25/10/2025
चितवन, पुलचोकको भीडभाडमा एक्ली विदेशी युवती ह'तास मुद्रामा बारम्बार ओहोरदोहोर गरिरहेकी थिइन् ।त्यो दृश्य नियालिरहेका थिए अटो चालक आकाश अर्यालले। उनले ती विदेशी पर्यटक किन आत्तिएकी ? कतै कसैले दुर्व्यवहार त गरेन ? भनेर सोध्न गए तर विदेशी पर्यटकले कुनै जवाफ नदिई गईन । पछि फेरि ती पर्यटक आएर रुँदै काठमाडौंबाट गाडी चढेर आउँदा ब्याग बसमै छुटेको, जुन ब्यागमा आईप्याड र अरू महत्वपूर्ण कागजातहरू रहेको बताइन।आकाशले सहयोगको बाचा गर्दै ती पर्यटकलाई आफ्नो अटोमा बसालेर वडा प्रहरी कार्यालय लगे । प्रहरीले सम्भावित लोकेसनबारे जानकारी दिएपछि उनले बसपार्क हुदै आँपटारीसम्म लान्छन ।चार्जिङ सेन्टर सञ्चालकसँग उनले ड्राइभरको फोन नम्बर मागेर सम्पर्क गरि गाडी पुगेको ठाउमा लगि उनको छुटेको ब्याग फिर्ता ल्याउन सफल हुन्छन । उनको यस सहयोगले जर्मनी पर्यटकको मुहारमा खुसि ल्याउछ । अटो चलाएर परिवार पाल्दै आएका भरतपुर महानगरपालिका–१६ का आकाश तिनै युवा हुन जसले क्या'न्सरका रोगीहरुलाई बिहानको समयमा अस्पतालसम्म पुर्याउन निशुल्क अटो सेवा दिदै आएका छन ।