31/08/2026
रसुवामा आएको विनाशकारी बाढीले पुर्याएको क्षतिले हामी सबैलाई गहिरो पीडा पुर्याएको छ। यस्तो कठिन घडीमा हाम्रो देश र पीडित परिवारहरूसँग काँधमा काँध मिलाएर उभिनु हाम्रो कर्तव्य र हार्दिक चाहना दुवै हो।
Admire International Education Consultancy परिवारको तर्फबाट, हामीले बाढी पीडितहरूको सहयोगका लागि रु. १,२०,०००।– प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा हस्तान्तरण गरेका छौं। शिक्षाको क्षेत्रमा मात्र नभई, आवश्यकता र जिम्मेवारीको हरेक घडीमा हामी सधैं हाम्रा विद्यार्थी, अभिभावक र सम्पूर्ण नेपाली दाजुभाइ-दिदीबहिनीहरूको साथमा छौ।
यस दुःखद घडीमा तपाईंहरू एक्लै हुनुहुन्न, हामी सँगसँगै छौं, र नेपाल फेरि उठ्नेछ। 🙏💛