुने भिड व्यवस्थापनको योजना बनाइसकेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेको हो । पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजन एवम् दर्शनार्थीलाई सहज रूपमा आवत-जावत तथा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापन गरिएको हो । पशुपति दर्शन गर्न आउनेहरुका लागि निश्चित ठाउँमा पार्किङको व्यवस्था गरिएको छ ।...

काठमाडौँ, २ फागुन । भोली (आइतबार) परेको महाशिवरात्रि पर्व तयारी पूरा भएको छ । ट्राफिक प्रहरीले उक्त पर्वको अवसरमा .....

मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्युकाठमाडौँ, २ फागुन । ललितपुरमा मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ...
14/02/2026

मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौँ, २ फागुन । ललितपुरमा मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार कोञ्जोसोम गाउँपालिका-१ बाउनडाँडामा शुक्रबार राति प्रदेश-०१-००४ क६२२८ नम्बरको ट्रक दुर्घटना भएको हो । दुर्घटनामा चालक ललितपुरको गोदावरी नगरपालिका-६ का ५२ वर्षीय गणेश खड्का र ट्रकमा सवार सोही ठाउँका ४२ वर्षीय गणेश थापाको घटनास्थलमै मृत्यु भएको हो । ट्रकमा सवार करिब ४० वर्षीय र ५० वर्षीय दुई जना पुरुषको भने उपचारका लागि पाटन अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेको हो । उनीहरु २ जनाको सनाखत भएको छैन ।

काठमाडौँ, २ फागुन । ललितपुरमा मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ललितपुरक....

महिला मतदाता कम हुनुको कारणबारे अध्ययन हुन्छ: रामप्रसाद भण्डारीकाठमाडौँ, २ फागुन । कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भ...
14/02/2026

महिला मतदाता कम हुनुको कारणबारे अध्ययन हुन्छ: रामप्रसाद भण्डारी

काठमाडौँ, २ फागुन । कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कूल मतदाता सङ्ख्यामा महिला किन कम भए भनी निर्वाचन आयोगले अध्ययन गर्ने बताएका छन् । निर्वाचन आयोगले शुक्रबार आयोजना गरेको ‘निर्वाचन र आमसञ्चार विषयक कार्यशाला गोष्ठी एवं मुख्य प्रशिक्षक प्रशिक्षण’ कार्यक्रम समापन कार्यक्रममा उहाँले विसं २०७८ को जनगणना अनुसार महिलाको जनसङ्ख्या बढी भए पनि मतदाता नामावलीमा कम देखिएपछि अध्ययन गर्न लागिएको जानकारी गराए । उनले यस विषयमा अध्ययन गरेर आगामी दिनमा यस्तो नहुने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरे ।...

काठमाडौँ, २ फागुन । कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कूल मतदाता सङ्ख्यामा महिला किन कम भए भनी निर्व...

शिक्षक र कर्मचारीलाई आचारसंहिता पालना गर्न बेथानचोकको निर्देशनकाभ्रेपालञ्चोक, २ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिध...
14/02/2026

शिक्षक र कर्मचारीलाई आचारसंहिता पालना गर्न बेथानचोकको निर्देशन

काभ्रेपालञ्चोक, २ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनममा बेथानचोक गाउँपालिकाका कर्मचारी तथा शिक्षकले निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्न बेथानचोक गाउँपालिकाले आग्रह गरेको छ । स्वच्छ, स्वतन्त्र, निपष्क्ष तथा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ जारी गरेको सन्दर्भमा बेथानचोक गाउँपालिका भित्रका कर्मचारी तथा शिक्षकले पनि आचारसंहिता पूर्णरुपमा पालना गर्न गाउँपालिकाले सूूचना जारी गरी आग्रह गरेको हो ।...

काभ्रेपालञ्चोक, २ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनममा बेथानचोक गाउँपालिकाका कर्मचार...

फेवातालमा कार खस्दा एक जनाको मृत्युकाठमाडौँ, २ फागुन । पोखरा महानगरपालिका–६ पामेस्थित फेवातालमा कार खस्दा एक जनाको मृत्य...
14/02/2026

फेवातालमा कार खस्दा एक जनाको मृत्यु

काठमाडौँ, २ फागुन । पोखरा महानगरपालिका–६ पामेस्थित फेवातालमा कार खस्दा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराती अन्दाजी २ः१० बजेको समयमा पामेको गैह्राकोचौतरा नजिकै दुर्घटनामा स्याङ्जाको फेदीखोला गाउँपालिका–५ घर भई हाल पोखरा–७ मासबार बस्ने २४ वर्षीय अदित गुरुङको मृत्यु भएको हो । कारका चालकले नियन्त्रण गुमाउँदा कार अचानक सडकबाट फेवातालमा खसेको थियो । दुर्घटनाको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल कालिका गणबाट गणपति सशस्त्र प्रहरी उपरीक्षक बसन्त बहादुर सिंहको कमाण्डमा गोताखोरसहित २१ जनाको टोली घटनास्थल पुगेको थियो ।...

काठमाडौँ, २ फागुन । पोखरा महानगरपालिका–६ पामेस्थित फेवातालमा कार खस्दा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार .....

आज फेब्रुअरी-१४ ‘भ्यालेन्टाइन डे’ मनाइँदैकाठमाडौँ, २ फागुन । आज फेब्रुअरी-१४ अर्थात् विश्वभर प्रेम र स्नेह साटासाट गर्ने...
14/02/2026

आज फेब्रुअरी-१४ ‘भ्यालेन्टाइन डे’ मनाइँदै

काठमाडौँ, २ फागुन । आज फेब्रुअरी-१४ अर्थात् विश्वभर प्रेम र स्नेह साटासाट गर्ने दिनका रूपमा मनाइने ‘भ्यालेन्टाइन डे’ नेपालमा पनि उत्साहका साथ मनाइँदै छ । पछिल्लो समय यो दिवस केवल एक दिनमा सीमित नरही सामाजिक तथा सांस्कृतिक रूपमा स्थापित पर्वकै रूपमा विकसित हुँदै गएको छ । विशेषगरी युवायुवतीबिच लोकप्रिय बनेको यस दिन प्रेमीप्रेमिकाले एकअर्कालाई फूल, कार्ड, चकलेटलगायत उपहार आदानप्रदान गर्ने तथा आफ्ना भावना अभिव्यक्त गर्ने चलन बढ्दो छ । सामाजिक सञ्जालको प्रभावसँगै भ्यालेन्टाइन डे मनाउने शैली पनि आधुनिक र आकर्षक बन्दै गएको देखिन्छ ।...

काठमाडौँ, २ फागुन । आज फेब्रुअरी-१४ अर्थात् विश्वभर प्रेम र स्नेह साटासाट गर्ने दिनका रूपमा मनाइने ‘भ्यालेन्टाइन...

युवालाई स्वरोगार बनाउन सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिनुपर्छ : पूर्वमन्त्री आलेकैलाली, २ फागुन । आसन्न प्रतिनिधिसभा स...
14/02/2026

युवालाई स्वरोगार बनाउन सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिनुपर्छ : पूर्वमन्त्री आले

कैलाली, २ फागुन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट कैलाली क्षेत्र नं. ५ का उम्मेदवार एवं पूर्वमन्त्री प्रेमबहादुर आले ले युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउने लक्ष्यसहित सीपमूलक कार्यक्रमलाई उच्च प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । धनगढी उपमहानगरपालिका द्वारा आयोजित ‘सीप तथा रोजगार मेला–२०८२’ को शुक्रबार निरीक्षण तथा अवलोकन गर्दै उहाँले वर्तमान समयमा बढ्दो बेरोजगारी समस्याको समाधान सीप विकास र उद्यमशीलता प्रवद्र्धनमार्फत मात्रै सम्भव रहेको बताउनुभयो ।...

कैलाली, २ फागुन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट कैलाल....

एक फर्मलाई जरिवानाकाठमाडौँ, २ फागुन । नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ...
14/02/2026

एक फर्मलाई जरिवाना

काठमाडौँ, २ फागुन । नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई रु २० हजार जरिवाना गरेको छ । स्थलगत अनुगमनको क्रममा कैफियत देखिएपछि विभागले गुन्जेश्वरी ट्रेड लिङ्क प्रालि कसलेश्वरलाई जरिवाना गरेको हो । विभागले नियमित रूपमा पछिल्ला दिनमा खानका पकाउने ग्यास तथा खाद्य पदार्थसँग सम्बन्धित व्यवसाय तथा पसलको अनुगमन गरिरहेको छ । यसैक्रममा विभागले अन्य पाँच फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ ।

काठमाडौँ, २ फागुन ।  नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई...

६३ जिल्लाको मतपत्र छपाइ सम्पन्न (सूचीसहित)काठमाडौँ, २ फागुन । मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ । भक्तपुरस्थित जनक...
14/02/2026

६३ जिल्लाको मतपत्र छपाइ सम्पन्न (सूचीसहित)

काठमाडौँ, २ फागुन । मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ । भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा नियमित रूपमा मतपत्र छपाइको काम भइरहेको छ । आयोगका अनुसार, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ । हालसम्म डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेलधुराको मतपत्र छपाइ सम्पन्न भएको छ । यस्तै, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्तापश्चिम (नवलपरासी), मोरङको मतपत्र छपाइ सम्पन्न भएको छ ।...

काठमाडौँ, २ फागुन । मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ । भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा नियमित र.....

आजको फलफूल तथा तरकारीको मूल्यकाठमाडौँ, २ फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मू...
14/02/2026

आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौँ, २ फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।...

काठमाडौँ, २ फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । ...

Address

Sydney, NSW
2055

Alerts

Be the first to know and let us send you an email when CDR writing posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share